Monday, March 10, 2014

माइक्रोसफ्टले विन्डोज एक्सपी छोड्ने - aarthikdainik

माइक्रोसफ्टले आगामी महिनाबाट उसको अत्यन्त लोकप्रिय अपरेटिङ सिस्टम माइक्रोसफ्ट विन्डोज एक्सपीबाट सपोर्ट समाप्त गर्ने भएको छ । यसको अर्थ सो सफ्टवेयरका लागि अब नयाँ सेक्युरिटी फिचर, सफ्टवेयर अपडेट र बग फिक्सेज जारी हुनेछैन । सो बारेमा माइक्रोसफ्टले मानिसहरू र व्यापारीहरूलाई कयौँ महिनादेखि सचेत गराइरहेको थियो । अप्रिल ८ बाट माइक्रोसफ्टले सो सिस्टममा कुनै सहयोग गर्नेछैन । माइक्रोसफ्टको सो कार्यको उद्देश्य मानिसहरूलाई विन्डोजको नयाँ संस्करणहरूतर्पm लानु हो । सो बारेमा माइक्रोसफ्टले एक वेबसाइट तयार गरेको छ । सो वेबसाइटअनुसार मार्च ८ को दिन सो अपरेटिङ सिस्टमको प्रयोग गर्नेहरूको स्क्रिनमा एक चेतावनी आउनेछ जसको ठीक एक महिनापछि एक्सपीका लागि सम्पूर्ण सपोर्ट समाप्त हुनेछ । मानिसहरूलाई विन्डोजको नयाँ संस्करणमा लैजानका लागि माइक्रोसफ्टले केही अन्य सफ्टवेयर फर्महरूसँग पनि काम गरिरहेको छ जसबाट मानिसहरूलाई सहयोग गर्न सकियोस् ।

लामो यात्रा

विन्डोज एक्सपीको बिक्री सन् २००१ अक्टोवरमा सुरु भएको थियो र यसलाई ग्राहकहरूले अत्यन्त मन पराए । बजार शोध फर्म नेट एप्किेसन्सका आँकडाअनुसार सन् २०१२ अगस्टसम्म यो माइक्रोसफ्टको सबैभन्दा धेरै प्रयोग हुने अपरेटिङ सिस्टम बनेको थियो । यद्यपि पछि विन्डोज–७ अगाडि भयो । परामर्श फर्म गार्टनरमा शोध उपाध्यक्ष माइकल सिल्भरले भन्नुभयो– ‘मेरो के अनुमान छ भने अप्रिल ९ मा पनि करिब २० देखि २५ प्रतिशत इन्टरप्राइज पीजी एक्सपीमा नै काम गरिरहेका हुनेछन् ।’ सो सफ्टवेयर अहिले पनि केही सरकारी संस्थानहरूमा अत्यन्त लोकप्रिय छ र केही अध्ययनबाट के पत्ता लागेको छ भने विश्वमा अधिकांश क्यास मेसिनहरूमा अहिले पनि यसको प्रयोग भइरहेको छ । सिल्भरका अनुसार सो सफ्टवेयरको लामो उमेरको कारण यो होइन कि एक्सपीमा अन्यहरूको तुलनामा केही विशेष छ, बरु यसको ठूलो कारण भनेको पछि आउने संस्करणहरूमा ढिलाई हुनु हो । यस्तोमा सो अपरेटिङ सिस्टमको सपोर्टले लाइफलाई बढाइयो । लामो समयसम्म एउटै अपरेटिङ सिस्टममा काम गरेपछि कम्पनीहरूलाई यसबाट एक किसिमले लगाव जस्तै भएको छ ।
माइक्रोसफ्टको चिन्ता

एक प्रश्न यो पनि छ कि आखिर माइक्रोसफ्ट मानिसहरूले एक्सपीको प्रयोग बन्द गरुन् भन्ने किन चाहन्छ । यस्तो यसकारण हो कि एकपटक सिक्योरिटी अपडेट बन्द भएपछि यदि मानिस फेरि पनि एक्सपीको प्रयोग गरे भने हाइटेक चोरले उसको सिस्टममा नोक्सान पु-याउन सक्छ भन्ने डर माइक्रोसफ्टलाई रहेको छ । विन्डोज–७ र विन्डोज–८ मा साइबर हमलाकारीहरूबाट अपरेटिङ सिस्टमको आन्तरिक कार्यप्रणाली लुकिरहोस् भन्ने हिसाबले प्रविधिको प्रयोग गरिएको छ । यस्तोमा यदि कसैले एक्सपीको प्रयोग गर्दछ भने विन्डोज–७ र विन्डोज–८ को तुलनामा उसको पीसीमा सजिलै हमला हुने आशङ्का धरै हुन्छ । सेक्युरिटी फर्म फायर आईका जासन स्टिरले दुर्भाग्यले एक्सपीलाई लिएर सबैभन्दा ठूलो खतरा माइक्रोसफ्टको नियन्त्रणभन्दा बाहिर रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विन्डोज एक्सपीको करिब ९० प्रतिशत जोखिम थई प्रोग्राममा पाइन्छन् ।’ यसको अर्थ साइबरक्रिमिनलले विन्डोज युजर्ससम्म पुग्नका लागि एडोब् वा ओरेकलको जाभाजस्तो प्रोग्राममा बगको प्रयोग गर्दछन् ।

एन्टी–भाइरस

यस्तोमा सेक्युरिटी सपोर्ट समाप्त गर्नुको अर्थ त्यस्ता पीसीमा धेरै नै सजिलो तरिकाले हमला गर्न सकिन्छ भन्ने हो । यस्तोमा एउटा राम्रो समाचार आएको छ कि केही एन्टी–भाइरस कम्पनीहरूले एक्सपीलाई ध्यानमा राखेर भाइरसको रोकथाम गर्ने उत्पादन बनाउने योजना बनाइरहेका छन् । जासन स्टिरका अनुसार जति कम्पनीहरूले अहिलेसम्म आफ्नो सफ्टवेयरलाई अपग्रेड गरेका छैनन् उनीहरूले आगामी ३० दिनमा सो परिवर्तनलाई लागु गर्न सक्नेछैनन् । उहाँले यसमा कयौँ महिना लाग्नेछ । यसबीचमा तिनीहरूमाथि जोखिम अत्यधिक हुनेछ । विन्डोज एक्सपी चीनमा अत्यधिक लोकप्रिय छ तर ती मेसिनहरूमा माइक्रोसफ्टको नियन्त्रण अत्यन्त कम छ किनकी तिनीहरूमा केही सो सफ्टवेयरको नक्कली संस्करणहरूबाट चलिरहको छन् । यसैबीच चीनका अधिकारीहरूले माइक्रोसफ्टसँग मिलेर एक्सपीको सपोर्टलाई बढाउनका लागि आग्रह गरेको बताइएको छ । यद्यपि माइक्रोसफ्टले यसलाई अस्वीकार गरेको छ ।

Friday, March 7, 2014

‘पहुच उद्योगसम्म मात्र सीमित थिएन’ - aarthikdainik

 
एजेन्सी ,
नया दिल्ली, फागुन २१ ,





सहारा प्रमुख सुब्रत रोयले लखनऊ प्रहरीसमक्ष आत्मसमर्पण गरिसक्नुभएको छ । एसएसपी प्रवीण कुमारका अनुसार प्रहरीले उहाँलाई गिरफ्तार गरेको हो । सुब्रत रोयका छोरा सीमान्तो रोयले दिल्लीमा एक पत्रकार सम्मेलनमा भन्नुभयो– ‘अहिलेको समय म तपाईंसँग कुराकानी गरिरहेको छु, सहारा श्री उत्तर प्रदेश प्रहरीसँग हुनुहुन्छ, उहाँले लखनऊ प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको हो, उहाँले सुप्रिम कोर्टको निर्देशानुसार अधिकारीहरूसँग पूरै सहयोग गरिरहनुभएको छ ।’  सुप्रिम कोर्टको आदेशमा गिरफ्तार हुनुभएका सुब्रत रोय भारतको जल्दोबल्दो र रहस्यमयी उद्योगपतिहरूमध्येको एक हुनुहुन्छ । उहाँ भारतको प्रमुख व्यापारिक घराना सहारा इन्डियाको अध्यक्षसमेत हुनुहुन्छ । सहारा समूहसँग ६८२ अर्ब भारुको सम्पत्ति छ । वित्त क्षेत्रबाट आफ्नो व्यवसाय सुरु गरेको सो सहारा मेनुफेक्चरिङ, विमान र मिडियाको क्षेत्रमा पनि गएको छ ।

विदेशमा कारोबार

सुब्रत रोयको कारोबार विदेशमा पनि पैmलिएको छ । उहाँ न्यूयोर्कको ल्यान्डमार्क प्लाजा होटल र लन्डनको ग्रसवेनर हाउसको पनि मालिक हुनुहुन्छ । सहारा इन्डिया भारतीय हकी टिमको प्रायोजक पनि हो । साथै उहाँको फोर्स इन्डिया नामको फर्मूला वान टिममा पनि हिस्सा रहेको छ । एघार लाखभन्दा धेरै कर्मचारीहरूका साथ सहारा इन्डिया भारतमा रोजगार दिने निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी हो । सुब्रत रोय आफ्नो विलासितापूर्ण जीवनशैली र उच्च राजनीतिक पहँुचलाई लिएर प्रायः चर्चामा आइरहनुहुन्छ ।

चर्चित विवाह

उहाँ बलिउड सुपरस्टार अमिताभ बच्चनलाई आफ्नो मित्र भन्नुहुन्छ भने बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरसँग कुम मिलाएको अवस्थामा देखिनुहुन्छ । सन् २००४ मा भएको सुब्रत रोयका दुवै छोराको विवाहको समारोह करिब १५ दिनसम्म मनाइएको थियो । यसलाई यस शताब्दीको सबैभन्दा चर्चित भारतीय विवाह भनिएको थियो र सो विवाह मिडियामा छाइरहेको थियो । सो विवाह समारोहमा करिब १० हजार मानिस सहभागी भएका थिए । त्यसमा व्यवसाय जगतका हस्तीहरू, बलिउडका सिताराहरू, क्रिकेट खेलाडी र फेसन जगत्का दिग्गज सहभागी भएका थिए । ती अतिथिहरूलाई विशेष विमानहरूबाट लखनऊ लगिएको थियो । तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयी पनि नवविवाहित जोडीहरूलाई आशीर्वाद दिन पुग्नुभएको थियो । सुब्रत रोयका आलोचकहरूका अनुसार उहाँले आफ्नो कम्पनीलाई एक पन्थजस्तै गरी चलाउनुहुन्छ र स्वयम्लाई कम्पनीको प्रबन्ध कार्यकर्ता बताउनुहुन्छ । उहाँ स्वयम्लाई सहारा परिवारको अभिभावक भन्नुहुन्छ ।

राजसी ठाटबाट

सहारा प्रमुख ठाँटबाटसँग बस्नुभएको छ । उहाँसँग निजी विमानहरू र हेलिकप्टरहरूको आफ्नै बेडा छ । उहाँको एउटा घर अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको जस्तै बनेको छ । एक निजी सहरमा बनेको उहाँको एक घर लाखौँ डलरको लागतमा तयार भएको हो जुन बेलायतको शाही निवास बकिङ्घम प्यालेसको अनुकृति हो । समाचारहरू अनुसार उहाँसँग रोल्स रोयस, बेनटली र बीएमडब्ल्यूजस्ता महँगा कारहरूको बेडा छ । ६५ वर्षीय सहारा प्रमुख उत्तर प्रदेशको राजधानी लखनऊमा बस्नुहुन्छ । भारतीय समाचार पत्रपत्रिकाहरूमा उहाँलाई प्रायः भारतको सबैभन्दा अधिक प्रभावशाली व्यवसायी बताइन्छ । अहिले सुब्रत रोय गलत कारणहरूले चर्चामा रहनुभएको छ । लगानीकर्ताहरूको करोडौँ रुपैयाँ फिर्ता नगरेको मामिलामा सुप्रिम कोर्टमा पेश नभएका कारणबाट अदालतले उहाँको विरुद्धमा गैर जमानती वारेन्ट जारी गरेको थियो ।

गैरकानुनी बन्ड

उहाँका दुई कम्पनीले पाँच वर्ष पहिला करिब २४० अर्ब भारुको राशि एक गैरकानुनी बन्डमार्पmत् जुटाएका थिए । अधिकारीहरूका अनुसार अदालतको आदेशपछि पनि उहाँ लगानीकर्ताहरूको पैसा फिर्ता गर्न असफल रहनुभएको छ । अलग–अलग कारण बताएर सुब्रत रोय अदालतमा प्रस्तुत हुनबाट बचिरहनुभएको छ । गत बुधबार उहाँका वकिलले अदालतलाई उहाँकी ९२ वर्षीय आमाको स्वास्थ्य ठीक नभएको र आमाले उहाँको ठूलो छोरा आपूmसँगै रहोस् भन्ने चाहनुभएको बताउनुभएको थियो । सो दलिलप्रति सुप्रिम कोर्टले आफ्नो धैर्य गुमाएको देखिएको छ । गत साता न्यायाधीशहरूले सहाराका प्रमुखहरूले यदि लगानीकर्ताहरूको पैसा फिर्ता गरेनन् भने उनीहरूलाई जेल पठाउन सकिने बताएका थिए ।

Thursday, March 6, 2014

यस्ता थिए रुपचन्द्र विष्ट - naya patrika

विश्वकान्ति कलावती पराजुली सुमार्गी


मकवानपुर जिल्लाको दामन गाविसको घर्ती खोलामा विसं. १९९०, २६ पुसमा जन्मिएका रुपचन्द्र विष्टलाई रहस्यमय व्यक्तित्वका रूपमा चित्रित गरिन्छ । आजीवन जनताको पक्षमा लडेका विष्टलाई कतिले पागल पनि भने । पञ्चायतकालमा चर्चित विष्टको ‘थाहा’ अभियान अहिले ओझेलमा छ । ०५६ असारमा विष्टको वीर अस्पतालमा निधन भयो । उनलाई चिन्ने र उनीसँग संगत गर्नेहरू उनलाई ‘जनताका मान्छे’ भन्न रुचाउँछन् । ‘थाहा’ अभियानमा झन्डै २० वर्ष विष्टसँगै कार्यक्रममा सहभागिता जनाएकी मकवानपुरकी विश्वकान्ति कलावती पराजुली सुमार्गी अहिले पनि बारम्बार विष्टलाई सम्झिन्छिन् । प्रस्तुत छ, उनको सम्झना :

पहिलो भेट


पहिलोपटक मैले रुपचन्द्र विष्ट (रुदाने)लाई नख्खु जेलमा देखेकी थिएँ । मेरो बुबा (कलानाथ अधिकारी)लाई राजनीतिमा लागेको आरोपमा पक्राउ गरेर नख्खु जेलमा राखिएको थियो, उहाँलाई भेट्न जाँदै पहिलोपटक मैले रुदानेलाई देखेँ । म त्यस्तै ११ वर्षजतिकी थिएँ होला । बुबालाई नख्खु जेलमा भेट्न जाँदा उहाँले रुदानेलाई देखाएर भन्नुभयो, ‘त्यो मान्छे पालुङको हो । पालुङमा जनतालाई सहयोग गरेको र राजनीतिमा लागेकाले समातिएको रे । अत्यन्तै असल मान्छे छ । झुटो बोल्दैन ।’ बुबाले रुदानेको प्रशंसा गरेको सुनेपछि मैले उहाँलाई हेरेकी थिएँ । सानै भएकाले त्यसवेलाका सम्झना यतिवेला धुमिलिएका छन्, धेरै प्रसंग भुलिसकेकी छु ।

मेरो घरको पाहुना


पहिलो भेटपछि लामो समय मैले रुदानेलाई देखिनँ । ०३८ को निर्वाचनअघि राजनीतिक सरगर्मी बढेको थियो । मेरो घरमा बुबा आउनुभएको थियो । उहाँले भन्नुभयो, ‘त्यो रुपचन्द्र विष्ट बढो राम्रो मान्छे छ । उसले बाहिर केही खाँदैन । कुनै दिन यहाँ आयो भने आफ्नो भान्सामा जे पाकेको छ त्यो दिनु ।’ बुबा पनि राजनीतिमा लागेकाले रुदानेलाई माया गर्नुहुनेरहेछ । बुबा उहाँलाई ‘जनताको मान्छे’ भन्नुहुन्थ्यो । मेरा श्रीमान्ले पनि उहाँको सम्मान गर्नुहुन्थ्यो, उहाँ राम्रो मान्छे हो भनेर बारम्बार भन्नुहुन्थ्यो ।

त्यसवेला म चार छोराछोरीकी आमा भइसकेकी थिएँ । मेरा पतिको निधन भइसकेको थियो । समाजमा पतिको निधन भएपछि महिलाको कुनै काम हुँदैन भन्नेहरू थिए । तर, राजनीतिक संस्कारमा हुर्किएकी मलाई बुबाले सधैँ उत्साह दिनुहुन्थ्यो– अगाडि बढेर समाजमा केही गनुपर्छ भन्नुहुन्थ्यो । यस अर्थमा म आफूलाई ‘लक्की’ मान्छु । त्यही समयमा मैले पनि निर्वाचनमा उम्मेदवारी दिएकी थिएँ । ३८ सालकै निर्वाचनअघि रुदाने पनि एकदिन हाम्रो घर आइपुग्नुभयो । बुबाले उहाँबारे राम्रो भनेकाले उहाँलाई हामी अत्यन्तै सम्मान गथ्र्यौं, गर्छौं ।

‘तिमीहरू क–कस्को हो यो खानेकुरो, मैले खाएर हुन्छ र ?’ उहाँले जंगिएर भन्नुभयो । उहाँको बोली त्यति सजिलै बुझिँदैनथ्यो, ठाडो अनि रुखो । खाना खाइसकेपछि उहाँले भन्नुभयो, ‘अब मलाई एउटा कोठा देओ ।’ उहाँले त्यति भनेपछि मेरो जेठो छोरा (अजय सुमार्गी)ले उहाँलाई कोठा देखाइदियो । बिहान उहाँ कोठामा हुनुहुन्थेन । कतिवेला उहाँ बाटो लाग्नुभयो हामीलाई पत्तै भएन ।

रुपचन्द्रको सभाको सभाध्यक्ष म


३८ सालकै अर्को प्रसंग म सम्झन्छु । रुदाने मेरो घर आउनुभएको केही समयपछिको कुरा हो । उहाँले एउटा सभा आयोजना गर्नुभएको रहेछ । हाम्रो घरमा पनि त्यो जानकारी रहेछ । मेरा भान्जाभान्जी तथा घरका अन्य सदस्यले मलाई भन्नुभयो, ‘रुपचन्द्रको भाषण छ, सुन्न जाने होइन ?’ धेरैजनाले मलाई आग्रह गरेपछि म पनि भाषण गर्ने ठाउँमा पुगेँ ।

तर, त्यहाँ ५/६ जनामात्रै थिए । मलाई अचम्म लाग्यो, भाषण गर्ने ठाउँ भने पनि कुनै मञ्च बनाइएको छैन । न त मानिसै धेरै छन् । उहाँलाई सम्मान गर्ने भएकाले मलाई चिन्ता पनि लाग्यो । नजिकैको चिया पसलबाट एउटा टेबल ल्याएर मञ्चजस्तो बनाएँ । त्यसपछि अचानक त्यहाँ रुपचन्द्र विष्ट देखा पर्नुभयो । उहाँ टेबलअगाडि देखापरेपछि त्यहाँ मान्छेको ओइरो लाग्यो । म फेरि अचम्ममा परेँ– भाषण सुन्न अचानक मानिस कहाँबाट ओइरिए ? एकैछिनमा त्यहाँ हजारभन्दा धेरै मानिस आइपुगेका थिए ।

उहाँले त्यो सभा सुुरु गर्नुभयो, ‘म कलावतीलाई यो सभाको सभापति बनाऊँ कि नबनाउँm ?’ म फेरि अर्को अचम्ममा परेँ । त्यहाँ जम्मा भएका मानिसले मेरो नाममा समर्थन जनाएर ताली बजाए । त्यसपछि म सभाको सभापति भएँ ।

उहाँले भाषण गर्नुभयो । तर, मैले अत्यन्तै कम बुझेँ । उहाँले नेपालीमै भाषण गर्नुभएको थियो तर, उहाँले प्रयोग गरेका शब्द त्यति चलनचल्तीका थिएनन् । लामो समय संगत गरेपछि र उहाँको कार्यकर्ताको रूपमा विभिन्न ठाउँ पुगेपछि भने मैले उहाँको भाषण बुझ्न थालेकी थिएँ ।

‘थाहा’को अर्थ


म त्यसवेला महिला संघको अञ्चल सभापति थिएँ । उहाँको भाषण दुईचारपटक सुनेपछि मलाई अत्यन्तै मन पर्न थाल्यो । उहाँ भन्नुहुन्थ्यो, ‘गाउँलेलाई, झुत्रेझाम्रेलाई थाहा दिनुपर्छ । सबैलाई जगाउनुपर्छ । थाहा भएपछि मात्र समाजको विकास हुन्छ । थाहा भएन भने समाज र हाम्रा गाउँका मानिसको विकास सम्भव छैन । त्यसैले हामीले सबैलाई थाहा दिनुपर्छ ।’

मलाई त्यसवेला उग्रवादीकी छोरी भनेर भन्थे । मलाई त्यो मन पर्दैनथ्यो । मेरो बुबाका कारण मेरो ‘इमेज’ किन बिगार्ने ? तर, समाजले मलाई बुझेन । त्यसपछि मलाई मन नपराउने समाज मलाई पनि मन परेन । अनि मैले त्यो समाजलाई छोडिदिएँ । ४०/४२ सालको कुरा हो । म पनि ‘थाहा’ आन्दोलनमा सहभागी हुन थालेँ ।

उहाँका ८२ भन्दा धेरै सभामा भाग लिएर उहाँको अभियानबारे प्रचार गर्न थालेपछि एउटा सभामा उहाँले भन्नुभयो, ‘यो अब जनताकी मान्छे भई ।’ उहाँले त्यो वाक्य भन्दा मलाई अत्यन्तै खुसी लाग्यो । गर्व लाग्यो, मैले ‘थाहा’ आन्दोलनमा समर्पण हुने अठोट लिएँ ।

गाउँलेको माया र वितृष्णा


३८ सालको निर्वाचनमा उहाँ चुनिनुभयो । उहाँलाई गाउँलेले अत्यधिक भोट दिए, उहाँलाई अत्यन्तै माया गर्थे । गाउँलेहरू भन्थे, ‘रुपचन्द्र हाम्रो मान्छे हो । उसले हाम्रो भान्सामा आएर बाँडीचुँडी खान्छ । हाम्रा कुरा गर्छ ।’

एकथरी मानिस उहाँको प्रशंसा गर्थे भने अर्काथरी मानिस उहाँसँग डराउँथे । ‘बोलेको पनि केही बुझिँदैन, पर्चा र पम्प्लेट बोकेर हिँडिरहेको छ । को हो को ? खुकुरी पनि बोकेर हिँड्छ भन्या,’ एकथरी गाउँलेले सुरुवातीमा उहाँबारे टिप्पणी गर्थे ।

विस्तारै सबै गाउँलेले उहाँलाई बुझ्न थाले । उहाँले गाउँलेलाई बुझाउने र जगाउने काम गर्नुभयो । त्यो क्षमता र विशेषता भएको मान्छे अहिले नेपालले पाउने हो भने धेरै प्रगति हुने थियो ।

उहाँका जनमुखी सभामा कहिल्यै पनि मानिसलाई बोलाउन हुँदैनथ्यो । ‘फलानो ठाउँमा जनमुखी सभा छ,’ मात्रै भन्नुपर्ने । एकपटक मैले झुक्किएर ‘फलानो जनमुखी सभामा आउनु है’ भनेँ । त्यो उहाँले थाहा पाउनुभएछ । सभा सुरु गर्नेबित्तिकै उहाँले मलाई सभामै थर्काउनुभयो, ‘तँलाई भाते, बौलाही, जनता तेरा नोकर हुन् र उनीहरूलाई आदेश दिने ?’ मन अमिलो भयो, तर मैले त्यसपछि जनमुखी सभाको महत्त्व बुझेँ । अर्को कुरा, उहाँले गाउँमा गरेका सभा सबै बिदाका दिन पारिन्थे । अझ, स्कुलको ग्राउन्डमा सभा गर्नुपर्ने छ भने उहाँ शनिबारै रोज्नुहुन्थ्यो । उहाँले कुनै पनि दिन स्कुलको पढाइ डिस्टर्ब गर्नुभएन ।

‘भाते, खाएरै बस’


रुदाने मान्छेलाई भन्नुहुन्थ्यो, ‘भाते, खुब गरेको छस् ।’ सुरुमा मलाई उहाँले भाते भनेको सुन्दा अनौठो लाग्थ्यो । विस्तारै उहाँले भाते किन भन्दै हुनुहुन्छ भन्ने थाहा भयो । दिनभर काम गरेर साँझ–बिहान भातका लागि मात्र मरिमेट्ने मान्छेलाई उहाँले भाते भन्नुहुँदो रहेछ । उहाँको प्रस्ट धारणा थियो, ‘भात खाएर आफ्नो जीवनबारे मात्रै सोच्ने मान्छे भाते हो । सज्जन मान्छे हुनका लागि एउटा मान्छेले आफ्नो मात्र होइन, भातको मात्र होइन, समाजबारे सोच्न सक्नुपर्छ ।’ उहाँले भाते भन्दा नबुझ्नेहरू रिसाउँथे होलान् । तर, उहाँको कुरा सुनेपछि मान्छेले बुझ्थे ।

रुदानेको विचार तथा दृष्टिकोणलाई बुझ्न गाह्रो हुन्थ्यो । उहाँ सबै कुरालाई ६ पाटाबाट हेर्नुपर्छ भन्नुहुन्थ्यो । कुनै पनि कुराको विश्लेषण गर्दा उहाँले ६ पाटाबाट त्यसलाई अथ्र्याउनुहुन्थ्यो । त्यसैले उहाँलाई बुझ्न सजिलै सकिँदैनथ्यो ।

एकपटक जिल्ला अधिकारीको बैठक चलिरहेको ठाउँमा उहाँ पुग्नुभएछ । त्यहाँ तत्कालीन रानीको जन्मोत्सवको शुभकामना दिने कार्यक्रमबारे चर्चा चलिरहेको रहेछ । सांसद भएकाले उहाँ बैठकमा सोझै जानुभयो । त्यहाँ म पनि थिएँ । शुभकामना लेखिएको फाइलमा दुई शब्द शुभकामनाका लागि लेखिदिनु भनेर उहाँसमक्ष बढाइयो । उहाँले लेखिदिनुभयो, ‘मान्छेको मूल्यांकन घाटमा मात्र हुन्छ । म पनि कहिल्यै जन्मदिन मनाउँदिनँ, अर्काको जन्मदिन पनि मनाउने सोच राख्दिनँ ।’ उहाँको तर्क थियो, ‘ज्युँदो मान्छेलाई पूजा–अर्चना गर्नुहुँदैन । उसले बाँकी जीवनमा नराम्रो गर्न पनि सक्छ ।’

तर, उहाँले गाउँले सबैलाई विभिन्न चाडपर्व तथा अवसरमा शुभकामना दिनुहुन्थ्यो । पालुङमा उहाँ सबै घरमा गएर सुखदु:खका कुरा गर्न रुचाउनुहुन्थ्यो । त्यसैले त्यहाँका जनताले उहाँलाई अत्यन्तै माया गर्थे ।

‘शत्रुले चिने, मित्रले चिनेनन्’


हामी गाउँगाउँमा उहाँको सभा आयोजना गर्न जान्थ्यौँ । तर, उहाँले कहिल्यै पनि हामीलाई मलाई सहयोग गर भनेर भन्नुभएन । उहाँले हामीलाई बोलाउनुहुन्थेन, हामी आफैँ उहाँको अनुयायी भएका थियौँ । उहाँले कहिल्यै पनि मसँग तथा अन्य अनुयायीसँग दोहोरो कुरा गर्नुभएन । जे भन्नुपथ्र्यो, सभामै भन्नुहुन्थ्यो । हामी उहाँको विचार मन पराएर उहाँको अभियानमा लागेका तर हामीसँग उहाँले केही नभन्ने, भन्ने केही भए सभामै भन्ने । उहाँले एकदिन सभामा भन्नुभयो, ‘मलाई शत्रुले चिने, तर मित्रले चिन्न सकेनन् ।’

लामो समयसम्म उहाँको त्यो कुरा मैले बुझिनँ । पछि बुझेँ, हामीले उहाँका विचार पूर्ण रूपमा बुझ्न सकेनाँै, शत्रुले बुझेर उहाँको अभियानमा रोक लगाउन विभिन्न षड्यन्त्र गरे ।

उहाँ सधैँ महिलाका हकहितका कुरा गर्नुहुन्थ्यो । त्यसैले समाजका महिलाले उहाँलाई अत्यन्तै मन पराउने । म पनि मैले भोगेका समस्यालाई उहाँले सम्बोधन गरेकाले उहाँसँग लामो समय सँगै हिँडे । उहाँ भन्नुहुन्थ्यो, ‘हाम्रो समाजमा महिला पिछडिएका छन् । महिला सिर्जना हो । ऊ पछाडि पर्नु भनेको सिंगो समाज पछाडि पर्नु हो । महिलालाई अगाडि बढाउनुपर्छ, समाज राम्रो बन्छ ।’ त्यसवेला त्यस्तो राम्रो विचार राख्ने थप केही मान्छे भएको भए कति राम्रो हुनेथियो होला ?

यसरी हिँड्थे रुदाने


रुदाने सधैँ गाउँलेका विषयमा कुरा गर्नुहुन्थ्यो । उहाँले सधैँ गाउँलेलाई ब्युँझाउन चाहनुभयो । त्यही भएर पनि होला उहाँले गाउँलेले जे खान्थे, त्यही खानुहुन्थ्यो । एकपटक हेटौँडा आउँदा उहाँलाई राम्रो खाना दिइयो । उहाँ रिसाउनुभयो । भन्नुभयो, ‘मेरा गाउँमा मान्छे गिट्ठा खाएर बसेका छन्, म यहाँ यति मीठो खाना किन खाने ?’

उहाँ सधैँ एउटा ज्याकेट लगाउनुहुन्थ्यो । पटुका बाँध्नुहुन्थ्यो । पटुका वरपर उहाँ राजनीतिक विचार तथा समाज जगाउने पर्चा–पम्प्लेट राख्नुहुन्थ्यो । राजनीतिक विचारका पानाहरू उहाँ बेच्नुहुन्थ्यो भने सूचना तथा अन्य पर्चा सित्तैमा बाँड्नुहुन्थ्यो । उहाँले एउटा धोक्रो पनि बोक्नुहुन्थ्यो । त्यसमा विभिन्न पर्चा, किताब राखिएका हुन्थे ।

मेरो एकजना आफन्तले भन्नुभएको थियो– ‘रुपचन्द्रलाई कलेजमा सबैले छिछि गर्थे । फोहोर लुगा, झुत्रेझाम्रे भएर उहाँ कलेजमा जाने । कलेजमा सहपाठी कसैले पनि उहाँलाई मन नपराउने । उहाँले कैयौँपटक एक्लै बेन्चमा बस्नुपरेको थियो ।’ उहाँ कलेजमा पनि झुत्रेझाम्रे भएर जानुको कारण थियो– उहाँका जनता । उनीहरूले भौगोलिक विकटता तथा अशिक्षाका काराण कहिल्यै सुखसयलमा जीवन बिताउन पाएनन् । उनीहरूको जीवनलाई नजिकबाट स्पर्श गर्नुभएकाले रुदानेले पनि कहिल्यै राम्रा लुगा र मीठो खानामा ध्यान दिनुभएन । उहाँ भटमास र पानीमै धेरै दिन बिताउन सक्नुहुन्थ्यो ।

उहाँले जे बोल्नुभयो, त्यो गर्नुभयो । जे गर्नुहुन्थ्यो, त्यही मात्र बोल्नुहुन्थ्यो ।

बाबुले विश्वास गर्थेनन् रुदानेलाई


अहिले रुपचन्द्रको ‘थाहा’ अभियानबारे बारम्बार चर्चा परिचर्चा हुन्छ । उहाँलाई विश्वास गर्ने उसवेला पनि हजारौँ थिए, अहिले पनि हजारौँ छन् । तर, उहाँलाई आफ्नै बाबुले विश्वास गर्थेनन् । पालुङकै एउटा स्कुलमा पढाउनुहुन्थ्यो रुदाने । रुदानेले पढाएका विद्यार्थी जिल्लास्तरीय परीक्षामा सबै पास भएछन्, राम्रो अंक ल्याएर । तर, उहाँलाई घरमा उहाँको बाबुले भन्नुभएछ, ‘तँजस्ताले पढाएका विद्यार्थी पनि पास हुन्छन् ? तँ त यस्तो छस्, तैले के पढाउँछस् ? सबैले चोरेर पास भएका हुन् ।’

स्वतन्त्र स्वभावको रुदानेलाई बाबुका ती कुरा मन परेनन् । उहाँले भन्नुभएछ, ‘ए ममाथि अविश्वास गर्ने ? यस्तो अविश्वासीको घरमा म बस्दिनँ ।’ उहाँले एउटा सभामा भन्नुभएको थियो, ‘त्यस दिनदेखि म घर छोडेर हिँडेको मान्छे हुँ ।’ त्यसपछि उहाँ कहिल्यै पनि घर जानुभएन ।

रुदानेको बिहे


२६ सालमा मेरो विवाह भइसकेको थियो । रुदानेको भएको रहेनछ । एकदिन घरमा बसिरहेको समयमा मेरा जेठाजुलाई एकजना मानिसले आएर एउटा सानो चिर्कटो दिएर गए । चुरोटको खोल थियो त्यो चिर्कटो । चुरोटको खोलमा रुदानेले बिहेको निम्तो पठाउनुभएको रहेछ । मेरा जेठाजुले त्यो निम्तो पढेपछि हामीलाई भन्नुभयो, ‘ओहो, अब नेपालमा पनि यस्तो विवाह सुरु गर्ने भए रुपचन्द्र विष्टले ।’ त्यसवेला मलाई त्यस्ता कुरामा त्यति वास्ता थिएन, आफ्नै घरपरिवार सम्हाल्न पाए पुग्छ भन्ने लाग्थ्यो । तर, मेरा पतिले फेरि रुदानेको विवाहकै कुरा उठाउनुभयो । मेरा जेठाजुलाई निम्ता गरिएको कागजमा लेखिएको थियो, ‘पुस २६ गते फलानो ठाउँमा मेरो विवाह हुँदै छ । आफ्नो खानेकुरो आफैँले लिएर आउनू ।’ त्यो कागज देखाएपछि हाम्रो घरमा छलफल भयो र नेपालमा परिवर्तन हुँदै छ भन्ने निष्कर्ष निकालियो ।

उहाँको विवाह भयो । तर, रुदाने अलिक शंकालु हुनुहुन्थ्यो । गाउँगाउँ घुम्दै हिँड्ने मान्छेले श्रीमतीलाई भने शंका गर्ने । त्यसैले पनि होला उहाँको वैवाहिक जीवन लामो समय टिकेन । घरजम गरेर मक्ख परेर बस्ने सोच नभएकाले मानिस भएर पनि होला उहाँको पारिवारिक जीवन त्यति सफल भएन ।

प्रस्तुति : शिखर घिमिरे

Wednesday, March 5, 2014

नाक, कान, घाँटीको डाक्टर उस्ट्रासन - annapurnapost



संस्कृतमा उस्ट्र भनेको ऊँट हो। ऊँटले आफ्ना बच्चा र आफन्तलाई बोलाउँदा जस्तो आवाज निकाल्छ, यो आसनको अभ्यासमा पनि त्यस्तै आवाज निस्कने भएकाले उस्ट्रासन भनिएको हो। यो आसनको साधना नियमित गर्दा सहनशील हुने प्रेरणा मिल्छ।




यो आसनले ऊँटको जस्तै गुण नि:स्वार्थभाव बढाउन मद्दत गर्छ। त्यसैले भनिन्छ- गायक, संगीतकार, वाचकजस्ता आवाज बेचेर रोजीरोटी कमाउनेका लागि यो आसन वरदान सिद्ध छ। यसले बाह्य सौन्दर्य वृद्धि गराई मुखमा कान्ति ल्याउँछ। त्यसैले अचेल यसलाई डा. फर ईएनटी (नाक, कान, घाँटी) भन्ने प्रचलन पाश्चात्य मुलुकमा बढेको छ।

विधि
स्वच्छ वातावरण तथा सम्म धरातलमा तन्ना, चटाईमाथि, आफ्नो सम्म शरीर स्वाभाविक अवस्थामा आएपछि दुवै घुँडा मोडेर कम्मरलाई दुवै हातले टेवा दिँदै चिउँडोले छाती छुवाएर स्वाभाविक श्वासमा रहने। विस्तारै मुख बन्द गरी नाकबाट श्वास लिँदै गर्धन पछाडि तान्दै श्वास लिने।

श्वास लिन सकिनेबित्तिकै सम्भव भएजति मुख ठूलो पारेर जिब्रो बाहिर निकाली श्वास फ्याँक्ने। आँखा पनि सम्भव भएजति ठूलो पारी जिब्रोको माध्यमबाटै श्वास फेरि सक्दो बाहिर फ्याँक्ने र लिने। यसो गर्दा आउने आवाज ऊँटको जस्तो हुन्छ। यो क्रम दुई/दुई, चार/चार वा ६/६ पटक आफ्नो अवस्थाअनुसार दोहोर्‍याउँदा मुखमा तातोपन अथवा हल्का पसिना आएको महसुस हुन्छ।

त्यसपछि जिब्रो विस्तारै भित्र लगी मुख बन्द गरी नाकले श्वास बाहिर फ्याँक्दै चिउँडोलाई छातीमा पुर्‍याउने अनि स्वाभाविक श्वासमा आइपुग्दा यो आसन पूर्ण हुन्छ। सुरुका दिनमा राम्रोसित अभ्यास नहुँदासम्म दुई/दुईपटक दोहोर्‍याउने। त्यसपछि दिनको एकपटक गर्दा यसबाट लाभ प्राप्त गर्न सकिन्छ। निरन्तर अभ्यासबाट यो आसन गर्न सजिलो भएपछि कम्मरलाई आड दिएको दुवै हातलाई विस्तारै सास फेर्दै कुर्कुचामा समाएर माथि भनेबमोजिम अभ्यास गरे मेरुदण्ड लचिलो बनाउन पनि सहयोग पुग्छ। यो आसन सम्भव सूर्य उदयको समयमा खुला स्थानमा गर्नु राम्रो मानिन्छ।

लाभ
नाकको हड्डी पलाएको समस्या समाधानमा सहयोग पुग्छ। गर्धन र मुखको चाउरीपन हटाई पाचनप्रणाली बलियो बनाउँछ । पिनास, टाउको दुख्ने, स्वर बसेको, भकभकाउने, मेरुदण्ड, फोक्सोसम्बन्धी, कम कान सुन्ने, आँखा कमजोर भएका, टन्सिल, स्मरण शक्ति, थाइराइड आदि समस्यामा फाइदा पुर्‍याउँछ।

Sunday, March 2, 2014

दिलशोभा प्रकरणःअपुरो फोन रेकर्डले ल्याएको बबन्डर - अमित ढकाल र किरण भण्डारी - setopati

सम्पादकीय नोटः
(हामीले यो रिपोर्टिङ गर्ने सिलसिलामा दिलशोभा, उनको चर्चित फोन वार्ता रेकर्ड गर्ने अप्सरा गुरुङ, काठमाडौं एसएसपी रमेश खरेल, केन्द्रीय बाल कल्याण समितिका पदाधिकारीत्रय तारक धिताल, नमुना भुषाल, झनहरि,आमाको घरका १५ जाना बालबालिकालाई निशुल्क पढाउने एन्जेल एकेडेमीका जोतिक नापित, आमाको घरका कोषाध्यक्ष राजु शाक्य, लेखापरीक्षक युवराज घिमिरे, हुम्लाबाट विद्यार्थी ल्याउन सहयोग गरेकानवराज महतारा, आमाको घरमा काम गर्ने स्वयंसेवक लगायतसँग कुराकानी गरेका थियौं। यी मध्ये कतिपयलाई संवेदनशीलता कारण उद्धृत गरेका छैनौं।)
दिलशोभा श्रेष्ठको काठमाडौँ रविभवनस्थित 'आमाको घर'को पहिलो तला चढ्नेबित्तिकै एउटा कोठामा पुगिन्छ।
कोठाका भित्ता उनले पाएका सम्मानले भरिएका छन्। ठूलै आकारको त्यो कोठामा पनि नअटेका दर्जनौँ सम्मानपत्रका फ्रेमहरु थुप्रिएका छन्। यो कोठाआमाको घरको बैठक र कार्यालय पनि हो।
माघको कुनै साँझ यही कोठामा दिलशोभा फोनमा कुरा गर्दै थिइन्। यो कोठासँगै जोडिएको अर्को कोठामा आमाको घरमा कार्यरत कर्मचारी अप्सरा गुरुङ र एक वर्षदेखि त्यहीँ काम गर्दै आएकी आनी संगीता तामाङ सुत्थे।
अप्सरालाई दिलशोभाको कुरा 'शंकास्पद' लाग्यो। उनले तुरुन्त मोबाइलमा दिलशोभाको एकतर्फी फोन संवाद रेकर्ड गर्न सुरु गरिन्।
अर्को कोठाबाट रेकर्ड गर्दा राम्ररी नसुनिएपछि अप्सराले संगीताको खल्तीमा आफ्नो मोबाइल हाल्दिन् र दिलशोभाको छेउमा गएर बस्न भनिन्। बेखबर दिलशोभाले फोनमा निश्चिन्त कुरा गरिन्।
उनको एकतर्फी संवाद अप्सराको मोबाइलमा रेकर्ड भयो।

को हुन अप्सरा?

दिलशोभाको फोन संवाद रेकर्ड गरिएको केही हप्ताअघि, पुस १८ गते मात्रै, अप्सरा आमाको घरमा कर्मचारीका रुपमा नियुक्त भएकी थिइन्। अप्सरा र दिलशोभाबीच तीन वर्ष पुरानो चिनजान थियो। उतिखेर अप्सराले आमाको घरमा आएर केही दिन दिलशोभालाई सघाएकी थिइन्।
‘मैले पहिला ५० हजारसम्म तलबमा काम गरेँ। अहिले खालि छु। सेवाका लागि यहाँ १० हजारमै काम गर्दिन्छु,’ अप्सरालाई उद्धृत गर्दै दिलशोभा भन्छिन्, ‘आठ हजार दिने गरी काम लगाएको हुँ।’
७/८ वर्ष बालबालिकाको क्षेत्रमा काम गरेकी अनुभवी कर्मचारी पाएर दिलशोभा दंग थिइन्। अप्सराले संस्था व्यवस्थित गरेर लाने र एकजना बच्चा बराबर वार्षिक दुईलाख रुपैयाँसम्म सहयोग पाउन सकिने बताइन्। दिलशोभा थप प्रभावित भइन्।दुवै जना क्रिश्चियन धर्म मान्ने, चर्च जाने भएकाले सम्बन्धको अर्को सेतु थपियो। दुई बीचमा आमाछोरीको साइनो स्थापित भयो।
अप्सराले विस्तारै सुधारको कुरा गर्न थालिन्।
अन्नपानीको गुणस्तर, बालबच्चाको लुगाफाटो, जुत्ताचप्पल लगायत कुरा उठाइन्। पारदर्शिताको कुरा उठाइन्। दिलशोभालाई अप्सराको कुरा कता कता चित्त बुझेन। बिस्तारै उनीमाथि नै शंका लाग्न थाल्यो। उनले ठानिन्, ‘कुनै एनजिओले अप्सरालाई आमाको घरको जासुसी गर्न पठायो।’
खटपट हुनुभन्दा अघि नै अप्सरा केटाकेटीहरुसँग घुलमिल भइसकेकी थिइन्।
केटाकेटीलाई पनि उनले आमाको घरले बालगृहको मापदण्ड अनुसार खानलाउन नदिएकोबारे सचेत तुल्याउन कोशिश गरिसकेकी थिइन्। अप्सराको मायालु स्वभावले ३२ मध्ये धेरै केटाकेटी उनीसँग रत्तिइसकेका थिए।
दिलशोभा र अप्सराको खटपट बढेर भान्छा अलग्गिइसकेको थियो। दिलशोभा आमा र केटाकेटीलाई पकाउने माथिल्लो तलाको भान्छामा नै खान थालिसकेकी थिइन्। अप्सराले पनि मोबाइलमा, आफ्नो ल्यापटपमा सकेजति संवाद र भिडियो रेकर्ड गर्न थालिन्।
दिलशोभा अप्सरालाई कामबाट हटाउने टुंगोमा पुगिन्। आफू प्रार्थना गर्न जाने चर्चबाट केही दिनका लागि आफूलाई सहयोग गर्न दुई जना मानिस झिकाइन्। संस्थाको काममा उनीहरुले सघाउन थालेपछि, अप्सरा भूमिका विहीन हुँदै गइन् र अन्तत: महिना दिन नपुग्दै आठ हजार तलब लिएर आमाको घरबाट बिदा भइन्। अप्सरासँगै आनी संगीता तामाङले पनि आमाको घर छाडिन्।
संस्थाबाट निस्केपछि अप्सराले आफूसँग भएका रेकर्डहरु आफ्नो मनले खाएका मानिस र एनजिओकर्मीलाई देखाइन्।
रेकर्डहरुमध्ये आमाको घरको बैठक/कार्यालय कोठाबाट दिलशोभाले गरेको एकतर्फी टेलिफोन संवादमा भनिएको थियो, ‘१५ सय जति पैसा दिने, बेलुका पकाएर ख्वाउने एकछाक, बिहान ख्वाउनुपरेन, तपाईँलाई माया लाग्छ भने एक कप चिया ख्वाएर पठाउनू, बेलुका आएर तपाईँलाई पकाएर ख्वाउँछ, रातभरि तपाईँसँग सुत्छ,माया माया माया गरेर बस्छ।’
अप्सरालाई पहिलेदेखि नै यो संवादले शंकित तुल्याएको थियो। रेकर्ड सुन्ने अरुले पनि उनलाई उक्साए- यो दिलशोभा देह व्यापारमा संलग्न भएको बलियो प्रमाण हो।
अप्सरा, आमाको घरमै पहिले काम गरेका कर्मचारी र अरु केहीले सल्लाह गरेर जिल्ला प्रशासन कार्यालयमा यसबारे टेलिफोन रेकर्डसहित आफूले जुटाएका 'प्रमाण'राखेर उजुरी दिए। केन्द्रीय बालकल्याण समितिलगायतलाई अप्सरा आफैँ गएर उजुरीको बोधार्थ दिइन्।
जिल्ला प्रशासन कार्यालय, बालकल्याणमा हल्लीखल्ली मच्चियो। त्यो हल्लीखल्लीको मूल कारक त्यही एकतर्फी टेलिफोन संवाद थियो। जिल्ला प्रशासन,बालकल्याण र अरु सरोकारवाला निकायको बैठकमा पनि त्यो टेलिफोन संवादको अर्थ 'देहव्यापार' गरेको भन्ने नै लगाइयो।
बालबालिका राख्ने अनुमति नलिएको र आमाको घरको दुर्व्यवस्थाको मुद्दा छँदै थियो, 'देह व्यापार' को शंकाले बालबालिकालाई तुरुन्त उद्धार गर्नुपर्ने तदारुकता उब्जियो।
दिलशोभालाई बोलाएर काठमाडौँका सिडिओ वसन्तराज गौतमले बालबालिका उद्धार गर्ने जानकारी दिए।
उद्धार हुनु दुई दिनअघि दिलशोभाबिरुद्धको उजुर र फोन रेकर्ड सम्मिलित इमेल केही सञ्चारगृहलाई पठाइएको थियो। सेतोपाटीलाई पनि त्यो इमेल आएको थियो।
जुन रेकर्डलाई आधार मानेर देहव्यापारको शंका गरिएको छ, त्यसले मात्र त्यो संगिन आरोप पुष्टि हुन्न। दिलशोभा स्वयमले त्यो फोन वार्ता क्यान्सरपीडित ७० वर्षीया राधिका मानन्धरसँग गरेको पत्रकार सम्मेलनमा बताएकी छन्। त्यो संवादको मसिनोसँग विश्लेषण गर्ने हो भने दिलशोभाको भनाइ झुटो मान्ने आधार छैन।
अनुसन्धानमा संलग्न प्रहरी, प्रशासन, समिति कसैले पनि ‘यौन व्यवसाय’बारे टेलिफोन रेकर्डबाहेक अहिलेसम्म अरु प्रमाण नभेटिएको बताएका छन्। संवाद रेकर्ड गर्ने अप्सरा स्वयमसँग पनि देहव्यापारको सवालमा अरु प्रमाण वा तर्क छैनन्।
…

‘बालगृह सुधार्नुपर्थ्यो, उद्धार गरियो’

दिलशोभाले आफूविरुद्ध उजुरीबारे जानकारी पाएपछि सिडिओ कार्यालय रबालकल्याण धाउन सुरु गरिन्। बालकल्याण, सिडिओ र प्रहरी देहव्यापारको शंकाले उनीप्रति नकारात्मक भइसकेका थिए।
काठमाडौंका सिडिओ गौतमको अध्यक्षतमा बैठक बस्यो। सहायक सिडिओले सबैनिकायलाई डाकेर पटकपटक छलफल चलाए।
माघ अन्तिमदेखि फागुनको पहिलो साता बालगृह संचालनको अनुमति लिने प्रयासमा दिलशोभा लागिरहिन्। घरि कानुन, व्यवसायी घरि लेखापरीक्षकलाई लिएर सिडिओ कार्यालय र बालकल्याण धाइन्।
‘उजुर परेकाले बालगृह संचालन अनुमति दिन सकिँदैन,’ सिडिओ अफिसले नाइँनास्ती गर्‍यो। विधान संशोधनमा बालगृहको अनुमति थप गर्ने मस्यौदाको पाना संस्था दर्ता शाखाका कर्मचारीले च्यातेरै फ्याँकिदिए।
त्यो घटना भएको दुई दिनमा आमाको घरमा छापा मार्न सरकारी टोली पुग्यो।त्यहाँ रहेका ३४ बालबालिकालाई ललितपुर गोदावरीको 'सानो पाइला' बालगृह सारियो।
सरकारी टोलीले बालबालिकाको राम्रो स्याहारसुसार नभएको, घरघरमा काम गर्न पठाएको, खानपान राम्रो नभएको र बालगृहको मापदण्ड नै नपुगेको जानकारी गराए। दिलशोभाले दर्ता नै नगरी गैरकानुनी क्रियाकलाप गरेको आरोप बालकल्याण लगायतले लगाए।
दर्ता गर्ने भन्दाभन्दै मेलो नपाएर अलमल र गल्ती भएको दिलशोभाले स्विकारेकी छिन्। ‘मान्छे हो गल्ती हुन्छ, मबाट पनि भयो होला,’ उनले भनिन्, ‘मसँग दिल छ। माया, न्यानो, तातो दिन मात्र जानेको छु।’
‘क्राइटेरिया’ पूरा गर्न दुई महिना समय मागेको र त्यो पनि नपाएको दुखेसो उनको छ।
बालकल्याणका अधिकारीले आफूले वर्षौँदेखि पटकपटक दर्ता गर्न र मापदण्ड अनुसार संचालन गर्न अनुरोध गरेको तर दिलशोभाले नटेरेको बताए।
‘हामीले अकस्मात् छापा मारेका होइनौं, धेरैचोटि उहाँलाई दर्ता गर्न भन्यौं,’बालकल्याणकी अनुगमन अधिकृत नमुना भुषालले भनिन्, ‘जति मौका दिँदा पनि दिलशोभा सुध्रनु चाहनुभएन।’
दिलशोभाले भने आजसम्म दुईपटकमात्र बालकल्याणका मानिस आएको बताइन्।'पाँच वर्षअघि नागरिक पत्रिकामा मेरो कामको बारे लेखेपछि उहाँहरु एकपटक आउनुभएको थियो, त्यसपछि यसपालिमात्रै आउनुभएको हो,' दिलशोभाले भनिन्।बालकल्याणका सदस्यसचिव तारक धितालभन्दा पुरानी भुषालले 'तीनवर्ष पहिला र यसपाला माघको' अनुगमनमात्र सम्झिन सकिन्।
अप्सराले आमाको घर छोडेको भोलिपल्ट बालकल्याण अनुगमन गर्न रविभवन पुग्यो। दिलशोभाले अनुगमनमा गएका बालकल्याणका अधिकारीहरुलाई तपाईँहरु अप्सराले भनेर आउनुभएको भनेर प्रश्न गरिन्।
अप्सराले छोडेको भोलिपल्ट आफूहरु अनुगमनका लागि पुग्नु एउटा संयोगमात्र रहेको दाबी बालकल्याणका सदस्य सचिव धितालले गरे। 'वालगृहहरुकाे अनुगमन अन्तरगत आमाघरमा गएका हौं,' उनले भने, 'यहिँ चरणमा १९ वटाको अनुगमनमा गएका थियौं ।'
बालगृहलाई मापदण्ड अनुसार संचालन गराउने र बालबच्चाका लागि आधारभूत वातावरण ग्यारेन्टी गराउने जिम्मा पाएको नियमनकारी निकाय हो, बालकल्याण समिति।
आमाको घरमा बालगृह संचालन भएको छ वर्ष भयो। यसबीचमा कुनै पनि अनुगमनमा समितिले दिलशोभालाई आधिकारिक रुपमा सचेत गराएको वा पत्र लेखेर सुधार्ने कोसिस गरेको देखिएन। दिलशोभालाई लिखित सुझाव नदिएर आफूहरुबाट कमजोरीभएको बालकल्याणका अधिकारीहरुले स्विकारेका छन्।
बालगृह गैरकानुनी भने पनि केन्द्रदेखि जिल्ला बालकल्याणले आमाको घरमाबच्चा पठाएको अर्को तथ्य फेला परेको छ। बालकल्याणले २०७० जेठ १७ गते आमाको घरलाई छ वर्षको एक बालकलाई संरक्षण र पालनपोषण गरिदिन लेखेको सिफारिसपत्र सेतोपाटीलाई प्राप्त भएको छ।
‘म त सेवा गर्न जान्दछु, धेरै कानुन जान्दिन,’ दिलशोभाले प्रश्न गरिन्, ‘आमाको घर कामै नलाग्ने थियो भने किन बालकल्याण, सिडिओ, गाविसहरुले बच्चा पठाए त?’ बालकल्याणको सिफारिसमा तीन, कालिकोट, हुम्ला, मुगु लगायत सिडिओ,गाविस, जिल्ला बालकल्याण समितिको सिफारिसमा तीस जनाभन्दा बढी बच्चा राखेको दाबी उनले गरेकी छन्।
बालगृहमा कर्णालीका बच्चा अत्यधिक हुनुलाई पनि बालकल्याणका पदाधिकारीहरुले शंकास्पद् ठानेका छन्। 'कर्णालीबाट ल्याएका कतिपय बालबालिकालाई अन्त काम गर्न पठाएको लगायत आरोपमा छानबिन भइरहेको छ,’ भुषालले भनिन्, ‘बालगृह खोलेर बच्चा अन्त पठाउनु त भएन नि।’
धेरैले ठानेजस्तो र दिलशोभाले कतिपय प्रसंगमा दाबी गरेजस्तो आमाको घरमा भएका बालबालिका सडकबाट उठाइएका भने होइनन्। बुधबार 'उद्धार' गरिएका ३२ मध्ये ३० बालबालिका कर्णालीका विभिन्न जिल्ला र एकजना चितवनका हुन्।
कर्णालीका बच्चा बालगृहमा आइपुग्नुलाई दिलशोभा संयोगमात्र मान्छिन्। ‘बिबिसी साझा सवालमा जुम्ला गएकी थिएँ,’ उनले भनिन्, ‘त्यसपछि कर्णालीका बच्चा आउन थाले।’
दिलशोभालाई कर्णालीबाट बालबालिका पठाइदिनेमध्ये हुम्लाका नवराज महतरालेसेतोपाटीसँग भने, ‘टुहुरा बच्चा पठाएको छ, उनीहरुले पेटभरि खान र स्कुल जान पाएका छन्।’
हुम्लामा कहिले पढाइ नहुने, कहिले पाठ्यपुस्तक नहुने लगायत समस्या झेल्नुभन्दा मापदण्ड पूरा भए पनि नभए पनि आमाको घरको आश्रय महतरालाई सुविधाजनक लाग्छ।
बालगृहका पन्ध्र जना बच्चालाई निशुल्क पढाइरहेको एन्जेल एकेडेमी कीर्तिपुरका संस्थापक प्रिन्सिपल जोतिक नापितलाई दिलशोभा घटनाले मर्माहत बनाएको छ।
उनले तीन वर्षअगाडि नै कानुनी प्रकृया पूरा गर्न, दर्ता गर्न र पारदर्शी बनाउनदिलशोभालाई सुझाव दिएका थिए। संस्था ठूलो भइसकेकाले कर्मचारीसहितको अफिस खोलेर व्यवस्थित गर्न उनले पटकपटक घच्घच्याए।
‘कुन दिन दशा आइपर्ला र धुरुधुरु रुनुपर्ला,’ जोतिकले सम्झाएका थिए।
उनलाई दिलशोभाले नियतवश सुधार नगरेको भन्ने लाग्दैन। किनकि ‘ल न त संस्था दर्ता गर्न सहयोग गरिदिनुस्’ भनेर दिलशोभाले धेरैपटक उनीसँगै सहयोग मागिन्। बालगृहका विद्यार्थी निशुल्क पढाइदिने अर्को स्कुलको प्रिन्सिपललाई पनि त्यस्तै अनुरोध गरेको उनले सुनेका थिए।
‘हामी शुभेच्छुकले सहयोग गर्नुपर्ने कुरा थियो,’ जोतिकले भने, ‘आ–आफ्नो व्यस्तताले सकिएन, अहिले आएर बच्चाहरु उठाएर लाँदा दुखद स्थिति सिर्जना भयो।’
कानुन उल्लघंन गरौं वा अरु छलछाम गरौं भन्ने दाउ दिलशोभाले गरेजस्तो नलाग्ने मात्र हैन, सरकारी निकायले आमाको घरलाई सुधार्न लागिपर्नुपर्थ्यो भन्ने जोतिकको धारणा छ।
‘बालगृह सुधार गर्नुपर्थ्यो,’ उनले भने, ‘उद्धार गरियो।’ हुन त आमाको घरका कतिपय शुभेच्छुक र सहृदयीहरुलाई प्रशासनले प्रयोगमा ल्याएको यो ‘उद्धार’ भन्ने शव्द नै चित्त बुझेको छैन।
…

दुरावस्था र दुर्व्यवहारको आरोप

आमाको घरको ‘दुरावस्था’ले पनि उद्धार गर्नुपरेको सरकारी तर्क छ।बालबालिकालाई राम्रो व्यवहार नगरेकोदेखि ‘दुर्व्यवहार’ सम्मको आरोप उनलाई छ। बालबालिका राख्न कस्तो भौतिक पूर्वाधार हुनुपर्छ भन्ने बालकल्याणको पुस्तिका नै छ। ती मापदण्ड भने आमाको घरले पूरा गरेको छैन।
बालबालिका र बृद्धलाई एउटै घरमा राखिएको छ। बालबालिका सुत्ने कोठा साँघुरो छ। सुत्ने र लगाउने कपडा फोहोर छन्। आमाको घरमा बस्दा धेरै बालबालिकाका खुट्टामा चप्पल हुन्न। तर आमाको घरको अवस्था पहिलेदेखि नै यस्तै हो। पत्रपत्रिकाको प्रशंसा, दर्जनौं सम्मान पाएर दिलशोभाको हाईहाई हुँदा आमाकोघरको अवस्था अहिलेभन्दा पनि नाजुक थियो।
आमाको घरका बुढापाका र बालबच्चालाई भरथेग गर्ने शुभेच्छुक र सहृदयीहरु पहिलाभन्दा भौतिक अवस्था निकै सुध्रेको ठान्छन्। ‘पहिला भन्दा ६० प्रतिशत स्तर बढेको छ,’ प्रिन्सिपल जोतिकले भने, ‘चार/पाँच वर्ष पहिला झन् फोहोर, झन् साँघुरो र झन् अव्यवस्थित थियो।’
दिलशोभाले आफ्नो माइतीले पेवामा दिएको घरमा आफन्तले वास्ता नगरेर सडकमा आइपुगेका बुढापाकालाई आश्रय दिएर अठार वर्ष पहिला आमाको घरलाई जन्म दिएकी हुन्।
त्यसले चार वर्षपछि मात्र दर्ताको औपचारिकता पूरा गर्‍यो। त्यही घरमा एउटा पाखो थपेपछि उनले बालबालिकालाई पनि आश्रय दिन थालिन्। दुखम्, सुखम् चलाइन्।
भौतिक अवस्था सुधार्दै लगेको दिलशोभाको पनि दाबी छ। ‘विजयकुमारले अन्तर्वार्ता लिएपछि दुई वर्षयता आमाको घरलाई धेरै सहयोग आउन थालेको हो,’दिलशोभाले भनिन्, ‘सँगै जग्गा बढाइसकेको थिएँ, जापानिज दूतावासले घर बनाइदिन नक्सा बनाइसकेको थियो ।’
चामल, दाल, भुटुन, मसला, बिस्कुट लगायत खानेकुरा प्रशस्त जिन्सी सहायतामा आउने गरेको छ। श्राद्धको तिथि, जन्मोत्सव, विवाहको वार्षिकी लगायतमा खाना खुवाउनेको भीड नै हुन्छ। त्यतिबेला अघिपछि भन्दा मिठो, मसिनो पाक्छ।
‘पकाउने, सरसफाई, लुगा धुने, भान्छे गरेर चार जना छन्,’ उनले भनिन्, ‘बिहान ३ बजे उठेर अरु चार जानाको काम मै गर्छु।’
पछिल्ला वर्षमा उनको संस्थालाई सहयोग गर्नेको जुन भीड छ, त्यो तुलनामा आमाको घर फुर्तिलो देखिदैन। बच्चालाई राखेको भुँइतल्ला घाम पस्ने र हावा खेल्ने खालको छैन। बुढापाकालाई राखिएको कोठा पनि ओछ्यान जोडिएजस्तै छ।
‘सडकपेटीमा सुतेका वृद्धा उठाएर जीउमा कटकटिएको दिशा धुन नै मैले घन्टौं लगाएकी छु,’ उनी भन्छिन्, ‘हाम्रो घर सडकभन्दा राम्रो र तातो होला, त्यो भन्दा राम्रो छैन।’
उनले केटाकेटीलाई हप्की, दप्की लगाउने गरेको र चप्पल समेत लगाउन नदिएको आरोप पनि छ। चप्पल दियो कि छिनालिहाल्छन् भन्ने पीर उनलाई छ नै। हप्काएनन् भन बिग्रिन्छन् भन्ने उनको मान्यता छ।
पन्ध्र वर्ष निकै दुखजिलो गरेर संस्था चलाएकी उनको ‘टार्ने, पुर्‍याउने’ बानी गएको छैन।
नयाँले पुग्ने भए पनि पुराना लुगाफाटो लिन दिलशोभाले छाडेकी छैनन्। कसैले महँगो चामल दियो भने त्यो बेचेर मझौला खालको ल्याएर फारु गर्ने बानी पनि उस्तै छ।
खासै लेखपढ नगरेकी उनको चेतनास्तर र वृद्ध/बालबालिकाबारे ऐन/कानुनले तोकेको मान्यतामा ठूलो खाडल छ। कतिसम्म फोहोर र कति गरे सफा भन्ने उनको व्यक्तिगत चेतमै निर्धारित छ।
उनले विद्यार्थी पठाउने स्कुलका शिक्षकहरुलाई पनि बालबालिकाको सरसफाइमा ध्यान नपुगेको खट्किन्छ। ‘कतिपल्ट मैले नै स्कुलमा बच्चालाई नुहाइदिएको छु,’एन्जल एकेडेमीका संस्थापक प्रिन्सिपल जोनिकले भने।
उनले पाँच जना बच्चालाई विभिन्न व्यक्तिको घरमा काम लगाउन पठाएको आरोप पनि छ। दिलशोभाले भने काम गर्न नभई आमाको घरभन्दा राम्रो हुन्छ भनेर शिक्षादिक्षाका लागि पठाएको स्विकारेकी छिन्।
बालकल्याणका अनुसार तीन जना पोखरा र दुईजना काठमाडौंमा अरुको घरमा छन्। ‘मेरो भाइले तपाईँ मात्र कति दुख गर्नुहुन्छ, हामी पनि अलिकति सेवा गरौं भनेर लगेको हो,’ दिलशोभाले पत्रकार सम्मेलनमै भनेकी थिइन्।
बालकल्याणका अधिकारीहरुले भने त्यसबारे अनुसन्धान भइरहेको बताएका छन्।‘बालगृहले जिम्मा लिएर अन्त पठाउन कहाँ पाइन्छ?’ धितालले भने।
…

आर्थिक स्रोतमा दिलशोभाकै तजबिज

दिलशोभाकै अनुसार पछिल्लो दुई वर्षदेखि उनको संस्थालाई आर्थिक सहायता गर्नेको संख्या ह्वात्त बढेको छ। परोपकारको भावनाले आमाको घरलाई सहायता गर्नेमा लगभग सबैजसो नेपाली छन्, स्वदेश र विदेशमा बसेका।
सहायतामा आएको रकम बैठककोठामा रहेको मोटो खातामा लेख्ने चलन छ। तर त्यसको खर्चमा कञ्जुस्याइँ गरेको, हिसाबकिताब दुरुस्त नराखेको र हिनामिना गरेको आरोप उनीमाथि छ। उनीबिरुद् जिल्ला प्रशासन कार्यालयमा गरिएको उजुरीमा ४० लाख रुपैयाँ अमेरिकामा रहेका छोरीज्वाइँलाई पठाएकोसमेत दाबी छ।
दिलशोभाको विश्वासमा दिएको सहायताको खटनपटन उनले व्यक्तिगत तजबिजमा गर्ने गरेकी छन्। संस्थाको संचालक समिति खासै सकृय छैन।
कोषाध्यक्ष राजु शाक्यले आफूलाई हिसाबकिताबबारे केही थाहा नभएको बताए।‘दिलशोभा आमालाई सहयोग गर्न म कोषाध्यक्ष बस्दिएको मात्र हुँ,’ शाक्यले भने, ‘सबै जिम्मा आमाकै हो।’
यसपाला संस्थाको लेखापरीक्षण गर्ने युवराज घिमिरेले सेतोपाटीलाई दिएको जानकारी अनुसार यो आर्थिक वर्ष २०६९/७०मा संस्थालाई १ करोड १२ लाख भन्दा बढी नगद सहायता प्राप्त भएको छ। ‘६९ लाख संस्थाको खातामा बाँकी छ,’घिमिरेले भने, 'सिकाउने मानिस नभएर कागजपत्र दुरुस्त राख्न नसकेको देखिन्छ।'
उनका अनुसार ६० भन्दा बढी केटाकेटी र बुढापाकाका लागि संस्थामा मासिक ३ लाख ५० हजार रुपैयाँ भन्दा बढी खर्च हुन्छ।‘बुढापाकाको औषधिउपचारमा प्रशस्त खर्च देखिन्छ,’ उनी भन्छन्, ‘एकजना वृद्धाको अपरेसन गरेर बीस किलोको ट्युमर झिकेको कागज समेत छ।’
स्कुलहरुले फि माफी गरिदिए पनि ड्रेस, कापी कलम, औषधि उपचार खर्च पनि महँगो नै हुने दिलशोभा बताउँछिन्।
अनुगमन गर्ने निकायले आर्थिक पारदर्शितामा आजसम्म  प्रश्न उठाएको देखिन्न। बालकल्याण वा समाज कल्याण परिषद्ले आजसम्म हिसाबकिताब वा लेखा परीक्षणमाथि प्रश्न उठाएका छैनन्।
दिलशोभाले पनि हिसाबकिताब पारदर्शी र दुरुस्त राख्न शुभेच्छुकहरुले दिएको सुझाव कार्यान्वयन गरेकी छैनन्।
उनले व्यवस्थापन गर्न नजानेर त्यसो गरिन् वा नियतवश गरिन्, सबै जाँचपडताल नगरी भन्न कठीन छ।
उनको संस्थाको खातामा खर्च भएर बचेको ६९ लाख रुपैयाँ देखिएको तथ्यले भने आमाको घरमा आएको स्रोत बालबच्चा र वृद्धको लालनपोषणमा खर्च नगरी व्यक्तिगत लाभ लिएको भन्ने आरोपको धेरै हदसम्म खण्डन गर्छ।

युरिक एसिड कसरी नियन्त्रण गर्ने ? - onlinekhabar



आधुनिक जीवनशैली र खानपानले धेरैजना युरिक एसिडको समस्याले पीडित भइरहेका छन् । दिर्घकालीन रोगको रुपमा लिइने युरिक एसिडबाट जोगिने केही उपाय छन् । ती पालना गरे तपाईं पनि जोगिन सक्नुहुन्छ ।

१) शरिरको तौल नियन्त्रण गर्नुहोस् । बढी तौल भएको शरिरमा युरिक एसिड थुपि्रएर बस्दछ र रगतमा प्रसार हुन्छ ।

२) मासुजन्य खाद्यपदार्थमा प्युरिन रहेको हुन्छ, जसको सेवनले युरिक एसिड बढाउँछ । खासगरी रातो मासुको उपभोग कम गर्नुपर्दछ । कलेजो, किड्नी, मुटुजस्ता मांस पदार्थको उपभोग सकेसम्म घटाउनुपर्छ । मासुको सुप, बियरजस्ता यिष्टबाट प्रशोधित तरल पदार्थको सेवन पनि कम गर्नुपर्छ । सिमी, तोरीको साग, पालुंगोको साग, खसी, हाँसको मासु, गंगटा, आइसक्रिम, पाउरोटी, केक आदिको सेवन पनि युरिक एसिडको कारक बन्न सक्छन् ।

३) किड्नीको संचालन प्रभावकारी नहुँदा युरिक एसिडको मात्रा बढ्ने गर्दछ । त्यसैले दैनिक कम्तिमा १० गिलास पानी पिउनुपर्दछ ।

४) क्याल्सियमयुक्त खानाको सेवन बढाउनुपर्छ । केरा, आलु, दूध, दही, स्ट्रबेरी, कागती आदिको नियमित सेवन गर्नुपर्दछ ।

५) अल्कोहल, कोक, फ्यान्टा, स्प्राइट, पेप्सी, मिरिण्डाजस्ता सफ्ट डि्रँकको सेवन घटाउनु पर्दछ ।

६) तेलमा तारेको खानेकुरा कम खानु पर्दछ । तारेको खानेकुरामा भएको तेल तथा फ्याट रेनसिडमा परिणत हुन्छ । रेनसिडको उपभोगले शरिरमा अन्तरनिहित भिटामिन ई नष्ट गरी युरिक एसिड प्रसार हुन्छ ।

७) शारीरिक व्यायाम र मानसिक तन्दुरुस्ती नियमित राख्नुपर्दछ ।

सेयरमा लगानी गर्ने हो ? भन्नुस मलाई तत्काल धनी हुनु छैन्, वारेन बफेटको पढ्नै पर्ने पत्र - bizmandu

गैर व्यवसायिक लगानीकर्ताका लागि ‘केमा लगानी गर्ने’ र ‘कहिले लगानी गर्ने’ जस्ता विषय महत्वपूर्ण हुन्छन् । बजारमा धेरै उतारचढाव भैरहेको बेला भर्खर लगानी गर्नेका लागि उपयुक्त हुदैन । बुलिस र बियरिस बजार दुवै लगानी सुरु गर्ने समय हुन तर त्यसको जोखिम पनि हेर्नै पर्छ । बार्टोन बिग्सले बुलिस बजारका बारेमा भनेका छन्, ‘बुलिस बजार सेक्स गरे जस्तै हो । यो अन्त्य हुनुभन्दा अगाडि चरमोत्कर्षमा हुन्छ ।’ समय निर्धारण गर्न नसक्दा सेयर बजारको लगानी जोखिममा पर्न सक्छ
---
मेरो लगानीबाट फाइदा नै हुन्छ, घाटा हुँदैन भन्ने निर्णय गर्न मलाई विशेष ज्ञान र बुद्धिको आवश्यकता परेन । कहिले काहीं बालीनाली खराब भैदिंदा म दिक्क भने भएँ । त्यो भएर के भो र ? केही राम्रा वर्ष पनि आए, तसर्थ ममा जग्गा बिक्री गर्ने दवाव कहिल्यै भएन । अहिले २८ वर्ष भयो, त्यो जग्गाको आम्दानी तीन गुणा बढेको छ, यो आम्दानी मैले जग्गामा हालेको पैसाको पाँच गुणा हो । मलाई अहिले पनि कसरी खेतीपाती गर्ने थाहा छैन, मैले हालै दोस्रोपटक त्यो फार्मको भ्रमण गरेको हुँ
---
लगानीबाट सन्तोषजनक फाइदा पाउन तपाई विशेषज्ञ नै हुनुपर्छ भन्ने छैन् । यदि तपाई विशेषज्ञ होइन भने, तपाईलाई आफ्नो सीमा र उपयुक्त बाटोका बारेमा थाहा हुनुपर्छ । कुनै पनि कुरालाई सहजरुपमा लिनुपर्छ र मनको लड्डु घिउसँग खाने काम गर्नु हुदैन । कसैले तत्काल नाफा दिन्छु भन्छ भने सँधै भन्नुस, मलाई तत्काल धनी हुनु छैन् । 
---
लगानीकर्ताका लागि निरन्तर परिर्वतन भैरहने सेयर सुचकांकका आधार आफ्नो लगानीको अवस्था थाहा पाउनु लाभदायक नै हुन सक्छ, केही लगानीकर्तामा यस्तो देखिएको पनि छ । यो कुरा मेरो फार्म नजिकको कुनै सन्काहाले मेरो जग्गाको मूल्य दिन दिनै फलाके जस्तै हो । उसले मेरो जग्गा पनि किन्दैन र आफ्नो पनि बेच्दैन । यो सबै कुरा उसको दिमागी हालतमा भरपर्छ । यस्तो व्यवहारबाट कसरी संसारको परिर्वतन सम्भव छ ?
---
यो लेख विश्वकै धनाढ्य वारेन बफेटले आफ्ना लगानीकर्ता (सेयरहेल्डर्स) लाई सम्बोधन गर्दै लेखेका हुन् । लेखमा बफेटले आफूले किनेका केही रियल स्टेटको प्रसंग उदृत गर्दै स्थिर सम्पत्तिमा लगानी गर्दाको अनुभव व्यक्त गरेका छन् । सबैभन्दा ठूलो उनले सेयर बजारमा कहिले र कसरी लगानी गर्ने भन्ने टिप्स लगानीकर्तालाई दिएका छन् । वर्कसायर हाथवेका प्रमुख कार्यकारी अधिकृत बफेटले यो लेखमा आफ्नो सेयर लगानीको सुत्र पस्किएका छन् ।  फेब्रुअरी २४ मा लेखेको यो पत्र फर्चुन पत्रिकाको १७ मार्च २०१४ को अंकमा प्रकाशित हुदैछ ।
 
लगानी व्यवसायिक हुन सक्यो भने त्यो नै बुद्धिमत्तापूर्ण लगानी हो: बेन्जामिन ग्राहम, दि इन्टेलिजेन्ट इन्भेस्टर 
यो लेख सुरु गर्दा बेन्जामिन ग्राहमको महानवाणी उदृत गर्नु आवश्यक देखें किनकी मैले लगानीका धेरै विषय उनीबाट सिकेको हुँ । म बेनका बारेमा केही समयपछि कुरा गर्नेछु, तर अहिले साधारण सेयरका बारेमा केही भन्न चाहन्छु । अहिले मैले केही वर्ष अगाडि गरेका केही गैरसेयर लगानीका बारेमा मलाई बोल्ने अनुमति दिनुहोस् । ती लगानीले मेरो कुल सम्पत्तिमा कुनै फरक पारेनन्, केवल लाभदायी मात्र बनि रहे । 
यो कथा नेब्रस्काबाट सुरु भयो । सन् १९७३ देखि सन् १९८१ सम्म मध्यपश्चिममा जमिनको मूल्य निकै बढ्यो । यसको कारण थियो, बढ्दो मुद्रास्फिती र बैंकहरुको अत्याधिक लगानी नीति । त्यसपछि जग्गाको मूल्य एक्कासि झर्यो, बेलुन फुटे जस्तै गरी । जग्गाको मूल्य ५० प्रतिशत वा त्योभन्दा बढी तल झर्दा किसान र घरजग्गाका लगानीकर्ता पनि तहसनहस भए । हालैको महान मन्दीभन्दा पाँच गुण बढी ।  आईओवा र नेब्रस्कामा बैंकहरु पनि डुबे ।  
सन् १९८६ मा मैले चार सय एकड जमिन एफडिआईसिको ऋणमा ओमाहाभन्दा ५० माईल उत्तरमा किने । यसको लागि मैले दुई लाख ८० हजार अमेरिकी डलर चुक्ता गर्नु पर्यो, यो मूल्य केही वर्ष अगाडि असफल भएका बैंकले ऋण दिएको भन्दा तुलनात्मकरुपमा कम थियो । मलाई फार्म कसरी चलाउने भन्ने थाहा थिएन् । तर, मेरो छोराले फार्म मन पराउँथ्यो, मैले यसबाट त्यहाँ कति मकै र सोयाविन उत्पादन हुन्छ र त्यसका लागि कति लगानी आवश्यक हुन्छ भन्ने सिके । यो हिसाब कितावबाट मैले बुझे, फार्ममा गरेको लगानीबाट सामान्यत करिव १० प्रतिशत नाफा पाउन सकिन्छ । केही वर्षमा उत्पादकत्व बढने छ र खाद्यान्नको मूल्य पनि बढने छ, त्यसबाट नाफा बढ्ने मैले सोचें । मेरा दुवै अनुमान पुरा पनि भए ।
मेरो लगानीबाट फाइदा नै हुन्छ, घाटा हुँदैन भन्ने निर्णय गर्न मलाई विशेष ज्ञान र बुद्धिको आवश्यकता परेन । कहिले काहीं बालीनाली खराब भैदिंदा म दिक्क भने भएँ । त्यो भएर के भो र ? केही राम्रा वर्ष पनि आए, तसर्थ ममा जग्गा बिक्री गर्ने दवाव कहिल्यै भएन । अहिले २८ वर्ष भयो, त्यो जग्गाको आम्दानी तीन गुणा बढेको छ, यो आम्दानी मैले जग्गामा हालेको पैसाको पाँच गुणा हो । मलाई अहिले पनि कसरी खेतीपाती गर्ने थाहा छैन, मैले हालै दोस्रोपटक त्यो फार्मको भ्रमण गरेको हुँ ।  
सन् १९९३ मा मैले अर्को सानो लगानी गरें । म कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुँदा सालोमनका जग्गा धनी लारी सिल्भर्सटेनले न्युयोर्क विश्व विद्यालयसँग जोडिएको रिजोलुसन ट्रष्ट कर्पोरेसन बिक्रीमा छ भन्ने बताए । फेरी जग्गाको कारोबार उत्सर्गमा पुगेर सुस्ताएको थियो । रिजोलुसन ट्रष्ट कर्पोरेसनले लगानीकर्ताको साँवाव्याज तिर्न भवन बेच्न थालेको थियो । 
यहाँ पनि लगानीको फण्डा सिम्पल छ । यहाँ पनि फार्मको जस्तै लगानीको प्रतिफल १० प्रतिशत जति मात्र थियो, तर रिजोलुसन ट्रष्ट कर्पोरेसनले सम्पत्तिको व्यवस्थापन गर्न सकेको थिएन । खाली भएका धेरै भवन भाडामा लगाउन सके व्यापार बढने निश्चित थियो । यसका अतिरिक्त भवन आयोजनाको २० प्रतिशत ओगटने व्यवसायीले एक वर्गफुटको पाँच डलर मात्र तिर्ने गरेको थियो जबकी अन्य व्यवसायीले प्रतिवर्गफुट ७० डलर तिर्दै आएका थिए । यो भवन भाडामा लगाउने कामले नौ वर्षमा आम्दानी निकै बढ्यो । जग्गा न्युयोर्कको मुटुमा थियो, न्युयोर्कको भविष्य थियो । 
म लारी र मेरा साथी फ्रेड रोज सहितको सानो समूहमा मिलेर भवन खरिद गर्न थाल्यौ । लारी अनुभवी र माथिल्लोस्तरका रियल स्टेट लगानीकर्ता थिए । उनी परिवारको सहयोगमा सम्पत्ति व्यवस्थापन गर्थे । लिज समय समाप्त भएपछि आम्दानी तीन गुणा बढ्यो । वार्षिक वितरण ३५ प्रतिशतले बढ्यो । पहिलेको भवन सन् १९९६ र सन् १९९९ मा पुनः लगानी बढाइयो । यसबाट एकसय ५० प्रतिशत लिज एरिया थपियो । त्यो सम्पत्ति कहाँ छ, मैले अझै हेरेको छैन् । 
त्यो फार्म र न्युयोर्क रियल स्टेटको आम्दानी आगामी दशकमा पनि बढ्ने छ । आम्दानी नाटकीय नभए पनि मेरोे जीवनमा यी दुई लगानीको निकै महत्व छ । यसमा म सन्तुष्ट छु । यो सम्पत्ति म, मेरा छोराछोरी र नातिनातिनाका लागि समेत हुने छ । मैले यो कथा लगानीका यी केही अधारभुत कुरा बताउन भनेको हुँ ।
  • लगानीबाट सन्तोषजनक फाइदा पाउन तपाई विशेषज्ञ नै हुनुपर्छ भन्ने छैन् । यदि तपाई विशेषज्ञ होइन भने, तपाईलाई आफ्नो सीमा र उपयुक्त बाटोका बारेमा थाहा हुनुपर्छ । कुनै पनि कुरालाई सहजरुपमा लिनुपर्छ र मनको लड्डु घिउसँग खाने काम गर्नु हुदैन । कसैले तत्काल नाफा दिन्छु भन्छ भने सँधै भन्नुस, मलाई तत्काल धनी हुनु छैन् । 
  • आफुले किनेको सम्पत्तिको भविष्यका बारेमा ध्यान दिनुस । यदि भविष्यको आम्दानी अनुमान गर्न सक्नु हुन्न भने त्यसलाई विर्सनुस र अगाडि बढ्नुस । कसैले पनि सबै लगानीको अनुमान गर्न सक्दैनन् । सबै कुरा जान्नुपर्छ भन्ने छैन तर आफुले लिने कदमको लाभ र हानीको अवश्य जानकारी राख्नुस ।
  • यदि तपाई सम्पत्तिको मूल्य परिर्वतनको बारेमा सोच्नु हुन्छ भने त्यो केवल कल्पना मात्र हुनेछ । कल्पनामा  हिंडनु जस्तो खतरा कहीं हुदैन । मेरो कुरा गर्ने हो भने म लाभ र हानीको कल्पनामा कहिल्यै सफल भइन, म कल्पनामा बजार हिडाउने प्रति सधै शंकाको दृष्टीले हेर्छु । गाई त्रिशुलको खेलमा गाई र त्रिशुल आउने सम्भावना बरोबर हुन्छ । लामो समयसम्म बजारमा रहने हो भने लाभ र हानीले त्यत्ति फरक पार्दैन । पहिले राम्रो थियो भन्ने सम्पत्ति अहिले किन्ने कुनै कारण छैन् । 
  • मैले स्थिर सम्पत्तिमा गरेको दुईवटै लगानीमा मैले केवल तिनको उत्पादनका बारेमा सोंचे, पछि मूल्य कति पर्ला भन्ने सोचिन । खेल मैदानमा डटी खेल्ने खेलाडीबाट जितिन्छ नकी स्कोरबोर्डमा मात्र आँखा लगाउनेबाट । शनिबार र आईतबार सेयर सुचकांक नहेरि मस्ति गर्ने हो भने साताका कार्य दिनमा आफ्नो लगानीमा ध्यान दिनुस । 
  • ड्ड बजारमा अरुको हावा अनुमानमा हिंडनु समयको बर्वादी हो । खासमा यो खतरनाक हुन्छ, किनकी तपाई अरुको सोचको भीडमा आफ्नो सोच मार्नु हुन्छ । लगानीको सन्दर्भमा अरुभन्दा तपाईको सोच महत्वपूर्ण हुन्छ । (जब म टेलिभिजनमा सेयरको विश्लेषण सुन्छु मलाई मिक्की मेन्टलको प्रसिद्ध भनाई याद आउछ , ‘कुनै खेल त्यसबेलासम्म सजिलो हुन्छ जबसम्म त्यो समाचारमा जाँदैन ।)
सन् १९८६ र सन् १९९३ मा दुई सम्पत्ति खरिद गरियो । त्यो लगानीको प्रतिफल निर्धारण गर्न मलाई त्यसपछिका सन् १९८७ र सन् १९९४ मा अर्थतन्त्र कस्तो होला र स्टक मार्केट कस्तो होला सोच्नै परेन । त्यसबेला समाचारका के हेडलाइन थिए र लगानीका पण्डितले के भने भन्ने मैले सम्झिएको पनि छैन् । जे भए पनि नेब्रस्काको फार्ममा मकै उब्जी रहने र न्युयोर्क विश्वविद्यालयमा विद्यार्थीको चाप बढी रहनेमा मात्र मेरो चासो थियो ।
मेरो सेयर बजारमा गरेको लगानी र ती दुई साना लगानी बीचको फरक यही हो । सेयर बजारले मिनेट मिनेटमा तपाईको सम्पत्ति बताइ रहन्छ भने मैले मेरो फर्म र न्युयोर्क रियल स्टेटको कोटेसन अझै पाएको छैन । 
लगानीकर्ताका लागि निरन्तर परिर्वतन भैरहने सेयर सुचकांकका आधार आफ्नो लगानीको अवस्था थाहा पाउनु लाभदायक नै हुन सक्छ, केही लगानीकर्तामा यस्तो देखिएको पनि छ । यो कुरा मेरो फार्म नजिकको कुनै सन्काहाले मेरो जग्गाको मूल्य दिन दिनै फलाके जस्तै हो । उसले मेरो जग्गा पनि किन्दैन र आफ्नो पनि बेच्दैन । यो सबै कुरा उसको दिमागी हालतमा भरपर्छ । यस्तो व्यवहारबाट कसरी संसारको परिर्वतन सम्भव छ ? मेरो कुरा गर्ने हो भने, उसको कुरा सुनिरहनुको कुनै तुक छ्रैन, मसँग पैसा छ भने म उसको फार्म किन्छु वा उसलाई फार्म बेच्छु वा केवल फार्ममा काम गर्न जान्छु ।  
सेयरका लगानीकर्ता कहिलेकाहीँ उनीहरुका साथीको अविश्वासनीय भनाई वा तुक नभएको व्यवहारको पछि लाग्ने गर्छन । किनकी, सेयर बजारका धेरै विषय बजार, अर्थतन्त्र, ब्याजदर र सेयर मुल्यांकन आदि अनेकन कुराबाट निर्धारित हुन्छ । केही लगानीकर्ता पण्डितको भनाई सुन्छन र सबैभन्दा खत्तम कुरा तिनीहरुको अन्ध अनुसरण गर्छन् । 
जग्गा र भवन किनेर दशकसम्म चुप लागेर बस्ने मानिस समेत सेयरमा चलायमान हुन खोज्छन । यसको कारण सेयर बजारमा चलेको ‘चुप लागेर नबस, केही गर’ भनाई हो । यसरी हावामा हिंडने लगानीकर्ताले आफूसँगको तरलता अनावश्यक स्थानमा समेत लगानी गर्न पुग्छन, यो नराम्रो लत हो । 
एउटा फ्ल्यास क्र्यास वा बजारको मन्दीले मलाई त्यत्ति प्रभाव पार्दैन जति मेरो छिमेकीले मेरो सम्पत्तिमा लगाएको बचनले । बजारको उतारचढाव राम्रा लगानीकर्ताका लागि फाइदाको कुरा हो । बजार मूल्यभन्दा कम भएको बेला उसले लगानी गर्न सक्छ । लगानीमा जोखिमबाट डराउनु नै तपाईको शत्रु हुन्छ । 
सन् २००८ को अन्यमा देखिएको चरम वित्तीय मन्दीको बेला पनि मैले मेरो फार्म र न्युयोर्क इस्टेट बेच्ने कहिल्यै सोचिन जबकी मलाई मन्दी चुलिदैं छ भन्ने थाहा थियो । यदि मैले सत प्रतिशत लगानीको सोलिड बिजनेस गरिरहेको भए मैले त्यसलाई छाड्नु दुर्भाग्य हुने थियो । त्यसैकारण मैले मेरो व्यापार सेयर बजारमा छाडें । व्यक्तिगतरुपमा लगानीकर्तामा निराशा छाएको थियो, तर समूहको रुपमा उनीहरुसँग केही गर्न सक्ने उत्साह थियो । अमेरिकाको उत्पादक सम्पत्ति र मानिवीय विद्धता पृथ्वीमा विलिन हुन्छ भनेर कसैले सोच्न सक्छ ?  
जब चार्ली मुन्गर र मैले सेयरमा सानो लगानी सुरु गर्यौ त्यसबेला हाम्रो ध्यान सम्पूर्ण व्यवसाय नै खरिद गर्ने हुन्थ्यो । यसो गर्दा हामी ध्यानपूर्वक आगामी पाँच वर्षमा कति आम्दानी गर्न सकिन्छ भन्ने सोच्दथ्यौ । हामीले पहिले नै निर्धारण गरेको तल्लो सीमामा बेच्न सकिने सेयर मात्र खरिद गथ्र्यौ । 
कुनै कम्पनीको भविष्यको आम्दानी अनुमान गर्न नसकेको खण्डमा हामी त्यो कम्पनी छाडेर अर्को कम्पनीतर्फ लग्दथ्यौ । विगत ५४ वर्षसम्म हामीले संयुक्तरुपमा लगानी गर्यौं, तर कुनै पनि बेला राजनीतिक वातावरण, बजारको अवस्था र अन्यको भनाई हेर्दा राम्रो लगानीको वातावरण कहिल्यै पनि पाएनौ । तर, लगानी गर्दा हामीबीचमा यी विषयमा कहिल्यै मतभेद थिएन । 
हामीले आफ्नो क्षमताको क्षेत्रभित्र रहेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ । यस्तो गरेमा सेयर होस वा व्यवसाय जे भए पनि भएको नोक्सानी व्यवस्थापन गर्न सक्ने सीमा भित्रै रहन्छ । दिर्घकालिन बजार जहिले पनि अपेक्षित व्यवहारबाट चल्छ र मानिसले जहाँ कारोबार बढी भैरहेको छ त्यहीं कारोबार गर्छन ।    
प्रायः धेरै लगानीकर्ताले आफूले लगानी गरेको सम्पत्तिको व्यवसायिक विश्लेषण जीवनमा सायदै गर्छन । यदि गर्न चाहे भने उनीहरुसँग भविष्यको आयको विश्लेषण गर्ने क्षमता हुँदैन । यस्ता क्षमताविहिनका लागि एउटा खुसीको कुरा छ । लगानी गर्न खासै यस्तो क्षमता आवश्यक पर्दैन । अमेरिकी व्यापारले लामो समयदेखि राम्रो गर्दै आएको छ र भविष्यमा पनि राम्रो गर्ने छ । २० औंदेखि २१ औ शताव्दीमा पनि आजका दिनसम्म आईपुग्दा डोव जोन्स इन्डेक्स ६६ बाट ११ हजार चारसय ९७ सम्म पुगेको छ । डिभिडेन्ट बढीरहेको छ । २१ औं शताव्दीमा लगानीकर्ताले अझ लाभ पाउने छन् र यो दिगो पनि हुनेछ । सेयर बजारको धेरै जानकारी नभएकाले विजेता छनोट गर्ने र लगानी गर्ने नीति लिनु राम्रो हुन्छ । बजारको चलखेल नबुझ्नेका लागि यो नै राम्रो विकल्प हो । 
गैर व्यवसायिक लगानीकर्ताका लागि ‘केमा लगानी गर्ने’ र ‘कहिले लगानी गर्ने’ जस्ता विषय महत्वपूर्ण हुन्छन् । बजारमा धेरै उतारचढाव भैरहेको बेला भर्खर लगानी गर्नेका लागि उपयुक्त हुदैन । बुलिस र बियरिस बजार दुवै लगानी सुरु गर्ने समय हुन तर त्यसको जोखिम पनि हेर्नै पर्छ । बार्टोन बिग्सले बुलिस बजारका बारेमा भनेका छन्, ‘बुलिस बजार सेक्स गरे जस्तै हो । यो अन्त्य हुनुभन्दा अगाडि चरमोत्कर्षमा हुन्छ ।’ समय निर्धारण गर्न नसक्दा सेयर बजारको लगानी जोखिममा पर्न सक्छ । 
मैले कसरी पैसा कमाएँ भन्ने बारेमा मेरो इच्छापत्रको दृस्टान्त दिन चाहन्छु । यसले मेरो लगानी व्यवहार पनि देखाउँछ । व्यवसायमा मेरो लगानी १० वर्षमा समाप्त हुनेछ । मेरो पैसा श्रीमतीको नामको ट्रष्ट र अन्य १० वटा मानवीय संस्थामा जानेछ । मैले ट्रष्टीहरुलाई दिएको सुझावमा १० प्रतिशत छोटो समयका सरकारी बण्डमा र ९० प्रतिशत सानो रकमका एस एण्ड पि इन्डेक्स फण्डमा लगानी गर्नु भन्ने  सल्लाह दिएको छु । मेरो सुझावका आधारमा नीति बनाएर ट्रष्ट अगाडि बढनेमा म विश्वस्त पनि छु । 
म फेरी बेन ग्राहमको कुरा गर्छु । मैले मेरो लगानीको सुत्र बेन ग्राहमको किताब दि इन्टेलिजेन्स इनभेस्टरबाट प्राप्त गरेको हो । यो किताब मैले सन् १९४९ मा किनेको थिएँ । यो किताब किन्नासाथ मेरो वित्तीय अवस्थामा आमुल परिर्वतन आएको थियो । 
बेनको किताब किन्नुभन्दा अगाडि म कहाँ कसरी लगानी गर्ने भन्ने खोजीमा भौतारि रहेको थिएँ । म सबै कुरा लेखेको किताव चाहन्थ्ये । किताबमा सबै कुरा लेखिएको थियो । त्यसले मलाई अर्कषित गर्यो । मैले किताबकै भरमा सेयर बजारको अनुमान गर्न थाले । म ब्रोकरको कार्यालयमा बसेर टेप सुन्न थालें । बेनको कितावमा सुत्र र तथ्यको जंजाल थियो । मैले किताबको आठौ र २० औं अध्ययाय मात्र आफ्नो प्रयोगका लागि भेटें । तिनै बुँदाले अहिले पनि मलाई लगानी बारे निर्णय गर्न सघाउने गरेका छन् ।
तपाईंको वारेन वफेट
प्रस्तुतीः यादवराज जोशी/बिजमाण्डू (एजेन्सिको सहयोगमा)