Tuesday, June 18, 2013

बीमालार्इ पुँजी वृद्धिको नयाँ विकल्प, ‘क्यास इन्सेन्टिभ’ छैन्, खर्च सीमामा छुट दिने व्यवस्था - bizmandu

बीमा समितिले बीमा कम्पनी गाभ्ने तथा गाभिने सम्वन्धि निर्देशिका जारी गरेको छ । समितिले बीमा कम्पनी मर्जका लागि वातावरण बनाउन बीमक गाभ्ने तथा गाभिने सम्वन्धि निर्देशिका २०७० जारी गरेको हो । समितिले असार मसान्त भित्र जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ र गैरजीवन बीमा कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको छ । असार मसान्तसम्म चुक्ता पुँजी वृद्धिको योजना नभएका कम्पनीले मर्जको बाटोबाट पुँजी वृद्धि गर्न सक्छन् । यसका लागि बीमा कम्पनीले मर्जसम्वन्धी नयाँ निति माग गरेका थिए ।
नेपालमा अहिले आठ जीवन बीमा कम्पनी छन् भने १६ वटा र्निजीवन बीमा कम्पनी छन् । राष्ट्रिय बीमा संस्थानले भने जीवन र निर्जीवन दुवै सेवा प्रदान गर्दै आएको छ । २५ बीमा कम्पनीमध्ये अहिलेसम्म आधाभन्दा बढी कम्पनीले चुक्ता पुँजी वृद्धिको योजना सार्वजनिक गरिसकेका छन् ।
अहिले पनि राष्ट्रिय बीमा संस्थान, एभरेष्ट इन्सुरेन्स, नेशनल इन्सुरेन्स कम्पनी, एनबी इन्सुरेन्स, नेको इन्सुरेन्स, प्रिमियर इनसुरेन्स, ओरियण्टल इन्सुरेन्स, युनाइटेड इन्सुरेन्सले पुँजी वृद्धिको विकल्प प्रस्तुत गरेका छैनन् । केही कम्पनीले चुक्ता पुँजी वृद्धि गरेरै बीमा समितिको योजनालाई साथ दिइसकेका छन् भने केही कम्पनीको पुँजी वृद्धि योजनामा काम भैरहेको छ ।
समितिले बीमा ऐन २०४९को अधिकार प्रयोग गरी मर्जसम्वन्धि नयाँ नीति जारी गरेको हो । नयाँ नीतिले जीवन बीमा व्यवसाय गर्ने कम्पनी बीच र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनी मात्रै मर्ज हुन सक्ने व्यवस्था गरेको छ । नीतिले एकै पटकमा दुई वा दुईभन्दा बढी कम्पनी पनि मर्ज गर्न सकिने नीति पारित गरेको छ ।
समितिले गाभ्न तथा गाभिन चाहेका बीमा कम्पनीले आ–आफ्नो साधारणसभाबाट विशेष प्रस्ताव पेश गर्नुपर्ने र साधारणसभाबाट स्वीकृत लिनुपर्ने व्यवस्था गरेको छ । साधारणसभाबाट बीमा कम्पनीले गाभ्ने तथा गाभिने वा स्थापना गर्ने अवधि पनि पारित गर्नुपर्ने व्यवस्था गरिएको छ । मर्ज हुने कम्पनीले समिति समक्ष गाभ्ने वा गाभिने बीमकको नाम, ठेगाना र बीमा व्यवसाय गर्न प्राप्त बीमक दर्ता प्रमाणपत्रको प्रतिलिपि राखेर संयुक्त निवेदन दिनुपर्ने व्यवस्था बीमा समितिले गरेको छ । त्यसैगरी साधारणसभाबाट पारित प्रस्ताव, बीमकको सञ्चालक समितिको निर्णय, कम्पनीको शेयर खरिद, विक्री वा शेयर स्वाप रेसियो निर्धारण गरेको विवरण पनि बीमा समितिलाई बुझाउनुपर्नेछ ।
गाभ्ने वा गाभिने बीमक कम्पनीले चल, अचल सम्पत्ति, दायित्व तथा सल्भेन्सीको अवस्थाका सम्वन्धमा बीमाङ्कीबाट गरिएको मूल्यांक प्रतिवेदन, गाभिएपछि कायम हुने बीमा कम्पनीको सञ्चालक समितिको संरचना र उच्च व्यवस्थापन सम्वन्धी व्यवस्था पनि बुझाउनुपर्ने व्यवस्था समितिले गरेको छ ।
त्यसैगरी मर्ज अनुमति माग्दा कम्पनीहरुले मर्जसम्वन्धी प्रस्तावित अवधि तथा गाभिएपछि हुने वित्तीइ विवरण, बिमित, साहु तथा सेयरधनीको हित रक्षासम्वन्धी प्रस्तावित व्यवस्था पनि बुझाउनुपर्नेछ । समितिले बीमा कम्पनीको संस्थागत सुशासनसम्वन्धि व्यवस्थाको परिपालनाको अवस्था, मर्जपछि बीमकको मुख्य–मुख्य करारमा पर्ने प्रभाव, बीमकको सूचना प्रविधिसँग सम्वन्धित विवरण र नेपाल स्टकमा गाभ्ने र गाभिने बीमकको सेयर कारोवार रोक्का गरेको प्रमाण पनि बुझाउनुपर्नेछ ।
मर्ज हुने कम्पनीहरुले विवरण बुझाएपछि समितिले छलफलका लागि बोलाउनेछ, समितिले ३० दिन भित्र छलफलका लागि बोलाउने व्यवस्था नयाँ निर्देशनमा गरेको छ । छलफलपछि समितिले मर्जपछि बीमा क्षेत्रको विकास र विस्तार, स्वच्छ प्रतिश्पर्धा, बिमितको हित संरक्षण हुने भएपछि मर्जका लागि प्रारम्भिक स्वीकृती दिनेछ । प्रारम्भिक अनुमति प्राप्त गरेको ६० दिन भित्र सम्पत्ती र दायित्वको मूल्यांकन (डिडिए) गर्नुपर्ने व्यवस्था पनि नयाँ निर्देशिकमा गरेको छ । डिडिएको प्रतिवेदन बुझाएपछि गाभ्ने वा गाभिने सम्वन्धी सम्झौता गर्नुपर्ने व्यवस्था समितिले गरेको छ । सम्झौता गरेर निवेदन दिएको ४५ दिन भित्र बीमा समितिले गाभ्न वा गाभिन नदिने अन्तिम निर्णय दिनेछ । बीमा समितिले अन्तिम निर्णय दिएको ९० दिन भित्र गाभ्ने र गाभिने काम सक्नुपर्ने व्यवस्था बीमा समितिले निर्देशिकामा गरेको छ ।
मर्ज गर्दा हुने सहुलियत
बीमा कम्पनी गाभ्ने वा गाभिने कार्य गर्दा बीमकले कायम गर्नुर्ने न्यनत्तम चुक्ता पुँजी अपुग भएमा एक वर्षसम्मको अवधि थप गर्न सक्ने व्यवस्था गरिएको छ । त्यसैगरी गाभिएपछि हुने जाने लगानी तोकिएको क्षेत्र र प्रतिशत अन्र्तगत हुन नसकेमा त्यस्तो लगानी तोकिएको क्षेत्र र प्रतिशत अन्र्तगत ल्याउन एक वर्षसम्मको अवधि थप गर्न सक्ने व्यवस्था गरिएको छ ।
बीमा समितिले निर्देशिकामार्फत बीमकलाई गाभेको कारणबाट गाभ्ने बीमकको सेयर संरचनामा कुनै एक व्याक्ति, समूह वा संस्थाको नाममा चुक्ता पुँजीको १५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व कायम हुन गएमा त्यस्तो सेयर स्वामित्व १५ प्रतिशतको सीमा भित्र ल्याउन दुई वर्षको समय अवधि प्रदान गर्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी बीमक गाभिएकै कारण गाभ्ने बीमकको व्यवस्थापन खर्च तोकिएको सिमाभन्दा बढी भएमा आवश्यक छुट दिन सक्ने व्यवस्था पनि गरिएको छ ।

Monday, June 17, 2013

लिची खाँदा फाइदै फाइदा - onlinekhabar

राजधानीसहित देशका अधिकांश स्थानमा गर्मी बढ्दो छ । यो समयमा बजारमा विभिन्न प्रकारका फलफुल पाइन्छ । यो समय लिचीको पनि मौसम हो ।
lycheeलिची स्वास्थ्यवर्धक हुनुका साथै यससँगै पोष्टिक गुण पाइन्छ । लिचीमा कार्बोहाइड्रेट, भिटामिन सी र बि कम्प्लेक्ससँगै पोटाशियम, क्याल्शियम जस्ता खनिज पदार्थ पाइन्छ । लिची खाँदा अनुहारमा निखार आउने छ भने चाउरिपन पनि हट्छ । लिचीमा पाइने क्याल्शियम, फस्फोरसले बच्चाको शारीरिक गठनमा महत्वपुर्ण भूमिका खेल्छ ।
लिची आनामा मुटु स्वस्थ हून्छ भने क्यान्सर सेल्स र ट्युटम पैदा हुनबाट रोक्छ । जसले मलद्धारमा हुने क्यान्सरको खतरा हुँदैन । चिसो लागेको छ र घाटीमा दुकेको छ भने पनि लिची खानु लाभदायक हुन्छ ।
धेरै फाइदाजनक भएपनि लिची सिमित मात्रमा मात्र खानुपर्छ । धेरै खाँदा स्वास्थ्यका लागि हानिकारक हुन्छ । एक पटकमा १०/११ बटा लिची खानु लाभदायक हुन्छ । यो भन्दा धेरै खाएमा टाउको दुख्छ भने शरीर चिलाउने, जिब्रो र ओठ सुन्निनुका साथै सास फेर्न समेत कठिन हुन्छ ।

Thursday, June 13, 2013

प्रचण्डकी बुहारी भन्छिन्- देश बदल्ने मान्छेको घरमै त्यस्तो… 'सासूको व्यवहारका कारण लाजिम्पाटमा बस्न सकिँन' - onlinekhabar

एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालकी परित्यक्त श्रीमती सिर्जना त्रिपाठीले पोखरास्थित आफ्नो माइतीघरबाट गुनासो गर्दै देश बदल्न हिँडेको मान्छेको घरभित्रै समस्या रहेको पोल खोलेकी छन् । प्रचण्ड असल मान्छे रहेको र उहाँले आफूलाई माया गर्ने गरेको भए पनि सासू सीता दाहालका कारण लाजिम्पाट छाडेर माइत जानुपरेको सिर्जनाको दुखेसो छ । प्रचण्डपुत्र प्रकाशले बिनामगरसँग विवाह गरेपछि छोरो लिएर माइत गएकी सिर्जना अहिले पोखरामै स्नातकोत्तर पढिरहेकी छन् ।
2-prakash
आफ्नो छोराको जन्मदर्ता नहुँदा विद्यालय भर्नामा समस्या परेको गुनासो गर्दै सिर्जनाले भनेकी छन्- ‘जन्मदर्ता नभएर अहिले बाबुलाई स्कुल भर्ना गर्नसमेत समस्या भएको छ । मैले बुवा (प्रचण्ड) पोखरा आएका बेला यो समस्याबारे भनेँ । उहाँले ‘हुन्छ, काठमाडौं गएर बनाउँला,’ भन्नुभयो । पछि ‘तिमी र बाबुलाई चितवन लगेर बनाउँला,’ भन्नुभयो । त्यसपछि यसबारे केही कुरा भएको छैन ।’
‘मिरर न्युज’ मासिक पत्रिकाको तेस्रो अंकलाई लामो अन्तरवार्ता दिँदै प्रचण्डकी बुहारी सिर्जनाले छोराको जन्मदर्ता मात्रै नभई आफू र प्रकाशवीच अहिलेसम्म विवाह दर्तासमेत नभएको दुखेसो पोखेकी छन् । सिर्जनाको भनाइ छ-’ मलाई धेरै कुराले टर्चर दिएको छ, अहिले मेरा लागि मुख्य कुरा मेरो छोरो हो । म यसका लागि लडिरहेकी छु । सधैँ लडिरहन्छु । उसको अहिलेसम्म जन्मदर्ता छैन । त्यसले पनि समस्या पारेको छ । स्कुल भर्ना गर्दा जन्मदर्ता चाहिन्छ । अझ अर्को समस्या त हाम्रो विवाह दर्तासमेत गरिएको छैन । उतिबेलै मैले ‘विवाह दर्ता गरौँ’ भनेकी थिएँ । तर, प्रकाशले ‘ह्या, दुनियाँलाई थाहा छ हामीले विवाह गरेको, किन विवाह दर्ता चाहियो ?’ भने । त्यतिबेला विवाह दर्ता गर्न मानेनन् ।’
प्रचण्ड असल सीता खराब
सगरमाथा आरोहणपछि बिना मगरलाई लिएर प्रकाश बेपत्ता भए पनि आफू छोरो लिएर प्रचण्ड निवास लाजिम्पाटमै केही महिना बसेको र बुबा (प्रचण्ड)को व्यवहार राम्रो पाए पनि मम्मी (सीता दाहाल) को व्यवहार सहन नसकेर माइत (पोखरा) जान बाध्य भएको सिर्जनाको गुनासो छ । आफ्नो र प्रकाशको सम्बन्ध यस्तो हुनुमा प्रचण्डको कुनै दोष नरहेको र आफ्ना कारणले प्रचण्डलाई असर पार्न नचाहेको सिर्जनाको भनाइ छ ।
srijana
‘बुवा (प्रचण्ड)को मप्रति सधैँ राम्रो व्यवहार रहेको छ । उहाँले भन्नुभएको छ, ‘तिमीलाई मेरो सधैँ सपोर्ट हुन्छ ।’ उहाँले बिनालाई ल्याएर घरमा राख्दिनँ समेत भन्नुभएको छ । ‘तिमीलाई र प्रकाशलाई समान व्यवहार गर्छु, मेरो नाति छ,’ भन्ने बुवाको भनाइ छ ।’ सिर्जना भन्छिन्- ‘प्रकाशका कारण म बुवा (प्रचण्ड) लाई असर पुर्‍याउन चाहन्न । बुवाको कारणले त होइन नि यो सबै भएको । बुवालाई असर नपुगोस् भनेरमात्रै हो म चुप लागेर बसेकी । मम्मीलाई त म मनै पराउँदिँन । म पनि उहाँलाई नंग्याउन सक्छु । तर, मम्मी (सीता)को केही कुरा गरे पनि सिधै बुवा (प्रचण्ड) सँग जोडिन्छ । त्यही भएर म धेरै बोल्न सकेकी छैन ।’
चरित्रहीन प्रकाशले यतिबेला मिडियामा आफ्नो चरित्रमाथि प्रश्न उठाउन थालेकोमा आपीत्त जनाउँदै चरित्र हत्या नगर्न चेतावनीसमेत दिएकी छन् । यसबारे उनले फोन गरेर प्रचण्डलाईसमेत जानकारी गराएको बताएकी छन् ।
माओले पाँचवटी बिहे गरेका थिए रे !
आफ्ना ससुराले भारतबाट फर्केपछि पोखरामा आफु र आफ्नो परिवारसँग भेट गरेको सिर्जनाले बताएकी छन् । तर, सो भेटमा सीता दाहालले माओत्सेतुङले पाँचवटी श्रीमती बिहे गरेका थिए भन्दै आफ्नो छोराको पक्षमा वकालत गरेको र आफूलाई पाल्न नसक्ने बताएको गुनासो उनको छ । सिर्जनाले भनेकी छन्- ‘भारतबाट फर्केपछि बुवा (प्रचण्ड) पोखरा आउनुभएको थियो । बुवाले धेरैपटक मलाई बोलाउनुभयो । म नगएर घरभित्रै बसिरहेँ । बुवाले लगातार बोलाउनुभयो । ‘सिर्जना तिमी एकछिन त आऊ, तिमीसँग सल्लाहमात्रै गर्नु छ । भेट्न मन लागेको छ । बाहिर आऊ,’ भन्नुभयो । अनि गएँ । मेरो बुवा (माइतीघर) पनि जानुभएको थियो मसँगै । त्यहाँ सीता मम्मी चर्किनुभयो । ‘माओका त पाँचवटी श्रीमती थिए, मेरो छोराले फेरि बिहे गर्‍यो त के बिग्रियो’ भनेर उहाँ बुवासँग कराउनुभयो । म बाहिर थिएँ । म भित्र गइँन किनभने मलाई मम्मी (सीता)को अनुहार नै हेर्नै मन लागेन । उहाँले गरेको व्यवहारले मलाई अहिले पनि एकदमै पीडा महसुस हुन्छ । बुवा
(प्रचण्ड) सँगसँगै हिँडेको मान्छे उहाँ त । अलिकति त ‘चेन्ज’ हुनुपर्ने, बुझ्नुपर्ने हो नि । देश बदल्छु भनेर हिँडेको मान्छेको घरमै त्यस्तो समस्या छ । मम्मीको कुरा सुनेर मलाई अचम्म लाग्यो ।’
मिरर न्युजमा प्रकाशित सिर्जनाको भनाइको सम्पादित अंश
Mirror~3-cover१७/१८ वर्षकै उमेरमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशसँग मेरो बिहे भयो । ०६४ माघ ३ गते म बुहारीकारूपमा प्रचण्डको घरमा भित्रिएँ । प्रकाश आफैँले मन पराएर मलाई माग्न घरमा आएका थिए । तिनै प्रकाशले पछि एक दैनिक पत्रिकामा ‘मम्मी (सीता)ले जबरजस्ती विवाह गराइदिएको’ भनेर अन्तर्वार्ता दिएको पनि पढेँ ।
विवाहपछि सबै कुरा राम्ररी नै चलेको थियो । बुवा (प्रचण्ड)ले निकै माया गर्नुहुन्थ्यो मलाई । मम्मी (प्रचण्डपत्नी-सीता)को भने सुरुदेखि नै राम्रो व्यवहार पाइनँ । छोरामात्रै भन्ने उहाँको बानी । प्रकाशको पनि केटी मामिलामा त्यस्तो नराम्रो बानी थिएन । रक्सी खाने बानी भने थियो ।
बिनासँग अलिअलि सम्बन्ध हुन थालेपछि प्रकाशको व्यवहार परिवर्तन हुन थाल्यो । रक्सी खाएर झगडा गर्नुका साथै बेलाबेला ममाथि हात पनि उठाउन थाले । मैले असाध्यै मेहनत गरेर सम्झाउन पनि खोजें । तर, मेरो कोसिस व्यर्थ भयो । बिनासँग प्रकाशको सम्बन्धबारे बिस्तारै घरमा सबैलाई थाहा हुन थाल्यो । मम्मी (सीता)लाई त अझ राम्ररी थाहा थियो । बुवा (प्रचण्ड)लाई पनि थाहा थियो जस्तो लाग्छ । घरका सबैले त्यहीबेला पहल गरेर उनीहरूलाई टाढा गरेको भए हुन्थ्यो जस्तो लाग्छ ।
प्रकाश र बिनाबीच गहिरो सम्बन्ध सुरु भएको उनीहरूले रसुवामा आरोहणबारे एउटा तालिम लिएर फर्केपछि हो । त्यताबाट फर्केपछि उनीहरूसँगै मर्निङवाकमा जान्थे । रसुवाबाट अलिअलि सुरु भएको सम्बन्धलाई दिन दिनैको मर्निङवाकले थप सुमधुर बनाएजस्तो लाग्छ । तर, तिनीहरूको सम्बन्ध त्यसभन्दा पुरानो भने होइन । त्यही सगरमाथा चढ्ने कुरा चल्न थालेपछि उनीहरूको नजिकबाट चिनाजानी भएको हो । हिमचिम बढ्दै गएपछि उनीहरूका गतिविधिबारे घरमा पनि सबैलाई थाहा हुन थाल्यो । सगरमाथाबाट फर्केपछि प्रकाशले बिनालाई लिएर फ्याट्ट हिँडेपछि त सबै कुरा बाहिर आइहाल्यो । त्यसभन्दा अगाडि उनीहरूबीचको सम्बन्ध छलफलमा थियो, खासगरी प्रकाश र मेरोबीचमा मात्र । जे थियो, घरभित्रै थियो । बुवा (प्रचण्ड)ले पनि धेरै सम्झाउनुभयो प्रकाशलाई । ‘तँ नै बद्मास रहेछस्, यस्तो गर्ने हो तैंले ? तँ निस्किहाल घरबाट’ भनेर बुवाले प्रकाशलाई धेरै झपार्नुभयो । तर, पनि केही भएन । प्रकाश बुवाका अगाडि बोल्दै नबोल्ने । मम्मीले धेरै कुरा लुकाउने । मम्मीले बुवालाई ‘टेन्सन’ हुन्छ भनेर कुरा लुकाउने । व्यवहार नै त्यस्तै हो उहाँको त । छोराप्रति अन्धोप्रेम थियो मम्मी (सीता)मा । हुन त छोराछोरीप्रति बुवाआमाको माया हुन्छ नै । मेरो पनि छोरा छ । तर, माया गर्ने भन्दैमा आँखा चिम्लेर त गर्नु भएन नि । छोराछोरीले गल्ती गरेमा सम्झाउने मात्रै होइन, आवश्यक परे झपार्नु पनि पर्छ ।
अहिले प्रकाशसँग मेरो सम्बन्ध बिग्रिएको छ । उनले त अहिले मेरोबारे जे पनि भन्छन् । उनी कस्ता हुन् भन्ने कुरा त उनको पृष्ठभूमि हेरेरै थाहा हुन्छ । पहिला पनि यस्तो घटना भएकै हो । स्थिति कस्तो थियो ? उनको मोटामोटी कुरा सबै त बाहिर आएकै हुन् । पत्रकारले पनि देखेकै कुरा हो । प्रकाशलाई अहिले एउटै कुरा चासो छ, कसरी हुन्छ मबाट अलग हुने । त्यही भएर अनेकथरि कुरा गर्दै हिँडेका छन् । उनलाई यतिबेला सिर्जनाले डिभोर्स दिए हुन्थ्यो भन्ने चिन्ता मात्रै छ । त्यही भएर उनले मलाई कसरी टर्चर दिउँ भन्ने सोचेका छन् । त्यस्तो व्यवहार गरिरहेका छन् । ममाथि चारैतिरबाट प्रहार गरिरहेका छन् उनले ।
मेरो विषयमा समाचार आयो । मैले यो विषयमा बुवा -प्रचण्ड)सँग पनि फोनमा कुरा गरे । ‘बुवा (प्रचण्ड) तपाइले मलाई सधैँ समान व्यवहार गर्छु भन्नुहुन्थ्यो खै गरेको ?’ भनेर सोधेँ । ‘प्रकाश मेरोबारे मिडियामा जथाभावी बोल्दै हिँडेका छन्, यदि तपाईं मलाई सपोर्ट गर्नुहुन्छ भने कुनै सार्वजनिक कार्यक्रममा मिडियाले त्यत्तिकै प्रचार गरेको हो भनेर बोलिदिनुस् । होइन, तिमी आफ्नो तरिकाले जाऊ मलाई मतलब छैन भन्नुहुन्छ भने म आफ्नो तरिकाले जान्छु’ भनेर बुवा (प्रचण्ड)सँग गुनासो गरेँ । बुवाले ‘होइन, होइन, म सहयोग गर्छु नि,’ भन्नुभएको छ ।
सबैलाई थाहा भएकै कुरा हो, प्रकाश नहुँदा पनि  म आठ महिनासम्म लाजिम्पाटमै बसेँ । मम्मी (सीता)को व्यवहार सधैँ त्यस्तै । उहाँबाट कहिल्यै पनि राम्रो व्यवहार र माया पाउन सकिनँ । अन्तिममा साह्रै भएर निस्केकी हुँ लाजिम्पाटबाट । बुवा (प्रचण्ड)ले मलाई सधैँ सम्झाउने गर्नुहुन्थ्यो । ‘बाहिर गयो भने अप्ठ्यारो पर्छ’ भन्ने उहाँको कुरा थियो । उहाँले ‘मेरो व्यवहार तिमीलाई जस्तो प्रकाशलाई कहिले हुँदैन’ भन्नुहुन्थ्यो र थियो पनि । बुवा (प्रचण्ड)ले गर्दा म बाहिर आउन नचाहेकी हुँ । आफ्नो गल्ती भएर म मौन बस्या होइन । अहिले त मेरो गल्ती भएजस्तो देखाउन खोजिएको छ ।Seeta
हामी सबैले गर्दा उहाँहरू आजको ठाउँमा पुग्नुभएको हो, एक्कासी आकाशबाट झरेर पुग्या त होइन । उहाँको ‘ब्याकग्राउन्ड’ स्थिति अहिलेको मेरो परिवार  (माइती)को जुन स्थिति छ, त्योभन्दा पनि नाजुक थियो । हाम्रो (माइती) गरिबीलाई देखेर प्रकाशले ‘यसको केही छैन’ भन्ने ठानेका होलान् । त्यही भएर कसरी टर्चर दिउँ भन्ने सोचेका होलान् ।
सबै सत्य एक बाहिर आउँछ । अहिले कति आउँछ थाहा छैन । मेरो बुवा (माइती घर पोखराका)ले बल्ल हिजोआज मम्मी (सासू सीता) को व्यवहार बुझ्दै हुनुहुन्छ । यो घटना उत्कर्षमा पुगेका बेला मेरो बुवा (पोखरा) काठमाडु आउनुभएको थियो । मम्मी (सीता)ले झगडा गरेर ‘म तपाईंकी छोरी पाल्न सक्दिनँ । आफ्नो छोरो त गयो, गयो, अब तपाइकी छोरी पाल्न सक्दिनँ,’ भन्नुभएछ ।
भारतबाट फर्केपछि बुवा (प्रचण्ड) पोखरा आउनुभएको थियो । बुवाले धेरैपटक मलाई बोलाउनुभयो । म नगएर घरभित्रै बसिरहेँ । बुवाले लगातार बोलाउनुभयो । ‘सिर्जना तिमी एकछिन त आऊ, तिमीसँग सल्लाहमात्रै गर्नु छ । भेट्न मन लागेको छ । बाहिर आऊ,’ भन्नुभयो । अनि गएँ । मेरो त्यत्ति कुरा भएन । मेरो बुवा (माइतीघर) पनि जानुभएको थियो मसँगै । मम्मी पनि सँगै हुनुहुन्थ्यो । मेरो बुवा (पोखराको)सँग प्रचण्ड बुवाले भित्र कुरा गर्नुभयो । त्यहाँ सीता मम्मी चर्किनुभयो । ‘माओका त पाँचवटी श्रीमती थिए, मेरो छोराले फेरि बिहे गर्‍यो त के बिगि्रयो’ भनेर उहाँ बुवासँग कराउनुभयो । म बाहिर थिएँ । पछि मेरो बुवा (पोखराको)ले यस्तो भन्नुभयो भनेर मलाई सुनाउँदा कस्तो नराम्रो लागेर आयो । म भित्र गइनँ किनभने मलाई मम्मी (सीता)को अनुहार नै हेर्ने मन लागेन । उहाँले गरेको व्यवहारले मलाई अहिले पनि एकदमै पीडा महसुस हुन्छ । बुवा (प्रचण्ड) सँगसँगै हिँडेको मान्छे उहाँ त । अलिकति त ‘चेन्ज’ हुनुपर्ने, बुझ्नुपर्ने हो नि । देश बदल्छु भनेर हिँडेको मान्छेको घरमै त्यस्तो समस्या छ । मम्मीको कुरा सुनेर मलाई अचम्म लाग्यो ।
बुवा (प्रचण्ड)को मप्रति सधैँ राम्रो व्यवहार रहेको छ । उहाँले भन्नुभएको छ, ‘तिमीलाई मेरो सधैँ सपोर्ट हुन्छ ।’ उहाँले बिनालाई ल्याएर घरमा राख्दिनँ समेत भन्नुभएको छ । ‘तिमीलाई र प्रकाशलाई समान व्यवहार गर्छु, मेरो नाति छ,’ भन्ने बुवाको भनाइ छ । तर, प्रकाशको बानी नै त्यस्तो छ, उल्टै मलाई आरोप लगाउँदै हिँड्ने । यदि मेरो चरित्र खराब छ, योेसँग हिँडेकी छ भन्ने थाहा छ भने प्रकाशले देखाइदिऊन् न त । म त्यसैसँग जान्छु । होइन भने मलाई न्याय दिनुपर्‍यो । जथाभावी आरोप लगाउन त पाइँदैन नि । आफैँ गल्ती गर्ने अनि अरूलाई आरोप लगाउने ? यो त राम्रो कुरा होइन ।
बुवा (प्रचण्ड)ले ‘मिडियाले जे पनि भन्छ, धेरै उचाल्छ । तिमी चिन्ता नगर,’ भन्नुभएको छ । मलाई कतै जागिर व्यवस्था गर्ने कुरा उहाँले गर्नुभएको छ । मेरो छोरालाई होस्टेलमा राखिदिने उहाँले भन्नुभएको छ । त्यसो गर्दा बाबुलाई मैले पनि भेट्न पाउने र बुवा (प्रचण्ड)ले पनि भेट्न पाउने हुन्छ भन्ने उहाँको कुरा हो । तर, म मेरो छोरालाई कुनै पनि हालतमा छाड्दिनँ । उहाँहरूसँग सबै सेवा सुविधा छ । मेरो छोरोलाई उहाँहरूको जति सेवा सुविधा मैले दिन सक्दिनँ होला । तर, मेरो क्षमताले भ्याएसम्म बाबुलाई राम्रोसँग पढाउन चाहन्छु । अहिले मिडियामा बुवा (प्रचण्ड)ले बाबुलाई आफूसँग राख्न ७५ लाख दिन्छु भनेर प्रस्ताव गरेको भनेर आएको पनि देखेँ । त्यो सरासर गलत हो । उहाँले त्यस्तो केही कुरै गर्नुभएको छैन । हाम्रो (पोखरा) परिवारका तर्फबाट झन् त्यस्तो कुरा जानै सक्दैन । बुवा (प्रचण्ड)ले त बाबुलाई होस्टेलमा राखिदिने कुरा मात्रै गर्नुभएको हो ।
nati
बुवा (प्रचण्ड)ले नातिलाई धेरै माया गर्नुहुन्छ । पोखरा आएको बेला पनि खेलाएर बस्नुहुन्छ । बाबुलाई केही दिनका लागि लैजान खोज्नुभएको थियो । तर, मैले ‘बुवा मेरो जीवन भनेको यही हो’ भनेर लैजान दिइनँ । लाजिम्पाटमा पनि बाबुलाई काखमा लिइरहनुहुन्थ्यो बुवाले । बाबु हुर्केर १८ वर्ष पुगुन्जेलसम्म म उसलाई राम्ररी हेर्छु । त्यसपछि उसलाई बुवा ठीक लाग्यो भने उसैको इच्छा हो । मैले अर्को विवाह नगरुन्जेल बाबुप्रति मेरा अधिकार छ । यदि मैले बाबुप्रतिको उत्तरदायित्व वहन गरेको छैन भने उहाँहरूले लैजान खोज्नु स्वाभाविक होला । तर, उसको बुवा -प्रकाश)को जसरी म अर्कैसँग भागेकी त छैन नि । त्यस्तो म कहिल्यै गर्दा पनि गर्दिनँ । हाम्रो सम्बन्ध बिगि्रएपछि प्रकाशले त बाबुसँग एकपटक कुरासमेत गरेको छैन ।
बुवा (प्रचण्ड)ले पनि ‘कुनै पनि एंगलबाट पनि तिम्रो गल्ती छैन, के गर्ने त्यही -प्रकाश) कुकुर भयो, गधा भयो । त्यसले गल्ती गर्‍यो,’ भनेर पटक-पटक भन्नुभएको छ । अब मम्मी (सीता)को त के कुरा गर्नु ? उहाँ त त्यस्तै हो, छोरा-छोरा मात्रै भन्ने । छोराको गल्ती सबै नदेखेजस्तो गर्ने उहाँको बानी ।
श्रीमान् हो भनेर कहिलेकाहीँ मनमा प्रकाशप्रति माया पनि जाग्छ । मैले पाँच वर्ष उनीसँग बिताएकी छु नि । सुध्रिन्छन् कि भन्ने आशा पनि थियो । त्यही आशाले मात्रै म मौन बसेकी हुँ । मेरो मौनतालाई उल्टो बुझेर उनले त यसको कोही पनि छैन भनेर साह्रै बेइज्जत पो गर्न थाले । आँट भए मेरो गल्ती के हो देखाउनुपर्‍यो नि । मेरो चरित्र नराम्रो हुन्थ्यो र अर्कैसँग जाने मन भए प्रकाशसँग सम्बन्ध बिग्रेको एक वर्षसम्म किन यसरी बस्थेँ ? अहिलेसम्म त म खुसी भएर अर्को विवाह गरिसक्थेँ होला नि ! प्रकाशले विभिन्न तरिकाले अहिले मसँग सम्बन्धविच्छेद मागिरहेका छन् । तर, म किन दिन्छु र यति सजिलै । अहिले म डिग्री पढ्दै छु । हेरौँ, अगाडि के हुन्छ ।
सिर्जनाका विषयमा विस्तृत सामग्री मिरर न्युज मासिकले प्रकाशित गरेको छ ।

रामप्रसादले षड्यन्त्र गरे - nayapatrika

पार्वती बम, श्रीमती, न्यायाधीश रणबहादुर बम

श्रीमान्को हत्या हाम्रो परिवारका लागि सबैभन्दा दु:खद घटना हो । त्योभन्दा पनि दु:खको कुरा, घटनाको सत्य–तथ्य बाहिर आएन । त्यसै सेलाएर गयो । उहाँको हत्या गर्नुपर्ने न कुनै स्थिति थियो न कुनै कारण । पैसामा चलखेल गरेको मिथ्या आरोप सुनिन्छ । योभन्दा दु:खको कुरा के होला र ?
जिन्दगीका आधा समय मैले श्रीमानसँगै विभिन्न जिल्लामा बिताएँ । बच्चालाई राम्रोसँग पढाउनसमेत पाइएन । श्रीमान््ले भ्रष्टाचार गरेर टन्न पैसा कमाएको भए त सुविधासम्पन्न ठाउँमा बसिन्थ्यो । अनि, बच्चालाई राम्रा स्कुलमा पढाएर राम्रो शिक्षा दिने रहर कसलाई हुँदैन र ? तर, छोराछोरीलाई सरकारी स्कुलमा पढाउनुपर्‍यो, त्यो पनि श्रीमान्् जता जानुहुन्छ त्यतै पछि लाग्दै । छोराछोरी पढाउन निकै दु:ख गर्नुपर्‍यो । आधा उमेर उहाँकै संगतमा बिताएको छु । त्यस आधारमा आर्थिक चलखेल भएको भन्ने कुरा म हृदयदेखि नै स्वीकार गर्न सक्दिनँ । यदि त्यसरी पैसा कमाएको भए हाम्रो र छोराहरूको हैसियत राम्रो हुन्थ्यो होला । श्रीमान््को सरुवापिच्छे पोको बोकेर म किन पछि–पछि हिँड्नुपथ्र्यो ? आनन्दले एकै ठाउँ बसिन्थ्यो । तर, म श्रीमान्् जति ठाउँ सरुवा हुनुभयो त्यति ठाउँ पुगेँ । बाजुरा, डोटी, नवलपरासी, राजविराज, ओखलढुंगा, नेपालगन्ज, दाङ, बुटवललगायतका ठाउँमा पुगेँ । बुटवलपछि काठमाडौं आएका हौँ । काठमाडांैमा पनि बानेश्वरमा डेरामा बस्यौँ । असोजमा तीन वर्ष हुँदै छ, घरमा सरेको ।

०००

श्रीमान््लाई किन फसाइयो, विवादमा तानियो भन्ने कुरा कि त रामप्रसाद श्रेष्ठलाई थाहा होला या बलराम केसीलाई । अभियोगको रिपोर्ट पनि धुलिखेलमा गएर लेखिएको रहेछ । बलराम केसी र उनकी श्रीमतीसहितका केही व्यक्ति रिपोर्ट लेखनमा सामेल थिए रे । उहाँमाथि अभियोग प्रमाणित गर्ने कुनै आधार छानबिन समितिसँग थिएन । मेरा छोराहरूको समेत बैंक खाता छानबिन भइसकेको थियो । पैसा कमाएको भए कहाँ लुकाउँछ मान्छेले ? जमिनमा गाडेर त राख्दैन होला । फसाउनकै लागि रिपोर्ट बनाइएको छ ।
रामप्रसादलाई के रिस थियो र यो षडयन्त्र गरे म बुझ्न सक्दिनँ । उनैलाई थाहा होला । तर, अभियोग लगाउनुभन्दा केही समयअघिसम्म पनि रामप्रसादले आफ्नै बेन्चमा सँगै राखेर मुद्दा हेरेका थिए । अन्तिममा केमा चित्त बुझेन, उनैले फसाए ।
मेरा श्रीमान्सँगै सेवाप्रवेश गरेका धेरै अझै पुनरावेदनमा मुख्य न्यायाधीश छन् । राम्रो नभएको, न्याय/अन्याय छुट्याउन नसक्ने भए उहाँलाई किन सर्वोच्चमा ल्याइन्थ्यो होला र ? राजविराजमा पनि एक नम्बर न्यायाधीश हुनुहुन्थ्यो । कमाउन खोजेको भए त्योभन्दा राम्रो ठाउँ अन्त हुन्नथ्यो । उहाँको धेरै ठाउँका बिदाईमा कर्मचारी मात्र होइन, स्थानीयको पनि सहभागिता हुन्थ्यो ।
भैरव मिश्र भन्ने लमजुङका एकजना सरकारी वकिल थिए । नवलपरासीबाट राजविराज सरुवा भएपछि उनले भने, ‘श्रीमान्, हजुर सोझो मान्छे, त्यहाँ त मरेका मान्छेको पनि ल्याप्चे लगाएर काम गर्ने ठाउँ, विचार पुर्‍याएर काम गर्नुहोस् है ।’ उहाँलाई धेरैले यसरी नै चिन्थे । रामप्रसादका नजरका कसरी एकाएक बदमास ठहरिनुभयो ? यत्रो लामो समय बिताएकी मैले बुझ्न सकेको छैन ।
अभियोगपछि सर्वत्र चर्चा भएपछि मैले उहाँलाई ‘साह्रै भयो, राजीनामा दिनुहोस्’ भनँे । तर, उहाँ मान्नुभएन । राजीनामाबारे सधँै एउटै जवाफ दिनुहुन्थ्यो, ‘मैले के अपराध गरेको छु र राजीनामा दिने ? म छाड्नुपरे पनि अभियोगको टुंगो लागेपछि छाड्छु ।’ सफाइ पाउनेमा उहाँ ढुक्क हुनुहुन्थ्यो । छानबिन समितिले उहाँलाई दोषी देखाउन सकेको थिएन । सफाइ पाएपछि म जागिर
खान्नँ भन्नुहुन्थ्यो ।
तर, समितिले समेत देखाउन नसकेको दोष तथ्यविहीन रूपमा एकोहोरो ढंगले पत्रिकाले भने देखाइरहेका थिए । समितिले भन्दा धेरै दोषी मेरा श्रीमान्लाई मिडियाले बनाएका थिए । पाटनमा उहाँले हेरेको मुद्दा अपरण मुद्दा थिएन, हातहतियार खरखजाना मुद्दा थियो । पत्रिकाले यत्तिसम्म खोज्ने जाँगर नचलाई जसले जे भन्यो, त्यही आधारमा लेखिरहे । पत्रिकाले एकोहोरो रूपमा भक्तमानको अपहरण मुद्दामा जोडिरहे । यतिसम्म कि हत्या हुनुभन्दा एक महिनाजति अघिसम्म पनि यस्ता समाचार आइरहे । मैले प्रतिवाद गरौँ न भनेँ । तर, उहाँले ‘मेरो मर्यादाले दिँदैन, न्यायाधीश भएर मिडिया प्रचारबाजी गर्नुहुन्न, जति बुझे त्यति लेखे’ भन्नुभयो । तर, नबोल्नुको परिणाम १८ जेठमा निस्कियो ।

०००

दिउँसै घटना घटेको छ । दोषी नभेटिनुपर्ने त्यस्तो कारण देखिँदैन । दोषी किन भेटिएन भन्ने त प्रहरी या आयोग नै जानोस् । उनीहरूले चाहे खोजी हुन सक्थ्यो होला । हामी हत्यारा खोजीका लागि आग्रह गर्न मात्र सक्छौँ । तर, हाम्रो आग्रह सुन्ने कोही छैन । खिलराजले पनि सुन्छन्जस्तो लाग्दैन । सुन्ने भए, गर्ने मन भए यत्तिका समयसम्म केही पत्तो लाग्थ्यो होला ।
उहाँले ३६ वर्षसम्म अरूलाई न्याय दिनुभयो । तर, उहाँमाथि नै अन्याय भयो । यस्तो न्याय हुँदो रहेछ नेपालमा । जसले जिन्दगीका आधा उमेर त्यही पेसामा लगायो, दत्तचित्तले काम गर्‍यो तर
परिणाम उल्टो ।
अब एउटै कुरो बुझ्न पाए हुन्थ्यो– के कारणले उहाँमाथि अभियोग लाग्यो र किन हत्या भयो ?’ अपराधीलाई कारबाही गर्न पाए त मन शीतल हुन्थ्यो होला । के कारणले यस्तो भयो ? सधँै रहस्यमै रहने देखियो । अपराध गरेकै भए पनि चित्त बुझ्थ्यो होला, विनाकारण यस्तो भयो । मेरा श्रीमान्माथि जे भयो, यस्तो अन्य कसैलाई नहोस् । यस्तो अन्याय कसैले भोग्न नपरोस् ।
नारायण काफ्ले
तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका

Wednesday, June 12, 2013

क्यान्सरः कारण र रोकथाम - onlinekhabar

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हुने कुल मृत्युमध्ये १३ प्रतिशत क्यान्सरको कारण हुने गर्छ । सन् २००५ देखि २०१५ सम्ममा क्यान्सरका कारण विश्वमा ८ करोड ४० लाख मानिसको ज्यान जाने चेतावनी डब्लु एच ओ ले यसअघि नै दिइसकेको छ । अमेरिकाको क्यान्सर सोसाइटीको एक तथ्यांक अनुसार वर्षेनी विश्वभरी १ करोड २० लाख भन्दा बढि व्यक्तिलाई क्यान्सर रोग लाग्छ र ७६ लाख व्यक्तिको यही रोगका कारण ज्यान जाने गर्छ । साथै क्यान्सर रोगकै कारण प्रतिदिन २० हजार जनाको मृत्यु हुनेगर्छ । क्यान्सर अर्थात अर्वुद रोग आधुनिक औषधि विज्ञानका लागि समेत चुनौतीको विषय बनेको छ । मुटु तथा नसा रोग पछि मानिसको ज्यानै लिने दोश्रो भयानक रोगको रुपमा क्यान्सर रहेको छ ।
health_pic_mm1सरिरमा भएका कोषहरु अनियन्त्रित रुपमा वृद्धी हुनु र ती कोषहरु सरिरका अन्य भागमा पनि फैलनु नै क्यान्सर हो । क्यान्सर एकल रोग होइन , करीब २ सय प्रकारका क्यान्सरहरु विश्वव्यापी रुपमा देखापरेका छन् ।
अमेरिकामा प्रतिवर्ष करीब ७५ विलियन डलर क्यान्सरको अनुसन्धानमा खर्च हुने गर्छ र विश्वव्यापी रुपमा खरबौ डलर क्यान्सरको उपचार र अनुसन्धानमा अर्च हुने गर्छ । तर पनि क्यान्सर विरुद्ध उल्लेखनिय उपलब्धी भने हासिल हुन सकेको छैन , यसको मूल कारण भनेको नै क्यान्सर संबन्धी जनचेतना अभिवृद्धीमा ध्यान नपुराउनु नै हो ।
क्यान्सर न त सरुवा रोग नै हो , न त यो कुनै जीवाणुको संक्रमण बाट लाग्छ । सरिरमा भएका कोषहरु विभिन्न कारणले अनियन्त्रित रुपमा विभाजन हुन गएपछि ट्युमर हरु बन्दछन् जसलाई क्यान्सर भनिन्छ । सामान्य अवस्थामा काम गरिरहेका सरिरका कोषहरुलाई अनियन्त्रित रुपमा वृद्धी गराउन उत्प्रेरकको भूमिका खेल्ने तत्वहरुलाई कार्सिनोजेन भनिन्छ । तिनै कार्सिनोजेनको कारणबाट सरिरका कोषहरु अनियन्त्रित रुपमा वृद्धी र विभाजन हुन थाल्छन् ।
कार्सिनोजेनहरु के के हुन् ?
क . सुर्तिजन्य पदार्थहरु
ख. आर्सेनिक , निकेल , जस्ता पदार्थहरु
ग . अल्ट्रा भायोलेट विकिरण
घ वातावरणिय ग्यास तथा ठोस प्रदुषकहरु
ङ. छालामा निरन्तर घाउ चोटपटक र अन्य संक्रमण

होसियार बनौ कतै क्यान्सर त भएन ?
१ .स्तनमा कडा गिर्खा फेला परेमा
२ . लामो समयसम्म खोकी लागिरहेमा र खोकीमा रगत देखिएमा
३ . महिनावारीको समयमा धेरै रगत बगेमा
४ . लामो समय सम्म घाटी दुखेमा
५ . मुसा वा कोठीको आकार तथा रंगमा अचानक परिवर्तन आएमा
६ . पेटमा लामो समयसम्म गडबडी भएमा
७ . अनपेक्षित रुपमा तौल घटेमा
८ . घाउ चोट पटक लामो समयसम्म निको नभएमा

समग्रमा भन्नेहो भने क्यान्सरबाट बच्नको लागि खानपानमा विशेष ध्यान दिनैपर्ने हुन्छ । यसबाहेक क्यान्सरबाट बच्न निम्न कुरामा ध्यान दिनुपर्छ:
क. धुम्रपान र मध्यपान नगर्ने
ख. बढी तातो र बढी चिसो खाना नखाने
ग. सरीरमा लागेका घाउचोटपटकको छिटो उपचार गर्ने
घ. घाम र विकिरणको सिधा सम्पर्कमा सरीरको खाली भाग नराख्ने
उपचार
क्यान्सरको प्रारम्भिक अवस्थामा उपचार गर्यो भने निको हुन सक्छ तर ढिलो भयो भने उपचार कठिन हुन्छ र व्यक्तिको मृत्यु हुन जान्छ ।
क्यान्सरको उपचार कसरी गरिन्छ त ?
१रेडियोलोजी विधिद्धारा , विभिन्न विकिरणको प्रयोग गरी क्यान्सरजन्य कोष हटाउने
२ सर्जिकल अपरेसन द्धारा ट्युमरहरु हटाउने
३विभिन्न औषधीको प्रयोगद्धारा क्यान्सरजन्य अङ्गको उपचार गर्ने र क्यान्सरको बृद्धी रोक्ने

नेपालको सन्दर्भमा क्यान्सर
नेपालमा क्यान्सरबाट प्रत्येक वर्ष २० हजार भन्दा बढीको मृत्यु हुने गरेको छ । एक तथ्यांक अनुसार ५० हजार भन्दा बढी व्यक्ति नेपालमा क्यान्सरबाट पिडित रहेका छन् । विभिन्न कारणले मानिसहरु दिनादुदिन क्यान्सरबाट पिडित हुने र ज्यान गुमाउने नियति भोग्न बाध्य छन् । तर क्यान्सर रोगको यो भयानकता विद्यमान हुदाहुदै पनि नेपालमा यो रोगप्रति सरकारको गम्भिरता भने देखिएको छैन । नेपालमा क्यान्सर रोगीको यकिन तथ्यांक सार्वजनिक गर्न समेत सरकार उदासिन देखिएकोे छ । नेपालमा मुख्यत महिलाहरुमा पाठेघर , स्तन तथा पुरुषहरुमा छाला , फोक्सो तथा आन्द्राको क्यान्सर बढि रहेको बताइन्छ ।
मानिसहरुमा क्यान्सरको बारेमा जनचेतनाको अभावले क्यान्सर रोग बोकेर बस्न र अकालमै ज्यान गुमाउन बाध्य छन् । यदि क्यान्सरको बारेमा चेतना हुनेहो भने एकातर्फ क्यान्सर लाग्न नदिन व्यक्ति सचेत हुन्छ , अर्कोतर्फ क्यान्सरको प्रारम्भिक अवस्थामै उपचार गरी अकालमा ज्यान गुमाउन पर्दैन । क्यान्सरका रोगीहरु सुगम देखि दुर्गम ठाउमा व्याप्त छन् तर क्यान्सरको उपचार भने त्यति सुलभ छैन ।
निष्कर्षमा के भन्न सकिन्छ भने क्यान्सरबाट बच्न सबै व्यक्ति सचेत हुनुपर्छ । स्वस्थ र सन्तुलित र प्राकृतिक भोजन गर्नुपर्छ । र क्यान्सरका लक्षण देखिएमा स्वास्थ्य संस्थामा जचाएर उपचार गरी अकालमा मृत्यु वरण गर्न बाट जोगिनुपर्छ ।
एजेन्सीको सहयोगमा कुलचन्द्र अर्यालले तयार पारेको रिपोर्ट

Tuesday, June 11, 2013

Full text of Jiah Khan's letter: I aborted our baby when it hurt me deeply..- dnaindia

The actress had hanged herself to death at her Juhu residence on June 3-2013
Jiah Khan.
Jiah Khan. - DNA
Jiah Khan's mother Rabiya Khan found six pages of letter in her wallet box when she was searching for poems written by Jiah to be read out at her prayer meet held on Sunday.

To all concerned,

Some sections of the media and some film industry people are speculating that my daughter Jiah committed suicide because of depression related to her career.
However the truth is that it happened only because of the trauma and the abuse she suffered at the hands of Suraj Pancholi and his father Aditya Pancholi.
This I know from what Jiah shared with her sisters and me and also from this letter written by Jiah herself that I am attaching here with which was found three days later by my younger daughter in a wallet box belonging to Jiah when she was searching for some poems written by Jiah to be read out at her prayer meeting.
I have decided to make this letter public so that everyone may know the truth behind my daughter’s tragedy.

Below given is a transcript of Jiah's handwritten letter:.. I am also attaching the photocopies of the actual handwritten pages of her letter

                                                                  Yours truly
                                                                                       Rabiya khan

         
                                 

Jiah's letter to Suraj Pancholi

"I don’t know how to say this to you but I might as well now as I have nothing to lose. I’ve already lost everything. If you’re reading this I might have already left or about to leave. I am broken inside. You may not have known this but you affected me deeply to a point where I lost myself in loving you. Yet you tortured me everyday.
These days I see no light I wake up not wanting to wake up. There was a time I saw my life with you, a future with you. But you shattered my dreams. I feel dead inside. I’ve never given so much of myself to someone or cared so much. You returned my love with cheating and lies. It didn’t matter how many gifts I gave you or how beautiful I looked for you.
I was scared of getting pregnant but I gave myself completely the pain you have caused me everyday has destroyed every bit of me, destroyed my soul. I can’t eat or sleep or think or function. I am running away from everything. The career is not even worth it anymore.
When I first met you I was driven, ambitious and disciplined. Then I fell for you, a love I thought would bring out the best in me. I don’t know why destiny brought us together. After all the pain, the rape, the abuse, the torture I have seen previously I didn’t deserve this.
I didn’t see any love or commitment from you. I just became increasingly scared that you would hurt me mentally or physically. Your life was about partying and women. Mine was you and my work. If I stay here I will crave you and miss you.
So I am kissing my 10-year career and dreams goodbye. I never told you but I received a message about you. About you cheating on me. I chose to ignore it, decided to trust you. You embarrassed me. I never went out, I never went with anyone else. I am a loyal person. I never met anyone with Karthik I just wanted you to feel how you make me feel constantly.
No other woman will give you as much as I did or love you as much as I did. I can write that in my blood. Things were looking up for me here, but is it worth it when you constantly feel the pain of heartbreak when the person you love wants to abuse you or threatens o hit you or cheats on you telling other girls they are beautiful or throws you out of their house when you have no where to go and you’ve come to them out of love or when they lie to your face or they make you chase after them in their car.
Or disrespects their family. You never even met my sister. I bought your sister presents. You tore my soul. I have no reason to breathe anymore. All I wanted was love. I did everything for you. I was working for us. But you were never my partner. My future is destroyed my happiness snatched away from me.
I always wished the best for you, was ready to invest what little money I had in your betterment. You never appreciated my love, Kicked me in the face. I have no confidence or self esteem left, whatever talent whatever ambition you took it all away. You destroyed my life. It hurt me so much that I waited for you for ten days and you didn’t bother buying me something.
The Goa trip was my birthday present but even after you cheated I still spent on you. I aborted our baby when it hurt me deeply. You destroyed my Christmas and my birthday dinner when I came back. When I tried my hardest to make your birthday special. You chose to be away from me on Valentines Day. You promised me once we made it to one year we would get engaged. All you want in life is partying, your women and your selfish motives.
All I wanted was you and my happiness you took both away from me. I spent money on you selflessly you would throw in my face. When I would cry for you. I have nothing left in this world to live for after this. I wish you had loved me like I loved you.
I dreamt of our future. I dreamt f our success. I leave this place with nothing but broken dreams and empty promises. All I want now is to go to sleep and never wake up again. I am nothing. I had everything. I felt so alone even while with you. You made me feel alone and vulnerable. I am so much more than this.”




छोरीलाई नै श्रीमती बनाएर सन्तान प्राप्ति ! - onlinekhabar

।नेपाली समाजमा आफूलाई जन्म दिने बाबुआमालाई भगवान्सरह नै मान्ने गरिन्छ । पितृसत्तात्मक मुलुक नेपालमा बाबुलाई त घरमूली नै भन्ने गरिन्छ । आफ्ना सन्तानको इज्जतको ख्याल गर्नु र गलत बाटोमा हिँड्न नदिनु घरमूलीको नाताले बाबुको बढी नै दायित्व हुन्छ । तर, इटहरी–२ का एक बाबुले भने आफ्ना छोरीहरूको इज्जतको ख्याल गर्नु र उनीहरूलाई गलत बाटोमा हिँड्न नदिनु त कता हो कता, उल्टै उनीहरूको इज्जतमाथि खेलवाड गरेको घटना सार्वजनिक भएको छ ।
babuसुन्दै आङ नै जिरिंग हुने यो घटनाले नेपाली समाज कता जाँदै छ भन्ने प्रश्न पनि उब्जिएको छ । छोरीलाई बाबुले नै बलात्कार गरेको घटना बेला–बेला सार्वजनिक नभएका होइनन् । तर, छोरीलाई नै श्रीमती बनाएर बच्चासमेत जन्माएको यो घटनाले जो कोहीलाई भावविह्वल बनाउँछ । आफ्नै जेठी छोरीलाई सात वर्षअगावै श्रीमती बनाएका शान्तिनगर बरगाछीनिवासी ५१ वर्षीय सौगात साहको कर्तुत उनकै तीन छोरीले सार्वजनिक गरेका हुन् ।
जेठी छोरी कविताबाट बच्चासमेत जन्माएका सौगातले आफूहरूलाई बलात्कार गर्न खोजेको भन्दै साइँली छोरी प्रीति, काइँली लक्ष्मी र अन्तरी पार्वतीले इलाका प्रहरी कार्यालय इटहरीमा बाबुविरुद्ध किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । जेठी छोरीबाट जन्मेको बच्चा ६ वर्षको हुँदासमेत चुपचाप सहँदै आएका तीन छोरीहरूमाथि नै बलात्कार गर्न खोजेपछि उनीहरू सोमबार भागेर प्रहरी कार्यालय पुगेका थिए । उनीहरूको कुरा सुनेर प्रहरीहरू नै आश्चर्यचकित बनेका थिए । छोरीहरूको उजुरी र बयानलगत्तै प्रहरीले सौगातलाई पक्राउ गरेको छ । उनलाई हिरासतमा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय इटहरीका नायब निरीक्षक (सई) गोविन्द खवासले अभियुक्त सैगातलाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताए ।
उजुरी दिन आएका छोरीहरूसँग प्रहरीले एक्लाएक्लै सोधपुछ गरेको थियो । सबैको एउटै बयान आएपछि प्रहरीले सौगातलाई पक्राउ गरेको राजधानी दैनिकमा खबर छ । उनीहरूले इज्जतको डरले लामो समयदेखि वास्तविकतालाई लुकाउनुपरेको बयान दिएका थिए । त्यसो त ६ वर्षीय छोरालाई लिएर स्थानीयले पनि सौगातमाथि प्रश्न नउठाएका होइनन् । उनले र छोरीहरूले समेत सो बच्चालाई भेटेर ल्याएको भन्दै समाजलाई ढाँट्दै आएका थिए । तर, अन्य छोरीहरू पनि असुरक्षित बनेपछि उनीहरूले घटनाको वास्तविकता खुलासा गरेका हुन् । छोरीलाई श्रीमती बनाएको आफ्नै अन्य छोरीहरूले खुलासा गरेपछि प्रहरीले दुवैको स्वास्थ्य परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।
घरमा बस्न असुरक्षित भएको बताएका तीन छोरीलाई भने इनरुवास्थित महिला विकास कार्यालयको सेवा केन्द्रमा राखिएको छ । सौगातका ६ छोरीमध्ये साइँली प्रीति १०, काइली र अन्तरी क्रमशः लक्ष्मी र पार्वती सोही ठाउँमा रहेको महेन्द्र उच्च माध्यमिक विद्यालयमा ७ कक्षामा पढ्दै आएका छन् । ‘तिमीहरूले पढेर काम छैन, घरको कुरा बाहिर लगेको भनेर जेठा छोरा नवीनले कुटपिट गर्न थालेपछि बाध्य भएर घरबाट भागेको साइँली प्रीतिले आफूलाई भनेको विद्यालयका प्राचार्य धर्म भट्टराईले बताए । घटना बाहिर आएलगत्तै स्थानीय महिला अधिकारकर्मीहरू सौगातको परिवारविरुद्ध उत्रिएका छन् । महिला अधिकारकर्मी रुम्मिणी कोइरालाले समाजमा यस्तो जघन्य अपराध गर्नेलाई समाजबाटै बहिष्कार गरी कडा कारबाही गरिनुपर्ने माग राखिन् ।
उनले सैगातलाई कारबाही गर्न सुनसरी जिल्लामा क्रियाशील सबै महिला अधिकारवादी संस्थाहरू एक भएर हस्ताक्षर अभियानको समेत थालनी गर्न लागेको बताइन् । यस्तै, छिमेकी राधा नेपालले बच्चा जन्मिएदेखि नै आफूले सौगात परिवारको गतिविधिलाई नजिकबाट नियालेको दाबी गर्दै उनकै सन्तान भएको दाबी गरिन् । उनले सैगातमाथि कानुनी कारबाही नभए सामाजिक रूपमा कडा कारबाही गर्ने चेतावनी दिइन् । यता, आरोपित सौगातले भने छोरीसँग माया गाँसेका केटाले छाडेर गएपछि बच्चा जन्मिएको दाबी गरेका छन् । उनले सो कुरा बाहिर आए आफूहरूको बदनाम हुने डरले लुकाउँदै आएको दाबीसमेत गरेका छन् । जेठी छोरी कविताले पनि आफ्नो प्रेमीको बच्चा भएको र प्रेमी भागे पनि आफूले छोरालाई जन्म दिएको बताएकी छन् । उनले इज्जत जाने डरले अहिलेसम्म सही कुरा लुकाएर समाजलाई गलत कुरा गर्दै आएको बताइन् ।