|
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगिसक्दा कांग्रेस र एमालेको कूल सिट मिलाएर दुई तिहाइ बहुमत नपुग्ने झण्डै निश्चित भएको छ। समानुपातिकको सबै मत आज गन्न सकिने निर्वाचन आयोगले जनाएको छ। बिहान ९ बजे ५७ मिनेटमा आयोगले उपलब्ध गराएको ८७ लाख ९ हजार ८३ मतलाई अन्तिम मानी संविधान सभा निर्वाचन अध्यादेश २०७० ले व्यवस्था गरेको गणना विधि अनुसार सिट बाँडफाँड गर्दा कांग्रेस र एमालेको कूल सिट १९६ र १७६ हुने देखिन्छ। दुवै जोड्दा दुई तिहाइ बहुमतका लागि २९ सिटको अभाव हुनेछ। संविधानका प्रत्येक धारा दुई तिहाई बहुमतले अनुमोदन गर्नुपर्ने प्रावधान छ। समानुपातिकको मतगणनाको अन्तिम परिणाम आइनसके पनि अब थोरै मत गन्न मात्रै बाँकी रहेकोले अब एक दुई सिटको अन्तरबाहेक यो हिसाबमा ठूलो परिवर्तन नहुने निश्चित छ। हालसम्मको गणनालाई आधार बनाउँदा माओवादीले समानुपातिकमा ५३ र प्रत्यक्षमा २६ गरी कूल ७९ सिट ल्याउने देखिन्छ। अन्तरिम संविधानमा रहेको गणतन्त्र नै नमान्ने राजतन्त्र फर्काउन चाहने राप्रपा नेपाल प्रत्यक्षतर्फ निल भए पनि समानुपातिकमा २४ सिटमा रहनेछ। प्रत्यक्षमा ३ सिट जितेको राप्रपाले समानुपातिकमा १० सिट जिती १३ सिट जित्नेछ। संघीयताको विरोध गर्ने चित्रबहादुर केसीको जनमोर्चा समानुपातिकमा ३ सिटमा झर्नेछ। अघिल्लोमा यो पार्टीले प्रत्यक्षतर्फसमेत सिट जितेको थियो। संघीयताकै पक्षमा एमाले फुटाउने अशोक राईको संघीय समाजवादीले समानुपातिकबाट मात्रै ५ सिट पाउनेछ। मधेसवादी दलहरुको यो चुनावमा प्रत्यक्षतर्फ समग्र परिणाम निराशाजनक भए पनि सबै मधेसवादी दलहरु एक भए भने अझै संविधान सभामा चौथो शक्तिको रुपमा रहने प्रोजेक्सनले देखाउँछ। प्रत्यक्ष र समानुपातिक दुवैमा गरी उनीहरुको एकीकृत सिट ४७ पुग्ने हालसम्मको गणनाले देखाउँछ। एकल हिसाबमा चौथो शक्ति रहेको राप्रपा नेपालको सिट २३ मात्रै छ। यसले मधेसवादी दलहरु अझै पनि आफ्ना मुद्दालाई दबाबका रुपमा अघि बढाउन सक्षम स्थितिमा रहेको देखाउँछ। कांग्रेस र एमालेले मात्रै दुई तिहाई बहुमत पुर्याउन नसक्ने भएकोले यस पटकको संविधान सभाले पनि संविधान बनाउन निकै चुनौतिको सामना गर्नुपर्ने र दलहरुले चुनावअघि भन्दै आएको जस्तो एक वर्षभित्र संविधान जारी गर्ने काम कठिन हुने देखिन्छ। बिहान ९ बजे ५७ मिनेटमा आयोगले उपलब्ध गराएको ८७ लाख ९ हजार ८३ मतलाई अन्तिम मानी संविधान सभा निर्वाचन अध्यादेश २०७० ले व्यवस्था गरेको गणना विधि अनुसार सिट बाँडफाँड गर्दा निम्न सिट संख्या हुने देखिन्छ- (अन्तिम परिणाम आएसँगै सिटमा सामान्य तलमाथि हुनसक्छ)
|
यो ब्लग नामैबाट थाहा हुन्छ कि यस्मा मेरो आफ्नो केहि छैन,यस्मा मलाई मन परेको र रमाइला कुराहरु जुन पछि पढ्न मनलाग्दा सजिलोको लागि जम्मा गरेको हुं l यस्मा राखेका सामग्री जजसको हो उसकै नाममा राखेको छु l यदि कसैलाई यसरी राख्दा समस्या परेमा तुरुन्त हटाउने कुरा पनि जानकारी गराउन चाहन्छु l यो नितान्त निजि भएकोले प्रचार पनि गरेको छुइन l यो सामग्री ज-जसको हो,सबैलाई धेरै - धेरै धन्यबाद दिन चाहन्छु l
Wednesday, November 27, 2013
कांग्रेस-एमालेको दुई तिहाई नपुग्ने निश्चित, एकीकृत रुपमा मधेसवादी चौथो शक्ति By Salokya, - mysansar
Thursday, November 21, 2013
संविधानसभा बहिष्कारको धम्कीले अन्तर्राष्ट्रिय जगतमा खैलाबैला - setopati
युवराज घिमिरे
एकीकृत नेकपा माओवादीले नयाँ निर्वाचित संविधानसभासँग सबन्ध नराख्ने स्पष्ट संकेत दिएपछि भावी संविधानसभाको सान्दर्भिकता र वैधानिकतालाई लिएर अन्तर्राष्ट्रिय जगतमा चिन्ता देखिन थालेको छ। बिहीबार एकाबिहानै एमाओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा पुगेका भारतीय राजदूत रञ्जीत रेले यो निर्णयमा पार्टी कति गम्भीर छ र गम्भीर भएमा भावी संविधानसभा तथा संविधान लेखनमा यसले पार्ने असरबारे प्रचण्डसँग जिज्ञासा राखेको बुझिएको छ। ‘तपाईंहरुले सहभागिता नजनाएमा के सविधानसभाको औचित्य रहला?’ राजदूतलाई उद्धृत गर्दै उनले आफ्ना केही निकटतम पार्टी नेताहरुलाई सूचित गरेका थिए।
बिहानको भेटमा प्रचण्डले अत्यन्त भावावेशमा १२ बुँदे सम्झौतादेखि शान्ति प्रक्रियाप्रति आफू समर्पित छँदाछँदै पनि आन्तरिक र बाह्य षड्यन्त्रको सिकार आफूलाई बनाएकोमा राजदूत रेसँग गुनासो पोखेका थिए। लगभग त्यस्तै किसिमको चिन्तासँगै आवेगमा आएर कुनै निर्णय नगर्न तथा जनादेशलाई सम्मान गर्न पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले प्रचण्डसँग आग्रह गरेका थिए।
सेतोपाटीलाई प्राप्त जानकारी अनुसार चुनाव घोषणालाई स्वीकार गर्न नहुने स्पष्ट अडान लिन सुझाव सबैभन्दा पहिला वरिष्ठ नेता बाबुराम भट्टराईले दिएका थिए जसलाई पछि अर्का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अनुमोदन गरेका थिए। बिहानै करिब ३ बजे पार्टी केन्द्रीय सचिवालयको बैठकले अनुमोदनसहित त्यही सुझावलाई विधिवत निर्णय गरेपछि प्रचण्डले जारी मतगणना रद्द गरी ‘धाँधली र षड्यन्त्र’को छानबिन नगरे आफू एमाओवादीले चुनावको नतिजा स्वीकार नगर्ने र नयाँ संविधानसभामा हिस्सा नलिने घोषणा गरेका थिए।
राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा चुनावी सफलतालाई लिएर स्यावासी पाइरहेका राष्ट्रपति रामवरण यादव, चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसहित तीनै जनासमेत प्रचण्डको दाबीलाई कडा जवाफ दिनुपर्ने सहमतिमा पुगेपछि प्रमुख आयुक्त उप्रेतीले बिहानै सञ्चार माध्यममार्फत मतगणना नरोकिने र जनादेश मान्नु कुनै पनि प्रजातान्त्रिक शक्तिको कर्तव्य र दायित्व भएको बताएका थिए। त्यसलगत्तै कार्टरसँगको अलगअलग टेलिफोन वार्तामा तीनैजनाले माओवादीसँग कडा रुपमा प्रस्तुत हुन र बहिष्कारको निर्णयविरुद्ध चेतावनी दिन आग्रह गरेका थिए जुन कार्टरले केही हदसम पूरा गरे।
‘निर्वाचनमा प्रतिकूल परिस्थिति आउन सक्छ र यसलाई स्वीकार गर्नुपर्छ र म आफूले पनि कैंयन पटक त्यस्तो गरेको छु,’ प्रचण्ड र कार्टरबीच एक्लाएक्लै भेटघाटमा कार्टरले षड्यन्त्र र धाँधलीबारे यथेष्ठ प्रमाण भए अदालत जान सुझाव दिएका थिए। त्यसप्रति प्रचण्डले आफूहरुले सबै विकल्प खुला राखेको र आफ्नो आरोप पूष्टि गर्न आफूसँग यथेष्ठ प्रमाण भएको दाबी पनि गरेका थिए। प्रचण्ड र कार्टरबीच भोलि शुक्रबार फेरि भेट हुँदैछ। मतदानपछि मतगणना केन्द्रमा मतपेटिका लैजान पार्टीका प्रतिनिधिहरुलाई नराखिएको, काठमाडौंस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हलमा पार्टी प्रतिनिधिबिना नै घण्टौं राखिएको, काठमाडौं ४ मा र अन्य केही क्षेत्रमा प्रारम्भिक मुचुल्काभन्दा फरक संख्यामा मतपत्र फेला परेको जिकिर पनि उनले गरेका थिए। अध्यक्ष रेग्मीको नेतृत्वमा चुनावी सरकारको गठन र नेकपा माओवादीको बहिष्कारका बाबजुद पनि मंसिर ४ मै निर्वाचन गर्नुपर्ने संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका र भारतको दवाव थियो। त्यसैले प्रचण्डको निर्णयप्रति उनीहरुको चासो स्वभाविक स्पष्ट रुपमा आएको थियो। मतगणना बहिष्कारको घोषणापूर्व उनले मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत अन्य केहि मधेसी नेताहरुसँग पनि टेलिफोन मार्फत आफ्नो निर्णयबारे अग्रिम जानकारी गराएका थिए। यादव लगायत केही मधेसी नेताहरुले माओवादीको सर्मथनमा संविधानसभाबाट आफूलाई बाहिर राख्ने कुरा बताएको सेतोपाटीलाई बताए।
यसैबीच कांग्रेस सभापति सुशील कोइरालाले प्रचण्डको निर्णयलाई दुर्भाग्यपूर्ण बताएका छन् भने एमाले नेता माधवकुमार नेपालले एमाओवादीको सहभागिताबिना संविधान लेख्न नसकिने बताएका छन्।
Sunday, November 17, 2013
सीके लालको विश्लेषण- चुनावपछि के हुन्छ ? - onlinekhabar
चर्चित लेखक तथा विश्लेषक सीके लालले मंगलबारको चुनावी परिणामपछि एमाओवादीले सरकार बनाउन खोज्ने र नेपाली कांग्रेसले कुनै पनि हालतमा एमाओवादीलाई सरकारमा जानबाट रोक्ने खेल खेल्न सक्ने बताउनुभएको छ । उहाँको विश्लेषणमा यो चुनावमा मिश्रति निर्वाचन प्रणाली अपनाइएकाले कसैको पनि बहुमत आउँदैन । मंसिर ४ चुनावपछिको नेपाली राजनीतिमा देखिन सक्ने सम्भावित परिदृश्यहरु कस्ता होलान् भन्ने विषयमा बरिष्ठ लेखक सीके लालको विश्लेषण उहाँकै शब्दमा : अमेरिकामा चुनावी परिणामको आँकलन गर्न सजिलो हुन्छ । हरेक व्यक्ति पार्टीमा आवद्ध भएका हुन्छन् र खुला हुन्छन् । म त रिपब्लिकन, म त डेमोक्र्याट । मलाई त्यो मन परेन र मैले छाडेँ भनेर घोषणा नै गर्छन् । तर, हामीकहाँ यस्तो लोकाचार छ कि जसलाई दिने भए पनि म त दाजुभाइजस्तो हो भन्छ । अर्को आएपछि तपाई त फुपुको खलक, तपाई त अझ ससुराली पर्नु भो, कष्ट गर्नु नपर्ने, मलाई नै बोलाउनुभए हुन्थ्यो भन्ने चलन छ । कतिसम्म भने दिनभरि नेताको पछि लागेर हिँड्ने प्रचारकसमेत बेलुका तपाई चाहिँ आफै विचार गर्नुस् भन्ने गरेको मैले देखेको छु । त्यसैले हाम्रा देशमा चुनावको परिणामबारे पूर्वानुमान गर्न कठिन हुन्छ । बहुमत नआउने निर्वाचन प्रणाली हामीले जुन किसिमको निर्वाचन प्रणाली अपनाएका छौं, कि त पूर्ण समानुपातिक भइदिए एउटाको बहुमत सम्भव कि पूर्ण प्रत्यक्ष भइदिएपनि एउटाको बहुमत आउन सम्भव हुन्छ । तर, हामीले मिश्रति लिएका छौं । ३ सय ३५ समानुपातिक, २ सय ४० प्रत्यक्ष, यो दुईवटामा कस्तो हुन्छ भने प्रत्यक्षमा बहुमत आए पनि त्यही समानुपातिकमा हुन्छ भन्ने छैन । समानुपातिकमा धेरै सिट आए पनि त्यही अनुकुल प्रत्यक्षमा आउँछ भन्ने छैन । यो दुइवटा प्रणालीले गर्दा एउटै दलको बहुमत आउने सम्भावना कम हुन्छ । पूर्ण प्रत्यक्ष प्रणाली भइदिएको भए मान्छे स्वतन्त्र उम्मेदवार हुन्थे । अहिले समानुपातिकमा धेरै सिट भएकाले स्वतन्त्र उम्मेदवार बन्न चाहने पनि एउटा पार्टी खोल्ने र २० जना उम्मेदवार राख्न सक्ने क्षमता भएका पार्टी खोलेका छन् । स्वभावतः पार्टीहरुको संख्या त धेरै हुने नै भयो । गएको संविधानसभामा ३०/३२ वटा दल थिए, अहिले त्योभन्दा बढ्न सक्छ । हामीले अपनाएको निर्वाचन प्रणालीमा बहुमत आउनलाई कि त ठूलो जनलहर हुनुपर्यो, जुन अहिले देखिँदैन । त्यसैले फेरि पनि विभाजित मतादेश हुन्छ । पुरानै संविधानसभाको जस्तो गठवन्धन हुन्छ कि अर्कै भन्ने भोलिको कुरा भयो । तर, फेरि पनि विभाजित मत आउनेमा शंका रहेन । सरकारमा कांग्रेस र एमाओवादीवीच हानाथाप हुन्छ माओवादी र मधेसी वा कांग्रेस र एमालेको गठवन्धन हुन्छ हुँदैन भन्न अहिले गाह्रो छ । किनभने गएको संविधानसभामा जुन गठवन्धन थियो, त्यही गठवन्धन अहिले कायम रहन्छ कि रहँदैन भन्ने निर्वाचनको परिणाममा भर पर्छ । तर, एउटा कुरा चाँही के सत्य हो भने माओवादी जुनसुकै हालतमा सरकारमा जान खोज्छ, किनभने नेपालको सबैभन्दा ठूलो दल भएको नाताले पनि र सबै हाम्रो एजेण्डाअनुसार नेपालको राजनीति चलिरहेको भन्ने लागेकाले पनि जुनसुकै हालतमा माओवादीले सरकार बनाउन खोज्छ । माओवादीले सरकार बनाउनका लागि कोसँग गठवन्धन गर्दा बहुमत पुग्छ, त्योअनुसार गठवन्धनको एउटा सम्भावना भयो । अर्को भनेको माओवादीलाई जसरी पनि सरकार बनाउन नदिने भनेर अर्को पक्ष नेपाली कांग्रेसको नेतृत्वमा हुने भयो । नेपाली कांग्रेसले पनि कोसँग गठवन्धन गरेर माओवादीलाई रोक्न सकिन्छ, त्यो किसिमको गठवन्धनका लागि प्रतिस्पर्धा संविधानसभाको परिणाम घोषणा भएको भोलिपल्टबाटै सुरु हुन्छ । को आउँछ भनेर चाँही परिणाम घोषणा नहुँदासम्म भन्न गाह्रो हुने भयो । सरकार सहजै बन्ने सम्भावना सरकार बनाउन योपटक दलहरु लामो समय अलमल गर्दैनन् जस्तो लाग्छ । किनभने सबैलाई सरकारमा जान हतार छ । यो भन्दा अगाडि के भएको थियो भने खोज्दै हिड्नु परेको थियो, सरकारमा मसँग को जाने भनेर । अहिले चाँही मसँग यति जना छ है, मलाई सरकारमा राख भनेर खोज्न जाने अवस्था छ । त्यसैले समय लाग्दैन । योपटक संविधान बन्ने सम्भावना धेरै छ । किनभने राजनीतिकर्मीहरुले आप\mनै लागि हाम्रा लागि हैन, तिनलाई आफ्नै करियर जोगाउनु छ । अब संविधान बनेन भने त तिनको राजनीति समाप्त भयो । क-कसले के पेसा रोज्ने हो तिनले बाटो खोज्न थाले भयो । बाँकी जेल जान तयार हुने भयो । त्यसले गर्दा संविधान बन्छ । सम्झौता गरेर भए पनि संविधान बनाउँछन्, यसमा बरु जेजे पर्ला चुनावपछि गरौंला भनेर गर्छन् । तर, संविधान त एउटा बनाउँछन् । बहुमत आएकै राम्रो मेरो विचारमा सरकारको दृष्टिकोणले बहुमत आएकै राम्रो हो । त्यसले के हुन्छ भने अरु साना दलहरुले ए यसको छ भनेर त्यसका पछाडि लाम लाग्छन् । नभए त चारवटा सभासद भएको दलका नेता पनि म के कम भन्न थाल्छन् । कमल थापाको भूमिका सरकार गठनमा कमल थापालाई कुनै पनि गठवन्धनले लिन गाह्रो मान्छ जस्तो लाग्छ मलाई । धेरै नै सिट ल्यायो भने बेग्लै कुरा, जुन कि सम्भव देखिँदैन । नभए एमाओवादी धर्म निरपेक्षता बोकेको, संघीयता बोकेको, गणतन्त्र बोकेको दल हो, त्यसले कमल थापासँग गठवन्धन गर्न गाह्रो हुने भयो । नेपाली कांग्रेसलाई पनि के हुन्छ भने उसै पनि दक्षिणपन्थीको आरोप खेपिराखेको, झन् कमल थापासँग मिल्न गयो भने त चुनाव त भोलि पनि हुन्छ, मतदाता माझ फेरि पनि जानु पर्ने हुन्छ । स्थानीय चुनाव होला, संसदीय चुनाव होला, त्यसैले कांग्रेसलाई पनि कमल थापासँग मिरेर सरकारमा जान गाह्रो हुन्छ । यसका लागि कमल थापाको कि धेरै नै सिट आउनु पर्यो, कि संविधानसभामा कमल थापाविना कसैको कामै नचल्ने हुनुपर्यो, जुन सम्भावना देखिँदैन । नभए कमल थापालाई बोक्न सक्ने भनेको एमालेले मात्र हो । एमाले बाहेक अरु कुनै पनि दलले कमल थापासँग सहजै सहकार्य गर्छ जस्तो लाग्दैन । अर्कार्तिर कमल थापाले लामो दुरीको राजनीति गर्ने हो भने उनका लागि पनि प्रतिपक्षमै बस्न असल हुन्छ । सरकारमा जाने हो भने आफ्नो केही न केही कार्यसूची परित्याग गर्नुपर्ने हुन्छ । किनभने अन्तरिम संविधानअनुसार सरकार बन्ने हो । अन्तरिम संविधानले नेपाललाई धर्म निरपेक्ष भनेको छ, संघीय पनि भन्या छ, गणतन्त्र पनि भन्या छ । जुन कि कुनै पनि उनको कार्यसूची होइन । सरकारमा जानका लागि उनले आफ्नो कार्यसूची थाती राख्नुपर्नेहुन्छ, यो भनेको उनका लागि साथै राजनीतिक आत्महत्याजस्तो हुन्छ । त्यसैले उनी लामो कालखण्डको राजनीति गर्ने हो भने उनले पनि प्रतिपक्षमा बस्नु राम्रो हुन्छ । राजनीतिक मुद्दा भनेको तत्काल भैहाल्ने कुरा होइन, त्यो त आस्था हो । जस्तो कि माओवादीको आस्था र आदर्श भनेको जनगणतन्त्र हो । त्यस्तै कमल थापाको पनि संवैधानिक राजतन्त्र भई नै हाल्छ भन्ने होइन । थापाले बडो सावधानीपूर्वक के भनेका छन् भने यो राजनीतिक दिशा हो । यसका लागि नेपालको राजनीतिमा एउटा सानो ठाउँ छ, त्योसँग मिल्दोजुल्दो हिन्दु राज्य, सामन्त संस्कारको निरन्तरताको कुरा होला, त्यो सबै जोडिएर आउँछ र त्यसको ठाउँ त नेपालको राजनीतिमा रहन्छ । त्यो ठाउँ ओगटेका हुन्, बढाउने खोजेका हुन्, कुनै दिन बहुमत आयो भने ठिकै छ आलंकारिक राजा होला, अथवा संवैधानिक राजा होला नभए पनि त्यो राजनीतिको ठाउँ ओगटेर बस्न त सयकडौं वर्षसम्म सम्भव हुन्छ । तर, कमल थापाले कति सिट जित्छ भनेर आंकलन गर्न गाह्रो छ । किनकि प्रत्यक्षमा उनका चुनौती दिने उम्मेदवारहरु देखिएका छैनन् । पूरा समानुपातिक हो । फेरि नेपाली मतदाता पढेलेखेका बाहेक जसलाई प्रत्यक्षमा जसलाई दिन्छ, समानुपातिकमा पनि त्यसलाई नै दिन्छ । दललाई भोट दिने हाम्रो बानी छ । पढेलेखेकाले त छुट्याएर एउटा भोट दाइलाई अर्को भोट गाईलाई के के गर्लान् । तर, जसले बुझेका छैनन्, त्यसले त एउटा मात्रै छाप सम्झने हो । यसले गर्दा समानुपातिकमा उनले पाउने मत शहरी क्षेत्रमा उल्लेख्य होला तर, ग्रामीण क्षेत्रमा खासै फरक पार्ला जस्तो लाग्दैन । कमल थापाले चुनावमा आफ्नो ठाउँ ओगेटेका हुन् । मोहन बैद्य समूह चाहीँ चुनावमा नगएर नेपालको राजनीतिमा एउटा वामपन्थी खेलमा छ, जसले संसदीय व्यवस्थालाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल भन्छन्, त्यो त छ नि नेपालको राजनीतिमा । मेरो विचारमा मोहन बैद्य समूहले त्यो ठाउँ ओगट्ने हो र ऊ बाँचिरहन्छ । तर, त्यो धेरै विस्तार हुने अहिलेको भूराजनीतिक परिस्थितिमा सम्भवना एक दम कम छ । २६ जनाको सिटमा वा बाधा अड्काउ फुकाउर ल्याउने सम्भावना माओवादीको कति सिट आउँछ भन्नेमा भरपर्छ । किनभने अरु दलले त्यस्तो कुराको त विरोध गर्छन् । चार सिट ल्याउनेले पनि विरोध गर्ने भयो । हामीले ज्यान माया मारेर, चुनाव लडेर चार सिट ल्याउने, यो वैद्य चाहिँ बसीबसी हामीलाई मार्ने गरेकोलाई यत्रो सिट दिने भनेर त विरोध गर्छन नि । तर, त्यो रिसलाई सहन सक्ने गरी अलि धेरै नै माओवादीको सिट आउँछ भने सम्भव वैद्यलाई २६ सीटमा ल्याउन सम्भव हुन्छ । मधेसवादी दलको सीट बढ्न सक्छ प्रत्यक्षतर्फ मधेस केन्दि्रत दलहरुको सिट केही घट्न सक्छ । तर, प्रत्यक्षतर्फ जति घट्न सक्छ, त्योभन्दा सायद केही बढी समानुपातिकमा आउँदा जम्मामा चाहीँ बढ्नेजस्तो सम्भावना छ । किनभने प्रत्यक्षतर्फ गएको संविधानसभा निर्वाचनमा जुन प्रकारको सिट थियो, त्यो अनुपातमा समानुपातिकमा त आएन । अहिले चाहीँ के हुन्छ भने प्रत्यक्षतर्फ दलहरु विभाजित भएकाले केही घट्न सक्छ, तर समानुपातिकमा के हुन्छ भने जति नयाँ दल बनेका छन्, तिनको उम्मेदवारले पनि समानुपातिकमा मत त बढाउने हो । जसरी सँगैसँगै पसल खोलेपछि सबै पसलको व्यापार बढ्छ । अर्कोको घट्ने होइन नि, समानुपातिक भनेको त्यो हो । उनीहरुले मेहनत छुट्टै गरेका छन्, वडासम्म संगठन छ, तिनका मान्छे छन्, परिवारका मान्छे छन्, मतदान केन्द्रमा बस्ने प्रतिनिधिहरु हुनेछन्, समर्थकहरु छन् र त्यो समानुपातिकमा जम्मै प्राप्त मत जोडिने भएकाले बढ्छ र जम्मामम्मीमा हेर्ने हो भने बढ्छ जस्तो लाग्छ मलाई त, सय नाघ्छजस्तो लाग्छ । त्यसैले योपटक कणर्ालीमा समेत मधेसवादी दलहरुले उम्मेदवारी दिएका छन् । तर, मधेसका पनि कुन दल ठूलो हुन्छ भन्न गाह्रो छ । सबैको आ आफ्नो पकेट क्षेत्र छ । कुन प्रभाव क्षेत्रमा कति धेरै मतदान हुन्छ भन्नेमा भर कुरा भयो । जस्तो कि महोत्तरी र धनुषा क्षेत्रमा धेरै मतदान भयो भने तमलोपा अगाडि आउँछ । सप्तरी, सुनसरीमा धेरै मतदान भयो भने उपेन्द्र यादवजी अगाडि जानुहोला । त्यस्तै बर्दिया, बाँके, कञ्चनपुरतिर धेरै मतदान भयो भने विजय गच्छदारको पार्टी अगाडि जाला । रौतहट सर्लाहीतिर धेरै मतदान भयो भने राजेन्द्र महतो अगाडि हुनुहोला ।
Thursday, November 7, 2013
बच्चा गुमाएकी आमाको प्रश्नपछि टिचिङकै डाक्टरको आत्मविश्लेषण: हो, हामी घमण्डी छौं - setopati
डा. समिर लामा
१८ हजारभन्दा धेरैपटक सेयर गरिएको अनि ३ सयभन्दा धेरै कमेन्ट गरिएको कमला थापाजीको लेख ‘डा. भगवान, जवाफ देउ, मेरो बच्चा कसरी मर्यो?’ पढेपछि लाग्यो- “यत्ति धेरैले हामी चिकित्साकर्मीहरुको व्यवहारमा, काम गर्ने शैलीमा असन्तुष्टि देखाउँदा समर्थन जनाए, आफ्ना कटु अनुभवहरु पनि त्यसैमा थपेर सुनाए भने पक्कै पनि हामीमा केही खोट त छ।” अनि बसें, आफू र आफ्नै पेशाकर्मी साथीहरुको चिरफार गर्न।
कसैले तपाईंको व्यवहार, कामको पद्दति, विश्वसनीयतामाथि प्रश्न उठाउँछ भने के गर्नुहुन्छ? त्यस्को गतिलो जवाफ दिनुहुन्छ, त्यस्लाई चुप लगाउने प्रयास गर्नुहुन्छ। तर धेरैले धेरैपटक त्यसो गरे भने के गर्नुहुन्छ? त्यो बेलामा धेरैलाई चुप लगाउनुको साटो आफूमै पो केही कमजोरी छ कि, गल्ती मेरै पो हो कि, त्यस्लाई सुधारेर आफू कसरी राम्रो, विश्वसनीय बन्ने भनेर आत्मविश्लेषण गर्नुपर्छ, गर्न जरुरी हुन आउँछ।
चिकित्सा पेशा र हामी स्वास्थ्यकर्मीमाथि व्यवहार राम्रो नभएको, विरामीप्रति सम्वेदनशील नभएको, सेवाको पेशालाई व्यापारीकरण गरेकोदेखि बिरामीको ज्यानमाथि खेलबाड गरेको, लापरवाही गरेर ज्यान लिएकोसम्मका आरोपहरु विगत केही वर्षदेखि लाग्ने गरेका छन्। यो क्रम घट्दो हैन, बढ्दो छ। तर पनि यो कम गर्न, यस सम्बन्धी कारबाही गर्न गम्भीरतापूर्वक काम भएको देखिँदैन। गल्ती हुँदै नभएको, सिस्टमको कमजोरी, अर्काको गल्ती, अरु विविध कारणहरुलाई एकातिर थाती राख्ने हो भने हामीमा भएको कमजोरीका घटना पनि प्रसस्तै देखिन्छन्। आउनुहोस्, आज हामीमा भएका केही कमजोरीहरुको कुरा गरौं, आत्मविश्लेषण गरौं, हामीप्रति उठेका शंका, अविश्वास, दोषका आवाज मनन गरेर हामी आफू कति ठीक कति बेठीक छौं भनेर चिन्तन गरौं। यो अविश्वासको वातावरण कम गर्नेतर्फ एक कदम अगाडि बढौं।
हामी घमण्डी छौं
हो, हामी धेरैजसो घमण्ड गर्छौ, डक्टर हुनुमा, नर्स हुनुमा, आफ्नो पेशाको कारणले गर्दा अरुभन्दा अलिकति भए पनि माथि रहेको सोच्छौँ। अलि अलि घमण्ड ठीक पनि हो तर यो व्यवहारमै देखिने गरेर, हामी र विरामीबीचको सम्बन्धमै असर पर्ने गरेर हुनु हुँदैन। सायद वर्षौंदेखि र अहिले पनि कति ठाउँमा डक्टरलाई भगवानसँग तुलना गरिने, समाजमा माथिल्लो दर्जामा राखेर हेरिने अनि सामान्यतया सम्पन्न घरको वा डाक्टर भएपछि सम्पन्न हुने भएकोले पनि यो घमण्ड रहेको हुनसक्छ। तर वास्तवमा पेशाले नै कोही ठूलो वा सानो हुने त हैन नि। व्यवहार सम्मानजनक हुनुपर्यो, काम त्यस्तो गर्नुपर्यो। अनि डाक्टर भनेका त बिरामीका साथी जस्तो हुनुपर्ने हो, जस्ले उस्को स्वास्थ्यमा परेको समस्या नजिकबाट बुझेर त्यस्लाई कम गर्न आफ्नो अनुभव, ज्ञान प्रयोग गर्छन्। बिरामी र डाक्टर, नर्स एउटै लेबलमा रहनुपर्यो, सेवा लिन आएको भनेर उ सानो हुने र उनीहरुलाई हाम्रो जरुरत छ भनेर हामी ठूलो हुने हैन।
बिरामी र बिरामीको परिवारसँग हामीलाई मिठो बोल्न, राम्रो व्यवहार गर्न आउँदैन
हो, मिठो बोल्ने डाक्टर मैले पनि कमै देखेको छु। तनावको वातावरणमा काम गर्नुपर्ने, माग अनुसार जनशक्ति नभएकाले कामको लोड अत्याधिक भएकोले, काममा सन्तुष्टि नभएकोले हो कि धेरैजसो डक्टर, नर्सहरु बिरामीहरुसँग झर्केको नै देखिन्छन्। बिरामीहरु पनि रिसाइ पो हाल्छन् कि, केही भनी पो हाल्छन् कि भनेर डाक्टरहरुसँग सजिलै बोल्न सक्दैनन् र हच्किन्छन्। केही कुरा चित्त नबुझेर सोध्यो भने "तपाई डाक्टर कि म डाक्टर?"
"एउटै कुरा कत्ति सोधेको?", “तपाईंलाई मात्र यस्तो परेको हो र?” भन्ने जवाफ झर्केर आउँछ। थोरै बोल्ने, भेट्न गार्हो हुने, सधैं व्यस्त रहने व्यक्ति ठूलो हो भन्ने सोचाइले पनि काम गरेको हुनसक्छ। बरु नर्सहरुसँग बिरामी र उनका आफन्तहरु कम्फर्टेबल हुन्छ्न्। उनीहरुसँगै नजिक हुन्छन् पनि। मैले यहाँ व्यवसायिक निकटताको कुरा गरेको हुँ, जुन डाक्टर र उस्को बिरामीबीच अलि कमै देखिन्छ।
पछिल्लो पटक टिचिङ अस्पतालको सुत्केरी वार्डमा भएको घटनामा लेखक र उनको परिवारको दु:खप्रति म समवेदना व्यक्त गर्दछु। यस्तो दु:खको बेलामा पनि उत्तेजित नभै संयम तरिकाले लेखमार्फत प्रस्तुत हुनुभएकोमा उहाँलाई धन्यवाद। यस्ता कुराहरु बाहिर आउनैपर्छ र यिनका बारेमा छलफल गरिनु जरुरी पनि छ। त्यो घटनामा लापर्वाही भएको नभएकोबारे मलाई जानकारी छैन तर मेरो अनुभवमा प्राय: गल्ती उपचारमा भन्दा पनि बिरामीहरुसँग त्यस्बारे गरिने छलफल, व्यवहार, कुराकानीको तरिका आदिमा हुन्छन्। रिसर्चहरुले पनि भनेका छन् कि तपाईं आफ्नो बिरामीसँग राम्रो तरिकाले बोल्नुहुन्छ, राम्रो व्यवहार गर्नुहुन्छ भने तपाईं माथि 'सु'/ कानुनी कार्वाही, दोष लाग्ने सम्भावना कम रहन्छ।
९ महिना गर्भमा राखेर अनि अन्तिम समयमा शिशु गुमाउनु पर्दाको पीडा त्यो भोगेको एउटा महिलाले मात्रै अनुमान गर्नसक्छिन्। तर दिनहुँ त्यस्ता र अझै दु:खद मृत्यु अनि पीडाका घटना देख्ने हामी डाक्टर, नर्सहरुका लागि त्यो यति सामान्य भइसकेको हुन्छ कि त्यस्तो बेला हामी एकछिन बिरामीसँग बसेर सामान्य दु:खमनाउ गर्न पनि बिर्सन्छौं, सहानुभूति देखाउन भुल्छौं, आफ्नो यो व्यवहारको लागि व्यस्ततालाई मात्र दोष दिनु अलि उचित हुँदैन। त्यो हाम्रो बानी नै छैन, हामीलाई सिकाइएको नै छैन। हामी रोगलाई हेर्छौ, रोगको उपचार गर्छौं, हामीलाई रोगीको के चिन्ता। हाम्रो लागि विरामी एउटा केस हो, उस्कै अगाडि बसेर हामी उस्कै रोगको बारेमा डिक्सस गर्छौ, भएभरको नबुझिने मेडिकल शब्दहरुमा कुराकानी गर्छौं, तर बिरामीसँग थोरै बोल्छौं, उस्लाई सामान्य शिष्टाचार देखाउन बिर्सन्छौं, मानवीय व्यवहार गर्न भुल्छौं, उस्को मनमा के प्रश्न, दुबिधा चलिरहेको होला बुझ्न खोज्दैनौं, जाँचको बेलामा उसको अफ्ठ्यारोपन बुझ्दैनौं, प्राइभेसी दिन बिर्सन्छौं, किनकी यी सबै हाम्रा दैनिकी भैसकेका छन्, हामी यसरी नै गर्दै आइरहेका छौं, बिरामीहरुको लागि पो यो पहिलोपटक हुन्छ, नौलो हुन्छ। त्यसैले हामी हाम्रो ठाउँमा बसेर हेर्दा हाम्रा कृयाकलाप, व्यवहार ठिकै लाग्छन् तर एक पटक बिरामीको साइडमा बसेर हेर्नुस् त, वा त्यो बिरामीको ठाउँमा आफ्नो मान्छेलाई राखेर हेर्नुस् त, अनि थाहा हुन्छ कि?
हामीलाई बिरामी र उस्का आफन्तलाई राम्रो काउन्सेलिङ गर्न आउँदैन
हामी स्वास्थ्यकर्मीहरुको काम मान्छेहरुसँग डिल गर्ने, जिउँदो मान्छेको उपचार गर्ने हो, न कि कुनै भावना, सोचाइ, मन नभएको मेसिनको। त्यसैले उपचार भनेको ठूलाठूला जाँचहरु, महँगा औषधी, अप्रेसन मात्रै हैन। बिरामीको पीडा, भावना, चाहना बुझ्ने, त्यस्को सम्मान गर्ने पनि एउटा स्वास्थ्यकर्मीको कर्तव्यभित्र पर्छ।
मैले देखेको, सुनेको, भोगेअनुसार काउन्सेलिङ कसरी गर्ने भनेर हामी मध्ये धेरैलाई थाहा छैन। रोगबारे जानकारी दिने, “यो हुनसक्छ, त्यो हुनसक्छ, ज्यान जानसक्छ” भनेर ठुला ठुला मेडिकल भाषामा बिरामी र उस्का आफन्तसँग कुराकानी गर्नु मात्रै काउन्सेलिङ हैन। कहीँ पढेको थिएँ, डक्टरहरुले बोलेको ७०-८०% कुरा सामान्य मानिसले बुझ्दैनन् रे। हामीलाई पो त्यही पढेर आएको ब्याकग्राउन्डमा “यत्ति त बुझिहाल्छन् नि” जस्तो लाग्छ, तर मानव शरीरको सामान्य पनि ज्ञान नभएका विरामी, उस्का आफन्तले कसरी बुझुन् तपाईं हाम्रा मेडिकल शब्दावलीले भरिएका कुराकानी।
'आइ सि यु'मा राख्न लाग्दा निमोनिया भ'को विरामीलाई किन ‘आइस’ मा राख्ने, झन चिसोले निमोनिया बढ्दैन र? भन्ने रगतको जाँच भनेको सबै एउटै हो भनी पटकपटक कति जाँच गरेको भनी सोध्ने, मुटु नचली अन्तिम अवस्थामा पुग्दा छाती थिचेर गरिने सिपीआरलाई ‘झन विरामीको छाती थिचेर मार्यो’ भन्ने जस्ता कैयौं उदाहरणहरु छन्। विरामीले हाम्रा कुरा, काम गर्ने तरिका बुझ्दैनन् र हामीले चाहिने जति बुझाउन सकेका छैनौं। तपाईंले काउन्सेलिङ गरेपछि एक पटक सोध्नुस् त "ल भन्नुस् तपाईंले के के बुझ्नुभो” भनेर। तपाईंले बोल्दा "हजुर हजुर" भनेर धेरैले टाउको हल्लाए पनि प्राय:ले के बुझे भनेर भन्न सक्दैनन्।
हाम्रो बोलीमा इम्प्याथी हुँदैन। "मैले तपाईंको दु:ख बुझेको छु, हामी सबै तपाईंको, तपाईंको बिरामीको लागि सक्दो प्रयास गर्दैछौं, सिरियस्ली लागि पारेका छौं" भनेर हामीले बोलिमा अनि व्यवहारमा पनि देखाउन सकेका हुन्नौं। "बिरामीको अवस्थामा खासै सुधार छैन, मुटुको धड्कन बढी छ, प्रेसरको लागि औषधी चल्दैछ, पिसाब राम्रो भ'को छैन, होस ठीक छैन, अझै केही दिन भन्न सकिन्न।" हाम्रो काउन्सेलिङ यस्तो हुन्छ। अरे, बिरामी मेसिन हो र, उस्को बारेमा यसरी जानकारी दिन? कि हामीले मेसिन बनाइदियौं? सबैभन्दा मानवता हुनुपर्ने भनिने पेशामा खै हाम्रो मानवीय सम्बेदना? कृपया यसको लागि व्यस्ततालाई मात्र दोष नदिनुहोला। मान्नुस् यो हामीलाई आउँदैन, यो हामीलाई सिकाइएकै छैन। र सिक्नु, जान्नु जरुरी छ।
दोष मात्र देख्यो भन्नुहोला तर नर्सिङ क्षेत्रमा पनि बिरामीसँग नराम्ररी बोल्ने, गाली गर्ने, जति बोलाँउदा नि नहेरिदिने, रुखो व्यवहार गर्ने जस्ता घटनाहरु मैले देखेको, सुनेको र भोगेको छु। तपाईंलाई कामको लोड होला, एक जनाले १०-२० जना बिरामीलाई औषधी दिने, पल्स, प्रेसर लिने, वार्डका अरु बिभिन्न काम गर्नुपर्ने होला तर त्यो अत्यधिक लोडको रिस तपाईंले बिरामीमाथि पोख्न पाउनुहुन्न। बरु हामीलाई काम गर्ने मान्छे पुगेन, लोड बढी भयो भनेर व्यवस्थापनलाई भन्ने हो। (हुन त माथिका ले पनि सुनिदिए पो, त्यो समस्या आफ्नै ठाउँमा छ।) लोड नै भएपनि मिठो बोलिरहेका, मज्जाले खटिरहेका, तै पनि मुस्काइरहेका नर्सहरु पनि मैले देखेको छु। त्यसो भए तपाईं चैँ किन फरक नि, तपाईंलाई मात्र त्यसो गर्न चैँ केले रोक्ने नि? हो यस्मा आउछ आत्मविश्लेषणको कुरा, मैमा पो केही खराबी छ कि, मैले सुध्रिनुपर्छ कि भन्ने कुरा।
हामी पैसाको पछि दौडेका छौं, सेवाको पेशालाई व्यापार बनाएका छौं
यो दोष पनि हामीले स्विकार्नैपर्छ, चिकित्सापेशाको हिजोआज व्यापारिकरण भएकै हो। एमडी सम्मको पढाईमा एक, डेढ करोड नै लगानी गर्नुपर्ने भएपछि पढाइ सकेर काम गर्दा जस्को पनि उद्देश्य त्यो लगानी उठाउने नै हुन्छ, त्यो स्वाभाविक नै हो। तर व्यापारीकरणको सिमाले मानवताको परिधि नाघ्नु भएन। सक्ने बिरामी त ठिकै छ खर्च गर्छन् नसक्ने, नभएका बिरामीलाई नि किनबेच गर्ने (प्राइभेटमा रिफर गरेर चर्को फी असुल्ने), रेगुलर ओपिडीमा राम्रोसँग नहेरी पेइङमा बोलाउने, क्लिनिकमा पठाउने, रेगुलर अप्रेसनमा सकेसम्म थोरै गर्न खोज्ने, चर्को मूल्य तिराएर पेइङ अप्रेसन गराउन लाउने, कमिसनका आधारमा महँगा औषधी, महँगा जाँचहरु गराउन लाउने जस्ता कामहरु हामी डाक्टरहरुबाट नभएका हैनन्। हुन त दुधले नुहाएको को होला र? “अरुले गरेका छन् भने हामीले चैँ किन गर्न नहुने” भन्नेहरु पनि होलान्। तर अरुले गलत गर्यो भन्दैमा आफुले पनि त्यस्तो गर्नुलाई जायज मान्नु कतिसम्म ठीक हो, आफैँ विचार गर्नुहोला।
मलाई एक जना साथीले ट्विटरमा सोध्नुभएको थियो, के तपाईं दिनको २-४ जना बिरामी फ्रीमा हेर्न सक्नुहुन्छ? पर्यो भने २-४ जना मात्रै हैन, १०-१२ जना पनि हेर्नसक्छु तर मैले बिरामी जाँचेर मात्रै रोग निको हुँदैन, औषधी किन्नुपर्यो, जाँच गर्नुपर्यो। चिकित्सासेवा भनेको जोइन्ट एफोर्ट हो, त्यसैले नि:शुल्क सेवा दिने, सेवामा छुट दिने कुरा सिस्टम र नियमको माध्यमबाट आएको राम्रो। मेरो एकजना साथीले आफूले बिरामी हेरेर उस्को उपचारमा आफूले अर्को डाक्टरलाई रिफर गर्नु बाहेक खासै उपलब्धिको काम गर्ननसकेको भनेर आफ्नो ओपिडी टिकटको पैसा नै फिर्ता दिएको पनि देखेको छु। सबैलाई यस्तै हुनुपर्छ भनेर म भन्दिन, तर सेवा, मानवता र व्यवसायको सन्तुलन हुनु जरुरी छ, हाम्रो पेशामा।
अन्त्यमा, एउटा इन्जिनियरमा, एउटा सरकारी कर्मचारीमा, एउटा प्राइभेट कर्मचारीमा, एउटा नेतामा, एउटा कलाकारमा, एउटा पत्रकारमा, एउटा व्यापारीमा, एउटा किसानमा, एउटा मजदुरमा, एउटा विरामीमा, एउटा विरामीको कुरुवामा र समग्रमा भन्दा एउटा मान्छेमा जे जे कमी, गुण, अवगुण हुन्छन् ती सबै हामीमा पनि छ, किन कि हामी नि मान्छे हौं। तर कम्जोरी हुनु नराम्रो कुरा हैन, कम्जोरी छ भनेर एक्सेप्ट नगर्नु, त्यस्लाई कसरी सुधार गर्न सकिन्छ भनेर नसोच्नु, त्यस्को लागि काम नगर्नु चै बरु ठीक हैन। आउनुहोस् साथीहरु, हामी आफूमा भएका कमजोरीहरुलाई एक्सेप्ट गरेर सुधारको लागि पाइला चालौं। मेरो आफ्नै एउटा पूरानो लेख 'डाक्टर भगवान हैन' भन्नेबाट मलाई मनपरेको एउटा वाक्य यहाँ लिन्छु, 'हामीमा पनि रिस छ, लोभ छ, पीडा छ, थकान छ, इर्श्या छ, प्रशंसाको भोक छ, एउटा मानिसमा हुने सबै खालका बानीहरु छन्, त्यसैले त हामी पनि मानिस हौं।' कृपया हामीलाई भगवान नबनाउनुस् र दानव पनि नबनाइदिनुस्, किनकि हामी दुवै हैनौं।
आशा छ यो लेखले हामी चिकित्साकर्मीहरुलाई आफू आफूमा आत्मविश्लेषण गर्न, म कति ठीक छु म कति बेठीक छु भनेर आफैँले मुल्याङ्कन गर्न अभिप्रेरित गर्छ। किनकि आत्मविश्लेषण नै अगाडि बढ्न पहिलो कदम हो। अनि अरुको हामीप्रति हेर्ने दृष्टिकोणमा केही परिवर्तन आउला कि।
लामा टिचिङ अस्पताल महाराजगन्जमा एमडी जिपी रेजिडेन्ट छन्। उनलाई फेसबुकमा samir.lama.108 वा ट्विटरमा @mesam0620 मा सम्पर्क गर्न सकिन्छ। उनी स्वस्थ नेपाल (Healthy Nepal) बारे http://myhealthynepal.blogspot.com/ मा ब्लग लेख्छन्।

Wednesday, November 6, 2013
डा. भगवान, जवाफ देऊ, मेरो बच्चा कसरी मर्यो? - setopati
मेरो शरीरमा दुई दिनदेखि आएको एलर्जी र त्यसले दिने सास्ती मैले धेरैदिन बेहोर्न नपरोस भनेर डा. अर्चनाले डेट अगाडि नै डेलिभरीको सल्लाह दिएकी थिइन्। उनले त्यस दिन डा. निभालाई फोन गरिन् र भनिन्, “हामी दुबै जनाले हेरेको पेसेन्ट कमलाको अचानक एलर्जी देखियो, इट मे बी प्रेग्नेन्सी रिलेटेड, म भोलि नै लेवर(प्रसुती) वार्डमा पठाउँछु, सबै रिपोर्टहरू ठीक छ, डेलिभरीको प्रोसेसमा पठाइदिनू।”
म भोलिपल्ट आठ बजे टिचिङ पुगे । डा. निभाले मेरो छाला, रगत र बच्चाको धड्कन जाँचेपछि सोमबार आउनू भनिन्। त्यसै दिन मैले थाहा पाएँ टिचिङमा प्रसुतीका लागि बेड पाउनु मुस्किल रहेछ। प्यासेजमा प्रसव पीडाले छटपटाइरहेका महिला, डाक्टरहरूको वेवास्ता र नर्सहरूको चुरीफुरीले पहिलो दिन नै मलाई नमिठो लाग्यो। साथीभाइले सल्लाह दिए अरु कुनै अस्पताल जाउ। तर मैले नियमित जाँच गराइरहेको डाक्टर र अस्पताल छोडेर अन्तिम अवस्थामा अन्यत्र जाने आँट गरिन। त्यसो त नियमित जाँच गराउन जाँदा त्यहाँका स्टाफहरूको व्यवहारले मलाई इरिटेड नबनाएको होइन। तर डेलिभरी सरकारी अस्पतालमै गराउनु राम्रो भन्ने सल्लाह मान्दै हामी (म र मेरो श्रीमान) ले टिचिङ अस्पताल रोजेका थियौं।
म सोमबार विहान फेरि अस्पताल पुगें। बानेश्वरदेखि टिचिङसम्मको त्यो यात्रा मेरा लागि अरु दिन भन्दा फरक थियो। जाँदा एक्लै भएकी म भोलिपल्ट दुई भएर फर्किने उमंग थियो। बाटोबाटै मैले अमेरिकामा रहेका श्रीमानलाई फोन गरेँ र मन बलियो बनाएँ। त्यो दिन पनि प्यासेजमा प्रसव पीडाले रोइरहेका महिलाहरूको चाप थियो। १० बजे विहान मैले नाम दर्ता गराएँ। केही बेरमा डा. निभा आइन्। उनले ड्युटीमा रहेका अरु डाक्टरलाई मेरोबारे बताइन र बेड खाली नभए भोलिपल्ट आउनुपर्ने पनिहुनसक्छ है भन्दै बाहिरिइन्। नियमित जाँच गराइरहेकी भए पनि डा. निभासँग मैले अपनत्व महसुस गरेकी थिइन जति डा. अर्चनासँग थियो। मैले यहीँनेर सरकारी र निजी अस्पतालमा डाक्टरले गर्ने व्यवहारबीच भेद पाएँ।
१२ बजेतिर मलाई बेलुका ४ बजे आउनु भनियो। मलाई त्यो दिन पनि बेड नभएर फर्किनुपर्ने डर थियो। मैले देखेकी थिएँ, प्यासेजमा तारन्तार व्यथा लागेका महिलाहरू रुँदै कराउँदै बेड खाली हुने समय कुरिरहेका थिएँ। म फेरि चार बजे फर्किएँ। मेरो शरिरमा एलर्जी बढ्दै गएको थियो। दुई घण्टा जति अन्योलमा विताएपछि साँझको ड्युटीमा रहेकी बस्नेत थरकी एक डाक्टरले मलाई त्यसै दिन भर्ना गरिने बताइन्। आठ बजेतिर मेरो भर्ना प्रक्रिया सुरु भयो। अनि फेरि मेरो मन रोमान्चित भयो डरले, उत्साहले। मैले बाहिर कुरिरहेका आफन्तहरूसँग कुरा गरेँ। घरमा रहेका आफन्तहरूलाई फोन गरेँ। र, श्रीमानसँग च्याटमा केहीबेर कुरा गरेँ।
लेबर वार्डबाट तीन दिनदेखि विमार लागेका महिलाहरूलाई पनि फर्काइँदै थियो। गोरखादेखि ल्याइएकी एक महिलालाई त्यसैगरी फर्काइयो। ब्यथा लागेको तीन दिन भएको बताउने ती महिलालाई भर्नाका लागि रकम डिपोजिट गरीसकेपछि पनि जबरजस्ती अर्को अस्पताल जान भनियो। बेडमा सुताइएकी श्रीमतीलाई उठाएर उनका श्रीमानले डिपोजिटको पैसा र अरु औषधी फिर्ता गराई बेलुका १० बजे कुन अस्पताल लगे होलान्? म प्रसुती भर्ना दर्ता कोठाको मेचमा बसेर धेरैबेर सोचेँ।
प्रसवको चिच्याहट, जताततै लतपतिएको रगत र त्यसबाट निस्किएको दुर्गन्ध। रातको १२/१ बजेतिर लेबर रुम छिर्दा मलाई नर्क त्यही हो जस्तो लाग्यो। ड्युटीमा रहेका डाक्टरहरूलाई विरामीको पर्वाह भन्दा धेरै एक अर्काप्रति गुनासो गर्दै वेफुर्सद। मैले कुनै पनि डाक्टरले विरामीले राखेको जिज्ञासामा नझर्की र बुझ्ने गरी जवाफ दिएको पाइन। मैले भित्तामा राखेका पम्पलेट, जानकारीहरू पढेर जिज्ञासा मेटाएँ। किनकी डाक्टर, नर्ससँग सोध्नु भनेको अर्को झर्किफर्की सुन्नु वा नराम्रो ब्यवहार खेप्नु थियो।
लेवर रुम त्यहाँ हुने फोहोर, दुर्गन्ध, महिलाहरूको चिच्याहटले मात्रै होइन, एकाध बाहेक धेरै डाक्टर र नर्सहरूले गर्ने व्यवहारले पनि नर्कजस्तो बन्दो रहेछ। सिनियर डाक्टर अब्जर्भेसनमा आउँदा बाहेक उनीहरू एकले अर्कोको नकारात्मक टिप्पणी नगरेको सुनिएन। प्रसव वेदना र चिच्याहटबीच पनि व्यक्तिगत हासीमजाकमा व्यस्त प्रशिक्षार्थी डाक्टर र नर्सको के कुरा। उनीहरू दशैं सपिङ र घुमफिर योजना बनाउनै तल्लिन देखिन्थे। एक महिलाले उनका आफन्तसँग पानी र जुस मगाइदेउ, मलाई गाह्रो भयो भन्दा एकजना नर्स अर्कीतिर फर्केर मुर्मुरिइन्, ‘मैले त यस्तो पेसेन्ट देखेकै थिइन्।’ त्यस्तो व्यवहारको प्रत्यक्ष प्रतिकार गर्न नसकेका कुरुवा वार्ड वाहिर आक्रोश पोख्थे। मलाईअस्पतालको त्यो वातावरण गाउँको कुनै पानी पँधेरो भन्दा भिन्न लागेन। पेशागत व्यवसायिकतालाई पँधेर्नी गफले शून्यमा झारेजस्तो।
लेवर रुम बाहिर निस्किँदा धेरै आमाहरूले त्यहाँको नारकीय अवस्था विर्संदा रहेछन्, किनकी उनीहरूसँग बच्चा हुन्छ। आफ्नै कपी जस्तो लाग्ने सानो अनुहार र रुवाई हुन्छ जस्ले नौ महिनासम्मको अफ्ठेरो र प्रसब पीडा बिर्साउँछ। मसँग भने लेबर रुम छिर्दा ढोकामा खोलेको एकजोर चप्पल र अपरेशन थिएटर छिर्दा खोलेको एकसरो गाउन शिवाय केही थिएन। थियो त, एक रात र एक आधा दिन मैले त्यहाँभित्र बिताएको कष्टपूर्ण क्षण र रुखो व्यवहारको तितोस्मरण।
नर्मल डेलीभरीका लागि भर्ना भएकी मलाई १२ घण्टा जतिपछि डाक्टरले अपरेशनमा लैजाने डिसिजन गरेका थिए। त्यति नै बेला एक डाक्टरले सहकर्मीसँग रिसाउदै ‘यो पेसेन्टलाई दुई घण्टा अगाडि नै अपरेशन गर्नुपर्छ भन्दा कसैले सुनेन..’ भन्दै अपरेशनका लागि तयार भए। अपरेशन थिएटरमा लैजानुअघि मेरो सबै जाँच गरियो र बच्चाको धडकन ठीक रहेको बताइयो। अपरेशन सुरु गरेको १० मिनट नपुग्दै मेरो अपरेशन नेतृत्व गरेका डाक्टरले ‘पाँच मिनेटमा बेबी आउट’ भनेको मैले अर्ध बेहोस अवस्थामा सुनें तर बच्चा रोएको सुनिन। अपरेशनपछि रिकभरी रुममा राखिएका बेला ती डाक्टर मेरो नजिक आए र भने,“तपाईको बच्चाले आफै सास फेर्न सकिरहेको छैन, हामी कोशिस गर्दै छौं, रेष्ट गर्नुस्।”
त्यसपछि मलाई कसैले बच्चाको अवस्थाबारे बताएनन्। मेरा आफन्तहरूले आइसियूमा राखिएको र ठीक हुने आश्वासन दिँदै झार्न नसकेका आँसु लुकाएर जाँदा रहेछन्। मैले त्यसबेलासम्म केही अनिष्ट सोचिन। मैले पुज्ने सबै भगवानलाई सम्झें, डाक्टरको भरोसा गरेँ।
अपरेशनको तेस्रो दिन, जब आफन्तहरूले भगवानले नचाहेको कुरा हुँदैन पीर नगर भन्न थाले अनि मैले बुझें नौ महिनादेखि मैले आफूसँग अनुभूत गरेको मेरो अर्को रुप मैले देख्नै नपाई झर्यो। मैले डाक्टरहरूलाई सोधें, “तिमीहरूको मेडिकल रिपोर्टले सबै नर्मल भन्थ्यो कसरी यस्तो भयो ?”तर, मलाई कसैले जवाफ दिएन । डा. निभा र उनको टिमकी सिनियर डा. निता सिंहको जवाफ थियो, “बच्चाको घाँटीमा साल बेरिएको थियो, त्यही मृत्युको कारण हुन सक्छ।” यो जवाफ सुन्ने धेरैले भन्छन्,“साल बेरिएर बच्चा मर्दैन। बच्चा सालमै बेरिएर पनि जन्मिन्छ।” त्यसमाथि पनि सुविधा सम्पन्न अस्पतालमा डाक्टरको निगरानीमा रहेको अवस्थामा साल बेरिनु एकदमै सामान्य हो रे।
‘भगवानको इच्छा हो हामीले चाहेर केही हुँदैन, सबैलाई यस्तो पर्छ, चित्त बुझाऊ’ अहिले मलाई सबैले यस्तै भन्छन्। मेरा हजार प्रश्नमा डाक्टरको जवाफ हुन्छ, ‘जे भयो भैहाल्यो, चित्त बुझाऊ ।’ सबै भगवानको देन हो, उनकै अनुसार चल्ने हो भने सुरुमै मलाई मन्दिर जान र अस्पताल नजान किन कसैले सुझाएन? के अस्पताल र डाक्टर माध्यम मात्रै हुन्? जसले राम्रो हुनुको जस र नराम्रो हुनुको अपजस सित्तै भोगिरहेका छन्।
अस्पतालबाट डिस्चार्ज भैसकेपछि पनि म र मेरो श्रीमान फर्किएर दोस्रो तेस्रो पटक अस्पताल गयौं । डाक्टरलाई भेटेर सोध्यौं,“खराबी कहाँ थियो ?” डाक्टरको जवाफ थियो, “मेडिकल लाइनमा केही थोरै यस्ता केश हुन्छन् जसको जवाफ हामीसँग पनि हुँदैन।”
टिचिङ छिर्दा–निस्कँदा अस्पतालको करिडोरमा ओजपूर्ण व्यक्तित्वसहित दौडिरहने त्यहाँका कार्यकारी निर्देशक तथा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालालाई देख्दा मलाई विश्वास थियो, “डाक्टरहरू मैले पुज्ने ढुंगाका देवता भन्दा माथि छन् र अस्पताल मन्दिर भन्दा सुरक्षित ।” अहिले मेरो यो विश्वासप्रति तिम्रो अस्पताल पनि ढुंगाको देवता झै मौन छ । तिम्रो अस्पतालसँग किन कुनै जवाफ छैन डा. भगवान ?
डा. भगवान, मसँग शिक्षण अस्पतालका डाक्टरद्वय मिता र निभासँग बच्चाको मृत्युबारे गरिएको एक घण्टा लामो अडियो संवाद सुरक्षित छ। घटनाप्रति सामान्य मानवीय समवेदनासमेत नभएका डाक्टरको संवाद सुन्दा लाग्छ तिनीहरूमा विकट गाउँमा अस्पतालको विकल्पको रुपमा काम गरिरहेका सुडेनीसँग जति पनि पेशागत मर्यादा र जवाफदेहीता छैन। सामान्य चिकित्सकीय आचारसंहिता समेतको ख्याल नगरी भर्खरै शिशु गुमाएकी आमा र पोष्ट अपरेशन वार्डमा राखिएका विरामीको सामु के बोल्नु हुन्छ के हुदैन भन्ने समेत हेक्का नभएका चिकित्सकको व्यवहारको अनुगमन कसले गर्ने? चिकित्सककै परीक्षणले असामान्य नदेखेको तर विनाकारण बच्चा गुमाएर अस्पताल शैयामा रोइरहेकी आमाको अगाडि चिकित्सकीय पोशाकमा रहेकी डाक्टरले झपार्दै “रुनु पर्दैन, अर्को बच्चा बाँचिहाल्छ नि” भनेर दिने जवाफ कुन आचारसंहिता भित्र पर्ने हो ?
डा. भगवान, के विरामीका आफन्तलाई अस्पतालले गराउने मन्जुरीनामा (विरामीको अपरेशन अगाडि गराइने विभिन्न सर्तसहितको मञ्जुरीनामा पत्र) मा हस्ताक्षर नै चिकित्सकीय लापरवाहीको लाइसेन्स हो? वा घटनाको जवाफदेहिताबाट उन्मुक्तिको कवच हो? जंगलमा कुहिएका महिनौं पुराना शवको पोष्टमार्टम गरी मृत्युको कारण बताउन सक्ने चिकित्सा विज्ञान यति निकम्मा भइसक्यो जसले प्रत्यक्ष रुपमा १५ घण्टा र अप्रत्यक्ष रुपमा ८ महिनादेखि आफ्नो निगरानीमा राखेर जन्माइएको शिशुको मृत्युको कारण चिकित्सा विज्ञानसँग छैन भन्दै सम्भावनाका सूची मात्र पेश गर्न सक्छ? राजधानीका दुई नाम चलेका चिकित्सकको नियमित चेकजाँचमा रहेकी म तिनै डाक्टरको सिफारिसमा शिक्षण अस्पतालको प्रसुती वार्डमा भर्ना हुने अघिल्लो दिनको राती १० बजेसम्म अफिसको नियमित काम गरिरहेकी थिएँ। चार दिन अगाडि गरिएको भिडियो एक्स–रे रिपोर्ट हेर्दै बच्चा स्वस्थ छ भनेर बधाइ दिने तिनै चिकित्सक हुन् जसले १५ घण्टा भन्दा बढी शिक्षण अस्पतालको शैय्यामा बेला–बेला आएर बच्चाको धड्कन जाँच्दै सबै नर्मल छ भनेर मलाई आस्वस्त पारे। शंकाको कुनै ठाउँ दिएनन्। अन्ततः अप्रेशन गरी बच्चा निकाल्ने र बचाउन नसक्ने अनि मृत्युको स्पष्ट कारण समेत बताउन नसक्ने चिकित्सक कुनै जवाफदेहिताको घेरामा बाँधिनु नपर्ने यो कस्तो विडम्वना?
डा. भगवान, मलाई मृत्यु प्रमाणपत्रमा गोलमटोल भाषामा लेखिएको कथित कारण हैन घटना प्रकृतिका आधारमा जवाफदेहितासहित मेरो बच्चाको मृत्युको कारण चाहिएको छ।
लेखिका कारोवार आर्थिक दैनिककी प्रमुख संवाददाता हुन्।
Subscribe to:
Posts (Atom)