Tuesday, January 7, 2014

विश्वका धनीहरुले यहाँ मनाउँछन् विदा, तस्वीरमा संसारका सात महँगा विदा - bizmandu

विश्वमा धनाढ्यहरुका लागि धेरै कुरा छ । पैसा खर्च गर्न सक्ने अति धनीबीच लोकप्रिय विश्वका सात प्रमुख विदा मनाउने स्थलको सूची डेली मेलले तयार पारेको छ ।  लाखौ अमेरिकी डलर खर्च गर्नु पर्ने यस्ता बिदा मनाउने स्थानमा जिन प्यालेसदेखि विश्वकै उत्कृष्ठ बिएण्डबिसम्म छन् । यहाँ ती उत्कृष्ट सात स्थानका विषयमा जानकारी दिइएको छ, ती सात स्थानमा एक साताका दरले बस्दा करिव २२ लाख डलर (२२ करोड रुपैयाँ)सम्म खर्च हुन्छ । यदि तपाईंमा यति धेरै खर्च गर्न सक्नु हुन्छ भने तपाई स्की चालेटदेखि क्यारेवियन द्वीपमा रहेको निजी टापुमा विदा मनाउन सक्नु हुन्छ । 
लाखौ डलर खर्च हुने यस्ता स्थल कतिको चाहना हुन सक्छ भने कतिले सोचेकोसम्म पनि नहुन सक्छ । तर तपाई करोडौं डलरको मालिक हुनुहुन्छ भने यी उत्कृष्ट पर्यटकीय स्थल तपाईका लागि बनेका हुन ।
 
स्टेरोइडस्थित जीन प्यालेस


जीन प्यालेसमा पाँचजना चढनसक्ने डुंगा र सवमरिनको सुविधा छ । सवमरिनबाट निस्केर क्यारेवियन समुद्रको निर्मल पानीमा गोता लगाउन सकिन्छ ।
तपाईको प्रत्येक क्रियाकलाप रेकर्ड गरिन्छ र अविस्मरणीय बनाउन तपाईलाई दिइन्छ । सार्कसँग खेल्दाको क्षण होस वा वाटर स्लाइड, ट्रम्पोलिन होस वा जीम यहाँको मज्जा नै बेग्लै छ ।
यहाँ डुंगामै सुत्ने वा पेन्टहाउसमा सुत्ने रोजाई तपाईको हुन्छ, तर त्यसका लागि चारलाख ४१ हजार पाउण्ड खर्च गर्ने क्षमता भने हुनुपर्छ ।

अल्टिमेट सफारी


अफ्रिकाको जंगल सफारी विश्वमै प्रख्यात छ । तर, तान्जानियाको सिङगिटा सेरेनगिटी हाउसमा जंगली जनावर नै तपाईलाई खोज्न आईपुग्छन् । जनवरीमा यो बाटो भएर हुलका हुल जंगली जनावर बसाईसराई गर्छन । 
सुन्दर र शान्त प्राकृतिक वातावरणमा जंगली जीवनको आनन्द यहाँ लिन सकिन्छ । अल्टिमेट सफारीको आनन्द लिन ५२ हजार पाउण्ड खर्च गर्नु पर्ने हुन्छ । 

 

प्राइभेट प्याराडाइज आईल्याण्ड
फ्रान्सेली परिवार कोहेनले ५० एकडमा फैलिएको ग्रेनाडाको दक्षिण किनारमा रहेको यो द्वीप १० करोड पाउण्डमा सन् २००० मा किनेका हुन् । उनले त्यत्ति नै पैसा यसको विकासमा लगाए । विगत केही वर्षदेखि यसलाई भाडामा दिन थालियो । यसको एकसाताको भाडा तीनलाख पाउण्ड छ । 
यहाँ ५० जना मानिस आरामले अटाउन सक्छन् तर केवल २० वटा मात्र बेड छ । यहाँ क्लासिकल डिजाइनर ओस्कर डेला रेन्टाले डिजाइन गरेको बाथरुम, पर्सियन रंग र इजिप्टियन कटनको प्रयोग भएको छ । यहाँ प्रत्येक दिनका लागि एक बीच र वाटर स्पोर्टसको व्यवस्था छ । 
 
बुलेट प्रुफ चालेट
अस्ट्रेलियन एल्पको नजिकै रहेको अंग्रेजी अक्षर एन आकारको बुलेट प्रुफ चालेट एकसाता भाडामा लिनका लागि दुईलाख ३० हजार पाउण्ड खर्च पर्छ । गत वर्षको यही सिजनमा गायिकाद्वय टिना टर्नर र रिहानाले यहाँ समय बिताएका थिए । 
यहाँ आगन्तुकलाई उनीहरुको नामको पहिलो अक्षर कुदिएको तकिया दिइन्छ, यसको अर्थ यहाँको बसाई आरामदायी र अविस्मरणीय होस भन्ने हो । यहाँ वाटरम्युजिक सिस्टम रहेको छ जुन तपाईको मुड अनुसारको संगित दिन सक्षम छ । यहाँका ११ कोठामा २४ जनासम्म सुत्न सक्ने व्यवस्था रहेको छ । 
 
वल्र्ड पोसेस्ट बिएण्डबि
किङ अफ क्यासल नामले परिचित भारतको राजस्थानस्थित महाराजा प्यालेसमा तीन रात बेग्लाबेग्लै होटलमा बिताउने व्यवस्था छ । यहाँ एकजना र एउ सय २० जना साथि भए पनि तपाईले तीन रातको २२ लाख पाउण्ड तिर्नु पर्छ । 
यो होटलमा प्राइभेट जेटको पनि सुविधा छ । त्यसमा उडेर भारतका विभिन्न शहरमा जान सकिन्छ तर थप पैसा भने तिर्नुपर्छ । तपाईको बसाईको सुरु उदयपुरस्थित लेक प्यालेसबाट हुन्छ । अर्को दिन उम्मिदभवन प्यालेस जोधपुर लगिन्छ । अन्तिम दिन जयपुरका महाराजाको दरबार रहेको रामबाग प्यालेस आथित्यता प्रदान गरिन्छ ।
 
दि जेट जस्ट फर यु
विमानस्थलमा यात्रुको घुइचो होला तर तपाई सबै कुरा छाडदै अगाडि बढन सक्नु हुन्छ, किनकी दि जेट जस्ट फर युले तपाईलाई कुरिरहेको छ । यो २० दिने जेट यात्रामा तपाईको यात्रा घर नजिकको विमानस्थलबाट सुरु हुन्छ र सिडनीमा अन्त्य हुन्छ ।
विश्वका इजिप्टको अबुसबेल मन्दिर, भारतको ताजमहल र लुआन परेवाङ जस्ता आश्चर्यजनक स्थलको अवलोकन गराउने यो जेट यात्राको खर्च पाँचलाख ९० हजार पाउण्ड पर्छ । 
 
दि इको मिलिनियर रिट्रिट
तपाई निजी जीवनमा कसैको दख्खल नहोस भन्ने चाहनु हुन्छ भने फिजीको लौकाला द्वीप तपाईलाई उपयुक्त हुन्छ । यहाँका २५ भिल्लामा ६० जना अटाउन सक्छन् । छ वर्ग माईलमा फैलिएको यो द्वीपका मालिक रेड बुलका उत्पादक डाइट्रिच मात्सिज हुन । यो होटलको आफ्नै ब्राण्डको तरकारी, मह, पानी र फलफुल छ । पाहुनाहरुलाई त्यहीं उत्पादन गरिएको अर्गानिक खाने कुरा दिइन्छ । बेलायतको लण्डनबाट निजी बिमानमा यहाँ पुर्याएको, सात दिन बसेको र फर्केको खर्च १० लाख पाउण्ड तिर्नुपर्दछ ।
प्रस्तुती/यादवराज जोशी

चलखेलमा वढेको छ सेयर बजार, गोपालकृष्ण आचार्यको विश्लेषण - bizmandu


२०६५ भदौमा नेप्सेले रेकर्ड कामय गर्दा नेपाल धितोपत्र बोर्डले सञ्चालन गरेको लगानी सचेतता कार्यक्रम रोक्नु पर्यो, बजार अझै वढ्न दिनु पर्यो, हामी त डुब्यौ भन्नेहरु अहिले सेयर बजार परिसुचक एक हजार नाघ्नुपर्छ भनिरहेका छन् । तिनै लगानीकर्ताहरु जो त्यतिबेला डुबे तर डुबेको भन्न चाहेनन् उनीहरु अहिलेको राजनीतिक तथा तरल अवस्थालाई प्रयोग गरेर त्यो डुबेको पैसा उठाउन सकिन्छ कि भन्ने उनीहरुको पहलमा उल्लेख्य कारण विनै नेपालको सेयर बजार वढाउने प्रयास भइरहेको छ । 
त्यतिबेला सेयरमा पैसा डुबाउनेमा आफूलाई सेयर बजारको बादशाह भन्न रुचाउने, साना लगानीकर्ता भन्ने तर करोडौंको कारोबार गर्ने, नवप्रवेशी लगानीकर्ता, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जका उच्च पदाधिकारी तथा कर्मचारी, आर्थिक पत्रकारितालाई अगाडि देखाएर सेयरमा करोर्डौको लगानी देखाउन नचाहने पत्रकार, अधिकांश सेयर बजार विश्लेषक, प्राध्यापक थिए । सामान्यतया उनीहरु मध्ये अधिकांशले बजारमा लगानी गर्नै हुदैन, उनीहरुको व्यवसायिक आचारसंहिताले पनि त्यस्तै भन्छ । तर, अहिले उनीहरु संविधान सभाको निर्वाचन, त्यसपछि बन्ने सरकार, सरकारले अबलम्बन गर्न सक्ने नीति आदिको बारेमा चर्चा परिचर्चा गरेर÷गराएर बजार बढाउन चाहन्छन्, बढाउन हावादारी तर्क अगाडि सारिएका छन् । बजार वढ्न हुदैन भन्ने मेरो पनि तर्क होइन, बजार बढ्नु पर्छ तर ‘फन्डामेन्टल्स’को आधारमा मात्रै । आधारभुत पक्ष बलियो बन्दै गएको बजार दिगो हुन्छ जहाँ नबुझ्ने, नवप्रवेशी, साधारण लगानीकर्ताले पनि कमाउन सक्छन्, यसैमा सबैको जित हुन्छ तर विभिन्न चलखेर गरेर बजार बढाउँदा त्यस्ता ठाउँमा सर्वसाधारणले गुमाउँछन्, यसपछि उनीहरुमा बजारप्रतिको विश्वास घटेर जान्छ । त्यस्तै लगानीकर्ताको हितको लागि निमयन निकायको स्थापना गरिने हो । अहिलेको बजार वृद्धि नियमन निकायको शुन्य उपस्थिति र सट्टेबाजको शतप्रतिशत चलखेल नै हो, बजार त्यो रफ्तारमा वढ्नु पर्ने अहिले कुनै अवस्था देखिदैन । 
सेयर मुल्य त्यतिबेला रफ्तारमा वढ्नु पर्छ जतिबेला कम्पनीले आफ्नो नाफा तथा भएको रिर्जभलाई बोनसको रुपमा वितरण नगरि थप लगानी गर्ने वातावरण बनेको हुनुपर्छ । संविधान सभाको निर्वाचनले अहिले नै त्यस्तो वातावरण बनाएको छैन न सरकारको कुनै टुङ्गो नै लागेको छ । केही वर्ष अगाडि वाल स्ट्रिटमा याहूले २५ प्रतिशत बोनस घोषणा गर्दा कम्पनीको मूल्य झन्डै फेस भ्यालुभन्दा कम हुन पुगेको थियो । तर नेपालमा ६५० प्रतिशत नगद लाभांश घोषणा गर्ने युनिलिभर लिमिटेडको सेयर मुल्य दश हजारभन्दा माथि छ । यसले नेपालमा अझै सेयर बजारको आधारभुत तह बनिसकेको छैन भन्ने प्रष्ट हुन्छ । यस्तो अवस्थामा सट्टेवाजको वढी चलखेल हुन्छ र नियमन निकायको न्यून उपस्थितिमा सोझासाझा लगानीकर्ता सरासर डुब्ने संभावना वढी हुन्छ । 
२०६२÷६३ को आन्दोलन पछि पनि अब राजनीति सुध्रन्छ भनेर विना आधार सट्टेवाजले बजार बढाएर रेकर्ड कायम गराए । त्यहिबेला लगानी गरेर अझै कमाउँला भन्ने सोचका साथ लगानी बढाउनेले बलजफ्ती बढाईएको बजार त्यहाँभन्दा माथि जान नसकेपछि पुनः र्पुपुरोमा हात राख्नु बाहेक केही प्राप्त गर्न सकेनन् । फेरि अहिले त्यही समूह बजार बढाएर केही उकासिन सकिन्छ कि भनेर लागिपरेको हो, किनकी यसमा नियमन निकायदेखि बजारका विश्लेषक भन्नेसम्म सबै छन् । बजारमा उनीहरुको पहुँच छ, नियमन निकायलाई सजिलै प्रभाव पार्न सक्छन् र उनीहरु भनिरहेछन् अहिले सेयर बजार वढ्नु पर्छ, अझै वढ्नु पर्छ, यो बजार बढ्ने समय हो ।
बैक तथा वित्तीय संस्थाहरुको वाहुल्यता रहेको नेपाली सेयर बजारमा नेपाल राष्ट्र बैक भनिरहेको छ, बैंक तथा वित्तीय संस्थाहरुको पुँजी बढाउन लगाउने कुनै योजना छैन, बरु उनीहरुलाई मर्जमा जान उत्प्रेरित गरिएको छ ।’ तर वासेल ३ लागू हुने भएपछि वाणिज्य बैंकहरुको पुँजी कम्तिमा छ अर्ब हुनुपर्छ वा १० अर्ब भएपछि मात्र विदेशमा शाखा खोल्ने, अन्तर्राष्ट्रिय बैंकसँग प्रतिस्प्रर्धा गर्न सकिन्छ भन्ने तर्क अगाडि सारिएको छ । बैंकले पुँजी बढाउदा कि बोनस सेयर पाइन्छ कि हकप्रद सेयर पाइन्छ भन्ने आशा देखाएर बजार वढाइएको छ । नबुझ्ने, नवप्रवेशी भोलिको आशामा भटाभट लगानी गरि रहन्छ अझ विशेषगरि आजकल विदेशबाट प्राप्त भएको रेमिट्यान्टसलाई सेयरमा हाल्ने काम भइरहेको छ । सट्टेवाजको आँखाबाट हेर्ने हो भने ठीक हो, बजारमा त्यस्तै कोही लगानीकर्ता आएपछि मात्र कमाउन सकिने र उनीहरु त्यो भूमिका खेलिरहेका छन् । बजार नियमन निकायहरुले यसमा सशक्त नियमन गर्न सक्नुपर्छ । 
सट्टेवाजहरुले बजार बढाउन मर्जलाई पनि हल्लाको विषय बनाईरहेका छन् । कस्तो अचम्म एकैपटक मर्जको पनि हावा चलाइन्छ, पुँजी वृद्धिको पनि हल्ला चलाईन्छ र नवप्रवेशी त्यस्तो बेलामा सेयरमा लगानी गर्छन् र डुब्छन् । बैंकहरुको नियमन निकाय राष्ट्र बैंक बैंकको पुँजी फराकिलो बनाउन उद्देश्य तथा समुह मिल्ने बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जमा जान आग्रह गरिरहेको छ, यसले बैंकहरुको पुँजी सजिलै वढ्छ । वासेल ३ मा बैंक तथा वित्तीय संस्थाले पुँजी वढाउनु पर्ने कुनै प्रावधान पनि छैनन्, त्यहाँ त उनीहरुको वित्तीय स्थायित्व र वलियो पुँजी आधार हुनुपर्ने ब्यवस्था छ । सट्टेवाजले यसलाई बंग्याएर प्रयोग गरिरहेका छन् । 
पुँजी वृद्धिलाई तर्क बनाएर सेयरको मुल्य बढाए पनि वाणिज्य बैंकहरुले लगानीका क्षेत्रहरु नपाएर ४० हजारको कम्प्युटर किन्न समेत ऋण दिइरहेको अवस्था छ । बैंकहरुसँग तरलता वढी भएर वचतकर्तालाई दिने ब्याजहरु एकाएक घटाईएको छ । प्रशस्त लगानीका अवसरहरु हुँदा बैंकले पुँजी वृद्धि गर्नु राम्रो हो जसले लगानीबाट वढी प्रतिफल प्राप्त गर्न सकिन्छ र लगानीकर्ताले समेत वढी मुनाफा पाउन सक्छन् । अहिले लगानीको अवसर वढेको छैन, नीतिहरुमा अस्पष्टता छँदैछ, दलहरुमा सोचको कमि छ । 
एक हजार एक सय ७५ पुगेको नेप्से नेपाल धितोपत्र बोर्डले त्यतिवेला लिएको नीति तथा नयाँ नियमावली र नेपाल राष्ट्र बैंकले सेयर धितोमा दिइने कर्जामा कडाई गरेपछि बजार एकाएक रोकिएको थियो, त्यसमाथि नेकपा माओवादीको नेतृत्वमा सरकार बन्नु, अर्थमन्त्रीले बजारलाई जुवाघरको संज्ञा दिनु आदि कारणबाट बजार घट्यो र २९२ विन्दूसम्म आईपुग्यो । बजार सारै तल गयो भनेर अर्थमन्त्रालय, राष्ट्र बैंक तथा अन्य निमयन निकायहरु मिलेर फेरि सेयर कर्जा खुकुलो गर्ने भन्ने निर्देशन पछि यसले पुनः गति लिन थालेको हो । अहिले बजारमा त्यतिवेला किनेर डुबेका सेयरलाई सट्टेवाजहरुले धितोको रुपमा बैंक तथा वित्तीय संघ संस्थाहरुमा राखि सजिलै कर्जा पाइरहेका छन् र त्यही पैसा सेयर बजारमा आइरहेको छ । 
यहाँनेर के बुझ्न जरुरी छ भने बजारको मुल्यको आधारमा सेयर धितो राखेर कर्जा लगानी गर्दा बैंक तथा वित्तीय संस्थालाई अत्यन्तै वढी जोखिम हुन्छ । बजार वढ्ने आधार भैनसकेको अवस्थामा सेयर बजार घट्यो भने बैंकलाई त्यस्तो लगानी उठाउन मुश्किल पर्छ । घरजग्गा धितो राखेर गरेको लगानीलाई त बरु उक्त धितो लिलाम गरेर साँवा उठाउन सकिन्छ तर सेयर मुल्य घट्यो भने न बैंकले उक्त सेयर लिलाम गरेर साँवा उठाउन सक्छ न सेयरधनीसँग ऋण तिर्ने अरु कुनै उपाय नै हुन्छ । बजारलाई केही गति दिन अवलम्बन गरिएका ती निर्देशनहरुबाट केही पछि हट्ने हो भने बजार अहिले नै तुरुन्तै निकै तल आईपुग्छ । 
यसैले बजारलाई कसरी अगाडि वढाउने भन्ने जिम्मा अर्थ मन्त्रालय लगायतका नियमन निकायहरुको काँधमा आएको छ । सट्टेवाजलाई प्रश्रय दिएर सर्वसाधारणको लगानी डुवाउँदै अगाडि जाने कि बजारको आधार तय गर्दै लगानीको वातावरण बनाएर कम्पनीको फन्डामेन्टल्समा सुधार गरि बजार विस्तार गर्ने ? यो त्यहि एकिन गर्ने समय हो । चलखेल गर्ने सट्टेवाजसँग त विभिन्न विकल्प हुन्छन् तर नवप्रवेशी, सर्वसाधारण लगानीकर्तालाई सरकार तथा नियमन निकायले संरक्षण गर्नुपर्छ ।
 
धितोपत्र बोर्डका पूर्व कर्मचारी आचार्यले व्यक्त गरेका यी बिचार उनका निजी हुन् । सम्पादक

Thursday, January 2, 2014

आइफोन बोक्ने होशियार, स‌ंसारको जुनसुकै कुनाबाट पनि अमेरिकामा संकलन हुन सक्छ गोप्य सुचना - bizmandu

अमेरिकी कम्पनी आइफोन बोक्नेहरु होशियार हनुपर्ने संकेत आईटि एक्सपर्ट तथा ह्याकरहरुले दिएका छन् । आइफोनको सुचना अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सीले सजिलै लिन सक्ने विशेषज्ञलाई उदृत गर्दै दि इकोनोमिक टाइम्सले जनाएको छ ।


 ‘फोन अनलाइन नभएको बेला पनि अमेरिकी सुरक्षा निकायले यसको मोनिटर गर्न सक्छन,’ जर्मनीमा आयोजित ह्याकर कन्फ्रेन्समा पत्रकार तथा सुरक्षाविज्ञ ज्याकोब अपेलबौमले भने, ‘अमेरिकाले विकास गरेको राडार वेभ प्रणालीको माध्यमबाट विश्वको जुनसुकै स्थानमा प्रयोग भैरहेको आईफोनको सुचना लिन सकिन्छ ।’ जर्मनीको हामबर्गमा भेला भएका ह्याकरलाई सम्बोधन गर्दै उनले भने, ‘व्यक्तिगत सूचना लिने अमेरिकाको क्षमता कल्पनासमेत गर्न नसकिने छ ।’ उनका अनुसार, फोनको माध्यमबाट अमेरिकाले संकलन गरेका जानकारी बारे विगत छ महिनामा आएका समाचार अमेरिकी क्षमताको सानो अंश मात्र हो । बोकेर हिडन सकिने वेभ डिभाइसले फोन वा कम्प्युटरको किको मुभमेन्टबाट मात्र पनि जानकारी एकत्रित गर्न सक्छन् । ‘यसको लागि कुनै अनलाइन कनेक्सन् चाहिदैन,’ उनले भने । नाइटस्ट्याण्ड भन्ने सानो डिभाइसले १३ किलोमिटर टाढै बसेर फोन र कम्प्युटरको सबै सुचना लिन सक्छ । ‘नेसनल सेक्युरिटी एजेन्सीले आईटिका विभिन्न उपकरणबाट सुचना संकलन गर्ने नीति लिएको छ । यसरी संकलन गरिएको सुचनाबाट अमेरिकी सुरक्षामा आउन सक्ने आँच विश्लेषण गरिन्छ,’ उनले भने । अमेरिकामा निमार्ण भएकोले अरु स्मार्टफोन भन्दा आइफोन नेटवर्कमा पस्ने क्षमता अमेरिकासँग बढी छ ।   अपेलबौमको सम्वन्ध अमेरिकी गुप्तचर सुचना चुहाएर चर्चामा आएका एडवर्ड स्नोडेनसँग भएको जर्मनी र फ्रान्सका सञ्चार माध्यमले विश्वास गर्छन । यसअघि उनले दिने जानकारी स्नोडेनबाट आएको मानिन्थ्यो । तर, ह्याकर सम्मेलनमा सोमबार र मंगलबार उनले दिएको जानकारी स्नोडेनबाटै आएको हो होइन केही बताइएको छैन ।

Wednesday, December 18, 2013

मालीगाउँबाट यसरी उदाउँदैछन् कान्छा थापा ! सूर्यबहादुर थापाका नातिको राजनीतिक यात्रा - onlinekhabar

राप्रपा वृत्तमा एउटा चर्चा सुनिन्छ, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापामात्रै होइन, नाति शिद्धार्थ थापा झनै तगडा भएर राजनीतिमा उदाउँदैछन् । दोस्रो संविधानसभा चुनावमा बुबा सुनिललाई चुनाव जिताउन धनकुटामा अहोरात्र खटिएका शिद्धार्थको आक्रामक भाषणले जिल्लामा थप चर्चा पाएको छ ।
Shiddhartha-Thapa-1
आखिर कस्ता रहेछन् त सूर्यबहादुर थापाका नाति ? यो जिज्ञासा मेट्न अनलाइनखबरका पत्रकार काठमाडौंको मालीगाउँस्थित थापानिवास पुग्दा २८ वर्षीय नाति शिद्धार्थले भन्नुभयो- ‘मालीगाउँ आफैंमा नेपाली राजनीतिको एउटा ब्राण्ड बनिसकेको छ, अब मैले पनि सक्रिय राजनीति नै गर्ने हो, सानैदेखि राजनीतिमा रुची जागेकाले मैले राजनीतिभन्दा दायाँवायाँ सोचेको छैन ।’
शिद्धार्थको अनुभव
माध्यमिक तहसम्मको शिक्षा राजधानीमै लिएका र राजनीतिशास्त्रमा स्नातक गरेका थापाले अमेरिकाको बोस्टनबाट अन्तरराष्ट्रिय विकासमा स्नातकोत्तर गर्नुभएको छ । अध्ययनको शिलशिलामा ८ वर्ष विदेशमा बिताएका थापा राप्रपाको भातृ संगठन, प्रजातान्त्रिक युवा संगठनको केन्द्रीय सदस्य हुनुहुन्छ । जनशक्ति पार्टी र राप्रपाको एकीकरणपछि अबको ५/६ महिनाभित्रै महाधिवेशन हुन लागेको युवा संगठनमा थापा केन्द्रीय अध्यक्षको दाबेदार समेत हुनुहन्छ ।
राजनीतिमा सबैभन्दा ठूलो प्रेरक आफ्नै हजुरबा सूर्यबहादुरलाई बताउँदै शिद्धार्थ भन्नुहुन्छ- ‘म राजनीतिमा लाग्छु भन्दा हजुरबाले मलाई भन्नुभयो, तैंले राजनीति नै गर्ने सोचेको होस् भने तल जनवर्गीय संगठनबाटै काम गरेर आइज, यसो गरिनस् भने तँ सीमित मान्छेको घेरामा हुन्छस् र त्यसबाट बाहिर निस्कनै सक्दैनस् ।’
नाति थापाको सपना छ, ‘म युवा संगठनमा सदस्य छु, काम गर्दै गएपछि भोलि अध्यक्ष भइएला, त्यसपछि पार्टीमा लागिएला, मन्त्री पनि भइएला, यसैगरी अघि बढ्दै जाने त हो ।’ ‘प्रधानमन्त्री पनि बन्ने होला नि ?’ अनलाइनखबरको प्रश्नमा २८ वर्षे युवाबाट फिस्स हाँसोबाहेक कुनै शाब्दिक जवाफ आएन ।
गोरो सकल, अग्लो एवं खाइलाग्दो ज्यानको युवा भए पनि झट्टै हेर्दा बाहुबली युवाजस्तो देखिनुहुन्न शिद्धार्थ । उमेरभन्दा अलि धेरै परिपक्व र प्रौढजस्तै देखिने थापालाई हामीले सोध्यौं, ‘तरुण दल, युथ फोर्स र वाइसीएलजस्तै त होला नि तपाईहरुको युवा संगठन पनि ?’ जवाफमा उहाँले भन्नुभयो-’गुण्डागर्दी गर्ने, ठेक्कापट्टा र कमिशनको चक्करमा लाग्ने हो भने उतैतिर गए हुन्छ, हाम्रो युवा संगठनमा नआए हुन्छ भनेका छौं हामीले । हामी युवाहरुलाई हिंसा र गुण्डागर्दीमा नभएर राजनीतिक एवं वैचारिकरुपले प्रशिक्षित गर्न चाहन्छौं । त्यसैले हाम्रो संगठन वाइसिएल, युथफोर्स र तरुण दलजस्तो होइन ।’
शिद्धार्थ राजनीतिमा औपचारिकरुपमा प्रवेश गरेको लगभग एकवर्षमात्रै भएको छ । तर, अनौपचारिकरुपमा धेरै वर्षको अनुभव छ । विशेषगरी हजुरबा सूर्यबहादुर थापाको सहयोगीका रुपमा भूमिका खेल्नेक्रममा राजनीतिको विश्वविद्यालय पढेसरह अनुभव प्राप्त भएको छ उहाँलाई । ‘म अमेरिकामा हुँदा पनि हजुरबाको सहयोगीको भूमिका खेलिरहेको थिएँ’ उहाँ भन्नुहुन्छ ।
सानै उमेरमा राष्ट्रिय योजना आयोगमा केही वर्ष काम गर्न भ्याइसकेका शिद्धार्थले डीएफआइडी अन्तरगत करिब ३ वर्ष खाद्य सुरक्षा र पोषणसम्बन्धी काम गर्ने क्रममा सुशासन अधिकृत भएर ३ वर्षजति सुदुर पश्चिमको बैतडी, बाजुरा, कैलाली जिल्लामा काम गर्नुभएको छ । उहाँ भन्नुहुन्छ- ‘त्यहाँ गाविस, वडा र जिविसका अधिकृतहरुलाई मैले सुशासनसम्बन्धी तालिम दिएको छु ।’
गगन थापाका हजुरबा !
धेरैलाई लाग्न सक्छ, ठूला घरानिया थापा परिवारका सदस्य भएकाले शिद्धार्थको बढाइ-चढाइ पो गरिँदै छ कि ? यही भएर हामीले शिद्धार्थको राजनीतिक बुझाइ, वैचारिक क्षमता र भिजन बुझ्न खोज्यौं । उमेरले कांग्रेसका युवा नेता गगन थापाभन्दा ९ वर्ष कान्छा र राजनीतिमा प्रवेश गरेको १ वर्षमात्रै भए पनि राजनीतिप्रतिको बुझाइ र चातुर्यलाई हेर्दा शिद्धार्थ त गगन थापाका ‘हजुरबा’ पो रहेछन् ! उनमा प्रचारको कुनै भोक देखिँदैन ।
Shiddhartha-Thapa-2अबको राजनीति कता जाला ? अनलाइनखबरको प्रश्नमा शिद्धार्थको प्रष्ट विश्लेषण छ, ‘सुशील कोइरालाजस्ता प्रजातन्त्रमा ठूलो योगदान गरेका तर, कुनै पनि विषयमा विशेषज्ञता नभएका बूढा मान्छेलाई सरकार जिम्मा लगाएपछि अब कांग्रेस र एमालेका नेताहरु चुनावमा लागेको खर्च भरपूर गर्न र भ्रष्टाचार गर्नतिरै तल्लीन हुनेछन्, त्यसपछि आउने भनेको या त एमाओवादी नै हो, या वैकल्पिक प्रजातान्त्रिक शक्ति राप्रपा नै हो ।’
‘०४६ सालपछि कांग्रेस र एमालेले जनताका लागि के गरे ? गाउँमा जनता अहिले पनि बाटो, बिजुली, स्वास्थ्य चौकी, एम्बुलेन्स, खानेपानी, विद्यालयको माग गरिरहेका छन्, थापाको भनाइ छ, प्रशासन भ्रष्टाचारको अखडा बनेको छ, जनताका यी मुद्दाहरु कांग्रेस, एमाले, माओवादी कसैले सम्बोधन गरेका छैनन्, गर्ने छैनन् ।’
नेपाली जनताको मनोविज्ञान पहिले जिताएको शक्तिलाई अर्कोपटक हराउने रहेको भन्दै थापाले अनलाइनखबरसँग भन्नुभयो, ‘अर्कोपटक कांग्रेस र एमालेले हार्छन्, जनताका मुद्दा जसले उठाउँछ, उसैले जित्छ ।’
‘तर, राप्रपाजस्तो सानो पार्टीले त्यो खाली ठाउँ कसरी पूरा गर्न सक्ला र ?’ यो प्रश्नमा युवा उमेरका थापासँग अचम्मको विश्वास र इच्छाशक्ति छ, ‘पहिले माओवादी पनि कत्रो थियो र ? हार्डवर्क गर्‍यो भने जस्तो पनि परीक्षामा उत्तीर्ण भइन्छ,’ थापा भन्नुहुन्छ-’कांग्रेस, सामन्तहरुको पार्टी हो, एमाले वामदेवका पालाको स्थानीय निकायको आधारमा टिकेको छ, एमाओवादी आफ्नो विचार छाडेर प्रजातान्त्रिक विचारमा आउन बाध्य भएको छ, यो अवस्थामा संवैधानिक हिसावले जनताका मुद्दामा संघर्ष गर्ने वैचारिक प्रजातान्त्रिक धारको कन्जरभेटिभ पार्टीको भविश्य राम्रो छ नेपालमा । कांग्रेस र कम्युनिष्ट दुबै विदेशी विचार बोकेका पार्टी हुन् ।’
थापाको बुझाइमा राजनीति भनेको जनताको सेवा हो । जनताका दैनिक समस्या समाधानका लागि, विकासका लागि रजानीतिज्ञहरुले सोच्नुपर्छ । जनतासँग नजोडिएको फोस्रो राजनीति टिकाऊ हुँदैन, जुन कांग्रेस, एमाले र एमाओवादीबाट सम्भव छैन भन्ने उहाँको बुझाइ छ ।
राप्रपाले ०५१ सालमै २० सीट जितेको थियो । त्यसबेला पनि त यसलाई वैकल्पिक शक्ति बनाउने भनिएकै हो नि, किन राप्रपा झन् सानो भयो ? यो प्रश्नमा नाति थापाको जवाफ छ,-’केही नेताहरु प्रजातान्त्रिक धारमा अड्न नसकेर राजतन्त्रतिर लाग्नाले पार्टी फुट्यो । तर, अब राजतन्त्र नै हटेर गणतन्त्र आइसकेकाले त्यो समस्या छैन ।’
कमल थापाले खाल्डोमा हाल्छन्
राप्रपाभन्दा त कमल थापाको राप्रपा नेपाल पो ठूलो होलाजस्तो छ त ? यो प्रश्नप्रति शिद्धार्थको ठाडै अस्वीकृति छ । ‘जसले हिजो सक्रिय राजतन्त्रको वकालत गर्‍यो,उसैले आज संवैधानिक राजतन्त्रको वकालत गर्दैछ,’ उहाँ भन्नुहुन्छ, ०४६ सालमा निरंकुश राजतन्त्र समाप्त पार्ने कमल थापा नै हुन्, ०६३ सालमा संवैधानिक राजतन्त्र समाप्त पार्ने पनि कमल थापा र तुलसी गिरीहरु नै हुन्, अब तिनैले राजतन्त्र फालिसकेपछि संवैधानिक राजतन्त्रको वकालत गर्दैछन्, फेरि कसलाई खाल्डोमा हाल्छन् ।’
पञ्चायतकालमा सूर्यबहादुर थापालगायतले सुधारिएको पञ्चायती व्यवस्था र बहुदलीय प्रणालीमा जानुपर्छ भन्ने विचार राख्दा तुलसी गिरी र कमल थापा मार्काका यिनै पञ्चहरुले निरंकुशताको वकालत गरेर राजतन्त्र कमजोर पारेको र ०४६ सालको परिवर्तनपछि पनि कमल थापा मार्काका मान्छेहरुले नै राजालाई निरंकुश बन्न उक्साएर संवैधानिकरुपमा रहेको राजतन्त्रसमेत खत्तम पारेको शिद्धार्थको विश्लेषण छ । आफैंले राजालाई उकासेर संवैधानिक राजतन्त्र सिध्याउने अनि अहिले मरिसकेको संवैधानिक राजतन्त्रको नारा लगाउनु कमल थापाको राजनीतिक अस्थिरता र बेइमानी भएको उहाँको भनाइ छ । अब मुलुक गणतन्त्रतर्फ गइसकेकाले राजतन्त्रको नारा लगाउने राप्रपा नेपालको ‘बिजनेश’ नचल्ने उहाँको बुझाइ छ ।
धनकुटा केन्द्रित राजनीति गर्ने
शिद्धार्थको अबको योजना भनेको पार्टी राजनीतिका साथै धनकुटा केन्दि्रत राजनीति गर्ने सोचाइ छ । धनकुटा क्षेत्र नं २ मा सुनिल थापाको जीतलाई जनताले विकासको आशाले हेरेको भन्दै अब सरकारको मुख नताकी विदेशी दाता एवं एनजीओमार्फत् विकासका कार्यक्रम लिएर जाने थापाले बताउनुभयो । ‘बुबाले धनकुटा २ मा जित्नुभयो, अब तपाई अर्कोपटक धनकुटा-१ मा चुनाव लड्ने हो कि क्या हो ?’ अनलाइनखबरको प्रश्नमा शिद्धार्थले भन्नुभयो,’ निश्चय नै । धनकुटाबाहेक अन्यत्र कहाँ जानु ?’
 थापा परिवारको चुनौती
‘सूर्यबहादुरबाट छोरो, त्यसपछि नाति, यो त बंशको राजनीति भएन र ?’ यस्तो प्रश्नको जवाफ उहाँसँग सहज छ, ‘मैले अस्ति चुनावमा धनकुटामा भाषण गर्दा पनि भनें, प्रचण्डको पनि त यस्तै छ नि, छोरी उम्मेद्वार बनेकी छन् ।’
छिन्ताङ काण्डलाई लिएर जिल्लामा सूर्यबहादुर थापाको चर्को आलोचना गरिन्छ, यसबाट थापा परिवारलाई राजनीति गर्न कत्तिको चुनौती छ धनकुटा १ मा ? यसमा शिद्धार्थको जवाफ छ, ‘अस्ति चुनावमा जाँदा मैले छिन्ताङ काण्डको अध्ययन गरें, त्यहाँ प्रहरीबाट १५/१६ जना मान्छे मारिँदा सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो । तर, कांग्रेस, एमाले र एमाओवादीका पालामा १५/१६ हजार मान्छे मारिए, १५/१६ हजार मान्छे मार्नेहरुबाट हुने यस्तो प्रचारबाजीले अबको पुस्तालाई छुँदैन ।’
बहसको विषय
सुखमा हुर्किएको शहरको युवा पुस्ता यसरी राजनीतिमा लाग्नु र जनताको सेवा गर्ने चाहना व्यक्त गर्नु सकारात्मक विषय हो या नकारात्मक ? अर्कोतर्फ हजुरबा, छोरा र नातिको निरन्तर राजनीतिक यात्रालाई कसरी लिने ? नेपाली राजनीतिमा यो बहसको विषय हुन सक्छ ।
हाम्रो नेपाली समाज पनि अजबकै छ, परिवारका सदस्य र छोराछोरीलाई राजनीतिमा लगाएन भने नेताको आलोचना हुन्छ, लगायो भने पनि आलोचना हुन्छ । सूर्यबहादुर थापाको तीनै पुस्ताको राजनीतिमा देखिएको सक्रियतालाई कसरी लिने ? सकारात्मक ? या नकारात्मक ?

झ्यालको घाम - सलोजा - setopati



आज जिन्दगीको अन्तिम दिन हो। 
 
बिहानै उठेँ। छतमा गएर घर वरिपरि हेरेँ, मर्निङवाक गएँ। साथीहरुलाई उसैगरी भेटेँ। हिजो भन्दा खास्सै परिर्वतन थिएनन। 
 
तर मलाई अनौठो लागिरहेको थियो। ‘यो पृथ्वीमा अन्तिम दिन। अब जम्मा १३ घण्टामात्र बस्छु। त्यसपछि जिन्दगीको स्वेच्छिक अवकास।’ 
 
‘मान्छेले आफू बाँच्नका लागि अपराध गर्छ, अर्काको हत्या गर्छ, चोरी डकैती, ठगी... तर किन?’ मनमनमा सोच्दै थिएँ। 
 
दोबाटो आएछ। 
 
साथीहरुसँग हाँस्दै छुट्टिएर एक्लै ओरालो लागेँ।
 
पुराना स्मृतिहरु वरिपरि घेरिएका थिए। नजिकै आरुको बोट रहेछ। गुलावी फुलेको आरु। ‘कति सुन्दर यो फूल। बढीमा एक हप्ता त बाँच्छ नि।’
 
‘म त करिब तीन दशक बाँचिसकेकी छु। फूललाई एक हप्तामा ओइलाउन डर लाग्दैन भने मलाई ३०को दशकमा हराउन के को डर?’
 
एउटा फूल टिपेँ, हातमा लिएर हेर्न थालेँ।
 
‘मैले चाहेको भए कसैले मलाई यसैगरी हातमा लिन्थ्यो र ओल्टाई पल्टाई हेथ्र्यो।’
 
मेरो हातको फूल नियालेँ, केही निराश जस्तै लाग्यो। 
 
‘बोटबाट टिपिसकेपछि फुल विग्रन्छ की भनेर माया गर्नु ढोङ मात्र हो।’
 
त्यहीबाट एकपटक आकाश नियाँले। ‘अब यो आकाशपनि विस्तारै विरानो हुनेछ।’ 
 
जिन्दगीमा सबैभन्दा बढी समय यही शून्य आकाशसंग विताएकी छु। न कसैको अबरोध, न छलछाम, त्यसैले होला शून्यता सबैभन्दा प्रिय लाग्छ। 
 
‘अबको केही घण्टामा नै यही शून्यतामा हराउछुँ, मेरो प्रिय शून्यता!’ आँखा चिम्म गरेँ। एकान्त सम्झिएँ।   
 
साँझको घुर्मैलो देखिने आकाश हेर्नु कति रमाइलो हुन्छ। अझ पहाडको टुप्पोमा पुगेको बेला देखिने निलो आकाश! एक पटक निलो आकाशको कल्पना गरेँ। फेरि आँखा चिम्लिएँ। ओहो यो आनन्द?
 
त्यसपछि उही ओरालो लागेँ। 
 
स्वेच्छिक मृत्यु, नजिकै आएजस्तै लागेको थियो। 
 
‘म विरामी त छैन?’ ओरालोमा फूल्दै गरेको गुलाब टिपेँ, त्यही गुलाबको काँडाले हातमा कोपरेँ। हिजोकै जसरी दुख्यो। म शारीरिक मानसिक दुवै रुपमा ठीक छु, केही भएको रहेनछ। 
 
मान्छेका चाहना फरक फरक हुने रहेछन्। त्यसैले त भनिन्छ नी संसार विचित्र छ। आफ्नै चाहना ‘मृत्यु’ सम्झिएर खित्का छोडेर हाँस्न मन लाग्यो। 
 
‘हुन त मैले बाँचेर पनि यो पृथ्वीलाई के नै दिन सकेकी छु र? म हुनु र नहुनुमा के फरक पर्छ? मेरो अनुपस्थितीमा आफन्त र साथीहरुले केही दिन अभावको महसुस गर्लान। केही समयसम्म आमा, बुबा नमज्जाले रोलान। मलाई हुर्काउदै गर्दा देखेका सपना आफ्नै आँखा अघि एकैपटक झ¥याम्म फूट्दा अर्धचेत होलान। त्यो भन्दा बढी केही हुने छैन।’ मर्नु र बाच्नुमा खास्सै अन्तर पनि देखिन। 
मर्ने निर्णय गरिसकेकी छु। अब पछि फर्किन सक्दिन। 
 
ओरालो झरिरहेँ। चोकमा पुगेपछि मेरो अगाडी आएर एउटा कालो कुकुर ठिङ्ग उभियो। मैले त्यसैलाई हेरेँ। पुच्छर हल्लाउदै उसलेपनि मलाई नै हेरिरह्यो। 
 
कुकुरले त भविष्य थाहा पाउँछ भन्छन्। गोठमा स्याल आउदा मात्र होइन भूत आउदा र भूइचालो आउने समय पनि थाहापाउछ र भुक्छ। यसले मेरो मृत्यु पनि देखेको हुनुपर्छ। त्यसैले पुच्छर हल्लाउदै मलाई हेरिरहेको छ ‘अन्तिम पटक’। भोलिदेखि यसलेपनि देख्दैन होला। 
 
त्यही कुकुरलाई हेरिरहेकी थिएँ। पछाडिबाट एकहुल मान्छे आए। म अलिकति अघि बढेँ। कुकुर पनि मेरो पछि लाग्यो। 
 
‘च्यो च्यो’ त्यसलाई बोलाउदै ल्याए र नजिकैको पसलमा विस्कुट किनेर उसकै अघि छरिदिएँ। एकपटक विस्कुट सुघ्यो र मेरै अनुहारमा हे¥यो। 
 
पसल्नीले हास्दै भनिन ‘बच्चा हो र कुकुरलाई विस्कुट दिएको? दिनेनै भए मासु किनेर दिनुस न।’ अलि रुखो बोलेझै लाग्यो। 
 
गोजीमा छामेँ अब जम्मा २० रुपैयामात्र बाँकी रहेछ। ‘त्यसको के आउछ र? मासु किन्ने पैसा पुग्ने भइदिएको भए आज यो कुकुरलाई अघाउनेगरी मासु खान दिन्थे। तर पैशा छैन।’ त्यही पसल्नी बोली सम्झिँदै चुपचाप ओरालो लागेँ।
 
ओरालोको ढुङ्गामा खुट्टा नमज्जाले ठोकियो। म बीच बाटैमा लडेँ। 
 
ऐया आमा! 
 
रगत पनि बग्यो। नचिनेको बटुवाले मलाई डोर्या‍उदै मेडिकल सम्म पुर्या‍यो। 
 
‘बीचबाटोमा ढुङ्गा किन फालेका होलान? तपाइले पनि ख्याल गरेर हिड्नुपर्थ्यो नि।’ सहानूभूति दर्सायो। खुट्टाबाट रगत बगिरहेको थियो। 
 
खुट्टामा दुखेपनि आँसु झरेनन। रगत बगेको हेरिरहेँ। 
 
‘जीन्दगीको पीडाहरु यसैगरी बग्ने हो भने? मान्छे दुखीपनि हुदैनथ्यो होला।’ 
 
त्यो अपरिचित बटुवाले हतार गर्दै मेडिकलको मान्छेलाई बोलायो। मैले विस्तारी भनेँ, ‘मसँग पैसा नै छैन।’ 
 
मलाई त्यो मलम पट्टी गर्ने इच्छानै थिएन। बटुवाले भन्यो ‘अहिले नभए के भयो त? पछि ल्याएर दिनुस न।’ 
 
मेडिकल वालाले मेरो अनुहारमा हेर्‍यो। ‘म यो टोलको होइन। अब यहाँसम्म कहिल्यै आइपुग्दिन होला।’ उसलाई भने। 
 
बटुवाले आफ्नो गोजी छाम्यो। ‘मेरोपनि पर्स छैन।’ उ चुकचुकायो। 
 
मेडिकल वालाले के बुझ्यो। आफै पछि हट्यो। त्यो बटुवा त्यहाँबाट आफ्नो बाटो लाग्यो। 
 
‘एकैछिन खुट्टा दुखेर के भयो त? अब जीन्दगी दुख्दैन नी।’ शीतले चिसो भएको बाटो हेर्दै घरतिर लागेँ। 
 
सरासर कोठामा छिरेँ। ढोकाको नजिकै पुस्तकको र्‍याक थियो। त्यसको छेउमै ऐना। 
 
ऐनाको अगाडी बसेर तलदेखि माथिसम्म आफैलाई नियालेँ। मेरो अनुहार कता कता आमासंग पनि मिल्छ रे। 
 
आमालाई सम्झिएँ। ‘मलाई जिन्दगी दिने उनै हुन, तर मृत्युको निर्णय एक्लै लिदै छु।’ उनीप्रति अन्याय भएको महसुस पनि गरेँ।  
 
मावल जादै गर्दा बासको साँघुबाट चिप्लिएर मोलुङखोलामा झरेको बेला आमाले आफ्नै ज्यानको जोखिम मोलेर मलाई बचाएकी थिइन। खोलाबाट निकाल्नेसाथ केहीबेर अंगालो हालेर रोइन। 
 
झमक्कै साँझ परिसकेको थियो। रुने समय नभएर होला, उनी फेरि बाटो लागिन। 
 
उकालीको बरको फेदमा सुस्ताउदै भनिन। ‘तलाई खोलाले बगाएको भए कसरी बाँच्थे म?’ आमाको गला अबरुद्ध भएको थियो। 
 
बच्चै थिएँ। त्यसबेला मलाई मृत्यु र जीवनको खास्सै बोध भएको थिएन होला। त्यसैले मृत्युदेखि डर लागेको थिएन। 
 
अहिले मृत्यु र जीवन बुझेर पनि मलाई मृत्युको डर लागेको छैन। 
 
फेरि आफैलाई नियाँले। आखिर जीन्दगी भनेकै यही त रहेछ नी। चाहिनेजति बुझे झै लाग्यो। ‘केही रहरहरु थिए, त्यतीकै हुनेभए।’ 
 
एक दुइ अनुभव गर्न मन लागेका कुराहरुपनि विर्सन खोज्दै थिएँ। 
 
‘केही समयमानै अब यी सबैसंग छुटिदैछु।’ 
 
तर अन्तिम दिन रमाइलो त गर्नुपर्छ। बाचुन्जेल रमाउनुपर्छ। 
 
‘रमाइलो मान्ने मनले होकी, आखाँ र मुखले हो। जहाँ गएपनि मन नरमाएपछि के को रमाइलो?’ मनभरि अन्तरद्धन्द्ध चलेको थियो। 
 
दिउँसो साथीहरु जम्मा गरेर बसेँ।  
 
फेसबुकको वालमा एउटा स्टाटसमा अपडेट गरेँ। ‘आज मेरोलागि अन्तिम दिन हो।’ 
 
तुरुन्तै फोन आयो। ‘के भयो? किन त्यस्तो लेखेको?’ एक परिचित आवाज थियो। 
 
‘त्यतीकै लेखेको, बास्तविकता होइन।’ मैलेनै फोन काटिदिएँ। 
 
फोन काट्ने साथ फेरि मोवाइल बज्यो ‘फेसबुकमा के लेखेको?’
 
दिदिने रिसाँउदै फोन गरी। मैले नढाँटी भनेँ, ‘आज आत्महत्या गर्न मन लागेको छ।’ 
 
एकपटक मज्जाले झपारी। 
 
फेरि फोन काटेँ। 
 
फोन गर्नेहरु धेरैले सोधे, ‘स्टाटस किन त्यस्तो?’
 
एक छिनपछि फोन उठाउन पनि छोडेँ।
 
फेसबुककै अनलाइनमा भएको एकजना साथीलाई भनेँ। ‘आज मर्न मन लागेको छ।’ 
 
तुरुन्तै लेख्यो। ‘किन? के भयो?’ 
 
‘खै, तर मर्न मन छ।’ 
 
त्यसपछि उसले जीन्दगी बुझाउन थाल्यो। ‘जीन्दगी अमूल्य छ।’ मलाई भन्दा बढी थाहा रहेछ जीन्दगीको बारेमा। ‘जीन्दगी मर्नका लागि हैन, ज्यूनुपर्छ। जीन्दगी त रमाइलो पो हो।’ धेरैबेर सम्झाईरह्यो।  
 
मर्नु अघि एउटा गजल लेख्न मन लाग्यो। तर लेखिनँ, गजलपनि लेख्छु भन्ने साथ कहाँ आउछ र? 
 
त्यसअघि लेखेका डायरीहरु जम्मा पारेँ र सिरानीमा राखेँ। ल्यापटबमा राखेको पासवर्ड हटाए र धेरै लेख रचनाहरु डेक्सटपमा सारेँ। 
 
फेरि ऐना हेरेँ ‘जीन्दगीकै माया सकिएको मान्छेलाई यी अक्षरको के माया लागेको होला?’ आफैलाई हेरेर फिस्स हाँसे।
 
करिब १२ घण्टा सकिसकेको थियो। मोवाईलको स्विच पनि अफ थियो। अन गरेँ र नजिकैको टेवुलमा राखेँ। 
 
अब त जीन्दगीको स्वच्छिक अबकासको समय पनि आइसकेको थियो। मृत्युको निर्णय लिइसकेकी मलाई घाइतेमात्र हुनु थिएन। शरीरका अंग अंग निदाउन भन्ने लाग्यो। कसैले चाहेर पनि मलाई व्यूझाउन नसकोस। म स्वतन्त्रता सहित निर्वाध रुपमा मर्न चाहन्थेँ। त्यसैले ७ ओटा स्लिपिङ ट्याबलेड खाएर ढल्किएँ। कहिल्यै नपाएको आनन्द प्राप्त भयो। 
 
आकाशमा उडेका चराहरुलाई घण्टौसम्म हेर्ने मलाई आफै आकाशमा उडेझै भइरहेको थियो। शून्यता, न कसैको डर, न रहर र चाहनाको भारि। निलो आकासमा खुल्ला मन सहीत माथि माथि जाँदै थिएँ। 
 
मोबाइल घण्टी बज्यो ‘मरेको व्यक्तिलाईपनि किन फोन गरेको होला?’ 
 
मरेपछि जाने ठाउमा त फोन गर्नपनि पाइदैन होला। अन्तिम पटक फोन उठाउनुपर्यो‍ भन्दै उठाएँ। 
 
एउटा धोद्रे धोद्रे परेको केटा आवाज बोल्यो ‘सरु तिम्रो सामु उपस्थित हुन सकिन। प्रतिक्षामा धेरै बर्ष विताएको छु, तिमीले महसुस गरेको हुनुपर्छ। तर चुपचाप हेरिरहर्यौ‍। अब चुप बस्नु भनेको जीन्दगीलाई दुर्घटना तर्फ धकेल्नुमात्र हो। त्यसैले ह्याप्पी भ्यालेन्टाइन्स डे।’ उ अझै बोल्दै थियो। ‘हाम्रो स्वतन्त्रता खोसिदैन, रहरहरु साझा हुनेछन्। इच्छाहरुको सम्मान हुने छ। यही समाजमा हामी दुइको छुट्टै संसार रम्नेछ।’ 
 
झसंग भएँ, म आकाशमा उड्ने, चराहरुसंग रम्ने र शून्यतामा हराउने त सपना मात्र रहेछ। तन्द्राबाट व्यूझिएँ। 
 
केटा आवाज मेरो मन मस्तिष्कमा घुमिरह्यो। यो संसार छोड्दै गरेको सपना देख्दापनि कम रमाइलो थिएन। खुल्ला आकासमा उड्नुको मज्जा, मिठो थियो त्यो क्षण। 
 
त्यो भन्दा रमाइलो लाग्यो मेरो रहर र स्वतन्त्रताको सम्मान गर्छु भन्ने धोद्रे आवाज। शब्द चयन र संयोजन मिलेको प्रतिबद्धता, शून्यतामा उड्नुभन्दा बढी आनन्द आउने क्षण बन्यो। 

आफ्नो छेउमै छामेँ, छरिएको सिरानी! आँखा उघारेँ, पर्दाबाहिर झ्यालबाट घाम हाँसिरहेथ्यो।  

पीपलबोट डटकम : बाबुरामको विनम्र आत्मसमीक्षा - नारायण वाग्ले - setopati

एमाओवादी नेता बाबुराम भट्टराई प्रायः कुरा चपाउन सक्दैनन्। वक्तृत्वकलामा उनी कमजोर छन्। हास्य व्यंग चेत, रस, लचकता उनमा अभाव छ। उनी खरो बोल्छन् र त्यही कारण छुचो देखिन्छन्। 
 
उनको सीप भने लेखनमा छ । उनी जति आफ्ना विचारलाई सटिक र प्रष्ट भाषामा सोझै प्रकट गर्न सक्ने नेपाली नेता दुर्लभ छन् । उनले पार्टी बैठकमा बोल्नभन्दा लेखेर सहभागी हुन पाए बढी नम्बर ल्याउन सक्दा होलान् ।
 
बोल्नमा बोर्ड फष्ट भने उनका अध्यक्ष नै छन् । पुष्पकमल दाहालका उत्तराधिकारी बरू नारायणकाजी श्रेष्ठ होलान्, त्यसपछि वर्षमान पुन । बोलेरै भ्याइदिन्छन् । 
 
बाबुरामको विचार बोकेर हिँडे भनी सदावहार गुनासो गर्ने अर्का खेमाका नेता मोहन वैद्यले आफूनजिक पुष्पकमललाई सधैं पार्न खोजेकै कारण त्यही क्षमताको रहष्य हुनुपर्छ । 
 
फेसबुक र ट्वीटरमा झ्वाट्ट आफ्ना आक्रोश र तर्क पोख्न बाबुरामले नै जानेका छन् । संविधानसभा अवसानको डेढ वर्षपछि मंसिर २८ गते उनले त्यस्तै स्ट्याटस सार्वजनिक गरेका छन् जसले त्यसयताको घटनाक्रम र परिणामको अपजस आफ्नो पार्टीलाई दिएका छन् । 
 
बाबुरामका विचार चोटिला भए भने चोट पर्छ पुष्पकमललाई । यसपालि पनि त्यस्तै भएको छ । 
 
निर्वाचनमा धाँधली भएको भन्ने अड्डी कसिरहेको पार्टीलाई झटारो हान्दै उनले संविधानसभा निर्वाचनको महत्वपूर्ण अवसरको फल अरुले पाएको स्वीकार गरेका छन् । निर्वाचन परिणामको कारण खोतल्ने प्रयास गरेकाले बाबुराम फेरि पनि पार्टीभन्दा एक बित्ता अगाडि सरिसकेका छन् । नेताले संगठन हाँक्ने कि संगठनले नेतालाई हाँक्ने भन्ने बहस उनका लागि निरर्थक लाग्छ । उनी सारा देश त एक नेताले अकण्टक हाँक्न पाउनुपर्छ भन्ठान्छन्, पार्टी जैरेको कुरै भएन । 
 
त्यहीँकारण पार्टी चुनावी धाँधलीको अमुर्त काँडाघारीमा फसिरहेको अँध्यारो बेला बाबुराम भने हेडलाइट बाल्दै बाटो कता विरायो खोज्न निस्किएका छन् । र, भन्न थालेका छन्, आगामी दिनमा मेरा तीन प्रतिबद्धता रहनेछन्, यसका निम्ति म आफ्नो पार्टीका अतिरिक्त समान सोच भएका अन्य पार्टीभित्रका र गैर पार्टी व्यक्ति तथा संस्थासँग सहकार्य गरेर अघि बढ्नेछु । 
 
उनी आफैंले घोषणा गरेका प्रतिबद्धता भनेका राष्ट्रिय स्वाधीनता र समावेसी राष्ट्रियता, समावेशी लोकतन्त्र र समावेशी विकास हुन् । यी कस्ता विचार हुन् विवरण र प्रष्टोक्ति सायद आउँदै गर्ला । प्रश्न भने उनले जब्बर उठाइसकेका छन् । उनी आफ्ना विचारका लागि आफ्नो पार्टीसँग सहकार्य गर्न चाहन्छन् । 
 
पार्टीका प्रतिबद्धता भन्दा फरक विचार उनले ल्याएछन् कि ? होइन भने आफ्नै पार्टीसँग समेत सहकार्य गर्ने र आफ्नो धारणासँग मिल्न आउन सक्ने अरुसँग अघि बढ्ने भन्नुको तात्पर्य उनले खुलाएका छैनन् । लक्षणमात्र देखाएका छन् । 
 
उनका विचारलाई पार्टीले अख्तियार गरिदिएन भने उनी पार्टीको रुखबाटै हाँगा समातेर अर्को रुखका हाँगाहरु समेत पक्रिन सक्ने गरी फैलिन चाहन्छन् । राष्ट्रिय स्वाधीनतालाई सबभन्दा पहिला उनले उल्लेख गरेका छन् जसबारे सबभन्दा बढी लाञ्छित उनैलाई गर्ने उनकै पार्टी छ । उनकै अध्यक्ष र आसपासका नेताहरुले बाबुरामलाई त्यसमै त हो मार हान्ने गरेको ।  
 
झट्ट हेर्दा त एमाओवादी राष्ट्रिय स्वाधीनताको पक्षधर रहेन कि भन्ने अर्थ पनि लाग्छ । वैद्य नेतृत्वको विद्रोही अर्थात विमाओवादीले त्यही भन्दै विभाजित भएको मात्र होइन निर्वाचनै बहिष्कार गर्यो, निर्वाचन सकिन पाएको छैन नयाँ संविधानसभा विघटनको माग उचाल्न थाल्यो । 
 
वामपन्थी विचारधारा तथा संगठनहरुबीच प्रतिस्पर्धा साँच्चै हुन खोजेको भान पार्न राष्ट्रिय स्वाधीनताको झण्डा कसले फहराउने भन्ने देखिन खोजेको त होइन ? त्यसो हो भने आगामी दिनमा स्वाधीनताका नाराका शंख निकै बज्ने भए । 
 
बाबुरामले राष्ट्रिय स्वानधीनतासँग समावेशी राष्ट्रियता जोडेका छन् जसले मधेसी र जनजाती संगठनहरुसँग गठजोडको ढोका खोलेको हुनुपर्छ । अर्कातिर उनी समावेशी लोकतन्त्रलाई पनि आफ्नो प्रतिबद्धता मान्छन् तर अस्ति भर्खर त हो उनले आफ्नै पार्टीको चुनावी घोषणापत्र लेखेको र जारी गरेको । त्यसमा त कार्यकारिणी अधिकारप्राप्त प्रत्यक्ष निर्वाचत राष्ट्रपतिय प्रणालीको प्रष्ट उल्लेख गरिएको छ । 
 
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा समावेशी लोकतन्त्र पक्कै पनि अट्न सक्दैन । त्यो आफैंमा विरोधाभाषपुर्ण हुनेछ । समावेशी लोकतन्त्र त संसदीय प्रणालीमा बढी सम्भव हुन्छ । समावेशी आधारको निर्वाचन प्रणालीबाट मात्र त्यस्तो लोकतन्त्र स्थापित हुने भनिएको होला । प्रत्यक्ष निर्वाचित हुने एकजना व्यक्ति त कहाँ पाएर समावेशी हुन सकोस् ?
 
बाबुरामको यो उद्घोषको तात्कालीक लक्षणले पार्टीसँगको उनको विरक्ति देखाउँछ । उनी आफुलाई पार्टीभन्दा पर, माथि वा दायाँ वायाँ पनि राख्न सक्छन् भन्ने आत्मविश्वास सार्वजनिक गर्न उद्यत छन् । त्यो इमान्दारीसाथै भनेको पनि हुनुपर्छ किनभने अध्यक्ष पुष्पकमलले उनका कुरा त्यति खाएजस्तो देखिन छाडेको छ । 
 
बाबुराम एमाओवादीका केन्द्रीय सदस्यमात्र हुन् । पहिला उपाध्यक्ष थिए । पार्टीमा बहुपद भयो तर भागबण्डा मिलेन वा जिम्मेवारी र अधिकार बाँडफाँट भएन भन्ने उनको गुनासो थियो । वैद्यसँग त्यही मुद्दामा एक भएकै थिए । 
 
हेटौंडा महाधिवेशनपछिको सांगठनिक विवाद सामना गर्ने जिम्मेवारीबाट तर्केर वा अध्यक्षसँग मनपेट मिल्न नसक्ने ठानेर उपाध्यक्ष पद त्यागिदिए । उनको लहैलहैमा लागेर अध्यक्षले अर्का उपाध्यक्ष र महासचिवको पनि नियुक्तिको मसी नसुक्दै राजीनामा गराइदिए । पार्टीमा अहिले अध्यक्ष र सदस्यहरुमात्र छन् । 
 
बाबुराम भने विचारले नेता हुन् । त्यसको जिम्मेवारी उनी ऐनमौकामा यस्तै विचारमार्फत निर्वाह गर्ने गर्छन् । भुमिगतकालमा पार्टी संगठनले कारवाही गर्दा, थुन्दा वा निकै अल्पमतमा झर्दा असहमति पत्र लेख्थे । सार्वजनिक जीवनमा सार्वजनिक स्ट्याटस लेख्छन् । 
 
लेख्ने उनको काम हो । बोल्ने अध्यक्षको । तर अहिले प्रश्न उठेको केमात्र हो भने चुनावी घोषणापत्र जुन उनले आफैं केही दिन भुमिगत बसेर लेखेका थिए त्यसभन्दा बाहिर किन निस्कन खोज्दैछन् ? अथवा पार्टीभन्दा पृथक उनी किन देखिन खोज्दैछन् ? के उनको अध्यक्ष दाहालसँग केही दाल नगल्ने नै भइसक्यो ? 
 
अध्यक्षसँग त उनका फरक मत कति छन कति ? चुनाव परिणाम आउन थाल्नासाथ अध्यक्षले राष्ट्रपति रामवरण यादवसँग भेटे, सान्त्वना पनि पाए । बाबुराम त उल्टै राष्ट्रपतिकै चुनाव हुनुपर्छ भन्न थाले । त्यस्तै रीस त ओकलेका छन् नि उनले यो पछिल्लो स्ट्याटसमा । 
 
उनी आफ्नाबारेमा बढी सचेत छन् । लेखेका छन्, व्यक्तिगत रुपमा समय समयमा मैले सापेक्षरुपले सही सोच राखेँ र सही कुरा पनि उठाएँ । त्यसका निम्ति मबाट जनताले धेरै आशा राखे र ममाथि भरोसा पनि गरे । 
 
उनले त्यसो भन्नु सही हो । उनी प्रधानमन्त्री बन्दा जनअपेक्षा निकै चुलिएको थियो । तर उनले आफुलाई केन्द्रमा राख्नु सही होइन । किनभने उनीबाट जनताले धेरै आशा र भरोसा राखेको भन्ने कसरी थाहा पाए ? जनताले मत त उनको पार्टीलाई नै जित्ने गरी दिएका थिए जसको नम्बर एक नेता वा सत्ताका उम्मेदवार अध्क्ष पुष्पकमल थिए । पुष्पकमलपछिको  नेताका रुपमा उनी थिए भन्ने साँचो हो तर जनादेश उनले होइन, पार्टीले पाएको थियो । त्यसका तर्फबाट
राष्ट्रपतिका उम्मेदवार भनेर प्रचारित अध्यक्षले त्यस्तो आशा र भरोसा पाएका थिए भन्न मिल्छ । 
 
बाबुरामले भनेका छन्, तर मसँग आफ्नै सोच र प्रतिबद्धतालाई लागु गर्न  आवश्यक इच्छाशक्ति र संगठनात्मक तागत भएन । 
 
उनको इच्छाशक्ति किन भएन खुलाएका छैनन् । तर उनले भन्न खोजेको पार्टीले साथ दिएन भन्ने हो । पार्टीले तागत दिएन । पार्टी आफ्नो पक्षमा भएन । अर्थात अध्यक्ष पुष्पकमल सहयोगी हुन सकेनन् । पार्टीले नै अवरोध गर्यो भन्न खोजिएको हो भन्ने प्रष्ट छ । 
 
पार्टीले केमा अवरोध दियो अथवा केमा तागत दिएन भन्ने उनले खुला गर्न सकेका छैनन् । तर त्यसपछिको अनुच्छेदको सिलसिला पढ्दा बुझ्न सकिन्छ बाबुरामको नेतृत्वको गठबन्धन सरकारको विकल्प खोज्न उनकै पार्टी अथवा उनकै अध्यक्ष पुष्पकमल सक्रिय भइदिए । 
 
संविधानसभाको म्याद संकटकाल लगाएर पनि बढाउने आफ्नो इच्छासामु पार्टी अर्थात् अध्यक्ष पुष्पकमल अवरोध भइदिएको उनको दुःखेसो देखिन्छ । विपक्षीहरुलाई पनि भन्न खोजेका छन् तर विपक्षीहरुले नै त हो संकटकालको प्रस्ताव गरेको । 
 
कुनै पनि विकल्पबारे वार्ता गर्न विपक्षीहरु सिंहदरवार आउँदा अध्यक्ष पुष्पकमल र नेतृ हिसिला यमीलाई ढोकामा कुरुवाझैं बाहिर राखेर बाबुराम आफुले भित्र मन्त्रिपरिषद्को आकश्मिक बैठक गरेको होइन ? त्यही बैठकबाट संविधानसभा निर्वाचन मंसिर ७ मा गर्ने भनेर प्रस्ताव गरेको होइन ? त्यस्तो प्रस्ताव ल्याएपछि एमालेका मन्त्रीहरुले बैठक बहिष्कार गरेका होइनन् ? 
 
अघिल्लो दिन त के त्यही जेठ १४ गतेको दिन पनि बालुवाटारमा प्रधानमन्त्रीका रुपमा बाबुरामले मधेसमा दुई प्रदेश नमान्ने भए संविधानसभा जान्छ भन्ने चेतावनी दिएको अरुले सुनेकै थिए । विघटनको १२ घन्टाअगाडि राष्ट्रपतिलाई
भेटेर निर्वाचनमा जाने विकल्पबारे चर्चा गर्न भ्याइसकेका प्रधानमन्त्रीले अहिले आएर संकटकाल नलगाउनु गल्ती कसरी भन्न सक्छन्, यसरी हाकाहाकी ? 
 
संविधानसभाको राज्य पुनर्संरचना समितिका सभापति त थिए लोकेन्द्र बिष्ट मगर, बाबुरामकै पार्टीका सभासद् । उनकै नेतृत्वमा १४ प्रदेशको सिफारिश भएको थियो । उनकै नेतृत्वमा जनजाती समुहका सभासद्हरुले बालुवाटार पुगेर बाबुरामलाई भनेकै थिए, एकल जातीय नामकै कारण संघीयता बन्दैन भने हामी अवरोध हुन चाहँदैनौं, सहमति गरौं । 
 
अनुमान गर्न सकिन्छ अध्यक्ष पुष्पकमल बालुवाटारमा प्रधानमन्त्री फेर्न चाहन्थे । बाबुरामको गुनासो सही हो । उनले घोषणा गरेको निर्वाचन गराउन पाउनुपथ्र्यो । निर्वाचन मंसिरमै गर्न सकिन्थ्यो । तर निर्वाचन आयोग गठन गर्ने र विपक्षीहरुलाई साथ लिनेतर्फ उनको क्षमता पुगेन । 
 
बाबुराम एकपल्ट रारा घुम्न गएको मौका पारेर पुष्पकमलले कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतिय चुनावी सरकार गठन गर्ने पहल गरेको सार्वजनिक भइसकेको थियो । पुष्पकमल आफैंले राष्ट्रपतिलाई साक्षी राखेर त्यस्तो वातावरण बनाएका थिए र बैठकपछि शीतल निवासको ढोकामा सञ्चारकर्मीका क्यामरामै भनिदिएका थिए, देश अब सहमतितर्फ गयो । 
 
राजनीतिक स्रोतहरुका अनुसार, बाबुराम भोलिपल्ट बिहानै लाजिम्पाट पुगेर पुष्पकमललाई चेतावनी दिए, तपाईं सुशीललाई प्रधानमन्त्री बनाउन लाग्नोस्, म बन्न नदिनतिर लाग्छु ।  
 
त्यही भयो दुईजनाको हानथापमा सुशील प्रधानमन्त्री हुन पाएनन् र बाबुराम पनि बालुवाटारमा अडिन पाएनन् । बाबुरामकै ईखका कारण उनले राजीनामा नलेखी प्रधानन्यायाधीशलाई सिंहदरवार टक्र्याउने सर्त पुष्पकमलले माने । देशी विदेशीले सकारेकै थिए, त्यही भएर हेटौंडा महाधिवेशनले प्रधानन्यायाधीशको नामको प्रस्ताव पारित गर्यो र त्यसको हथौडाले हानीहानी कांग्रेस, एमालेलाई मान्न करै लगायो । 
 
हामीले सरकार छाड्नु गल्ती भयो भनेर उनले यसअघि भनेको यही कारण हो । 
 
संविधानसभा अवसान आफ्नो जीवनको सबभन्दा ठुलो गल्ती भनेर उनले नितान्त यथार्थ लेखेका छन् । त्यो आफ्नो विनम्र स्वीकारोक्ति भनेका छन् । तर संकटकाल लगाउने विकल्प अन्तिम हो भन्ने निश्कर्ष कसरी भन्न सक्छन् ? 
 
व्यवस्थापिका संसदमात्र भने पनि राख्ने प्रस्तावलाई कानुनविद्हरुले मानेनन् भन्ने जवाफ दिने गर्छन् तर कानुनविद्हरुले त संकटकाल लगाउन पनि मान्ने थिए त ? 
 
बाबुरामको सबभन्दा महत्वपुर्ण स्वीकारोक्ति त चार दलीय राजनीतिक सहमति नमान्नु गल्ती भयो भन्ने हुनुपर्थ्यो । जेठ २ गते भएको सहमतिअनुसार ११ प्रदेशको संघीय संरचनामा नेपाल जान्थ्यो । सिमाना संघीय सीमा आयोगले निक्र्यौल गर्थ्यो। नाम प्रदेश सभाले आफैं राख्थ्यो । संविधान बन्ने आधार तय भइसकेको थियो । 
 
त्यस्तो सहमति कसले भाँड्यो भन्ने हालसम्मकै रहष्यमाथि बाक्लो कालो पर्दा लगाउने नेताहरुमध्ये जो पनि आआफ्नो सुबिधाअनुसार तर्क गरिरहेका छन् । 
 
त्यही सहमतिलाई बरु हामीले लागू गर्न सकेनौं, अब त्यसमै छलफल गरौं भन्ने राजनीतिक मान्यता प्रस्ताव गरे पो विनम्र स्वीकारोक्ति हुन्थ्यो त ।
 
बाबुरामले ढिलै भए पनि आफ्नो विचार राखेर चुनावी हारको समीक्षामा सबैको साथ लिन खोजेका छन् । त्यो स्वागतयोग्य पक्ष हो । आफ्नै पार्टीको हार स्वीकार गर्न नसक्ने कट्टर मानसिकताभन्दा अघि बढेर प्रगतिशील आचरण प्रस्तुत गरेका छन् । 
 
चुनावी हारको दोष एकले अर्कालाई मात्र लगाउने प्रवृत्तिबाट असली आत्मसमीक्षा भने हुनसक्दैन । त्यसैगरी लेख्दा भने कुरा चपाउने स्वभावका कारण बाबुराम जे चाहेको हो त्यसको टुंगोमा पुग्न सक्दैनन् ।  
 

पार्टीले उनलाई विचारको ठाउँ नदिएको हो वा उनको आकार पार्टीमा अट्न नसकेको हो भन्ने यस आत्मसमीक्षाको अर्को पाटो पनि हो । 

३ बर्षभित्र यस्तो बन्दैछ चक्रपथ - onlinekhabar

अबको तीन बर्षपछि काठमाडौंको चक्रपथ कुनै बिकशित मुलुकको झल्को दिनेगरि अन्तराष्ट्रियस्तरको बन्ने भएको छ ।
तीव्र गतिमा सवारी चलाउन मिल्ने गरी चार लेनको सडक । ७/७ मिटर चौडाइका दुई-दुई लेनको सर्भिस ट्याक्क र सडकको दुवैतर्फ साइकल लेन, अनि दायाँ-बायाँ मनग्ये हरियाली ।
पहिलो चरणमा कलंकीदेखि कोटेश्वरसम्म निर्माण सम्पन्न हुने ८ लेनको चक्रपथको तस्वीर हो यो । काठमाडौं चक्रपथ सुधार योजनाले कलंकी-कोटेश्वर चक्रपथको निर्माण कार्य सुरु गरिसकेको छ । नमुनाका लागि ललितपुरको भनिमण्डपदेखि एकान्तकुना चोकसम्मको ५ सय ५० मिटर सडक भने आगामी चैतसम्ममा निर्माण कार्य गरी सक्ने योजनाका प्रमुख अशोक तिवारीले जानकारी दिनुभयो ।
निर्माणसम्पन्न भएपछि यस्तो देखिने छ कलंकी चोक
निर्माणसम्पन्न भएपछि यस्तो देखिने छ कलंकी चोक
सडकको डिजाइन अनुसार बल्खुबाट स्वयम्भू जाने सवारीसाधनले कलंकीचोकमा भूमिगत मार्ग प्रयोग गर्न सक्नेछन् जसको लम्बाई ८ सय ४० मिटर हुने छ । यो बाटो निर्माण सुरु भएपछि सवारीसाधानलाई बैकल्पिक मार्गबाट हिडाउने तयारी सुरु भएको छ । जसका लागि ट्राफिक प्रहरीले गृहकार्य गरिरहेको छ । भूमिगत सडक निर्माण गर्न करिव एक बर्ष लाग्ने अनुमान गरिएको छ ।
भूमिगत सडकमाथिको आठ लेन सडक थानकोट-कलंकी हुँदै कालीमाटी जाने सवारी साधनकालागि हो । चक्रपथका सहायक लेनबाट आएका सवारीले पनि कालिमाटी तथा थानकोटतिर जान यही आठ लेन सडक प्रयोग गर्नेछन् ।
भूमीगत मार्ग बनाएपछि कलंकीको आकाशेपुल भत्काइने छ भने एकान्तकुना, सातदोबाटो र ग्वार्कोमा नयाँ आकाशेपुल निर्माण गरिने छ ।
यस्तो देखिने छ ८ लेनको चक्रपथ
यस्तो देखिने छ ८ लेनको चक्रपथ
चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सुरु रहेको यो सडक निर्माणको जिम्मेवारी भने चिनियाँ ठेकेदार संघाइ कन्स्ट्रक्सन गु्रप कम्पनीले ठेक्का पाएको छ । उक्त सडक निर्माणका लागि पाँच अर्व रुपैयाँ भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । सडक विस्तारकार्य चीनले गर्ने भएपनि सडकमा रहेका पोल र पाइप व्यवस्थापन भने नेपाल सरकारले नै गर्ने छ । उक्त कार्यका करिव ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । २०१६ मे १५ मा सम्पन्न गर्नेगरि सम्झौता भएको छ ।
कलकीमा बन्ने भूमीगत मार्गको स्केच
कलकीमा बन्ने भूमीगत मार्गको स्केच
चिनियाँ ठेकेदार कम्पनीले सम्झौता अनुसार काम सुरु गरेपनि बिजुलीको पोल व्यवस्थापन र खानेपानीका पाइप तथा ढल व्यवस्थापनका लागि विद्युत प्राधिकरण र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आफ्नो जिम्मेवारी बहन नगर्दा ४० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको भएपनि केही ढिला हुनसक्ने अवस्था रहेको तिवारीले बताउनुभयो ।
यससँगै चक्रपथको कोटेश्वर-चावहिल कलंकी खण्डपनि निर्माण अगाडी बढ्ने भएको छ । चिनियाँ सरकारकै सहयोगमा एकै चरणमा सात बर्षभित्र यो खण्ड निर्माण सकिने तिवारीले जानकारी दिनुभयो ।