Thursday, May 9, 2013

लोकमान रहस्य - nepal saptahik


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को एकल प्रयास सार्थक भए उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख बन्नेछन्। तर, बाधक बनेको छ, बलियो विपक्षी मत। लोकतन्त्र स्थापनाको पाँच वर्षपछि नै मुलुकको संवैधानिक निकाय प्रमुख बन्ने दौडमा उनी अर्थात् शाहीकालका मुख्यसचिव लोकमानसिंह कार्की कायमै छन्। भलै, संवैधानिक परष्िाद्को ४ फागुनको बैठक बिनाकुनै निर्णय टुंगिएको होस्। करबि ६ वर्षदेखि रत्तिm अख्तियारको प्रमुख बन्नका लागि आवेदन दिएका उनी यसअघि पनि पटक-पटक प्रचारमा आएका थिए।

दार्जीलिङ र बेलायतमा अध्ययन, हुकुम प्रमांगीबाट राजदरबार सेवामा नियुक्ति, राजस्व समूहबाट निजामती सेवामा प्रवेश, नेपाल सरकारको सचिव, शाही शासनका मुख्यसचिव हुँदै माओवादी अध्यक्षसँगको सन्निकटतासम्मको कार्कीको यात्रा कम रोचक र चाखलाग्दो छैन। कार्कीको यस अविराम यात्राको राजमार्ग बनिदिएका छन्, मूलतः पूर्वप्रधानमन्त्री स्वर्गीय गिरजिाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड। कांग्रेस नेता महेश आचार्यबाट सुरु भएको कार्कीको निजामती यात्रा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन र लोकतन्त्र स्थापनाको पाँच वर्षपछिसम्म आइपुग्दा विवादैविवादले भरपिूर्ण छ। बहुदलीय व्यवस्थाभर िनेपाली कांग्रेसकै कार्यकर्ताजस्ता देखिएका उनी शाही शासनमा कट्टर राजावादी र लोकतन्त्रपछि माओवादीनिकट हुन पुगेका छन्।

स्वर्गीय भूपालमानसिंह कार्कीले तत्कालीन राजा वीरेन्द्रसँग आफ्नो बेरोजगार पुत्रलाई सेवाको अवसर दिन बिन्ती नबिसाएका भए सम्भवतः यिनको जीवनयात्रा अर्कै बाटोमा मोडिन्थ्यो होला। त्यही बिन्तीले बहादुर भवनस्थित राजसभा स्थायी समितिमा सीधै उपसचिवका रूपमा उनको यात्रा आरम्भ भयो। दरबारको प्रभाव र कठिन प्रणालीका सामु निरीह सावित भएका उनी आफ्ना निकटस्थ मित्र महेश आचार्य ०४८ सालमा गठित पहिलो जननिर्वाचित सरकारमा अर्थराज्यमन्त्री बनेको मौकाको फाइदा उठाउन चुकेनन्। दरबारबाट सेवा परविर्तन गरेर राजस्व सेवामा कार्की जसै प्रवेश गरे, उनको उन्नतिको ग्राफ पनि ह्वात्तै उकालो लाग्यो।

कार्कीका एक समकालीनका अनुसार ०४८ सालपछि राजस्व समूहमा उनलाई नल्याउन तत्कालीन सामान्य प्रशासनमन्त्री महेश्वरप्रसाद सिंहले अडान लिएका थिए। तर, आफ्नो अडानमा सिंह त्यतिबेला गले, जब प्रधानमन्त्री गिरजिाप्रसाद र अर्थराज्यमन्त्री आचार्यले दबाब दिए। राजस्व समूहमा आएपछि कार्कीको लोक रभिmाइको यात्रा पनि आरम्भ भयो। त्यसको प्रमाण कार्कीको सहसचिवमा भएको बढुवा नै हो। उनको बढुवा कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाएर भएको थियो। स्रोतका अनुसार तत्कालीन अर्थसचिव ठाकुरनाथ पन्तले कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाएर अन्य उपसचिवहरूलाई पछि पार्दै कार्कीलाई सहसचिव बन्ने मार्ग प्रशस्त गरििदएका थिए। मुलुकको निजामती इतिहासमा यो टिपेक्स काण्ड चर्चितमध्येको एक हो। कारण, त्यसलगत्तै सर्वोच्च अदालतले निजामती कर्मचारीको कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाउन नपाइने आदेश नै जारी गर्नुपर्‍यो।

त्यसलगत्तै भन्सार विभागका महानिर्देशक बने उनी। उनकै पालादेखि भन्सार नाकाहरूमा लाइन खुलेको मानिन्छ। अर्थ मन्त्रालय अन्तर्गतका भन्सार विभाग, राजस्व अनुसन्धान महाशाखालगायतका अड्डाको कार्यभार पनि उनले सम्हाले। सहसचिव भएको पाँच वर्षपछि नै ६ वैशाख ०५८ मा उनी खेमराज नेपाल, चण्डीप्रसाद श्रेष्ठ, भानु आचार्य, अनन्त पाण्डेलगायतसँगै सचिवमा बढुवा भए। स्वास्थ्य, जलस्रोत, सूचना तथा सञ्चारलगायतका मन्त्रालयमा उनी सचिव बने। यद्यपि, गृहमन्त्रालय चलाउने उनको चाहना तत्कालीन गृहमन्त्री पूर्णबहादुर खड्काको अडानका कारण सफल हुन सकेन।

राजा ज्ञानेन्द्रको '१९ माघ'को कदमपछि मुख्यसचिव बन्ने समयमा उनले आफूभन्दा वरष्िठ १५ जना सचिवलाई पाखा लगाइदिए। स्रोतका अनुसार मन्त्रिपरष्िाद्का तत्कालीन उपाध्यक्ष कीर्तिनिधि विष्टले उनलाई सहयोग गरेका थिए।

रमाइलो कुरा त के भने जब कार्की निजामती सेवामा प्रवेश गरे, उनको सम्बन्ध आफैँलाई सहयोग गर्ने कांग्रेस नेता आचार्यसँग टाढिँदै गयो। त्यसैको परण्िााम हो, उनको अप्रत्यक्ष भूमिकामा उनका दौतरीहरूले ०५६ सालको निर्वाचनमा आचार्यलाई हराउन चलाएको अभियान। कोइराला निवासका युवा महत्त्वाकांक्षीहरूले पनि त्यस अभियानमा साथ दिए। आचार्यसँगको सम्बन्ध बिगि्रएपछि त्यतिबेलाका 'सुपर पावर' गिरजिाप्रसादसँग सम्बन्धको गाँठो कसिलो बनाए। दुवैको सम्बन्धलाई नजिकबाट बुझेका एक कांग्रेस केन्द्रीय सदस्य दाबी गर्छन्, "एकअर्काका आवश्यकतापूर्ति गरििदने भएपछि सम्बन्ध कसिएको हो।"

योगप्रसाद उपाध्याय १ पुस ०१७ को राजा महेन्द्रको कदमको समयमा गृहसचिव थिए। राजाको कदमपछि उपाध्याय पञ्चायत प्रवेश गरेनन्, बरू कर्मचारीतन्त्रबाट बिदा लिनु उचित ठाने। तर, बहुदलीय व्यवस्थाभर िकांग्रेसको सहयोग पाएका कार्की राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा एकाएक परविर्तित भए र मुख्यसचिव हुने महत्त्वाकांक्षा पूरा गरे। यतिसम्म त ठीकै थियो तर उनी एक कदम अगाडि बढेर आफूलाई कट्टर राजावादी देखाउन 'राजावादी नहुने कोही पनि कर्मचारी बन्न नसक्ने' भद्दा अभिव्यक्ति दिन पनि पछि परेनन्।

लोकतान्त्रिक आन्दोलन चलिरहँदा उनी त्यसको विरुद्धमा कुनै कसर नछाडी होमिए। लोकतन्त्र स्थापनापछि भने अत्तालिएका उनी तीन महिनासम्म गुप्तबासमा गए। त्यो गुप्तबास मोरङको दर्बेशास्थित आफ्नै स्वामित्वको चन्दि्रका डिस्टिलरीको गेस्टहाउसमा थियो। तीन महिनापछि बाहिर निस्किँदा उनी माओवादीप्रति सहानुभूति राख्ने भइसकेका थिए। यो बेग्लै कुरा हो कि, माओवादी अध्यक्ष प्रचण्डसँग आफ्नो निकटता उक्त पार्टीका कार्यकर्ताबाट आफ्नो जीवनको सुरक्षाका लागि रहेको कार्कीले आफ्ना साथीभाइमाझ बताउने गरेका छन्।

माओवादी अध्यक्ष प्रचण्डसँग कार्कीको पहिलो भेट नेपाल प्रहरीका पूर्वडीआईजी अशोक श्रेष्ठको पहलमा भएको हो। स्रोतका अनुसार देशभक्त र राष्ट्रवादीहरूबीच एकताको नारा माओवादीले अघि सारेपछि दरबारका पूर्वएडीसीसमेत रहेका श्रेष्ठ पूर्वअञ्चलाधीश सूर्यबहादुर सेन ओलीको पहलमा माओवादीनिकट देशभक्त गणतान्त्रिक मोर्चामा प्रवेश गरे। त्यसपछि श्रेष्ठले दरबारमा हुँदा कार्कीसँगको सम्बन्ध उपयोग गरेर उनलाई पनि त्यस मोर्चामा सामेल गराएका हुन्। प्रचण्ड प्रधानमन्त्री छँदै निजामती कर्मचारीमा आफ्नो पकड बलियो बनाउने उद्देश्यले माओवादीले पूर्वप्रशासकहरूलाई जम्मा गर्ने क्रममा पनि कार्की प्रचण्डको निकट पुगे। बानेश्वर हाइटस्थित कार्कीको घरमा लगाइएको महापुराणको प्रसाद ग्रहण नै प्रचण्डसँगको उनको निकटता अघि बढ्ने मुख्य विन्दु भएको स्रोतको दाबी छ।

त्यसो त, गिरजिाप्रसाद जीवित छँदै माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीकालमा पनि कार्कीलाई अख्तियारको प्रमुख आयुक्त बनाउन नखोजिएको होइन। पार्टीभित्रबाट लोकमानका नाममा आपत्ति आउने भएपछि गिरजिाप्रसादले श्रीकान्त रेग्मीका नाममा समर्थन जनाएका थिए। यद्यपि, कार्कीलाई प्रमुख आयुक्त बनाउने दाहालको प्रयासमा कोइरालाको मौन समर्थन थियो।

गिरजिाप्रसादसँगको कार्की सम्बन्ध कति गठिलो हो भने ०५६ सालमा उनी प्रधानमन्त्री हुँदा वलदेव शर्मा मजगैयाँ जलस्रोत मन्त्री नियुक्त भएका थिए। कार्कीलाई जलस्रोत मन्त्रालयको सचिव बनाइएपछि मजगैयाँले त्यसको विरोध गर्दै राजीनामा दिए। गिरजिाप्रसादले बरू जीवनभर आदर्श, मूल्य र मान्यताको राजनीति गरेका मजगैयाँको राजीनामा स्वीकृत गरे तर कार्कीलाई भने सचिवमा निरन्तरता दिए।

हुन त, भूपालमानसिंह कार्कीको परविारसँग कोइराला परविारको सम्बन्ध नयाँ होइन। बीपी कोइरालादेखि नै दुई परविारबीच निकटस्थ सम्बन्ध छ। बीपी, केशवप्रसाद हुँदै गिरजिाप्रसादसम्म मात्र नभई अहिलेका युवा कोइरालाहरूसम्म पनि यस्तो सम्बन्धमा निरन्तरता देखिन्छ। सम्बन्धको निरन्तरतालाई अनौठो मान्दैनन्, कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला। भन्छन्, "सम्बन्धको कुरा एकातिर छ तर उनको योग्यता र क्षमताको उपयोग हुने ठाउँ अन्यत्र -अख्तियारबाहेक) पनि हुनसक्छ।"

उनलाई नजिकबाट चिन्नेहरू उनी नियम, कानुन र शब्दमा खेल्ने मान्छे नभएको बताउँछन्। कर्मचारी भए पनि राजनीतिकर्मीले जस्तै निर्णय लिन कहलिएका उनले सञ्चार मन्त्रालयको सचिव हुँदा बाबु भूपालमानसिंह कार्कीका नाममा हुलाक टिकट मात्र निकालेनन्, युनाइटेड टेलिकम लिमिटेड -यूटीएल)लाई १९ करोड रुपियाँ राजस्व मिनाहा दिने विवादास्पद निर्णय पनि लिए। शाही शासनकालमा उनी निकट रहेर काम गरेका एक सुरक्षा अधिकारीका अनुसार व्यक्तिको नियत चिनेर सोही अनुसार व्यवहार गर्ने खूबी छ, काकीसँग। उनी भन्छन्, "कमजोर क्यालिबरका मान्छे होइनन्, उनी।"

०५१ सालमा कार्की भन्सार विभागका महानिर्देशक थिए भने हाल अख्तियारमा सचिव रहेका भगवती काफ्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख थिए। ९ पुस ०५१ मा हङ्कङ्बाट काठमाडौँ आएको आरए-४१० विमानमा १० किलो सुन र १ सय ५० किलो चाँदी फेला पर्‍यो। ७३ लाख रुपियाँ मूल्य बराबरको उक्त सुन-चाँदी एकाएक गायब भयो। उक्त काण्डमा कार्की र काफ्ले दुवै मुछिएका थिए। ४ भदौ ०५४ मा पुनरावेदन अदालत पाटनले कार्कीलाई सफाइ दियो। तर, काफ्लेलाई सजाय गर्‍यो। पाटन पुनरावेदन अदालतविरुद्ध काफ्ले सर्वाेच्च पुगे भने कार्कीविरुद्ध सरकार पुनरावेदनबाट सर्वाेच्च गयो। तत्कालीन प्रधानन्यायाधीश मोहनप्रसाद शर्माले १२ जेठ ०५६ मा काफ्ले, कार्कीलगायतका सबै आरोपी निर्दोष भएको फैसला सुनाए। भ्रष्टाचार अभियोगको मुद्दा विचाराधीन रहेकै अवस्थामा तत्कालीन प्रधानन्यायाधीश शर्मा विराटनगरस्थित कार्की निवासमा भइरहेको महायज्ञमा भाग लिन पुगे। त्यसलगत्तै सर्वोच्चको फैसला पनि कार्कीको पक्षमा आयो।

बाल्यकालदेखि नै यिनी क्रिकेटका सोखिन हुन्। आफ्नो लक्ष्य पूरा गर्न उनी खेलका नियमहरू पनि वास्ता गर्दैनथे। नियम मिचेरै भए पनि उनी लगातार छक्का हान्न तम्सिन्थे। छक्कामै लक्ष्य पूरा गर्न खोज्नु उनको स्वभाव नै हो, सके छक्का हान्छन् नसके आउट हुन्छन्। अहिलेको सन्दर्भमा भने उनको छक्का हान्ने प्रयास सफल हुने सम्भावना न्यून छ र उनले 'आउट' नै रोज्नुपर्ने हुनसक्छ।





'प्रचण्डसँग व्यावसायिक सम्बन्ध हो'

- लोकमानसिंह कार्की



गिरिजाप्रसाद कोइरालासँग तपाईंको सम्बन्ध कसरी निकटस्थ भयो ?

हामी एउटै गाउँठाउँका मान्छे हौँ। कृष्णप्रसाद कोइरालादेखि नै मेरो बुबा भूपालमानसिंह कार्कीको सम्बन्ध थियो। त्यसलाई बीपी, मातृकादेखि गिरजिाप्रसाद कोइरालासम्मले निरन्तरता दिनुभएको थियो। गिरजिाप्रसादलाई मैले आफ्नो अभिभावकका रूपमा सधैँभर िपाएको थिएँ। उहाँलाई आफ्नो संरक्षकका रूपमा सम्मान गर्थें/गर्छु।



त्यसो भए माओवादी अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’सँगचाहिँ तपाईंको सम्बन्ध कस्तो हो त ?

शाही शासन, गिरजिाप्रसाद कोइराला र प्रचण्डसँगको मेरो सम्बन्धले पुष्टि गर्छ, म कुनै राजनीतिक व्यक्ति होइन। र, म धोकेबाज चरत्रिको मान्छे पनि होइन। लोकतन्त्रको स्थापनापछि म चुपचाप घरमा बसेको छु, कहीँकतै दृश्यमा छैन। म पूर्ण व्यावसायिक व्यक्ति हुँ, २५ वर्षको मेरो व्यावसायिक इतिहास पनि छ। प्रचण्डसँगको मेरो सम्बन्ध त्यस्तै व्यावसायिक मात्र हो। म प्रचण्डको पि्रयपात्र भएको भनेर बाहिर आएका कुरा गलत हुन्। किनभने, एउटा व्यक्ति शाही शासन, गिरजिाप्रसाद कोइराला र प्रचण्डसँगको 'एक्स्िट्रम'मा कसरी जान सक्छ र ?



संवैधानिक नियुक्तिको सन्दर्भमा अख्तियार नै रोज्नुको कारण के हो ?

म घरमा चुपचाप अवकाशप्राप्त जीवन बिताएर बसेको छु। भगवान्को कृपाले देशको निजामती सेवाको सर्वोच्च पद मुख्यसचिव बनिसकेको छु। लोकतन्त्रपछि अन्यायपूर्वक सरुवा गरएिको विरोधमा अदालत पनि गएँ, अदालतले जे निर्णय गर्‍यो, त्यसको सम्मान गरेर मैले व्यक्तिगत जीवन निर्वाह गररिहेको छु। तर, मनले मानेन। देशमा व्याप्त सुशासनको कमी, व्यापक भ्रष्टाचार, बेथितिलाई हेरेर बसिरहन मन लागेन। त्यसैले यो बेथितिलाई थितिमा ल्याउने, कुशासनलाई सुशासनमा बदल्ने र मौलाएको भ्रष्टाचार नियन्त्रण गर्ने काममा सफल हुन्छु कि भनेर मैले अख्तियार रोजेको हुँ।



तपाईंलाई राजनीतिक दल र नेताहरूको आर्थिक स्रोत जुटाइदिने प्रमुख व्यक्तिका रूपमा पनि चित्रित गरिन्छ, के भन्नुहुन्छ ?

मान्छेलाई आरोप लगाउन सजिलो छ। कुनै पनि आरोप लगाउनुअघि त्यसको सत्यता चाहिन्छ। नकारात्मक कुरा मात्र गर्ने हाम्रो समाज नै कुण्ठित र रोगी छ। यो सत्यभन्दा करोडौँ कोस दूरीको आरोप हो। मैले गिरजिाप्रसाद कोइरालालाई त्यस्तो कुनै पनि किसिमको आर्थिक स्रोत जुटाइदिएको थिइनँ। माओवादी अध्यक्ष प्रचण्ड र हालका प्रधानमन्त्री बाबुराम भट्टराई ठूला छाती भएका मान्छे लाग्छ मलाई। उहाँहरूसँग निकट हुने मौका मैले पाएको छु। तर, उहाँहरूले मसँग कुनै पनि किसिमको अपेक्षा अघि सार्नुभएन र नै सम्बन्ध नजिकिएको हो। उहाँहरूले कुनै अपेक्षा अघि सार्नुभएको भए म ठाडै अस्वीकार गर्ने थिएँ।



प्रचण्ड र बाबुरामसँग तपाईं कसरी नजिकिनुभयो त

लोकतान्त्रिक आन्दोलनपछि जब माओवादी शान्ति प्रक्रियामा आयो, त्यसपछि नै उहाँहरूसँग मेरो भेट भएको हो। उहाँहरू व्यावसायिक व्यक्तिहरूसँग भेटघाट गररिहनुभएको थियो। सोही क्रममा मेरो पनि भेट भएको हो।



भन्सार महानिर्देशक हुँदा त्रिभुवन विमानस्थलको सुनकाण्डमा तपाईंको नाम पनि मुछिएको थियो नि त ?

त्यतिबेला म भन्सारको महानिर्देशक थिएँ, भगवती काफ्ले विमानस्थल भन्सारको प्रमुख हुनुहुन्थ्यो । त्यतिखेर लामो र्फम भरेर १० किलो सुन ल्याउन पाउने व्यवस्था थियो । सुन ल्याउने मान्छेले पनि सोही प्रक्रिया पूरा गरेर सुन ल्याएको थियो । तर, अध्यागमनमा उसको नाम फरक परेको प्राविधिक कारणले उक्त सुन भन्सारमा दाखिला गराइएको थियो र भन्सार प्रमुख काफ्लेले टिप्पणी उठाएर पठाउनुभएको थियो । महसुल शाखाका कर्मचारीहरूसँग राय-सल्लाह लिएरै मैले त्यसलाई सदर गरेको हो । अदालतले मलाई निर्दोष भएको भनेर सफाइ पनि दिइसकेको छ

दोषी लोकमान कि बाह्य सञ्चालित चारदल नेतृत्व र रेग्मी ? - युवराज घिमिरे - setopati

लोकमानसिंह कार्की मुलुकको राजनीतिक विवादको केन्द्रमा छन्। प्रधानमन्त्री खिलराज रेग्मी नेतृत्वको संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्ष पदमा कार्कीको नाम सिफारिस गरेपछि नागरिक समाज, सञ्चार माध्यम र २०६२/६३ आन्दोलनको एउटा पक्ष सडकमा ओर्लेका छन्।
 
उक्त विरोधको एउटा दुःखद पक्ष के हो भने, त्यो केही ‘पात्र’हरूविरुद्ध जाँदैछ, तर मुलुकका लागि घातक प्रवृत्तिलाई चुनौती दिने साहस गरेको छैन। केही घटना, पात्र र प्रवृत्ति अनि त्यस पछाडिका दृश्य/अदृश्य शक्ति हेरौं।
 
२०६३ वैशाख १५ मा राजा ज्ञानेन्द्रले गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री पदको सपथ दिलाएपछि शान्ति प्रक्रिया र ‘लोकतन्त्र’का सर्वाधिक दृश्य पात्रका रूपमा देखा परे कृष्णप्रसाद सिटौला। रायामाझी आयोग गठन भयो, जनआन्दोलन दबाउन सरकारले गरेको बल र धनको प्रयोग या ‘दुरुपयोग’बारे छानबिन गर्न। 
 
आयोगमा कांग्रेस र एमालेका राजनीतिक समर्थकहरू नियुक्त गरिए। सर्वोच्चका अवकाशप्राप्त न्यायाधीश कृष्णजंग रायामाझी अध्यक्ष भए। तर, आयोगले छानबिन सुरु गर्नुपूर्व नै सिटौलाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख र उप–प्रमुखलाई निलम्बन गरे, गृहमन्त्रीको हैसियतमा। त्यसै अवस्थामा उनीहरूले अवकाश प्राप्त गरे।
सशस्त्रमा तीन नम्बरमा रहेका आफ्ना भाइलाई प्रमुख बनाउन नम्बर एक र दुईको बलिदानको ‘सूत्र’ उनैले जन्माएका थिए। निजामतीतिर शाही शासनकालमा मुख्यसचिव लोकमानसिंह कार्कीलाई हटाउन उनैले भूमिका खेलेका थिए।
 
समय र परिस्थिति फेरियो। सिटौलाले वर्तमान अदुअ आयोगको अध्यक्षमा कार्कीको नियुक्तिलाई मंगलबार बिहान ११ बजेपूर्व नै औपचारिकता दिन राष्ट्रपति रामवरण यादवलाई फोन गरे, एक किसिमले दबाब दिएर। के सिटौला यो सबै काम आफ्नो विवेकले गरिरहेका छन्। या, कसैको अरौटेका रूपमा?
 
सिटौलालाई नेपालको ‘अग्रगामी परिवर्तन’मा मुख्य पात्रका रूपमा नेपाली जनताले स्वीकार गरेनन्। २०६४ सालको संविधानसभा निर्वाचनमा उनी निर्वाचित भएनन्। तर, उनको भूमिका नेपाली कांग्रेस र नेपाली राजनीतिमा यथावत रह्यो। कसको र कुन प्रवृत्ति तथा शक्तिको आडमा?
 
लोकमानसिंह कार्कीको नियुक्तिको सिफारिस चारदलीय संयन्त्रले गर्‍यो। त्यसमा चार पार्टीका प्रमुखहरू सदस्य छन्। चार दल नेतृत्व खिलराज रेग्मी नियुक्तिमा जस्तै दोहोरो मान्यता प्रदर्शन गरिरहेका छन्– कार्कीको नियुक्ति सिफारिस गर्ने, तर बाहिर हुनुहुँदैन भन्ने। विभिन्न पार्टीहरू, खासगरी कांग्रेस र एमालेसँग आबद्ध विधार्थी तथा युवा संस्थाहरूले कार्कीको नियुक्तिलाई विरोध गरेका छन्। तर, आफ्ना दलका नेताहरूको राजीनामा मागेका छैनन्। नेपाली राजनीति (सञ्चार र नागरिक समाज अपवाद छैनन्) को यही द्धैध चरित्रका कारण मुलुक (राज्य) को अधिकारिकता र उसको नैतिक हैसियत गुमेको छ। यही दोहोरो चरित्र र नेताहरूको बिकाउ प्रवृत्तिले विदेशी हस्तक्षेप निम्त्याएको छ। त्यसका लागि चार दल दोषी छन्।
 
विगत पाँच वर्षमा कूटनीतिक (राजदूत), महत्वपूर्ण संवैधानिक पद र अन्य राजनीतिक नियुक्तिहरूमा या त आर्थिक लेनदेन निर्णायक बनेको छ, या दलीय अंशबन्डा। विरोधमा पनि दोहोरो मान्यता देखिएको छ। हिसिला यमीको दिदीको नाम विवादास्पद रूपमा नै लोकसेवा आयोग प्रमुखका रूपमा सिफारिस गरिएको छ। त्यो मामिलालाई कसैले उठाएको छैन। तर, यो प्रकरणमा अहिलेको विरोधले कार्कीको नियुक्ति रोकिए ‘प्रतिगमन’ सच्चिने सन्देश दिएको छ।
 
मुख्य कुरा जवाफदेहीता हो, प्रजातन्त्रमा। कार्कीलाई एउटा कर्मचारीकै रूपमा नियुक्ति गर्न खोजिएको छ। त्यो नियुक्तिका लागि सिफारिस गर्ने नेताहरू अग्रगमनका पक्षघर, अनि कार्की प्रतिगामी, यो द्धैध मान्यता हो।
 
अहिलेको चुनौती भनेको धरापमा परेको राष्ट्रियता र नेपालमा नेपालीहरूकै आत्मनिर्णयको अधिकार पुनर्स्थापित गर्नु हो। शान्ति र परिवर्तनका नाममा निम्तिएको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप बन्द गराउनु यसको सर्वाधिक महत्वपूर्ण सर्त हो। लोकमानसिंह कार्कीको नियुक्तिको समर्थन र विरोधले मौलिक समस्या सम्बोधन गर्दैन।
 
विगत छ वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुर्कट्टा बनेको छ। मुलुकमा भ्रष्टाचार मौलाएको छ। चार प्रधानमन्त्री पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले ७० करोड रुपैयाँ ढुकुटीबाट बाँडे, तजबिजी अधिकार प्रयोग गरेर। भगवती काफ्लेले माओवादी लडाकुलाई सरकारी रकम बाडिँदा भएको हिनामिनाको छानबिन गर्ने साहस गरेनन्, आयोगको सचिवका रूपमा। उनले छानबिनको अधिकार माओवादी पार्टीसँगै भएको आसयको मन्तव्य दिए। सुडान घोटालामा सिटौलाले गृहमन्त्रीका रूपमा पर्दा पछाडिबाट सबै काम गरे, तर अख्तियारले उनलाई छुन सकेन। भ्रष्टाचारले व्यापक रूप लिँदा लोकतन्त्रलाई कमजोर गरेको तथ्यलाई हामीले आन्दोलनमार्फत् चुनौती दिएनौं।
 
मन्त्रीका रूपमा हिसिला यमीलाई तत्कालीन भारतीय राजदूत राकेश सुदको निम्तो आयो, हैदराबादमा एउटा आइटी पार्क निरीक्षण गर्न। योसँगै ‘निर्देशन’ पनि आयो त्रिभुवन विमानस्थलमा भारतीय एयर मार्सल राख्न। दाहालको प्रधानमन्त्रीत्वमा सायद १/२ जना अन्य माओवादी मन्त्रीले विरोध नगरेका भए त्यो निर्देशन कार्यान्वयन भइसक्ने थियो। हिसिला–पति बाबुरामले त के नै बाँकी राखे र? ‘अग्रगमन र परिवर्तन’लाई स्थापित गर्न खटिएका ‘नाइके’हरूबाटै राष्ट्रियता कमजोर गरिएका अनेकौं उदाहरण छन्।
 
राष्ट्रियता भनेको मान्यता र पद्दति दुवै हो। राजतन्त्रको समाप्ति एउटा असंवैधानिक सरकारद्धारा र असंवैधानिक शैलीमै नभएको भए विदेशी शक्ति(हरू)को सक्रियता या निर्णायक हैसियत यो रूपसम्म आउने थिएन। नेपाली जनता यो विषयमा प्रत्यक्ष सहभागी भएको भए परिवर्तन दीगो र स्वीकार्य हुने थियो। माओवादी निमित्त नायक बनेको र नेपाली कांग्रेस तथा एमाले मौन अनुमोदक बनेको त्यो खेलपछि नेपाली सेना र न्यायपालिका (सर्वोच्च अदालत) लाई समाप्त पार्ने खेल थियो। कटवाल प्रकरण असफल प्रयोग साबित भयो, सेनालाई समाप्त पार्न। तर, सर्वोच्च सिध्याउनसके उनीहरूले, रेग्मीलाई प्रधानमन्त्रीका रूपमा स्वीकारेर।
 
खिलराज रेग्मी प्रधानमन्त्री बन्दा नेपाली जनताको संलग्नता थिएन। त्यसमा चार दलका नेतृत्वले अहिलेसम्म नखुलाएको ‘बाध्यता’ निर्णायक बन्यो। भारतको सक्रियतामा नेपालमा आफूलाई सरोकारवाला ठान्ने कूटनीतिक नोकरशाहीले त्यसलाई अनुमोदन गर्‍यो। अर्थात् विदेशी लोकमानहरूको न्यायपालिकाको स्वतन्त्रता समाप्त गर्ने भूमिकालाई हामीले स्वीकार गर्‍यौं, राष्ट्रपति नतमस्तक बने। हामीले त्यसैलाई अग्रगमन मान्यौं। एउटा खतरनाक पूर्वदृष्टान्त जन्मियो, बाह्य हस्तक्षेपमा।
 
जनउत्तरदायी राजनीतिक पद्दति र प्रजातान्त्रिक व्यवस्थाको सुदृढीकरणमा कुनै पनि अयोग्य व्यक्तिको नियुक्तिलाई अदालतले दूधको दूध, पानीको पानी गर्न सक्छ। राजनीतिक पद्दति स्वतन्त्र न्यायपालिका र प्रजातान्त्रिक मर्यादा मासेपछि व्यक्तिकेन्द्रित राजनीति र शासन अगाडि बढ्छ। अधिनायकवाद जन्मिन्छ। रेग्मी सरकारको अस्तित्व स्वीकार गर्ने, चार दलका ठालु नेताहरूलाई अग्रगामी मान्दै यताका राजनीतिक असफलता र भ्रष्टाचारमा जवाफदेही नबनाउने, राष्ट्रपतिले गरेको सर्वोच्चको अवमूल्यनलाई बेवास्ता गर्ने, अनि कुनै एक व्यक्तिको नियुक्तिलाई समग्र प्रतिगमन मान्ने प्रवृत्तिको दीर्घकालीन सकारात्मक असर हुन सक्दैन।

माइक्रोसफ्टले ल्याउँदैछ विन्डोज ब्लु, विन्डोज ८ अपडेट हुने - onlinekhabar

अघिल्लो वर्ष सन् २०१२ को अन्त्यतिर माइक्रोसफ्ट कम्पनीले बजारमा ल्याएको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज एट परिमार्जन हुने भएको छ । पर्सनल कम्प्युटरको सबैभन्दा धेरै चल्तीको अपरेटिङ सिस्टम विन्डोजको पछिल्लो संस्करणप्रति उपभोक्ताको मिश्रति प्रतिक्रियासँगै माइक्रोसफ्टले यसलाई परिमार्जन गर्ने निर्णय गरेको हो ।
विन्डोजका मुख्य बजार अधिकृत टमी रेलरका अनुसार कम्पनीले विन्डाज ८ अपरेटिङ सिस्टमको १० करोड भन्दा बढि लाइसेनस बिक्रि गरिसकेको छ र प्रयोगकर्ताको भावनालाई ध्यान दिँदै विन्डोज ८ लाई अपडेट गर्दैछ । त्यसको लागि माइक्रोसफ्टले विन्डोज ब्लु नामक प्रोग्राम ल्याउँदैछ ।
images
विन्डोज ब्लु भनेको विन्डोज ८ को अपडेटका लागि एउटा कोड अर्थात् संकेत नामयुक्त सफ्टवेयरको रुपमा हुनेछ जसलाई इन्स्टल गरेसँगै विन्डोज ८ अपडेट हुनेछ । यो वर्षो अन्त्यसम्ममा विन्डोज ब्लु बजारमा पठाइसकिने भन्दै बजार अधिकृत रेलरले नयाँ अपरेटिङ सिस्टम विन्डोज ८ लाई नयाँ पुस्ताका ट्याब्लेट तथा पिसीमा समेत अति उपयोगी बनाउन यस्तो अपडेट गर्न लागिएको दाबी गरिन् । उनका अनुसार माइक्रोसफ्टका लागि विन्डोज ८ र विन्डोज आर टी प्रतिको उपभोक्ताको गुनासो समाधान गर्ने माध्यमको रुपमा पनि विन्डोज ब्लु रहनेछ ।
विन्डोज ८ प्रति उपभोक्ताले उतिसारो रुचि नदेखाउनु तथा पुरानो विन्डोज एक्सपीमै झुलिरहेका कारण माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टममा उपभोक्तालाई लोभ्याउन बाध्य भएर विन्डोज ब्लु ल्याउन लागेको विश्लेषकहरुको भनाई छ ।
एएफपी

दुइवर्षभित्रमा कारमा चढेर आकाशमा सररर (फोटोफिचर र भिडियो सहित) - onlinekhabar

अबको दुइ वर्षभित्रमा कारमा चढेर आकाशमा उड्न सकिनेछ । विश्वको पहिलो उड्ने कार आउँदो दुइ वर्षमा बजारमा उपलब्ध हुने बताइएको छ । यो उड्ने कारको निर्माता अमेरिकी कम्पनी टेराफुजियाले सन् २०१५ को सुरु सम्ममा उड्ने कार बजारमा पठाइने बताएको छ । कम्पनीले यो उड्ने कारको मनै लोभ्याउने मोडेल समेत सार्वजनिक गरेको छ ।
1
कार र जहाजको वर्णशंकर जस्तो देखिने टिएफ एक्स नामको उक्त उड्ने कारमा दुइ सिट हुनेछन् भने चारवटा पांग्रा तथा पखेटा रहनेछन् । यो कार ग्यारेजमा थन्काउन सकिने र उडाउनका लागि धावनमार्ग नचाहिने कम्पनीको दाबी छ ।
गएको वर्ष कम्पनीले यो उड्ने कारको परीक्षण उडान गर्दै १४ सय फिट सम्म उडाएको थियो । यो उड्ने कारको मूल्य भने निकै महंगो हुनेछ । यसको मूल्य ३ लाख अमेरिकी डलर हुने बताइएको छ ।
2
यो उड्ने कारका विशेषता निम्न छन् :
यो कारको गति जमिनमा ७० माइल प्रतिघण्टा र हावामा ११५ माइल प्रतिघण्टा हुनेछ ।
यो कारमा २३ ग्यालोन क्षमताको इन्धन ट्यांकी हुनेछ । इन्धनको खपत हावामा प्रतिघण्टा ५ ग्यालोन र जमिनमा प्रतिघण्टा ३५ ग्यालोन हुनेछ ।
यसमा चालक सहित दुइ यात्रु हुनेछन् ।
3 4 5 6 7 8

आज आमाको मुख हेर्ने दिन (फोटो फिचरसहित) - onlinekhabar

ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रूपमा आज वैशाख कृष्णपक्ष औंसी नेपालीहरूले मातातीर्थ औंसी (मातृऔंसीका) रूपमा मनाउँदैछन् ।
आजका दिनलाई शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने उल्लेख गरिएको पाइन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।
news-main
आमा नभएकाहरूले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् र कष्टकर काम सम्झने गर्दछन् । शास्त्रहरूमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ ।
आजका दिन दिवङ्गत आमाको सम्झनामा थानकोटनजिक मातातीर्थमा ठूलो मेला लाग्छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् ।
3
मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित कथाअनुसार धेरै वर्षपहिले त्यस ठाउँमा गाईवस्तु चराउने चउर थियो । एकदिन एउटा गोठालाले सो चउरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए ।
कथाअनुसार पहिलोचोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । यो कुरा चाल पाई गाउँलेहरूले औँसीको दिन मृत आमाहरू त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएका चिजवस्तु खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई मातातीर्थ नामकरण गरे ।
4
यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेहरूले त्यहाँको कुण्डमा नुहाएर मीठामीठा खाद्यवस्तु चढाई मातृदिवस मनाउन थालेका हुन् ।
आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकहरूमा यसरी वर्णन गरिएको छ – ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव ।’ ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’ ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।’
5
6
7
8
9
last

Wednesday, May 8, 2013

अबिर छर्किएजस्तो सुन्दर ज्वालामुखी (फोटो फिचरसहित) - onlinekhabar

ज्वालामुखी भन्ने बित्तिकै विध्वंसकारी, कालो लाभा तथा धुवाँको मुस्लो सम्झिन्छ । तर इन्डोनेसियाको पूर्वी जाभास्थित माउण्ट ब्रोमोको ज्वालामुखी यस्तो छैन । साँच्चीकै यो ज्वालामुखी असाधारण र निकै सुन्दर छ । त्यसैले यहाँको निरन्तरको ज्वालामुखी विस्फोट हेर्न पर्यटकको घुइँचो नै लाग्छ । ज्वालामुखीबाट कालो होइन अबिरजस्तै रातो खैरो धुवाँ र धुलो निस्कन्छ । यस्तै लाभाबाट निकै सुन्दर पहाडहरु बनेका छन् र नयाँ ज्वालामुखीबाट नयाँ पहाड बन्ने क्रम पनि जारी छ । एकजना फोटोग्राफर हेल्मिनाडिया जाबुरले क्यामरामा कैद गरेका यी दृश्य हेरौँ :
f1
f2
f3
f4
f5
f6
f7

असार पन्ध्र सम्झाउने बेलायती हिले दौड (फोटोफिचर सहित) - onlinekhabar

हामीकहाँ असार पन्ध्रमा हिलोमा टेक्नुपर्छ भन्ने मान्यता छ । कृषि प्रधान देश भएकाले मानो रोपेर मुरी फलाउने किसानका लागि असार पन्ध्र एउटा पर्व नै हो । असारमासको दबदबे हिलो भन्ने त टुक्का नै छ । हिलोमा रोपाहार तथा अरु मान्छेहरु लडीबुडी गर्छन् खेतमा । पोखरातिर त अझ हिलोमा दौडने प्रतियोगिता नै हुन्छ ।
6
हिलोमा दौडने प्रतियोगिता हाम्रोमा मात्र होइन बेलायतमा पनि हुन्छ । बेलायतको एसेक्स क्षेत्रमा माल्डोन नदिको किनारामा रहेको हिलोमा वर्षेनी हिले दौड हुन्छ र यो पटकको हिले दौडमा झण्डै ३ सय जनाले माग लिए । उक्त हिले दौड हेर्न बगटन हाउस क्षेत्रमा १४ हजार मान्छे भेला भए । हिले दौडमा विभिन्न चर्चित खेलाडिहरु पनि सहभागि थिए ।
गन्हाउने कुहेको हिलोमा हुने उक्त मालडन मड रेस मा के महिला के पुरुष तँछाडमछाड गरिरहेका थिए । हेरौँ हिले दौडका दृश्य
1 2 Maldon Mud Race 2013 4 5 8 9 10 11 7