Friday, September 6, 2013

हरियो प्याज : क्यान्सर देखि दम सम्मको औषधि - onlinekhabar

तरकारीलाई स्वादिलो बनाउन तथा सलादकै रुपमा पनि प्याजको प्रयोग अत्यधिक हुन्छ । प्याज केवल स्वादका लागि मात्र नभै यसका विभिन्न खाले लाभकारी गुण समेत हुन्छन् ।
onion

आज हामीले हरियो प्याज अर्थात् प्याजको बोटको सेवन गर्दा कस्ता कस्ता फाइदा पाउन सकिन्छ ? भन्ने विषयमा केही जानकारी प्रस्तुत गरेका छौँ :
हरियो प्याजको नियमित सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले सरीरमा कोलेस्टेरोलको मात्रा घटाउनुका साथै कोलेस्टेरोलको अक्सिकरण लाई समेत न्यूनिकरण गर्छ ।
हरियो प्याजमा सल्फरको मात्रा पर्याप्त हुन्छ, जुन सरीरमा रक्तचाप सन्तुलनका लागि आवश्यक हुन्छ ।
हरियो प्याजमा क्रोमियम तत्व पाइन्छ । यसले मधुमेहको जोखिम घटाउनुका साथै मधुमेहका रोगीलाई समेत फाइदा गर्छ । यसको मद्दतले ब्लड सुगर नियन्त्रण गर्छ । प्याजमा पाइने एलिल प्रोपल डिसल्फाइडले रगरतमा रहेको चिनीको मात्रा कम गर्छ ।
चिसो लागेको छ ? यति त्यसो हो भने तरकारीलाई हरियो प्याजले झानेर खानुहोस् । यसो गर्दा चीसो तथा रुघाखोकी ठीक हुन्छ । प्याजले सरीरमा ब्याक्टेरिया प्रतिरोधी गुणको विकाश पनि गर्छ ।
प्याजको नियमित सेवनले पाचन प्रक्रियामा पनि सुधार ल्याउँछ ।
हरियो प्याजमा पेक्टिन भन्ने तत्व पाइन्छ । यसले पेटको क्यान्सरको जोखिम कम गर्छ ।
प्याजको नियमित सेवनले रोग प्रतिरोधी क्षमतामा विकाश गर्छ ।
प्याजमा एन्टी इन्फ्लामेटरी तथा एन्टी हिस्टामाइन गुण हुन्छ । यसले सरीरमा गाँठागुठी आउने समस्या कम गर्नुका साथै दमका रोगीलाई पनि लाभ प्रदान गर्छ ।
प्याजले सरीरको उपापचयन प्रक्रिया नियमित गर्नुका साथै सरीरमा अत्यावश्यक लवण तथा पोषक तत्वको स्थीरिकरण गर्छ ।
प्याजको सेवनले आँखाको दृश्य क्षमतामा वृद्धि गर्छ ।
प्याजको सेवनले अनुहारमा आउने चाउरीपन तथा कालो पोतो कम गर्छ ।

बाघ र गोहीको भयानक भिडन्त (फोटोफिचर सहित) - onlinekhabar

बाघ र गोही भिड्ने हो भने कसले जित्ला? हामी कहाँ मांशाहारी बाघले गोहीलाई आक्रमण गरेको देखिएको छैन । बरु उल्टै गोहीले पायो भने आफ्नो खतरनाक पुच्छरले बाघमाथि धावाबोल्ला । तर ब्राजिलमा पाइने एक बाघ प्रजातिले भने गोही माथि भयानक आक्रमण गर्छ ।
नदिको किनारामा घाम तापेर बसिरेको गोहीमाथि १२७ किलो तौलको त्यो जगुआर बाघले ८ फुट लामो गोहीमाथिगुरिल्ला शैलीमा आक्रमण गर्यो । झण्डै ७० किलोको त्यो गोहीको गर्धनमा आफ्ना तिखा दाह्रा गाड्यो, नंग्रा गाड्यो र पानीमा धकेल्दै निकाल्दै गर्यो ।tiger-gohi
फोटोग्राफर जस्टिन ब्लाकले क्युआबानदिमा यस्तो दृश्य क्यामरामा कैद गर्न सफल भएकाहुन् । गोहीको सिकार गर्न पोख्त बनेको उक्त प्रजातिको बाघले नदीको पारीपट्टी बालुवामा सुतिरहेको गोहीमाथि धाबा बोल्नका लागि विस्तारै पौडिएर नदिपार गर्यो र थाहै नपाउने गरी झ्वाम्मै गोहीको गर्धनमा आक्रमण गर्यो । गोही र बाघबीच लामो समय घम्साघम्सी चल्यो । अन्त्यमा बाघले गोहीलाई मारिछाड्यो अनि सिकारलाई मुखमा झुण्ड्याउँदै नदि तरेर घाँसे मैदानतर्फ लाग्यो ।
tiger-gohi-1
tiger-gohi-2
tiger-gohi-3
tiger-gohi-4

नक्कली र सक्कली मह कसरी छुट्याउने ? - onlinekhabar

के तपाई शहरमा बसेर मौरीको मह किन्दै हुनुहुन्छ ? मौरीको चाकामा चिनी मिसाइएको वा चिनीको घोलमा दुईर्चार वटा मौरी मारेर हालेको या बट्टाभित्रै मिसावट गरिएको महबाट तपाई वाक्क हुनुभएको छ भने पक्कै पनि तपाईलाई चिन्ता लागिरहेको हुनुपर्छ, मह शुद्ध छ कि छैन भनेर कसरी थाहा पाउने होला ?
maha-1राष्ट्रिय सभागृहमा प्रथम राष्ट्रिय मह महोत्सवको तयारीमा लागिरहनुभएका केन्द्रीय मह व्यवसायी संघका अध्यक्ष धर्मराज श्रेष्ठ मह र मौरीबारे यसरी रोचक कुरा सुनाउनुहुन्छ :
- मह शुद्ध छ कि छैन भनेर थापा पाउने विभिन्न तरिका छन् । शुद्ध महको थोपा पानीमा चुहाउँदा रेसा नबनी थपक्कै पिँधमा पुग्छ भन्ने गरिन्छ । त्यसैगरी सिक्कामा मह दलेर पछाडिबाट टुकीमा सेकाउँदा चिनी मिसाइएको मह बल्छ, शुद्ध महमा आगो लाग्दैन । त्यस्तै शुद्ध मह कुकुरलाई दियो भने खाँदैन भन्ने पुरानो मान्यता छ । तर, अचेलका कुकुरले जे पनि खान सक्छन् । अनुभवी मान्छेले मह शुद्ध छ कि छैन भन्ने चाखेर पनि सहजै थाहा पाउन सक्छन् । महको शुद्धता थाहा पाउने वैज्ञानिक गरिका चाँहि ल्याबमा गरिने परीक्षण नै हो ।
- नेपालमा पाइने परम्परागतरुपमा पालिने गरेको मौरीको जात एप्पीस सेरेना हो । यो मौरी नेपालमा करिब १ लाख २५ हजार घार रहेको हुनमान गरिएको छ । व्यवसायिकरुपमा पालन गरिँदै आएको मौरी चाहिँ युरोपियन जातको हो । यो जातका मौरी नेपालमा लगभग ३५ हजार घार रहेको अनुमान छ ।
- महको मूल्य पनि मौरीको जात अनुसार फरक-फरक हुन सक्छ । हाइ अट्टीच्युडको हिमाली मह प्रतिकिलो १५ सय रुपैयाँ भन्दा बढी पर्छ । जबकी मेलिफेरा मौरीको मह ४ सय ५० वा ५ सय रुपैयाँसम्म पर्छ । भीरमौरीको मह पनि अरु महभन्दा निकै महंगो हुन्छ कठ्यौरीको मह त प्रतिकिलो ४ हजार रुपैयाँमा पनि किन्न पाइँदैन । थोरै हुने भएकाले कठ्यौरीको मह जसले काढ्छ उसैले खाइहाल्छ ।
maha-2
- मह उत्पादन गर्ने मौरीका विभिन्न जातमध्ये उज्यालोमा बस्ने र अँध्यारोमा बस्ने दुईवटा जात हुन्छन् । उज्यालोमा बस्नेसँग पनि रानी हुनछ, तर त्यसलाई पाल्न सकिँदैन । अँध्यारोमा बस्नेलाई मात्रै पाल्न सकिन्छ । कठ्यौरी, भीर मौरी र खागोले उज्यालोमा मह लगाउँछन् भने अन्य मौरीले अँध्यारोमा ।
- नेपालमा उत्पादन हुने मह नर्वेसम्म जान गरेकोमा हाल गइराखेको छैन । नेपालमा उत्पादित मह नेपाललाई नै पुगिराखेको छैन । तर, नेपालमा मह उत्पादनको राम्रो सम्भावना छ ।
- चिउरीको फूलबाट उत्पादन हुने महलाई विश्वमा अर्गानिक मह मानिन्छ । तर, चिउरीको महलाई भारतले ‘इण्डियन बटर ट्री’ को नामबाट पेटेन्ट राइट दर्ता गरेको छ । नेपालमा पनि महाभारत श्रृंखलामा चिउरीको मह उत्पादन हुने गरेको छ र यसको व्यवसायिक उत्पादनको एक करोड किलोसम्म उत्पादन हुन सक्छ । हाल नेपालमा वार्षिक १८ लाख किलो मात्रै मह उत्पादन भइरहेको छ । अहिले नेपालमा भारत र चीनबाट समेत महको आयात भइरहेको छ ।
- महका विभिन्न परिकारहरु बनाइन्छ । मह, मौरी र मेनको महत्व पनि छुट्टाछुट्टै छ । विदेशमा मौरीको विष संकलन गरेर औषधिको रुपमा समेत प्रयोग गर्ने गरिएको पाइन्छ । मौरीलाई टोकाएर उपचार गर्ने चिनियाँ पद्दति निकै प्रचलित छ । विशेष गरी नशासम्बन्धी रोगको नियन्त्रणका लागि मौरीको विष प्रयोग हुन्छ । मौरीको चाका वा मैन जुत्ताको पोलिस, मूर्तिहरुको धलौट लिपस्टिक, क्रिम आदिमा प्रयोग हुन्छ ।
bee-hunters
- मौरीको चाकाबाट मह निकालिसकेपछि त्यसलाई पेलेर पुनः चाका बनाउने ठाउँमा मौरीलाई राखिदिन सकिन्छ । त्यसो गरियो भने मौरीलाई चाका बनाउने शुरुदेखिको झन्झट गरिरहनुपर्दैन र छिटै मह उत्पादन गर्न सक्छ ।
- मौरीलाई एकैठाउँमा राखेर पालिरहँदा धेरै मह लगाउन सक्दैन । त्यसैले मौरीका घारहरु मौसम अनुसार सारिराख्नुपर्छ । तर, विगतमा यसरी मौरी पालकहरुले घार लिएर जंगल छेउछाऊ जाँदा कतिपय ठाउँमा माओवादीले पनि पैसा मागेर दुख दिएको तीतो अनुभव व्यवसायीहरुसँग छ । मौरकिा घार राति सार्नुपर्ने भए पनि संकटबालका बेला सेनाले दुख दिएकाले दिउँसै सार्दा मौरी मरेर व्यवसाय नै चौपट बन्यो ।
- मौरी पालक किसान तथा मह व्यवसायी संगठनहरु पनि धेरै खुल्न थालेका छन् । केन्द्रीय मह व्यवसायी संघमा १० जिल्लामा १ सय ७ जनाको सहभागिता छ । त्यस्तै मौरी पालक किसानहरुको नेपाल मौरीपालक महासंघ पनि छ । नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ पनि स्थापना भएको छ ।
- आगामी असोज १९ र २० गते काठमाडौंमा प्रथम मह महोत्सव आयोजना हुँदैछ । त्यहाँ मह, यसका परिकार र मह उत्पादनमा प्रयोग हुने सामाग्रीका करिब ५ सय स्टलहरु रहने छन् । महको महत्व र शुद्धताबारे जानकारी गराई नेपालमा मौरीपालन व्यवसायलाई प्रवर्द्धन गर्ने र मह उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाई त्यसको बजार अन्तरराष्ट्रिय रुपमा विकास गर्ने उद्देश्यले मह महोत्सव गर्न लागिएको हो ।

Thursday, September 5, 2013

विज्ञापन बजारमा नेपालबाट नयाँ क्रान्ति, मोवाइल उठाउँदा विज्ञापन हेरे उपभोक्तालाई पनि आम्दानी - bizmandu





काठमाडौं । एक सोंच जसले दुनियाँ बदलदिन्छ, हो, नेपाली युवाको समूहले त्यस्तै एउटा सोंच(क्यासअनएड)को विकास गरेको छ, जसले विश्वको विज्ञापन बजारलाई बदलदिने तागत राख्छ ।
हिजो हाम्रो विज्ञापनको सोंच पूर्वबाट थियो, आज हामीले सोंच होइन प्रविधि पश्चिमलाई दिंदै छौं, क्यासअनएडको पत्रकार सम्मेलनमा प्रिज्म एडर्भटाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले भने, त्यही सोंचलाई समर्थन गर्न आज यहाँ आएको हुँ ।
यो सोंच कति ठूलो हो प्रमाणित गर्न म एउटा उदाहरण तपाईंलाई सुनाउँछु, आचार्यले भने, केही दिन अघि भएको ब्राण्ड समिटमा जे वाल्टर थम्सन भारतका सिनियर भाइस प्रेसिडेण्ट मोहित हिरा नेपाल आएका थिए, उनलाई क्यासअनएडले कसरी काम गर्छ भनेर हामीले देखायौं, उनी बसिरहेको स्थानबाट जुरुक्क उठे, स्यालुट गरे र हामीहरुलाई अँगालोमा कस्दै भने, गजबको आइडिया ।
ड्यासमा बसेको क्यासअनएडको टीमलाई देखाउँदै उनले थपे, यी नेपाली युवाको एउटा सोंच, त्यो सोंचलाई प्रविधिमा ढालिएको क्यासअनएड देखेपछि मलेसियाको मिडिया बाइङ्ग कम्पनीका मालिकले सोधे, हामी मलेसियामा तपाईंसँग काम गर्न इच्छुक छौं, के तपाई हामीलाई त्यो अवसर दिनुहुन्छ ?
यो सोंचको यति धेरै हल्लाखल्ला भएको छ, आगामी केही महिना भित्र यो सेवा भारत, बंगलादेश, श्रीलंका, मलेसिया, फिलिपिन्स, इन्डोनेशिया, ब्राजिल, कम्बोडिया, अमेरिका, सिंगापुर, र संयुक्त अरब इमिरेट्स लगायतका १८ मुलुकमा पनि सुरु हुँदैछ ।
लामो समयदेखिको सोंचलाई क्यासअनएडका रुपमा एक महिना अघि प्रविधिमा ढालिएको थियो, त्यसको प्रारम्भिक परीक्षण सुरु गरियो, सुरुमा यो प्रविधि सय÷दुई सय मोवाइलमा हेरौं भन्ने थियो, तर यो प्रविधि यसरी एक कान दुई कान भयो, एक महिनामा हेर्दा हेर्दै गुगल प्लेस्टोरबाट दश हजार पटक डाउनलोड भयो ।
मिडिया हाउसहरुवीच क्यासअनएडको समाचार कसले ब्रेक गर्ने प्रतिश्पर्धा सुरु भयो, समाचार ब्रेक भएपछि क्यासअनएड ट्विटर, फेसबुकमा भाइरल हुन थाल्यो, डाउनलोड ह्वात्तै बढ्यो, कल इम्प्रेसन सुस्ताए र बुम भएको अर्थतन्त्रको चित्र रेखा झैं माथि चढ्न थाल्यो, क्यासअनएडका एउटा सोंचकर्ता विश्वास ढकालले रेखाचित्र देखाउँदै भने ।
पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सजत श्रेष्ठले भने, सन् २०१३ को अन्तिमसम्म दुई लाख नेपालीको एन्ड्रोइड फोनमा क्यासअनएडको एप्स डाउनलोड हुने अपेक्षा गरेका छौं, एप्सबाट दैनिक ४० लाख कल इम्प्रेसन हुनेछ, किनभने सरदर एउटा फोनमा दैनिक २० कल हुन्छ । अर्थात एप्स डाउनलोड गरेपछि दैनिक २० कल रिसिभ गरे, महिनामा न्यनुत्तम पनि छ सय रुपैयाँको आम्दानी हुनेछ, नेपालमा औषत एउटा उपभोक्ताले मासिक साढे तीन सयदेखि चार सय रुपैयाँको बीचमा टेलिफोनको बिल उठाउँछ ।
सोंच्नुहोस्, तपाईं टेलिफोनमा औषत रकमको वरिपरि खर्च गर्नुहुन्छ र क्यासअनएडबाट औषत आम्दानी गर्नुहुन्छ भने पनि तपाईको मोवाइलको बिल क्यासएण्डएडले नै तिरिदिन्छ, अझ कञ्जुस गर्नुहुन्छ भने त बचत पनि हुन्छ । त्यसरी पैसा बचत भए पनि चिन्ता छैन्, यही सोंचका अर्का साझेदार इसेवाका प्रमुख कार्यकारी अधिकृत असगर अलीले भने, मोवाइलमा भएको आम्दानी इसेवा अकाउण्टमा सार्नुहोस्, त्यसपछि के गर्ने, फिल्मको टिकट किन्ने ? धारा, पानी, बिजुली लगायत युटिलिटीको बिल भुक्तानी गर्ने ?, बैंक खातामा सार्ने, भाटभटेनीमा गएर सपिङ गर्ने ? के गर्ने ? सोंच्नुहोस् मात्र त्यो सबै इसेवाले पूरा गर्छ ।
सिईओ श्रेष्ठले भने, हामी दश वर्ष अघि मोवाइलमा इनकमिङका लागि पैसा दिन्थ्यौं, पछि इनकमिङ फ्रि भयो, अब हामीले, नेपालले, तपाईंलाई, विश्वलाई नयाँ सोंच र प्रविधि दिंदैछौं, जहाँ तपाईं फोन रिसिभ गर्दा पैसा पनि आम्दानी गर्नुहुन्छ, यो पुरै सोंचको सबैभन्दा ठूलो व्युटी नै यही हो । अर्को यसको सुन्दरता भनेको यो, विश्वमा सबैभन्दा पहिले हामीले बनाएको हो, यसको प्याटेन्ट समेत हामीले दर्ता गरिसकेका छौं, श्रेष्ठले भने ।
फोनको घण्टी बजेपछि सबैको पहिलो ध्यान मोवाइलको स्क्रिनमा हुन्छ, तपाई कसले फोन गर्यो भनेर हेर्दै गर्दा छ सेकेण्डको एउटा विज्ञापन पनि हेर्नुहुन्छ, तपाईंले फोन रिसिभ गरे मात्रै पनि कम्तिमा पनि एक रुपैयाँको ग्यारेन्टी हामीले गरेका छौं, श्रेष्ठले भने । आफ्ना मोवाइलमा क्यासअनएड हाल्न र आफूले गरेको आम्दानीलाई नगदमा बदल्न चार सरल तरिका छन् ।
१. यो सेवा लिनका लागि एन्ड्रोइड सिस्टम भएको मोवाइल फोन चाहिन्छ, यो फोनबाट गुगल प्ले स्टोरमा गएर क्यासअनएड एप्स डाउनलोड गर्नुपर्दछ ।
२. एप्स डाउनलोड गरेपछि रजिष्टे«शन गर्नुपर्दछ, रजिष्ट्रेशन सोधिएका प्रश्न भरेर आफै गर्न पनि सकिन्छ भने फेसबुक लग इन गरेर पनि क्यासएण्डएडमा आफूलाई रजिष्ट्रेशन गर्न सकिन्छ ।
३. रजिष्ट्रेशन भैसकेपछि फोनमा विज्ञापन देखिन थाल्छ, पैसा आम्दानी गर्नका लागि यो विज्ञापन कम्तिमा पनि छ सेकेण्ड हुर्नुपर्दछ । एक विज्ञापन वापत एक अमेरिकी सेन्ट खातामा थपिंदै जान्छ, जुन रकम तत्कालै हेर्न सकिन्छ ।
४. यसरी क्यासएण्डएडमा जम्मा भएको रकम नेपालमा इ–सेवामा ट्रान्सफर गर्न सकिन्छ, विदेशमा भने पेपल खातामा रकम ट्रान्सफर गर्न सकिन्छ । रकम ट्रान्सफर गर्नका लागि एप्समै बटनको व्यवस्था छ । इसेवामा प्राप्त रकम मोवाइल टपअप गर्न, विद्युत, खानेपानी, टेलिफोन लगायत युटिलिटीको महसुल तिर्न, सिनेमाको टिकट खरिद गर्न, बस, विमानको टिकट किन्न तथा इसेवाले प्रदान गर्ने अन्य सेवाहरुमा उपयोग गर्न सकिन्छ ।
क्यासअनएडले विज्ञापन बजारमा ठूलो क्रान्ति त ल्याउँछ, तर तत्कालै प्रिन्ट र टेलिभिजन विज्ञापनलाई भने असर गर्दैन्, प्रिज्मका सिईओ आचार्यले भने । मोवाइलमा छ सेकेन्ड बजाएको विज्ञापन रिमाइन्डर हो । दोस्रो यसले लक्षित समूहसम्म विज्ञापन पठाउन सक्छ, जुन न्युन खर्चमा पूरा गर्न सकिन्छ ।
आचार्यले उदाहरण दिंदै भने, होटल र्याडिशनले न्यु इअर इभमा कार्यक्रम गर्दैछ, त्यसको विज्ञापन गर्नुछ भने अहिलेलाई टेलिभिजनमा बजाउँदा देश विदेश पुग्छ, पेपरमा छाप्दा काठमाडौंमा मात्र होइन उपत्यका बाहिर पनि पुग्छ, त्यसको पनि खर्च विज्ञापनदाताले उठाउनुपर्दछ, अब यो एप्सबाट काठमाडौं उपत्यकाका पोष्टपेड मोवाइल बोक्ने दश हजार ग्राहकलाई मात्रै कम्पनीले क्यासअनएड मार्फत विज्ञापन दिन सक्छ, अहिलेकै हिसावमा भन्ने हो भने पनि यो २०–२५ हजारको खर्चमा हुन्छ ।
यसले सानो बजेट भएको विज्ञापनदाता पनि बजारमा आउँछ, त्यसले विज्ञापन बजारलाई विस्तार गर्न, व्यापारलाई बढाउन पनि मद्दत पुग्छ, उनले भने । नयाँ एप्सले एजेन्सिलाई सिर्जनशिल बनाउने, छ सेकेन्डमा सन्देश पुर्याउनुपर्ने हुँदा एनिमेशन लगायतका क्षेत्रमा नयाँ रोजगारी सिर्जना हुने समेत आचार्यले बताए ।
अहिलेका लागि भने यो एप्स एन्ड्रोइड प्लेटफर्ममा मात्र छ, त्यसो भए आईओएस र विन्डोजको प्लेटफर्ममा कहिले आउँछ यो एप्स ? गुगलको प्लेस्टोरभन्दा आईओएसको एप्सस्टोर अलि बढी जटिल छ, सम्भवत हामी १८/२० देश पुगेर एप्सको महत्व स्थापित गर्यौं भने प्लेस्टोरले पनि आफ्नो एप्स स्टोरको प्राविधिक जटिलतालाई सम्वोधन गर्ला ? अहिलेका लागि भने त्यसैको प्रतिक्षा छ, कम्पनीका चिफ टेक्नोलोजी अफिसर  राजेश शर्माले भने ।

निद्राले बनाउँछ तेजिलो दिमाग - onlinekhabar



1111वैज्ञानिकहरुले निद्राले मस्तिष्कका कोषको पुनर्निर्माणमा सहयोग गर्ने तथ्य पत्ता लगाएका छन् । निद्रा किन आवश्यक छ ? भन्ने कुराको खोजमा जुटेका वैज्ञानिकहरुले निद्राको एक अर्को फाइदा पत्ता लगाउँदै यसले मस्तिष्कका स्नायु कोषको बाहिरी खोल निर्माणमा सहयोग गर्ने कोषिकाहरु बनाउन सहयोग गर्ने कुरा पत्ता लगाएका हुन् । माइलिन नामक उक्त स्नायु खोलले स्नायुको सुरक्षा गर्नुका साथै स्नायुले संवेदना प्रसार गर्ने गतिमा पनि वृद्धि गर्छ ।
अमेरिकाको विस्कन्सिन विश्वविद्यालयका शोधकर्ताहरुले मुसामा अध्ययन गरी यस्तो तथ्य पत्ता लगाएका हुन् । पछिल्लो खोजको सहायताले मानिसमा मस्तिष्कको विकाशमा निद्राको भूमिका तथा विभिन्न खाले मस्तिष्कजन्य रोगका विषयमा अनुसन्धानका लागि मार्ग प्रसस्त गरेको शोधकर्ताहरुको भनाइ छ ।
शोधकर्ताहरुका अनुसार माइलिन नामक स्नायु खोलको निर्माण गर्ने प्रमुख तत्वको रुपमा रहेको ओलिगोडेन्ड्रोसाइटको उत्पादन निद्राको समयमा बढि हुन्छ । अनुसन्धानको क्रममा मुसालाई जागै राखिरहँदा मस्तिष्क कोषको मृत्यु तथा तनाव चेतना पैदा गर्ने जिनहरु सक्रिय भएको पाइयो । अर्थात् पर्याप्त निद्रा नलिँदा मस्तिष्कका कोष मर्दै जाने, मरेका कोषको ठाउँमा नयाँ कोषको निर्माण कम हुने र तनाव समेत बढ्ने निष्कर्ष शोधकर्ताहरुको छ ।

Tuesday, September 3, 2013

माइक्रोसफ्टले हार्डवेयरमा खेल्यो जुवा, एप्पललाई टक्कर दिन नोकिया मोवाइल व्यापार खरिद - bizmandu

बिल गेट्सको कम्पनी माइक्रोसफ्टले नोकियाको मोवाइल व्यापार खरिद गर्ने भएको छ । विश्वमा लामो समयसम्म मोवाइल व्यापारमा राज गरेको नोकिया खरिद गर्न माइक्रोसफ्टले सात अर्ब २० करोड डलर खर्च गर्ने भएको छ । कम्पनी खरिदसँगै नोकियाका प्रमुख कार्यकारी अधिकृत स्टेफन इलोप पनि माइक्रोसफ्टमा सर्नेछन् ।
माइक्रोसफ्टले मंगलवार नोकिया खरिद गर्न लागिएको जानकारी दिंदै, खरिद प्रक्रिया सकिएपछि इलोपले माइक्रोसफ्टमा जिम्मेवारी सम्हाल्ने जानकारी दिएको छ । फिनल्याण्डको मोवाइल निर्माता नोकियाले लामो समयसम्म बजारमा एक छत्र राज गरेको थियो । तर स्मार्टफोनको उदयसँगै नोकियालाई एप्पल र सामसङले ठूलो चुनौती दिए । यी दुई कम्पनीको चुनौती थेग्न नसकेपछि एक नम्वरबाट अहिले नोकिया विश्वको तेस्रो ठूलो मोवाइल उत्पादकमा झरेको छ ।
विश्लेषकहरु नोकियाका प्रमुख कार्यकारी अधिकृत एलपले सन् २०११ मा माइक्रोसफ्टको परीक्षण नै नगरिएको विन्डो फोन सफ्टवेयर लिएर ठूलो पारीको सुरुवात गरेको बताउँछन् । माइक्रोसफ्टले नोकियाको मोवाइल व्यापार खरिद प्रक्रिया सन् २०१४ को पहिलो त्रैमासमा सकिनेछ । नोकियाले त्यसका लागि सेयरधारकसँग कम्पनी विक्रीको अनुमोदन गराउनेछ भने नियामक निकायसँग अनुमति लिने, इकोनोमिक टाइम्सले लेखेको छ । नोकियाले सन् २०११ देखि माइक्रोसफ्टको विन्डो सफ्टवेयर प्रयोग गरेर साझेदारीको सुरुवात गरेको थियो । अहिले यही साझेदारीले नोकियालाई बजारमा टिकाइरहेको छ ।
यो एउटा महत्वपूर्ण निर्णय हो, यसले कर्मचारी, सेयरधारक, उपभोक्ता तथा दुवै कम्पनीलाई राम्रो गर्नेछ, माइक्रोसफ्टबाट विदा हुँदै गरेका प्रमुख कार्यकारी अधिकृत स्टिभ बाल्मरले एक बक्तव्य जारी गर्दै भनेका छन् ।
दुवै कम्पनीको एउटा उत्कृष्ट ठूलो टिम एक साथ आएपछि माइक्रोसफ्टको सेयर मूल्य तथा मुनाफा बढ्नेछ, उपभोक्ताले पनि सेवा र सुविधासहितको नयाँ फोन प्राप्त गर्नेछन् । यसले हाम्रो क्षमता बढ्नेछ, तथा माइक्रोसफ्टका साझेदारहरुवीच सेवा र उत्पादनमा नयाँ अवसर सिर्जना गर्नेछ, उनले भनेका छन् ।
नोकियाले जारी प्रेस विज्ञप्तिमा एलोपसँगै नोकियाका वरिष्ठ अधिकारी जो ह्यारोल, जुहा पुटकिरन्टा, टिमो टोइकानेन र क्रिस वेवर पनि माइक्रोसफ्टमा जाने लेखेको छ । तर उनीहरु माइक्रोसफ्टमा कुन स्थानमा जाने भन्ने खुलाईएको छैन् ।
नोकियाका अध्यक्ष रिस्तो सिलास्माले आफ्नो कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्, फिनिस कम्पनीले यससँगै नयाँ प्रमुख कार्यकारी अधिृकत पनि खोज्नेछ ।
उता माइक्रोसफ्टबाटै नोकियामा पुगेका एलोपले स्टिभ बालमरको स्थान लिने सम्भावना छ । स्टिम एक वर्ष भित्रै माइक्रोसफ्टबाट अवकाश प्राप्त गर्दैछन् । स्टिभले मोवाइल क्रान्तिलाई पहिचान गर्न नसकेको भन्दै उनको आलोचना गर्ने गरिन्छ ।
माइक्रोसफ्टले वर्षौंपछि आवश्यक तर ठूलो जुवा खेलेको छ, डिभाईस तथा सफ्टवेयर प्ल्याटफर्म सिसिएसका निर्देशक जिओफ बाल्बरले भने । विन्डोज मोवाइल फोन ल्याएर रुमलिएको माइक्रोसफ्टको अब गियर बदलिनेछ र यसले सफ्टवेयर र हार्डवेयरमा आफ्नो अधिपत्य जमाउन सक्छ, उनले भने  ।

Sunday, September 1, 2013

गिजाबाट रगत बग्छ ? त्यसोभए यसो गर्नुस् न - onlinekhabar

गिजाबाट रगत बग्ने समस्याबाट धेरै मानिस पीडित हुन्छन् । यसो हुनुमा विभिन्न कारण हुन्छन् । दाँत र गिँजाको नियमित सफाइ नगर्नु, मुखमा संक्रमण हुनु, भिटामिन सी को कमी, ल्युकेमिया जस्ता कारणले गिजाबाट रगत बग्नसक्छ । गिजाबाट रगत बग्ने समस्या धेरैलाई सामान्य लाग्न सक्छ । तर यसको परिणाम निकै जटिल समेत हुने भएकाले सचेतता अपनाउनुपर्छ ।
1
गिजालाई स्वस्थ राख्न र गिजाबाट रक्तश्राव हुने समस्या उत्पन्न हुन नदिनका लागि मुखको सफाइमा ध्यान दिने, नियमित रुपमा दाँत माझ्ने, अमिलो फल नियमित रुपमा खाने, दूधको नियमित भोजन, हरियो सागपातका साथै ल्वाङ, पदिना पनि गिजाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । सूर्ति सेवनले समेत गिजालाई खराब गर्ने भएकाले सुर्तिको सेवन त्याग्नुपर्छ ।
भिटामिन सी को कमीका कारण पनि गिजाबाट रगत बग्ने भएकाले भिटामिन सी पाइने अमिला फल जस्तै सुन्तला, कागती खानुपर्छ । त्यस्तै तरकारीमा ब्रोकाउली, बन्दागोभीको नियमित सेवन गर्नु आवश्यक छ ।
दूधमा प्रसस्तै क्याल्सियमका साथै अन्य पौष्टिक तत्व समेत पाइने भएकाले त्यो गिजाको स्वास्थ्यका लागि अनिवार्य हुन्छ ।
नियमित रुपमा ल्वाङ चपाउने बानीले पनि मुख तथा गिँजालाई स्वस्थ राख्छ र यसले गिजा तथा मुखको संक्रमण रोक्दछ ।
तुलसीको पात दिनहुँ चपाउनुहोस् । यसले मुखको संक्रमणका साथै गिजाबाट हुने रक्तश्रावलाई कम गर्छ ।
दाँत माझि सकेपछि मनतातो नुनपानीले मुख कुल्ला गर्नाले पनि गिजाबाट हुने रक्तश्राव रोकिन्छ ।
ब्रस गरिसकेपछि हातका औलाले विस्तारै गिजालाई मालिस गर्नाले गिजा स्वस्थ हुन्छ र गिजामा रक्तप्रवाह पनि सन्तुलित हुन्छ ।
बोसोयुक्त तथा बढि गुलियो खानेकुरा कम खानुहोस् ।