Wednesday, July 3, 2013

एक चौथाइ टाउकाको मूल्य साढे ५ अरब - onlinekhabar

एउटा मान्छेको टाउकाको मूल्य कति होला ? त्यो मुल्य तोक्नेले जान्लान्, किनकी मान्छेको टाउको अमूल्य हुन्छ । पूरै टाउकाको मूल्य आखिर कुन आधारमा तोक्ने ? हुनत हाम्रै देशमा पनि विगतमा नेताहरुका टाउकाको मूल्य नतोकिएको होइन । तर अमेरिकामा भने एकजना मान्छेको एक चौथाइ टाउकाको मूल्य तोकिएको छ । त्यो पनि अदालतले ।1
४३ वर्षका एन्टोनियालोपेज चाजको एक चौथाइ टाउकाको मूल्य ५ करोड ८० लाख अमेरिकी डलर परेको अर्थात् ५ अर्ब ५३ करोड भन्दा बढि परेको छ । हुनत उनको एक चौथाइ टाउको कुनै लिलामीबाट यति धेरैमा बिकेको होइन । उनले डरलाग्दो आक्रमणबाट गुमेको आफ्नो एक चौथाइ खप्परबापत यो रकम क्षतिपूर्ति बापत पाउने भएका हुन् ।
2
क्यालिफोर्नियास्थित टोरेन्स उच्च अदालतले ती व्यक्तिलाई सेक्युरिटी कम्पनीले ५ करोड ८० लाख डलर क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको हो । तिनवर्ष पहिले स्थानीय एक बारमा आफ्ना भतिजहरुसँग पुगेका लोपेजलाई त्यहाँ कार्यरत सेक्युरिटी गार्ड र बाउन्सरले निर्घात कुटपिट गरेकाथिए । उनीहरुले लोपेजको टाउकोमाविभिन्न कडा वस्तुहरुले पटक पटक हिर्काउँदै अन्त्यमा उनको टाउको पक्की भुइँमा ४ पटक ठोक्काएका थिए । त्यसपछि मुर्छा परेका लोपेजलाई अस्पतालमा गम्भीर शल्यक्रियापछि बँचाउन त सकियो तर उनको एक चौथाइखप्पर काटेर फ्याँक्नुपरर्‍यो भने उनको मस्तिष्कमा समेत क्षतिपुग्यो । जसका कारण उनी बोल्न नसक्ने भएका छन् । उनलाईचौबिसै घण्टा स्याहारको खाँचो रहेको बताइन्छ । एक पत्रकार सम्मेलनमा लोपेजका वकिलले अदालतको फैसलाबारे जानकारी गराइरहँदा लोपेजलाई उनका दुइ आफन्तले त्यहाँ ल्याएका थिए । उनको टाउकोमा टोपी लगाइएकाले उनको कुच्चिएको टाउको भने देखिएको थिएन ।3
- See more at: http://www.onlinekhabar.com/2013/07/89256/#sthash.P58ojsRZ.dpuf

तुलसीको पात के-के को औषधि ?

हिन्दु धर्ममा तुलसीलाई भगवान विष्णुको प्रतिकको रुपमा लिइन्छ र यसको आफ्नै धार्मिक महत्व पनि छ । तुलसीको धार्मिक महत्व मात्र नभएर यसमा पाइने औषधीय गुणका कारण मानव स्वास्थ्यका लागि समेत यसको महत्व छ ।
तुलसीमा औषधीय गुण पाइन्छ भन्ने कुरा हामीले सुनेकै कुरा हो । यद्यपि कस्ता कस्ता रोगका विरुद्ध तुलसीको सेवन लाभदायक हुन्छ भन्ने कुराको एकिन जानकारी नहुन सक्छ । यहाँ हामीले तुलसीको पात कस्तो कस्तो स्वास्थ्य समस्याको निराकरणमा उपयोगी सावित हुनसक्छ भन्ने जानकारी प्रस्तुत गरेका छौँ । महिलाहरुमा महिनावारीको बेला यदि पेट तथा कम्मर दुख्ने समस्या बढि नै छ भने तुलसीको हरियो पातलाई पिँधेर रस बनाउनुहोस् अनि दिनहुँ १ चम्चा तुलसीको पातको रस पिउनुहोस् । तुलसीको पात पिँध्न झण्झट लाग्छ भने पात मज्जाले धोइपखाली गरेर चपाउँदा पनि हुन्छ । बर्खाको समयमा रुघाखोकी, ज्वरो तथा पेटको समस्या बढि देखिने गर्छ । यस्ता समस्याको रोकथामका लागि दिनहुँ तुलसीका पातको सेवन लाभदायक हुन्छ । साथै रुघाखोकी लागेको बेला तुलसीको पात, बेसार, नुन मिलाएर पानीमा मज्जाले पकाएर उक्त पानी पिएमा रुघाखोकी र चिसो कम हुन्छ । तुलसीका पातको सेवनले मुखको संक्रमणबाट बचाउनुका साथै दाँत तथा गिजालाई स्वस्थ राख्छ । बिहान उठ्नैबित्तिकै पानीसँगै तुलसीका पात पनि चपाएर खानुहोस् । यसले गर्दा विभिन्न खालका संक्रामक रोगबाट बचाउँछ । तुलसीको पातको लेप छालामा लगाउँदा दाद, लुतो तथा छालासम्बन्धि अन्य रोगबाट बचाउँछ । ज्वरो आएको छ भने तुलसीको पातलाई पिँधेर बनाएको रसमा अदुवाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ । आयुर्वेदमा तुलसीको नजिक बस्दा स्वासप्रस्वास मार्फत लिइने हावा सरीरका लागि निकै फाइदाजनक हुने र त्यसले सरीरका विषाक्त पदार्थ निर्मलीकरण गर्नमा सहयोग गर्ने विश्वास गरिन्छ ।

Monday, July 1, 2013

दीक्षित–दरबार कनेक्सन - ratopati


  • डा. पंकज चौधरी

dikchhit gynendra‘सरकार, अहिलेको परिस्थितिलाई सम्हाल्न मिडियाको पनि प्रमुख भूमिका हुन्छ । त्यसका लागि मिडिया हेर्ने एउटा योग्य मान्छेको सहयोगको खाँचो छ । मौका पाएमा म सरकारलाई मिडियाको क्षेत्रबाट यथोचित सहयोग गर्नेछु । मुलुकलाई सरकारको रोडम्यापमा ल्याउने बातावरण बनाउन आफ्नो तर्फबाट हर तरहले सहयोग गर्नेछु ।’
पत्रकार कनकमणि दीक्षितले शाही शासनकालमा राजा ज्ञानेन्द्रसँगको दर्शनभेटका क्रममा खुलेयाम व्यक्त गरेका धारणा हुन् यी । शासन हत्याएपछि ज्ञानेन्द्रले गोकर्ण फरेस्ट रिसोर्टमा समाजका विभिन्न क्षेत्रका हस्तीहरुसँग ‘परामर्शको नाटक’ गरेका थिए । उनले विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधि, कलाकार, पत्रकार र ख्यातीप्राप्त हस्तीलाई गोकर्णमा परामर्शका लागि भन्दै डाकेका थिए । सच्चा गणतन्त्रवादीले त्यसलाई पूर्णत बहिस्कार गरे पनि कनकमणिजस्ता राजावादीहरु भने त्यहाँ पुगेका थिए । त्यसबेला गोकर्णमा राजावादी–अवसरवादीहरुको ठूलो लाम लागेको थियो ।
पंक्तिबद्ध रुपमा उभिएका राजावादीहरुले त्यसबेला धनुष्टङ्कार नमस्कार गर्र्दै राजा समक्ष आ–आफना याचना प्रस्तुत गरेका थिए । त्यसक्रममा एक चर्चित नायिकाले त ‘यत्रो वर्ष काम गरेर पनि राज्यबाट केही नपाएको’ बताएकी थिइन् । राजावादीहरुको त्यो हुलमा कनकमणि पनि पुगेका थिए । उनले पनि अन्य राजावादी झैं झुकेर राजासँग सोझै संचारमन्त्री पाउँ भन्ने याचना गरेका थिए । जतिबेला पत्रकार युवराज घिमिरे राजाले दिएको शाही पदक बहिस्कार गरीरहेका थिए, त्यति बेला कनकमणि भने शाही सरकारको सञ्चारमन्त्री बन्न लबिङ गरिरहेका थिए ।
‘म छेउमै उभिएको थिएँ, कनकजीले सबैले सुन्ने गरी सेवा गर्ने मौका पाउँ सरकार भनिरहनुभएको थियो । उहाँको कुरा सुनेपछि राजाले हेरौंला, विचार गरौंला मात्र भनेका थिए’, त्यो घटनाका साक्षी एक पत्रकार नाम उल्लेख नगर्ने शर्तमा भन्छन् । त्यसपछि पनि कनकले संचारमन्त्री बन्न विभिन्न च्यानलमार्फत् दरबारमा कुरा चलाएका थिए ।
उनको अर्को च्यानल थियो, अमेरीकी दूतावास । नेपालका लागि तात्कालीन अमेरीकी राजदूत जेम्स. एफ. मोरीयार्टीसँग कनकको चर्को हिमचिम थियो । जेम्स एफ मोरीयार्टी ‘राजा र संसदवादी दल मिलेर माओवादीलाई निमिट्यान्न पार्नुपर्छ’ भन्ने पक्षमा थिए । त्यही भएर माघ १९ मा ज्ञानेन्द्रले ‘कू’ गरेपछि मोरीयार्टीले कनकमणिकै ‘दारु पार्टनर’ नारायण वाग्लेसँगको अन्तर्वार्तामा भनेका थिए, ‘ज्ञानेन्द्रलाई सय दिन काम गर्न दिनुपर्छ । उनले सय दिन मागेका छन्, उनलाई शंकाको सुविधा दिनुपर्छ ।’ जब कि त्यसबेला भारतलगायतका लोकतान्त्रिक मुलुकहरुले राजाको कदम रुचाइरहेका थिएनन् । जनता आक्रोशित थिए । तिनै मोरीयार्टीको च्यानलसमेत लगाएका थिए कनकले, आफू सञ्चारमन्त्री बन्न ।
रमेशनाथ पाण्डे, जीवराम भण्डारी, युवराज गौतम र पुष्प प्रधानदेखि मन्डले लोक गायक रामप्रसाद खनालसम्मलाई फोन गरी कनकले ‘मलाई सञ्चार मन्त्री बनाए सबै कुरा ठीक पार्छु्’ भनेर लविङ गरेका थिए । त्यसका लागि बाबु कमलमणि दीक्षितलाई समेत दरवारिया च्यानलमा कुरा गर्न भनेका थिए । कमलमणिले शाही नातेदार र दरबारका सचिवमार्फत् कुरा चलाएका थिए । ‘त्यसबेला कनकमणिले हामीसँग खुलेयाम बार्गेनिङ र एक हदसम्म ब्ल्याकमेलिङ नै गरेका थिए । शुभलाभ वा पद लाभका लागि कोशीस गर्ने, त्यो पूरा भएमा दरबारको समर्थन गर्ने र पूरा नभएमा आलोचना गर्नु उनीहरुको चरित्र नै हो’, शाही कालका एक मन्त्री भन्छन्, ‘उनीहरुले हिजो रानी जगदम्बालाई सिध्याए, अहिले उनकै पैसामा रजाई गरिरहेका छन् । शाही कालमा उनीहरु सत्तामा हाबी हुन खोजिरहेका थिए, तर हामीले नै हावी हुन दिएनौं ।’
Janandolan Nagarik Sabha 20640111_259 kanakहुन पनि ज्ञानेन्द्रलाई रिझाउन कनकले धेरै माथापिच्ची गरेको देखिन्छ । दरबार हत्याकाण्डलगत्तै तारानाथ रानाभाटको संलग्नतामा गठित छानविन आयोगको प्रतिबेदनको प्रचार गर्न कनकले हिमाल खबरपत्रिकाको विशेषांक नै निकालेका थिए । दिपेन्द्रलाई हत्यारा सावित गरेर ज्ञानेन्द्रलाई खुशी पार्न उनले त्यस्तै खालका सामाग्रीलाई प्राथमिकताका साथ छापे । जनतामा ज्ञानेन्द्रप्रति आक्रोश थियो, त्यसलाई मत्थर पार्न उनले निकै मेहनत गरे ।
माघ १९ पछि ज्ञानेन्द्रले शासन हत्याए । सात दलको आन्दोलन सुरु भयो । त्यसक्रममा नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालामाथि निर्मम लाठीचार्ज भयो । त्यही प्रहारका कारण केही समयपछि उनी अशक्त हुदै गए । उनी विरामी पर्न थाले । कनकजस्ता पत्रकारले हिमालमा ‘गिरिजापछि को ?’ शीर्षकमा यस्तो सामाग्री प्रकाशित गरे, जसले नेपालमा नेतृत्व संकट भएको दावी गर्न खोजिएको थियो । अर्थात् ‘अब गिरिजा मर्न लागे, दलहरुमा नेता छैनन्, त्यसैले अब राजाले नै देशको नेतृत्व गर्नु उचित हो’ भन्ने आशयको विश्लेषण प्रकाशित गरियो । नेकपा (माओवादी) र त्यसबाट स्थापित हुन गइरहेको नयाँ सशक्त नेतृत्वलाई नजरअन्दाज गर्नुको कारण पनि त्यही थियो ।
ज्ञानेन्द्रलाई स्थापित गराउन अर्थात् राजतन्त्रलाई समर्थन गर्न कनकले कुनै कसर बाँकी राखेनन् । कहाँसम्म भने फर्जी मत सर्वेक्षणको नाटक गरेर उनले ‘मुलुकमा राजतन्त्रको पक्षमा ५१ प्रतिशत जनता रहेको’ रिपोर्टसमेत छापे । जनता अझै पनि राजतन्त्रकै पक्षमा छन् भनेर उनले त्यसबेला सर्वेक्षण जारी गरेका थिए, जतिबेला मुलुकका जनता गणतन्त्र ल्याउन आतुर थिए र संविधानसभाको निर्वाचनको तयारी हुँदै थियो । हिमालकै सर्वेक्षणलाई आधार मानेर होला, कमल थापालगायतका राजावादीहरु अहिले पनि राजतन्त्र, संघीयता, धर्मनिरपेक्षताका बारेमा जनमत संग्रह गर्नुपर्ने माग गरिरहेका छन् । अर्थात् राजावादीमा समेत भ्रम छर्न खप्पिस छन्, कनक । उनले शान्तिप्रक्रिया सुरु भएपछि पनि गणतन्त्रमा जान नहुने, बरु राजालाई सेरेमोनियल बनाएर राख्नुपर्ने लेख लेखेका थिए ।
ज्ञानेन्द्रप्रति कनकको मोह एक पटक बसन्तपुरमा आयोजित नागरिक समाजको सभामै प्रकट भएको थियो । जनआन्दोलन सफल भएलगत्तै आयोजित सभामा जनताले राजावादीलाई छानी–छानी तिनका विरुद्ध हुटिङ गरेका थिए । ‘सेरेमोनियल किङ’ वा ‘बेबी किङ’को कुरा गरिरहेका काँग्रेस नेता रामचन्द्र पौडेल सभामा आउँदा जनताले हुटिङ गरेर ‘आउट्’ भनेका थिए । त्यही सभामा एकजना सच्चा गणतन्त्रवादी कार्यकर्ता ज्ञानेन्द्रप्रति व्यंग्य गरिएको चित्र अंकित टिसर्ट लगाएर त्यो सभामा पुगेका थिए । उनलाई देख्ने बित्तिकै कनकले लात्तीले हान्दै धपाउन खोजेका थिए । त्यो तस्वीर विभिन्न माध्यममा प्रकाशित भएको थियो । ज्ञानेन्द्रको व्यंग्यात्मक फोटो देखेर चित्त दुखाउने र सच्चा गणतन्त्रवादीलाई लात्तीले हान्ने कनकमणि कसरी लोकतन्त्रवादी हुन सक्छन् ? धन्न, त्यसदिन ख्यातीप्राप्त कलाकार मनोज गजुरेलले नबचाएको भए कनकको के हाल हुन्थ्यो होला ?
‘चण्डालमणि’का सन्तान
पत्रकार कनकमणि दीक्षित राजावादी हुन् कि होइनन ? भन्ने प्रश्न अब रहेन । उनी विशुद्ध सेरेमोनियल राजावादी हुन् । सन् १९८० यता ‘हिमाल एसोसिएसन’ नामक एनजीओबाट स्वतन्त्र तिब्बत मिसनको खेती थालेका कनक र उनको दीक्षित परिवारको दरबार कनेक्सन पुरानै हो । नेपालको शाही परिवारले भारतबाट भान्छेको रुपमा दीक्षितका पुर्खालाई भित्रयाएको हो । मदन शमसेर र रानी जगदम्बाको अपुताली सम्पत्तीबाट आर्थिक रुपमा रातारात माथि उठेको दीक्षित परिवार नवसामन्त वर्गमा पर्छ ।
कनकमणिका पिता कमलमणिलाई सानोमा बग्गीमा चढाएर मदनशमसेरको श्रीदरबारमा हरेक दिन लगिन्थ्यो । त्यो बालकलाई एकजना साहेबज्यूले बाटोमा देखेर मन पराएछन् । ती सोहबज्यूले घोडाबाट ओर्लिएर ‘बाहुनको बच्चा पनि यति राम्रो ?’ भन्दै दुई रुपैयाको डबल दिएका थिए । त्यसरी सामन्तको डबल थाप्ने बानी अझै हटेको छैन, यो परिवारमा ।
राणकालका जनरल मदन शमसेरले औधी मन पराएकाका कारण कमलमणिलाई लिन श्रीदरबारबाट एक घोडे बग्गी नै आउँथ्यो । बग्गी आउँदा बाटोमा हल्लीखल्ली हुन्थ्यो । अलि ठूलो भएपछि मदनशमसेरले उनलाई साइकल नै किनिदिए । कमलमणिले गोरखापत्र दैनिकसँगको अन्तर्वार्तामा भनेका थिए, ‘सानो बेलामा म त ज्यादै चकचके र उद्दण्ड बालक थिएँ नि । एक दिनको घटना भनौं–मदन जर्साहेबको घरमा बसेकी जमुना डिठ्ठीनीलाई झण्डै मार हानेथें । उनी जनरललाई मुखारी गराउन निहुरिँदा तरिएको खसीको आकारमा देखिएकी थिइन् । मैले खुकुरीले झयाम्म छप्काउन आँटेको बेला जर्साहेबले ‘ए..ए चण्डालमणि के गरेको ?’ भनेर कराउनु भएपछि म रोकिएँ । मेरा यस्तै क्रियाकलापका कारण मलाई जर्साहेबले चण्डालमणि भनेर जिस्क्याउने मात्र हैन, मेरा किताबहरुमा पनि चण्डालमणि आचार्य दीक्षित भनेर लेखिदिएर साथीभाइहरुले पनि जिस्क्याउँथे ।’
कमलणिका पिता केदारमणि र रानी जगदम्बाबीच हिमचिम थियो । जर्नेल मदन शमसेर मदिरामा मस्त हुन्थे । मदन शमसेर केदारमणिलाई ‘च्वाँचे’ भनेर बोलाउँथे । रक्सीले मातेर आएको बेला मदनशमसेर बेस्सरी कराउँदै भन्थे, ‘ए च्वाँचे, मेरी स्वास्नीको ख्याल गर है ।’ त्यही मौकामा चौका हाने, केदारमणिले ।
रानी जगदम्बाको अपुतालीका कारण दीक्षित परिवारको आर्थिक हैसियत माथि उठ्यो । उनीहरु पनि आफूलाई साहेबज्यू नै ठान्न थाले । कमलमणिका मिल्ने साथी थिए, केशरजंग रायमाझी । यसबाट पनि यो परिवार दरबारसँग निकट भएको स्पष्ट हुन्छ । दरबारिया भएकै कारण मदन पुरस्कार आजसम्म दरबारविरोधीले पाएका छ्रैनन् । सामन्तवादलाई नंग्याउने खालका चर्चित कृतिले मदन पुरस्कार पाएनन् । जस्तै, राणाकालीन घटनामा आधारित दुई चर्चित कृति डायमन समशेरको ‘सेतो बाघ’ र नारायण ढकालको ‘प्रेतकल्प’लाई मदन पुरस्कार दिइएन । त्यसैगरी पछिल्लो कालखण्डमा चर्चामा आएको क्रान्तिको गाथा ‘उर्गेनको घोडा’लाई पनि मदन पुरस्कार दिइएन । बरु, माओवादी जनयुद्धको उपहास गर्ने पुस्तक ‘पल्पसा क्याफे’लाई दिइयो । महाकवि लक्ष्मीप्रसाद देवकोटालाई उपचारका लागि सहयोग गर्न नसक्ने कमलमणिले पछि बनारसमा देवकोटाको नाममा चन्दा माग्न आएका गणेशमान सिंह र इश्वर बराललाई एक रुपैयाँ दिएर अपमान गरेका थिए ।
पैसा खर्च गरेर आफूलाई ‘आधुनिक युगका मोतीराम’ भनेर प्रचार गराउने कमलमणि र कनकमणिका पिता राममणि दीक्षित तिनै मनुवा हुन्, जसले भनेका थिए, ‘मन्त्री–मण्डल जोड्दा बाहुन–क्षेत्री हुली जोड्नु, मतवाली चाँहि नहुल्नु ।’ यसरी विभिन्न जनजातिको अपमान गर्ने दीक्षित परिवारलाई अहिलेको परिवर्तन मन नपर्नु स्वाभाविकै हो । आफूलाई जतिसुकै गणतन्त्रवादी दाबी गरे पनि वर्गचरित्र, इतिहास र वर्तमानका भूमिकाबाट उनीहरु सामन्त बर्ग हुन् भन्ने स्पष्ट हुन्छ ।

महात्मा गान्धीका यौनलीला - nayapatrika


महात्मा गान्धीको जीवन त्यति सादगीपूर्ण थिएन, जति उनको नामले जनाउँछ । भारतले राष्ट्रपिताको उपाधि दिएका मोहनदास करमचन्द गान्धी आफ्नो असामान्य यौनजीवनका लागि बद्नाम छन् । तथापि, छवि नबिग्रियोस् भनेर गान्धीका नकारात्मक पाटोलाई पर्दा लगाउने कोसिस भएको छ र प्रमाणहरू दबाइएको छ । उनका सकारात्मक पक्षलाई मात्रै विश्वभर फैलाइएको पाइन्छ । महात्मा गान्धीको विकृत यौनजीवनबारे प्रख्यात ब्रिटिस लेखक एवं ब्रोडकास्टर जेड एडम्सले केही समयअघि थुप्रै खुलासा गरेका थिए । यदि यी कुरा पूर्णसत्य हुन् भने गान्धीलाई महात्मा भनेर पूजा गर्नु हास्यास्पद विडम्बना हुन्छ । पढौँ, एडम्सले आफ्नो पुस्तक ‘गान्धी : न्याकेड एम्बिसन’मा खुलासा गरेका तथ्यहरू :

गान्धीको बिहे सन् १८८३ मा १३ वर्षको उमेरमा कस्तुरबा नामकी किशोरीसित भएको थियो । कस्तुरबा गान्धीभन्दा एक वर्ष जेठी थिइन् । त्यतिवेला गुजरातमा यो उमेर बिहे गर्नका लागि वैध मानिन्थ्यो ।
सुरुमा उनीहरू केटाकेटी भएकाले एक–अर्कासित नजिकन पनि धकाउथे । सुहागरातका दिन आफ्नो कस्तुरबासित हेराहेरसमेत हुन नसकेको गान्धीले बताएका छन् । तर, केही समयपछि उनीहरूको वैवाहिक जीवन सामान्य बन्दै गयो । बिहेको केही वर्षपछि कस्तुरबा गर्भवती भइन् । सन् १९०० मा गान्धीको कान्छो सन्तान जन्मेको थियो ।
यसबीचमा सबैभन्दा अनौठो प्रसंग के छ भने आफ्ना पिता मृत्युशय्यामा छट्पटाइरहेका वेला गान्धी कस्तुरबासित यौनक्रीडा गरिरहेका थिए । गान्धीले कस्तुरबासित सेक्स गर्दैगर्दा उनका पिताले अन्तिम श्वास लिएको बताइन्छ । अझ खराब कुरा, त्यतिवेला १७ वर्षकी कस्तुरबा गर्भवती थिइन् । उनको सो बच्चा खेर गएपछि गान्धी आत्मग्लानिमा परेका थिए ।

०००

गान्धी सन् १८८८ मा लन्डन वकालत पढ्न गए । त्यतिवेला उनले रक्सी, मासु र महिला तीनै चिजलाई नछुने शपथ खाएका थिए । तर, सन् १८९१ मा लन्डनबाट फर्केलगत्तै उनले आफ्नो शपथ तोडेर कस्तुरबासित समागम गरे र एक वर्षभित्रै दोस्रो बच्चा जन्माए । त्यसपछि सन् १८९३ मा उनी दक्षिण अफ्रिका गए, ब्रिटिस साम्राज्यका एक कार्यकर्ताका रूपमा ।
गान्धी आफ्नी श्रीमती कस्तुरबा तीन बच्चाकी आमा भएपछि उनलाई मन पराउन छाडेका थिए । दक्षिण अफ्रिकामा कैयौँ शिक्षित एवं आधुनिक महिलासित उनको चिनजान भयो । ती महिला उनलाई राम्रा लाग्न थाले । थुप्रै महिलासित उनी नजिकिए । उनीहरूबाट मिल्ने सन्तुष्टि गान्धीले कस्तुरबाबाट पाउन सक्दैनथे । यसै दौरान एक आधा दर्जन महिलासित गान्धीको निकट सम्बन्ध कायम भयो । उनीहरू थिए– ग्राह्म पोलक, नल्ली क्रैम कुक, म्याडलिन स्लेड (जो मिराबेनको नामले चिनिन्थिन्), मार्गारेट स्पिगल, सोजा स्केलेसिन र इस्टर फियरिंङ ।
सन् १९१५ मा दक्षिण अफ्रिकाबाट फर्केपछि गान्धीले सावरमती आश्रम खोलेर आफ्नो यौनप्यास मेटाउने नाजायज अभ्यास सुरु गरे । आश्रम सञ्चालनमा आएलगत्तै गान्धीले महिला सहयोगीहरूसित नग्नताको पराकाष्ठा प्रदर्शन गरेका थिए, जसले आश्रमका अन्य सदस्य असन्तुष्ट बने ।
सधैँ फलफूल र बदाम मात्र खाए पनि गान्धीलाई कब्जियतको समस्या हुन्थ्यो । उनी घन्टौँ ट्वाइलेटमा बिताउँथे । ट्वाइलेट बस्दा पनि उनी आश्रमका महिलाहरूलाई बोलाउँथे । शौच गरिसकेपछि उनलाई ती महिलाहरूले नांगै सुताएर तेल घसिदिनुपथ्र्यो । प्रत्येक बिहान उठेपछि उनले महिलाहरूलाई सोध्ने प्रश्न एउटै हुन्थ्यो, ‘बहिनी आज तिम्रो दिसापिसाब कस्तो भयो ?’
आश्रममा चरम असन्तुष्टि बढेपछि गान्धीले केही समय सेक्सी क्रियाकलाप बन्द गर्न बाध्य हुनुपरेको थियो । तर, त्यो बन्देज धेरै समय रहेन । उनले ब्रह्मचर्य नामको ढोंगी सिद्धान्त जन्माएर एकैसाथ धेरै नांगा महिलासित सुत्न थाले । सुरु–सुरुमा एउटै कोठामा भए पनि अलग–अलग ओछ्यानमा सुत्थे । तर, पछि धेरै महिलासित एउटै ओछ्यानमा सुत्न थाले । परिस्थितिलाई अझ बढी चुनौतीपूर्ण बनाउने भन्दै कम उमेरका केटी र साथीका श्रीमतीहरूसित पनि सुते ।
३८ वर्षको हुँदा गान्धीले गरिबी र पवित्रतालाई अपनाउने भन्दै ब्रह्मचर्यको शपथ लिएका थिए (ब्रह्मचर्यसम्बन्धी गान्धीको यस्तो परिभाषा थियो : जहाँ कहिल्यै कुनै वासनात्मक भावना हँुदैन र सधैँ ईश्वर भक्तिमा मन तल्लीन हुन्छ, ऊ कुनै प्रकारको चेतना वा अचेतनाको अवस्थामा स्खलित हुन सक्दैन । ऊ नांगा केटीहरूसित सुत्न सक्छ, ती केटी चाहे जति सुन्दर भए पनि ऊ सम्भोगका लागि उत्तेजित हुँदैन ।’ गरिबी अँगाल्न गान्धीलाई सजिलो थियो, तर पवित्रता उनको वशको कुरा थिएन ।
महिलाहरूसित नांगै सुतेकोबारे आलोचना हुँदा गान्धी आफू अद्र्धनारीश्वर (भगवान् शिवजस्तो) भएको दाबी गर्थे । उनको भनाइ थियो, ‘नारी र पुरुष दुवै स्वरूप भएकाले मलाई कुनै शारीरिक प्यास छैन ।’ आश्रमका प्रत्येक महिलालाई उनी आमा वा बहिनी भनेर अरूको आँखामा छारो हाल्ने प्रयास गर्थे । उनी भन्थे, ‘म जे गर्छु, अन्तरात्माको आदेशअनुसार गर्छु । त्यसैले मेरा सबै कर्म पवित्र छन् ।’
गान्धी यो पनि भन्थे, ‘धेरै नांगा स्त्रीहरूसित सुत्दा मभित्र गर्मी पैदा हुन्छ । यस्तो क्रियाले ‘नेचुरोप्याथी’को काम गर्छ । साथै यसबाट मेरो ब्रह्मचर्य परीक्षण गर्न पनि सजिलो हुन्छ ।’ गान्धीले नांगा स्त्रीहरूसित सुत्दा पनि आफ्नो यौनांगमा कडापन नआएको भन्दै प्रयोग सफल भएको जिकिर गरेका छन् ।
गान्धीले आफ्नो प्रतिज्ञाको एक वर्षपछि सबै भारतीय नागरिकलाई बिहे नगर्न सल्लाह दिए । उनले भनेका थिए, ‘यदि बिहे गर्ने नै हो भने पनि आफ्नी श्रीमतीसित कसैले यौन सम्बन्ध नराखून् ।’
ब्रह्मचर्यका नाममा गान्धीले नारी अस्मिताको धज्जी उडाइरहेका थिए । उनको आश्रममा केटा र केटीले सँगसँगै नुहाउनु र सुत्नुपथ्र्यो । तर, कसैले सेक्ससम्बन्धी क्रियाकलाप गरेमा उनीहरूलाई दण्डित गरिन्थ्यो । उनी श्रीमान्लाई श्रीमतीसित एकान्तमा नबस्न आदेश दिन्थे । कसैलाई (यौन संसर्गको) उल्कै छटपटी भयो भने चिसो पानीले नुहाउन सल्लाह दिन्थे । यद्यपि, यो नियम उनले आफ्ना लागि भने लागू गर्नुपर्दैनथ्यो ।
गान्धी आफ्नो सेक्स अनुभवबारे अनुयायीसित खुलेर गफ गर्थे । उनका गफ प्राय: उत्तेजक हुन्थे । उनी यौनमा पवित्रता कसरी कायम राख्ने भनेर बारम्बार अनुयायीलाई सिकाउँथे । गान्धीबाट प्रभावित मानिसहरूले लामो समयसम्म उनले सिकाएका नियम पालना पनि गरे । तर, जब उनीहरूलाई महसुस भयो कि यी कुराहरू प्रकृतिको नियमविरुद्ध छन्, त्यसपछि गान्धीको ‘सेक्स प्रयोग’ले हावा खायो ।

०००

कस्तुरबाको मृत्युपछि गान्धीको जीवनमा थुप्रै स्त्रीहरू आउन थाले । उनी जोकसैलाई पनि आफूसित सुताउँथे । तर, नियम यस्तो थियो, उनीहरू आफ्नै श्रीमान्सित चाहिँ सुत्न पाउँदैनथे ।
गान्धीका एक सचिव प्यारेलाल नैयरकी सुन्दर बहिनी थिइन्, सुशीला नैयर । सुशीला गान्धीकी निजी चिकित्सक पनि थिइन्, र सानैदेखि गान्धीको हेरचाहमा  रहिन् । ठूली हुन्जेल उनले गान्धीसँगै नुहाउनुपथ्र्यो, अनि निर्वस्त्र भएर गान्धीसितै सुत्नुपथ्र्यो । जब यस विषयमा गान्धीप्रति औँला उठ्न थाल्यो, उनले सँगै सुते पनि आफ्नो पवित्रता कायम राखेको स्पष्टीकरण दिए ।
गान्धीले भने, ‘जब उनी नुहाउँछिन्, म आफ्नो आँखा पूरै बन्द गर्छु । मलाई थाहा हुँदैन, उनी नांगै नुहाउँछिन् कि कट्टु लगाएर । उनले साबुन दलेको चाहिँ म आवाजबाट पत्ता लगाउँछु । उनका अंग अरुले जति देखेका छन्,मैले देखेको
पनि त्यत्ति हो ।’ भनिन्छ, गान्धीसित सुशीलाको यस्तो सामिप्यतालाई लिएर आश्रममा रहेका अन्य स्त्रीहरूको मनमा जलन पैदा हुन्थ्यो ।
मानिसको वीर्यका बारेमा गान्धीको असाधारण विश्वास थियो । उनी भन्थे, ‘कसैले आफ्नो अमूल्य द्रव्य (वीर्य) जोगाएर राख्यो भने उसित जीवनमा कहिल्यै सफल नहुने ताकत हुन्छ ।’

०००

आफूसित बढीभन्दा बढी आध्यात्मिक साहसका निम्ति बढीभन्दा बढी कलिला केटीको आवश्यकता महसुस गर्थे गान्धी । भारत स्वतन्त्र भएको वेला सन् १९४७ मा सुशीला ३३ वर्षकी थिइन् । स्वतन्त्रताभन्दा अघि साम्प्रदायिक दंगाको वेला बंगालमा गान्धीले आफ्नी १८ वर्षीया नातिनी मनुलाई बोलाए र उनीसित सुत्न थाले । गान्धीले भने, ‘हामी दुवै मुस्लिम हातबाट मारिन सक्छौँ, त्यसैले हामीले आफ्नो पवित्रताको सर्वश्रेष्ठ परीक्षा दिनुपर्छ । हामीले आफ्नो सबैभन्दा पवित्र बलिदान गर्नुपर्छ । अब हामी एउटै ओछ्यानमा नांगै सुत्न थालौँ ।’
स्वतन्त्रतापूर्व जब गान्धीका यौनलीला चलिरहेका थिए, त्यसमा उनका नाती कनु गान्धीकी १८ वर्षीया पत्नी आभा पनि मिसिन आइन् । आभा पनि गान्धीसित सुत्न थालिन् । आफ्नो जीवनको अन्तिम समयतिर गान्धी मनु र आभा दुवैसित सुत्ने गर्थे । सन् १९४८ मा गान्धीको हत्या हुँदा पनि उनका दायाँ–बायाँ यिनै दुई महिला थिए ।
मनुसित सुत्दा आफूलाई थुप्रै लाभ भएको गान्धी बताउँथे । यसबाट देश विभाजन तथा हिन्दू–मुस्लिम एकताजस्ता गम्भीर समस्यामाथि विचार गर्न सहयोग पुगेको उनको हास्यास्पद भनाइ थियो । उनले मनुसित आफू आमासित जसरी सुत्ने गरेको दाबी गरेका थिए । मनु र आभा आफ्नो जीवनको सहारा बनेको समेत उनले बताए । त्यतिवेला मनु विवाहित थिइन् र सुरेन्द्र मसरवाला उनका पति थिए । सन् १९४५ मा उनले प्रेससित भनेका थिए, ‘आभा र मनुसित नांगै सुतेर मलाई आफ्नो ब्रह्मचर्य प्रयोगमा धेरै सफलता मिलेको छ । पहिले मैले यो प्रयोग कस्तुरबासित पनि गरेको थिएँ, तर परिणाम हासिल भएको थिएन ।’

०००

गान्धीले सेक्सबारे थुप्रै विवादास्पद कुरा लेखेका र बोलेका थिए । तर, उनका प्रशंसकले ‘बापु’को छविमा दाग लाग्ने डरले ती तथ्यहरू लुकाए, नष्ट गरे । सेक्ससित जोडिएका गान्धीका विचारलाई भारतमा दबाइएको छ, किनकी उनका विचार लोकप्रिय भएनन् । गान्धीले सेक्सको प्रसंग उल्लेख गरेका धेरै पत्र नष्ट गरिए । नष्ट हुनबाट जोगिएको एउटा पत्रमा उनले यस्तो लेखेका छन्, ‘वीणा मसित सुत्नु एउटा संयोग मान्न सकिन्छ । यति मात्र भन्न सकिन्छ, उनी मसित लुटुपुटु भएर सुतेकी थिइन् ।’ लुटुपुटुको अर्थ के हुन्छ सहजै अनुमान लगाउन सकिन्छ ।

०००

गान्धीको यौन कर्तुतका कारण थुप्रै मानिस उनलाई घृणा गर्न थाले । उनीहरूमध्ये एक प्रेमा बेन कंटकले सन् १९३८ मा प्रसाद र दीक्षा नामका किताब लेखिन्, जसमा उनले गान्धीसितको आफ्नो सेक्ससम्बन्ध उजागर गरेकी थिइन् । यसबाट महाराष्ट्रमा ठूलै हंगामा मच्चिएको थियो ।
गान्धीको विरोध गर्नेमा उनका सबैभन्दा कान्छो छोरा देवदास गान्धीको नाम पनि आउँछ । उनी ५० को दशकका लब्ध प्रतिष्ठित पत्रकारसमेत हुन् । गान्धीसित लामो समय सुत्ने मनु उनै देवदासकी छोरी थिइन् । सानै उमेरमा आफ्नी आमा गुमाएकी मनुलाई गान्धीले छोरी भनेर आफूसँग नांगै सुताउँथे ।
गान्धीले नवविवाहितलाई ब्रह्मचर्यको पालना गर्न सल्लाह दिएका थिए । जबकि जवाहरलाल नेहरूले गान्धीको यस्तो विचारलाई असामान्य र अप्राकृतिक संज्ञा दिएका छन् । गान्धीको विचारबाट रुष्ट भएर उनका केही स्टाफले राजीनामा दिए । राजीनामा दिनेमा दुई पत्रिकाका सम्पादक पनि पर्छन्, जसले केटीसित सुत्ने गान्धीको भाषण छाप्न छाडेका थिए । गान्धीको असामान्य यौन व्यवहारका कारण समर्थक तथा प्रसंशकहरूले उनलाई अनादरसमेत गर्न थालेका थिए ।
आलोचकहरू भन्छन्, ‘गान्धीले सक्रिय ब्रह्मचर्यका नाममा महिलाहरूमाथि अत्याचार गरेका थिए ।’ उनी महिलाहरूको स्वीकृति लिनु पनि आवश्यक सम्झिदैनथे । उनको यौन उत्पीडनको सिकार बनेका महिलाहरूसित सहनुभन्दा अर्को विकल्प थिएन ।
एक दिन गान्धीका स्टेनोग्राफर आरपी परशुरामले उनलाई निर्वस्त्र मनुसित पल्टिरहेको देखेपछि राजीनामा दिएर हिँडेका थिए । राजीनामा दिँदा गान्धीले उनलाई ‘तिमीले आश्रम छाडेर मलाई केही फरक पर्दैन’ भन्ने जवाफ दिएका थिए । निर्मलकुमार बसु गान्धीका नजिकका सहयोगी थिए । एकदिन यस्तो घटना भयो, जसले निर्मल कुमारलाई गान्धीको कट्टर आलोचक बनाइदियो । त्यस रात गान्धी अक्सरजस्तै नग्न मनु र सुशीला नैयरसित सुतिरहेका थिए । बिहान हुनुभन्दा पहिले कोठाभित्रबाट अस्वभाविक आवाज आएपछि उनले ढोकाको कापबाट चियाए । उनले देखे, गान्धी तीखो आवाजमा चिच्याइरहेको र आफ्नो दुवै हातले टाउकोमा हिर्काइरहेको । सँगसँगै सुशीला पनि
चिच्याइरहेकी थिइन् ।
त्यसरात के भएको थियो भनेर मनु र सुशीला दुवैले मुख खोलेनन् । निर्मल कुमारले अड्कल काटे, सायद गान्धीले सुशीलासित सेक्स गर्ने प्रयास गरे । सुशीलाले अनिच्छा देखाएपछि गान्धीले जबरजस्ती गर्न खोजे । सुशीलाले उनलाई रोक्न खोजिन् । अनि रुष्ट र निराश भएर गान्धी चिच्याए होलान् । सुशीला चाहिँ मद्दत माग्न चिच्याएकी होलिन् ।
निर्मल कुमारले राजीनामा दिएपछि भनेका थिए, सेक्सको मामलामा यतिधेरै विकृत व्यक्तिलाई हामी महात्मा शब्दले विभूषित गरिरहेका छौँ । धिक्कार होस् ।

०००

गान्धीको जीवनमा आएका भारतीय महिलामा श्रीमती प्रभावती देवी (जयप्रकाश नारायणकी पत्नी) कञ्चन शाह, प्रेमा बेन कंटक, सुशीला नैयर, मनु गान्धी (नातिनी बुहारी), आभा गान्धी र सरलादेवी चौधरानी (कवी रवीन्द्रनाथ टैगोरकी भतिजी) लगायत छन् ।
सरलादेवीसित आफ्नो झन्डै कामवासनायुक्त सम्बन्ध रहेको गान्धीले पनि स्विकारेका छन् । सरलादेवीपछि प्रभावती देवीले गान्धीलाई साथ दिइन् । उनीहरूको सम्बन्धबारेमा गिरिजा कुमार लेख्छन्, ‘गान्धीप्रति प्रभावती यतिधेरै आशक्त भइन् कि उनी एक दिन पनि गान्धीसित छुट्टिन सक्दिनथिन् । प्रभावतीमा हिस्टेरिया देखिन थालेको थियो र उनी घन्टौँसम्म बेहोस् हुने गर्थिन् ।’ गान्धीको मृत्युपछि मात्र प्रभावतीको जीवन सहज भएको थियो । सत्याग्रहपछि उनले आफ्ना प्रशंसकलाई लेखेका सबै पत्रमा दोस्रो विषय सेक्स हुने गथ्र्यो । उनी तिनीहरूलाई पत्र पठाउँथे, जसले उनलाई प्रशंसा गरेर पत्र पटाएका हुन्थे । स्मरणीय के छ भने गान्धी दक्षिण अफ्रिकामा रहेका वेला महिनामा एकचोटिजस्तो स्वप्नदोष हुन्थ्यो । तर, भारत आएर आश्रममा बस्न थालेपछि उनलाई कहिल्यै
स्वप्नदोष भएन ।

प्रस्तुति : चिरञ्जीवी पौडेल (एजेन्सीको सहयोगमा)

दमबाट कसरी जोगिने ? - onlinekhabar

वातावरण प्रदुषण बढेसँगै अहिले दम लगायतका स्वासप्रस्वास सम्बन्धि रोग आम समस्या बनिरहेका छन् । बच्चादेखि बुढासम्ममा दमको समस्या देखिन थालेको छ । खासगरी स्वासनली तथा फोक्सोको संक्रमणका कारण दम हुन्छ । दमका कारण स्वासनली खुम्चिने तथा मांसपेशीमा असर पर्ने तथा फोक्सोमा समेत नराम्रो असर पर्ने हुन्छ । धूलो धुवाँ, धूमपान जस्ता कारणहरु दमका कारकतत्व हुन् । यसकारण दमबाट बच्नका लागि निम्न सावधानी अपनाउनु उत्तम हुन्छ : हिँडडुल गर्दा, घर कोठाको सरसफाइ गर्दा रुमालले नाकमुख छोप्नुहोस् वा मास्क लगाउनुहोस् । गाडीको धुवाँमा विभिन्न खाले हानिकारक रसायन समेत हुन्छन् । त्यसैले गाडी बढि गुड्ने ठाउँमा हिँडडुल गर्दा मास्क लगाउनु अनिवार्य हुन्छ । धूमपान नगर्नुहोस, धूमपान गरिरहेको व्यक्तिको नजिक नजानुहोस् । आफुले धूमपान नगरेपनि अरुले गरेको धूमपानको धुवाँले तपाइँलाई धेरै असर पूराउँछ । तपाइँमा एलर्जीको समस्या छ भने त्यसले दमलाई झनै बढाउन सक्छ । त्यसकारण आफुलाई एलर्जी गराउने वस्तुहरुबाट बच्नुहोस् । तनावलाई कम गर्नुहोस् । तनावका कारण पनि दमको समस्या बढ्नसक्छ । नियमित हल्का व्यायाम गर्नुहोस् । तर जिउले नथेग्नेगरी दौडधुप र व्यायाम नगर्नु राम्रो हुन्छ । पेटमा बढि अम्लपना अर्थात ग्यास्टि्रकको समस्या छ भने त्यसले पनि दमलाई बढाउन सक्छ । त्यसैले ग्यास्टि्रकको समस्या हुन नदिन र भएमा कम गर्ने उपाय अपनाउनुपर्छ । पिनासको समस्या छ ? यदि छ भने उपचार गराइहाल्नुहोस् । यसले दमलाई निम्त्याउन सक्छ र बल्झाउँछ पनि । मोटोपन मुटुरोग देखि लिएर स्वासप्रस्वास सम्बन्धि रोगको जड हो । त्यसैले मोटोपन नियन्त्रणमा सजग हुनुहोस् । समग्रमा दमको जोखिमबाट बच्न प्रदुषित हावाबाट बच्नु नै मुख्य उपाय हो । जसका लागि धुलोधुवाँयुक्त क्षेत्रमा नहिड्ने, हिँड्नपरे मास्क लगाउने, धूमपान मध्यपान नगर्ने र स्वस्थ जिवनशैली अपनाउने गर्नु उपयुक्त हुन्छ । त्यस्तै स्वासनली तथा फोक्सोको संक्रमणको पनि समयमै उपचार गरिहाल्नुपर्छ । -

Friday, June 28, 2013

यस्ता छन् वर्षकै उत्कृष्ट तस्बिरहरु - setopati

 

फोटो पत्रकार शैलेन्द्र खरेलको तस्बिर फोटो अफ दी इयर २०६९ घोषित भएको छ । फोटो पत्रकार क्लबले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता ०६९ मा खरेलको तस्बिर उत्कृष्ट भएको हो ।
फोटो पत्रकार क्लबले आयोजना गरेको फोटो प्रतियोगिता २०६९ मा फोटोपत्रकार शैलेन्द्र खरेलको तस्बिरले फोटो अफ दी इयर २०६९को  उपाधि हात पारेको छ। उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।  खरेलले फोटो स्टोरी र शिखर सु न्युज विधाको पनि उपाधि जिते ।
यसपालि शैलेन्द्र खरेलले तीनवटा उपाधि जितेका छन्। अन्य विधालाई पछि पार्दै 'दैनिक जनजीवन' बिधामा शैलेन्द्र खरेलले दर्ता गराएको फोटो फोटो अफ दी इयर' घोषित भएको छ। उनैले फोटो स्टोरी र न्युज विधाको पनि उपाधि जिते।
यसैगरी दैनिक जनजीवनमा सुरज श्रेष्ठको फोटोले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेको छ भने पद्यमसागर कक्षपतिको फोटो दोस्रो तथा दिवाकर मास्केको फोटो तेस्रो भएको छ। 'संस्कृति तथा पर्यटन' मा संजोग मानन्धरले उपाधि जित्दा विशाल गौतमको फोटो दोस्रो तथा रजेन्द्र केसीको फोटोले तेस्रो स्थान हासिल गरेको छ।
'नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचर'मा दीपेन्द्र महर्जनको फोटो विजेता बन्दा यात्रा थुलुङको फोटो उपविजेता भयो भने दिनेश गोलेको फोटो तेस्रो भयो। 'शिखर सु न्यूज फोटो'मा शैलेन्द्र खरेल विजेता, अशोक दुलाल उपविजेता तथा नीरञ्जन श्रेष्ठको फोटो तेस्रो भए। 'स्पोर्टस'मा पार्वती लामाको फोटोले उपाधि जित्दा सञ्जिवकुमार मोक्तानको फोटो दोस्रो तथा मनिश पौडेलको फोटो तेस्रो भए। नेपाल स्माईलमा सिजन कार्कीको फोटोले उपाधि जित्यो भने निश्चल ओलीको फोटो दोस्रो तथा नारायण महर्जनको फोटो तेस्रो भयो। त्यस्तै 'फोटो स्टोरी'मा शैलेन्द्र खरेलका फोटोहरु विजेता बन्दा वीरेन्द्र बज्राचार्यका फोटो उपविजेता तथा किरण पाण्डेका फोटोहरु तेस्रो भए। मुख्य उपाधिसँगै दुई विधामा उपाधि जित्ने शैलेन्द्र यो वर्षका एकमात्र प्रतियोगी हुन।
निर्णायक चरणबाट छानिएका १ सय ५१ फोटोलाई काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ। फोटो  अफ द इयर विजेताले नगद १ लाख रुपैया“ पुरस्कार पाउनेछन्। प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ  पाउनेछन्।  काठमाडौंमा यही असार २६ देखि ३० गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा  प्रदर्शनी गरिनेछ।
नेपाल फोटो प्रतियोगितामा समावेश सात विधाअन्तर्गत दैनिक जनजीवनमा १ हजार ७ सय ३५, संस्कृति तथा पर्यटनमा १ हजार ६ सय ३, नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचरमा १ हजार ५ सय ४१, न्यूज फोटोमा ३ सय ८५,स्पोर्टसमा ३ सय ३७,  नेपाल स्माईलमा ९ सय ९८  र मा ९ सय ५० फोटो प्रतिस्पर्धामा थिए।
देशभरबाट प्राप्त फोटोहरुको निर्णायक चरण दक्षिण एसियाकै वरिष्ठ फोटोपत्रकार भारतका रघु राईको उपस्थितिमा बिहीबार काठमाडौंमा भएको थियो। प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात विधामा ७ हजार ५ सय ४९ फोटो प्राप्त भएका थिए। दुई दिन चलेको निर्णायक चरणबाट सबै विधाका विजेतासहित उत्कृष्ट १ सय ५१ फोटो छानिएका छन्। छनोटमा परेका फोटोबाट सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेको चयन गरिएको छ भने सर्वोत्कृष्ट एक फोटोलाई फोटो अफ दी इयर' चयन गरिएको हो ।
देशभरबाट यसपालीको प्रतियोगितालाई ९ सय ३८  व्यवसायिक र एमेच्योर फोटोग्राफरले  ७ हजार ५ सय ४९ फोटो पठाएका थिए। वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकार अध्यक्ष रहेको निर्णायक मण्डलमा  भारतका वरिष्ठ फोटोपत्रकार रधु राई, बरिष्ठ फोटोग्राफर मणी लामा, कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र फोटो पत्रकार क्लबका अध्यक्ष प्रकास माथेमा थिए।

फोटो अफ द इयर :शैलेन्द्र खरेल


कल्चर एण्ड टुरीजम विधामा पहिलो हुने फोटो : स‌ंजोग मानन्धर


कल्चर एण्ड टुरीजम विधामा दोस्रो हुने फोटो । तस्विर :बिशाल गौतम


कल्चर एण्ड टुरीजम विधामा तेस्रो हुने फोटो । तस्विर :रजेन्द्र केसी


दैनिक जीवन विधामा पहिलो हुने फोटो । तस्विर : सुरज श्रेष्ठ

दैनिक जीवन विधामा दोस्रो हुने फोटो । तस्विर : पद्मसागर कक्षपती


दैनिक जीवन विधामा तेस्रो हुने फोटो । तस्विर : दिवाकर मास्के


प्रकृति र वन्यजीवन विधामा पहिलो हुने फोटो । तस्विर: दिपेन्द्र महर्जन

प्रकृति र वन्यजीवन विधामा दोस्रो हुने फोटो । तस्विर: यात्रा थुलुङ
प्रकृति र वन्यजीवन विधामा तेस्रो हुने फोटो । तस्विर: दिनेश गोले

नेपाल स्माइलमा पहिलो स्थान पाउने फोटो : सिजन कार्की


नेपाल स्माइलमा दोस्रो स्थान पाउने फोटो : निश्चल ओली


नेपाल स्माइलमा तेस्रो स्थान पाउने फोटो : नारायण महर्जन


फोटो कथा विधामा पहिलो स्थान प्राप्त फोटो । तस्विर: शैलेन्द्र खरेल


फोटो कथा विधामा दोस्रो स्थान प्राप्त फोटो । तस्विर: विरेन्द्र बज्राचार्य



फोटो कथा विधामा तेस्रो स्थान प्राप्त फोटो । तस्विर: किरण पाण्डे


खेलकुद विधामा पहिलो हुने फोटो । तस्विर: पार्वती लामा


खेलकुद विधामा दोस्रो हुने फोटो । तस्विर: सञ्जिबकुमार मोक्तान


खेलकुद विधामा तेस्रो हुने फोटो । तस्विर: मनिष पौडेल


समाचारविधामा पहिलो हुने फोटो । तस्विर: शैलेन्द्र खरेल


समाचारविधामा दोस्रो हुने फोटो । तस्विर: अशोक दुलाल


समाचारविधामा तेस्रो हुने फोटो । तस्विर: निरञ्जन श्रेष्ठ
 

Wednesday, June 19, 2013

चाउचाउ अर्थात समस्याको पोको ? - onlinekhabar

साना बालबालिका र कजेल पढ्नेहरुको आधा जिन्दगी चाउचाउ खाँदै वित्छ । पकाउन पनि सजिलो र खान पनि टेस्टी हुने भएकाले यसलाई ममी पनि खुस बच्चा पनि खुस भन्ने गरिन्छ । तर, स्वास्थ्यका लागि यो हानीकारक हुन्छ । चाउचाउ खाँदा तपाईको मेहनत र समय त बचाउँछ ।
noodlesतर, भोजनको सट्टा चाउचाउ खाँदा माइग्रेन र ब्लड प्रेसरको समस्या देखापपर्छ । नुनको बढी मात्राले ब्लड प्रेसर बढाउँछ । यदि बालबालिका मान्दैनन भने चाउचाउमा धेरै मात्रमा सागसब्जी मिसाउने र घरका मसलामा बनाएर दिनु उपयुक्त हुन्छ ।
-चाउचाउको प्याकेजमा स्टायरोफोम हुन्छ, जसले क्यान्सर रोग ल्याउन एजेन्टको काम गर्छ ।
-धेरै चाउचाउ खोने महिलाहरुमा पछि मिसक्यारेज हुने सम्भावना बढी हुन्छ । किनकी चाउचाउमा बच्चाको विसासमा प्रतिकुल असर गर्न सक्छ ।
-चाउचाउ खाँदा पेटमा पनि समस्या आउँछ । यसले कब्जियत हुनुका साथै पेट ढुस्स हुन्छ । जसले निकै असहज बनाउँछ ।
-यसले मोटोपन बढाउँछ । यसमा भिटामिन, मिनरल्स र फाइबर हुँदैन भने कार्बोहाइड्रेड हुन्छ । यसमा हुने ट्रान्स फ्याट र स्याचुरेटेड फ्याटले मोटोपन बढाउँछ ।
-चाउचाउमा स्वाद दिन मोनोसोडियम ग्लूमेटको प्रयोग गरिन्छ । जसको साइड इफेक्टका रुपमा एजर्ली, माइग्रेन, टाउको दुखाई लगायतका समस्या आउँछ ।
-चाउचाउमा सोडियम धेरै हुन्छ । जसले ब्लड प्रेसर, मुटुको रोग र किड्नीमा समेत समस्या ल्याउँछ ।