Tuesday, May 10, 2011

जीवन अभिनय रहेछ

सञ्जीव उप्रेतीले गुरुकुलको नाटकमा अभिनय गरेको देखेर म छक्क परेको थिएँ। कसरी सकेका होलन् भनेर। त्यसअघि उनले कहिल्यै नाटकमा भाग लिएको मलाई थाहा थिएन। सारै मीठो गीत गाउने, बाजा बजाउने, चित्र बनाउने, कविता लेख्ने सीप थियो सञ्जीवसँग। यो अभिनयकला चाहिँ कताबाट आयो? म दंग परेको थिएँ। म पनि अभिनय गर्न नजान्ने। मैले पनि कहिल्यै कुनै मञ्चमा अभिनय गरिनँ। सोच्थेँ- "मैले कहिल्यै गर्न नसक्ने काम सञ्जीवले गरे।" मेरी पत्नी सीता बितेको चौधौँ दिनमा सबै जना बिदा हुँदैजाँदै गर्दा प्राप्त भइरहेको एकान्त क्षणमा घोरिएर सोचेँ, 'साँच्चै, म अभिनय गर्नै नसक्ने मान्छे रहेछु त? मैले अभिनय गर्न जानिनँ त?'
फागुन १२ को मध्याह्नदेखि हिजोसम्म त्यसो भए मैले के गरेँ त? प्रत्येक क्षण सीताजीको छेउमा बसेर उहाँलाई हेर्दै कसरी मैले आफ्नो अनुहारमा भोलिको तीतो सत्य लुकाउँदै बिरामी भेट्न आउने मानिससँग सीताजीले सुन्ने गरी भनिरहेँ- "उहाँको कलेजो सुन्निएको रहेछ, त्यसैले यो पेट र हातगोडा सुन्निएको अरे। एलोपेथीमा कलेजोको राम्रो औषधि नहुँदोरहेछ, अहिले हामी विराटनगरबाट स्व. डा. अब्दुल गफुरका छोराको सल्लाहमा होमियोपेथी दबाइको प्रयोग गर्दैछौँ। यसले राम्रो गर्दैछ।" यो कुरा बिरामी हेर्न आउने र सीताजीले सधैं पत्याइरहे। सीताजीले कन्चनजंघा एफएमलाई दिएको अन्तर्वार्तामा पनि मैले भनेकै कुरा भन्नुभयो। त्यसो त अन्तिम क्षणसम्म पनि सीताजीले आफूलाई लागेको रोगबारे थाहा पाउनु भएन। कतिपय साथीले भने पनि, "यो सीताजीलाई बताइदिनु राम्रो हुन्छ।" तर, रोगको असाध्य पीडासँगै नबाँचिने रोगसँग लडिरहेको अर्को मानसिक पीडा उहाँलाई दिन मन लागेन। मर्नै परे पनि थाहा नपाई मरियोस् भन्ने लाग्छ मलाई। मेरो कमजोर मन!
मैले आफूलाई त्यति दरो, त्यति छिट्टै अनुहारमा आउने भाव र आकृति बदल्न सक्छु भन्ने कल्पना पनि गरेको थिइनँ। मैले जीवनमा कुनै दिन पनि नाटक खेल्नेबारे सोचिनँ। एक-एक छिनमा बाथरुम छिर्थें र फ्रेस भएर हाँस्दै निस्कन्थेँ। तर, म हाँसेको हुन्थेँ र! सीताजी झन्झन् सिकिस्त हुँदै गएपछि एक दिन मैले एउटा कालो चस्मा किनेँ। बाथरुमभित्र उहाँले मसिनो आवाजमा सोध्नुभयो, 'किन त्यस्तो चस्मा लगाएको?' तुरुन्तै अलि ठूलो स्वरले स्वाभाविक हुन खोज्दै भनेँ, 'खै के भयो, आँखा सारै बिझायो, पाक्ला कि भनेर।' उहाँले पत्याउनुभयो भएन थाहा भएन। तर, केही बोल्नु भएन।
म प्रत्येक बिहान उहाँलाई औषधि खुवाउनुअघि सुप ख्वाउँदै हाँस्न लगाउँदै मोबाइलले फोटो खिच्थेँ र देखाउँदै भन्थेँ, 'हेर्नुस् सीताजी, हिजोभन्दा आज तपाईँको अनुहार कति उज्यालो र स्वस्थ्य भएको छ!' म भने प्रत्येक दिन उहाँको गिर्दो स्वास्थ्यको अभिलेख राखिरहेकेा थिएँ। आज ती सबै फोटो कम्प्युटरमा राखेर हेरिरहेको छु। दिनदिनै मर्दै गएका अनुहारहरु। उहाँ हरेक दिन मरिरहेको क्षणको प्रतीक्षा गर्दै जीवनको पक्षमा र 'बाँच्नु हुन्छ' को विश्वासमा अल्झाइरहन मैले गरेको तीन महिनाको अभिनय, सञ्जीवले गर्न सकेको जस्तो मात्र होला त? हरिवंश आचार्यको लेख नागरिकमा पढेँ । लेख्नुभएको छ, 'नाटक गर्दा र फिल्ममा खेल्दा गर्नुपरेका अभिनय र आज भोग्नु परेको पीडाको जीवन।' अझै म सोचिरहेको छु, हरिवंशजस्तो सफल कलाकारले पनि यो यथार्थ जीवनको अभिनयमा हारेको अभिव्यक्ति गर्नुभयो। त्यसो भए हरिवंशजी, मैले यी तीन महिनामा गरेको अभिनयलाई नाट्यशास्त्रले के भन्ला? एकाएक बेहोस भएर अस्पताल पुर्‍याइएकी भाउज्यू फर्कनुभएन। तपाईँलाई परेको आकष्मिक पीडाको वर्णन र अनुमान हुन सक्दैन। तर, छिनछिन मर्र्दै गरेको पत्नीको अनुहार तीन महिनासम्म छेउमा बसेर उहाँको होस भएसम्म 'बाँच्दै हुनुहुन्छ! अब एक सातामा उठ्नुहुन्छ' भनिरहन कति गाह्रो होला हरिवंशजी!
म सोचिरहेको छु- मित्र सञ्जीव! मित्र हरिवंश! म ठूलो अभिनेता रहेछु, धेरै ठूलो। तपाईँहरु मलाई कुनै भूमिका दिनसक्नु हुन्छ?
जीवनजस्तो भयानक नाटक अरु केही होइन रहेछ। हामीले बाँची र भोगिआएको प्रत्येक क्षणजस्तो जीवन्त अभिनय अरु कुनै होइन रहेछ। मैले लीला लेखनको व्याख्या गरिरहँदाको तर्क त केही होइन रहेछ, त्यो त बुद्धिको एउटा सानो धर्कोमात्र। बुद्धिबाट विस्तारै खसेर मनमा नपुगी जीवनसँग भेटै नहुनेरहेछ।
यो लेख लेखिरहँदा पनि सचेत छु, किन म यति धेरै पत्नी वियोगको विलाप गरिरहेछु? यो देशमा हरिवंश र मलाई मात्र पत्नी वियोग परेको हो र? हामीमात्र सारा मानिसको सहानुभूति र समवेदनाका अन्तिम पात्र हौँ? अरु कति युवक होलान्! कति वृद्ध होलान्! अति अनाथ होलान्! तैपनि हामी कुरा बिक्नेहरु सबैको प्रतिनिधित्व गर्दै रोइरहेछौँ। एउटा एउटा राष्ट्रिय रुवाइ।
श्रद्धेय मनमोहन अधिकारीले कमरेड मदन भण्डारीको असामयिक निधनपछि शोकाकुल जनसमुदायलाई सम्झाउँदै भन्नुभएको थियो, 'हामीले यो शोकलाई शक्तिमा बदल्नुपर्छ।' त्यो बेला मैले उहाँको कुरा बुझेको थिइनँ। उहाँको त्यस महावाणीलाई उहाँका पार्टी कार्यकर्ताले साँच्चै शक्तिमा बदल्न गरेको विद्रोहमा प्रहरीको गोली लागेर बीस जना मारिए। आज आज तिनको कतै अभिलेख पनि छ कि छैन! उहाँको शोकलाई शक्तिमा बदल्नुको भाव त्यस्तो थियो होला त?
आज बल्ल बुझिरहेको छु, 'त्यो बेला उहाँले भनेको के रहेछ।' हो, यही शोकलाई शक्तिमा बदल्ने युद्धमा लागेको छु। पत्नी वियोगको पीडालाई सिर्जनाको क्षेत्रमा प्रयोग गर्नेछु। साहित्यिक तथा अन्य अनुसन्धानात्मक काममा लाग्नेछु। क्यान्सरसम्बन्धी अध्ययन र जनचेतना क्षेत्रमा लाग्नेछु। विषादी र रासायनिक मलका कारणबाट महामारीका रुपमा फैलिरहेको क्यान्सरविरुद्ध त्यस्ता खाद्य उत्पादन तथा बिक्री वितरणमा रोकथामका उपायबारे बोल्नेछु। प्रत्येक शोकाकुल व्यक्ति र परिवारलाई सामाजिक क्षेत्रमा लाग्न आह्वान गर्छु।
शोककै यस घडीमा पनि हामीलाई सान्त्वना दिने, समवेदना दिने र बाँच्न प्रेरित गर्ने सम्पूर्ण आफन्तजन, बन्धुबान्धव, मित्रजन, सामाजिक संघसंस्था, राजनीतिक व्यक्तिहरु तथा सीताजीलाई पछिल्लो समयमा उहाँको उपचारमा संलग्न शिक्षण अस्पतालका डाक्टर तथा नर्सहरुप्रति हार्दिक कृतज्ञता अर्पण गर्छु।

२१ औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखे आपा शेर्पाले

सुशील भट्टराई, काठमाडौँ, वैशाख २८- आपा शेर्पाले २१ औँ पटक सगरमाथा आरोहण गरी आफैले राखेको विश्व कीर्तिमान तोडेका छन्। उनी आज बिहान सवा ९ बजे सगरमाथाको शिखरमा पुगेको एसियन ट्रेकिङ कम्पनीका अध्यक्ष आङछिरिङ शेर्पाले बताए।

सगरमाथा आधार शिविरमा पर्यटन मन्त्रालयका सञ्चार अधिकारीका रुपमा रहेका तिलक पान्डेले यसको पुष्टि गरेका छन्।

नाम्चे गाविसस्थित थामे निवासी ५१ वर्षीय शेर्पाले ११ औँ पटकदेखि सगरमाथा आरोहणमा आफ्नो कीर्तमान आफैले तोड्दै आएका हुन्।

उनीसँगै ४ नेपाली, एक स्वीस र एक अमेरिकीले सगरमाथा आरोहण गरेका हुन्।

हिजो राति १० बजेदेखि ७ हजार नौ सय मिटरको उचाइमा रहेको सगरमाथाको अन्तिम आधार शिविरबाट यात्रा थालेका उनले आज बिहान सगरमाथा शिखरमा पाइला टेकेका हुन्।


आपाका सगरमाथा आरोहण
पहिलो १० मे, १९९०
दोस्रो ८ मे, १९९१
तेस्रो १२ मे, १९९२
चौथो ७ अक्टोबर, १९९२
पाँचौँ १० मे, १९९३
छैठौ १० अक्टोबर, १९९४
सातौँ १५ मे, १९९५
आठौँ २६ अक्टोबर, १९९९
नवौँ २० मे, १९९८
दसौँ २६ मे, १९९९ विश्व कीर्तिमान
एघारौँ २४ मे, २००० विश्व कीर्तिमान
बाह्रौँ १६ मे, २००२ विश्व कीर्तिमान
तेह्रौँ २६ मे, २००३ विश्व कीर्तिमान
चौधौँ  १७ मे, २००४ विश्व कीर्तिमान
पन्ध्रौँ ३१ मे, २००५ विश्व कीर्तिमान
सोह्रौँ १९ मे, २००६ विश्व कीर्तिमान
सत्रौँ १६ मे, २००७ विश्व कीर्तिमान
अठारौँ २२ मे, २००८ विश्व कीर्तिमान
उन्नाइसौँ २१ मे, २००९ विश्व कीर्तिमान
बीसौँ २१ मे, २०१० विश्व कीर्तिमान
एक्काइसौँ  ११ मे, २०१० विश्व कीर्तिमान

Monday, May 2, 2011

झक्कुले खाए झापड - mysansar

सँगैको फोटो माओवादी सभासद् झक्कुप्रसाद सुवेदीको हो। तीन वर्षअघि संविधान सभाको पहिलो बैठक हुन लागेको बेला खिचिएको यो फोटोमा उनी दङ्ग देखिन्छन्। हुने पनि भए। त्यतिबेला सभासदहरुको कति शान, कति मान थियो। अझ उनी त ‘जायन्ट किलर’ भनी मिडियाले उचालेका सभासद। उनैले त हो नि काठमाडौँको क्षेत्र नम्बर २ मा तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई हराएको !
तर आज उनी फेरि एक पटक समाचारमा छाए- कारण फरक थियो। उनले झापड खाएका थिए एक सर्वसाधारणबाट। अहिले सभासदहरुको त्यसै पनि इज्जत छैन। कोही रातो पासपोर्ट दुरुपयोग गरेर, कोही घुस खाएर, कोही विद्युत चोरेर बदनामी थपिरहेका छन्। त्यहाँमाथि संविधान नबनाई म्यादमात्र थप गर्न खोज्ने। सबैको रिस उनीहरुमाथि नै खनिएको छ।

सुरुवात गरेका थिए सुनसरी भरौलका देवीप्रसाद रेग्मीले झलनाथ खनाललाई झापड हानेर। रातारात चर्चामा आए उनी। उनको समर्थनमा इन्टरनेटमा अभियान चल्यो। झापडको झङ्कार संसदसम्म सुनियो। झापड लक्की भयो, खाने प्रधानमन्त्री भए भन्दै झापड खान रेग्मीको घरमा लाइन लागेको समाचार पनि आयो। त्यस्तै चर्चाको लोभले हो कि साँच्चै सभासदहरुको चर्तिकला देखेर दिक्क भएर हो, अर्का झापडवाला प्रेमराज देवकोटा निस्किए ! दन्काइदिए उनले झापड, साहसै गरी, माओवादी सभासदलाई।
झक्कुलाई झापड हान्ने देवकोटा।


यसरी हानेका थिए झापड
साना दलले होहल्ला गरी व्यवस्थापिका संसदको बजेट अधिवेशन स्थगित गराएपछि झक्कु सुवेदी निवास फर्कँदै थिए हिँड्दै। गोरखाको गाईखुर- ८ मा घर भएका र द्वन्द्वकालमा काठमाडौँ आएका ५० वर्षीय प्रेमराज देवकोटाले आफ्नो कफिसपमा उनलाई बोलाए। सोधे- संविधान बन्छ कि बन्दैन ? झक्कुले जवाफ दिए- बनाउँदैछौँ, बन्छ, धैर्य गर्नुस्। रिसको पारो चढिहाल्यो उनको, अनि दिए दुवै गालामा एक एक झापड। झापडपछि पनि उनले जनतालाई दुःख दिने तिमीहरु भन्दै भक्कु गाली गरे। झापड हान्ने देवकोटालाई नयाँ बानेश्वर प्रहरी प्रभागले नियन्त्रणमा लियो। मिडियासामु देवकोटा झन् चिच्याउँदै कराउँदै थिए- संविधान नबनाउने, सुरक्षा नदिने, मेरो व्यक्तिगत आक्रोशले पनि हो हानेको।
देवीप्रसाद रेग्मीले झापड हान्दा नेताहरु गम्भीर भएको देखिएको थियो संसदमा भाषण गर्दा। यस पटक संविधानको मस्यौदामात्र जारी गरेर लाज नबचाए यस्ता धेरै देवी र प्रेमहरु जन्मने छन् भनी चिन्ता मात्र नेताहरुले लिए पनि आधा समस्या त आफै कम हुन्थ्यो। बाँकी आधा त बसेर मिलाउन सकिहालिन्थ्यो।

लादेन मारिएको दृश्य लाइभ हेरेका थिए ओबामाले - mysansar


२४ घण्टा भइसक्यो, तर अझै पनि विश्वभरका मिडिया ओसामा बिन लादेनको मृत्युको खबर पछ्याइरहेका छन्, त्यसपछाडिका कुरा खोतलिरहेका छन्। पछिल्लो जानकारी अनुसार, लादेन मारिएको दृश्य ह्वाइट हाउसमा राष्ट्रपति बाराक ओबामाले लाइभ हेरेका थिए। लादेनलाई मार्न गएको अमेरिकी सेनाको विशेष समूहले आफ्नो टाउकोमा क्यामेरा जडान गरेका थिए, त्यही क्यामेराबाट प्रत्यक्ष प्रसारण भएको दृश्य ओबामा र उनका निकट सहयोगीहरुले हेरेका रहेछन्।


यसरी भएको थियो आक्रमण
पाकिस्तानको अब्बोत्ताबादमा १० लाख अमेरिकी डलरको लगानीमा बनेको एउटा तीन तल्ले घर थियो। निकै सुरक्षा अपनाइएको। अमेरिकी जासुसी एजेन्सी सीआइएलाई चार वर्षअघि नै त्यो घरबारे शंका लागेको थियो।
त्यो घरमा फोन र इन्टरनेटको लिङ्क छैन भन्ने थाहा पाएपछि त सीआइए झनै शंकालु बन्यो। आफू कहाँ बसेको हो स्याटेलाइटले ट्र्याक गर्छ भनेर होला बिन लादेनले यस्ता विद्युतीय सञ्चार चलाउँदैन थिए।
घरमा बस्ने बिन लादेनै हो भन्ने निधो भएपछि अमेरिकी राष्ट्रपतिले त्यहाँ आक्रमण गर्ने निर्देशन दिए। सुरुमा त त्यहाँ बम खसाउने कि भन्ने कुरा भएको थियो। तर बम हान्दा बस्तीका अरु पनि मर्न सक्ने भएकोले स्थल कारबाही गर्ने निर्णय भएको रहेछ।
आक्रमणको आदेश पाएपछि चार वटा नाइटभिजन हेलिकप्टर उडे बिन लादेन बसेको घरमाथि। दुई दर्जन अमेरिकी एलिट स्पेसल फोर्सका सैनिक हेलिकप्टरको डोरीबाट घरको छतमा झरे। भिडन्त भयो। उनीहरु लादेन बसेकै कोठामा पुगे। एक अरबी भाषा जान्ने सैनिकले आत्मसमर्पण गर्न भने, तर उनले मानेनन्। उनी आफ्नी पत्‍नीको पछाडि गए, मानव ढाल बनाउने प्रयास थियो त्यो उनको। उनी थिइन् लादेनकी कान्छी स्वास्नी २७ वर्षकी यमनमा जन्मिएकी अमल अहमद अल सदाह।
एक सैनिकले प्वाइन्ट ब्ल्याङ्क रेन्जमा दुई आँखाको बीचमा गोली हाने। अर्को गोली उनको छातीमा लाग्यो।
सब दृश्य हेरिरहेका थिए ओबामाले ह्वाइट हाउसमा ती सैनिकको हेल्मेटमा भएको क्यामेराबाट। लादेन मारिएपछि ओबामाले ‘वि गट हिम’ भनेछन्।
४० मिनेटमा काम तमाम गरेर लादेनको शव लिएर उनीहरु फर्किए।
शव लादेनको प्रमाणित भएपछि ओबामाले राष्ट्रको नाममा सम्बोधन गरे।
लादेनको शवमा गह्रुँगा ब्याग बाँधियो र समुद्रमा छाडियो। अन्त्येष्टि सम्पन्न। र, लादेनलाई समाप्त गर्ने जेरोनिमो कोड नाम दिइएको अपरेसन पनि सकियो। (फोटो, स्रोतः सन)

बिन लादेन त मारिए, अब के ? - mysansar

कसको मृत्यु कसैका लागि खुसीको खबर हुनसक्छ?
मानवीय हिसाबले हेर्ने हो भने नहुन सक्छ। तर आज अमेरिका राति अबेरसम्म एक जनाको मृत्युको खुसी मनाइरहेको छ।
१० वर्षअघि सेप्टेम्बर ११ मा निर्दोष अमेरिकीहरु मारिँदा अट्टहासपूर्ण हाँसोका साथ ती व्यक्ति र उनका साथीहरुले ठीक त्यस्तै खुसी मनाएको दृश्यको भिडियो हामीले देख्न पाएका थियौँ।
मृत्युको खुसी मनाउनेहरुको यो चक्र बिन लादेनको मृत्युसँगै टुंगियोस्- हामीले चाहने यस्तै हो। तर के यस्तो संभव होला ?


आफूले घोषणा गरेको आतंकवादविरुद्धको युद्धको १० वर्षपछि अमेरिकाले आज ठूलो सफलता पाएको छ। आफ्नो प्रमुख शत्रु अल कायदाका संस्थापक नेता ओसामा बिन लादेनलाई मार्न सफल हुनु नै अमेरिकाको सफलता हो।
तर यो सफलता पाउन अमेरिकाले ठूलै मूल्य चुकाउनु परेको छ। आतंकवादीहरुमाथिको आक्रमणका क्रममा धेरै अफगानिस्तान, पाकिस्तान र इराकमा धेरै निर्दोष साँढेको जुधाइ बाच्छाको मिचाइ हुन पुगे। ह्युमन राइट वाचका प्रवक्ताले लादेनको मृत्युको खबरसँगै दिएको प्रतिक्रियामा जस्तो ‘अब लादेनले सेप्टेम्बर ११ को जस्तो आक्रमण कहिले गर्न सक्ने छैनन्, उनको मृत्युले आतंकवादविरोधी युद्धको नाममा मानवअधिकार दुरुपयोगकको डरलाग्दो खण्डको पनि अन्त्य हुनेछ’ भन्ने आशा गर्न सकिन्छ।
तर त्यसो नहुन पनि सक्छ। यो ब्लग लेखिँदासम्म अल कायदाको कुनै प्रतिक्रिया आइसकेको छैन। यद्यपि अमेरिकाले ग्लोबल ट्राभल अलर्ट जारी गरिसकेको छ। आफ्ना नागरिकहरुलाई बाहिर जाँदा सतर्क रहन निर्देशन दिएको छ भने विदेशका सबै कुटनीतिक नियोगहरुमा उच्च सतर्कता अपनाउन भनिएको छ। यसले पनि देखाउँछ, अब अमेरिकीमाथि खतरा बढेको छ।
के लादेनको मृत्युले उनीहरुको आक्रमणमा कमि आउला त ? बीबीसीसित कुरा गर्दै एक वरिष्ठ अफगान आतंकवादविरोधी कार्यका अधिकारीको भनाई सुन्नुस्- यो (लादेनको मृत्यु) सन् २००४, २००५ वा २००६ मा भएको भए बढी महत्त्वपूर्ण हुन्थ्यो होला- अहिले त निकै ढिला भइसक्यो। अब त प्रत्येक सडकमा एक जना बिन लादेन छ।
आशा गरौँ त्यस्तो नहोस्। तर विज्ञहरु त्यस्तै खतरा औँल्याउँदैछन्। अहमद रसिदले बीबीसीलाई भनेका छन्- अल कायदाको अहिलेको नीति एक मान्छे एक बम छ। अमेरिका र युरोपका सबवे वा रेल स्टेसनहरुमा आत्मघाती आक्रमणको खतरा निकै बढी छ। विमान अपहरण, पश्चिमी सैन्य केन्द्रहरुमा बम आक्रमण र मध्यपूर्वका अमेरिकी दूतावासहरुमा पनि आक्रमण हुनसक्छन्। सुपरमार्केटमा भर्खरको जिहादीले बम राखेर पड्काउन पनि सक्छ।
नेपाल जस्तो देशले पनि यसमा सतर्कता अपनाउनु पर्ने देखिन्छ नै। किनभने एक पटक भारतीय विमान अपहरण गर्ने काम यस्तै जिहादीहरुले काठमाडौँको विमानस्थलमा नै छिरेर गरेका हुन्। अनि अमेरिकी दूतावासमा नै काम गर्ने एक सुरक्षाकर्मीको नाम जमिम शाह हत्याकान्डमा मुछिएको थियो। ‘सतर्कता’ अब विश्वको एजेन्डा हुनेछ। के होला, त्यो भने अबका केही दिनमा देखिने नै छ।

यसरी मारिए लादेन

पाकिस्तानको राजधानी इस्लामावादबाट करिब सय किलोमिटर उत्तरमा छ अब्बोत्ताबाद। त्यहाँको बिलाल क्षेत्रमा एउटा घर थियो जहाँ धेरैअघिदेखि जासुसी संयन्त्रले चियो गरिरहेको थियो। तीन तला अग्लो र वरपरका घरहरुभन्दा यो आठ गुणा अग्लो यो घर वरपर १८ फिट अग्लो पर्खालहरु थियो र माथि काँडेतार पनि लगाइएको थियो। त्यहाँ दुई सुरक्षा गेट थिए तर कुनै फोन र इन्टरनेट चलाइएको थिएन।
यही घरमा बसेका थिएन बिन लादेन आफ्नो परिवारसहित। ओबामा प्रशासनले जासुसी जानकारी पाकिस्तानलाई पनि बाँडेको थिएन। अमेरिकी सरकार कै थोरै मान्छेलाई मात्र लादेनलक्षित आक्रमण हुन लागेको बारे थाहा थियो।
त्यहाँ रहेका व्यक्ति बिन लादेन नै हो भन्ने पुष्टि भएपछि ओबामाले आक्रमण गर्न आदेश दिए। चार वटा हेलिकप्टरले आकाशबाट साथ दिएको थियो भने कतिको समूह भनिएको छैन तर सानो अमेरिकी समूह घरभित्र छिरेको थियो। ४० मिनेट भिडन्त भयो। लादेनले प्रतिकार गरे। टाउकोमा गोली लागेपछि लादेन मारिए। लादेनसँगै उनका छोरा पनि मारिए। पाँच जना त्यहाँ मारिएको पाकिस्तानी अधिकारीले बताएका छन्। मारिएका मध्ये एक महिला छिन्। केहीलाई बन्दी बनाइएको छ। छापा मार्ने क्रममा एउटा अमेरिकी हेलिकप्टर प्राविधिक कारणले दुर्घटना भएको थियो। पछि त्यसलाई सुरक्षाको कारण जनाउँदै अमेरिकी सेनाले नै नष्ट गरिदियो।
केही समयमा नै लादेन मारिएको खबर मिडियामा आयो र त्यसलाई पुष्टि गरे अमेरिकी राष्ट्रपति ओबामाले राष्ट्रका नाममा सम्बोधन गर्दै यसरी-

लादेन कै लाश भनेर कसरी थाहा भयो त ?

लादेनको अन्त्येष्टि समुद्रमा इस्लामिक परम्परा अनुसार भइसकेको अमेरिकी अधिकारीले बताएका छन्। तर जो मारिएका थिए, त्यो लादेनै हो भनेर चाहिँ कसरी उनीहरुले थाहा पाए त ? उनीहरु भन्छन्- फेसियल इमेजिङ र अरु उपाय अपनाएर पत्ता लगाएका हौँ। डीएनए टेस्ट गरेको हो त ? सीएनएनका अनुसार राष्ट्रिय सुरक्षा अधिकारीले यसबारे पुष्टि गर्न चाहेनन्।
तर पाकिस्तानी मिडियाले पोस्टमार्टमपछिको शवको फोटो सार्वजनिक गरिसकेको छ। यो फोटोमा उनी बिन लादेनजस्तै त देखिएका छन् तर यसबाट मात्र लादेन नै हो भन्ने थाहा पाउन सकिन्न। फोटो तपाईँ हेर्नसक्नुहुन्छ, तर सावधान, यो फोटो डरलाग्दो छ। फोटो हेर्न क्लिक गर्नुस्
तर यो फोटोलाई फोटोसपबाट बनाइएको हो भन्ने चर्चा पनि साइबर जगतमा बढ्दो छ। दुई फोटोलाई तुलना गर्दा पनि यो फोटोसप गरिएकै जस्तो देखिन्छ। हेर्नुस् दुवै फोटो विश्वका मिडिया कसरी अनुजा प्रकरणमा जस्तो झुक्किए। हेर्नुस् कुन दुई फोटो मिलाएर लादेनको भनिएको फोटो आएको रहेछ। अनि यो हेर्नुस् कसरी यो फोटोलाई फेक भएको पुष्टि गरिएको छ।
न लादेनको कुनै फोटो देखाइएको छ, न भिडियो। न डीएनए टेस्ट कै कुरा छ। हतार हतार अन्त्येष्टि गरिसकेको खबर आउनुले पनि शंका उब्जाएको छ। गद्दाफीका छोरा अघिल्लो दिन आक्रमणमा मारिनु अनि नजिकिँदै गरेको अमेरिकी राष्ट्रपति निर्वाचन- के हो त सत्य ?
पहिले अमेरिकाले नै उचालेको थियो लादेनलाई
अहिले जसको मृत्युमा अमेरिका हर्षित भइरहेको छ, वास्तवमा उसलाई पहिला अमेरिकाले नै उचालेको थियो। १० मार्च १९५७ मा साउदी अरबको धनी परिवारमा जन्मिएका लादेनलाई अफगानिस्तानमा तत्कालीन सोभियत संघले आक्रमण गर्दा सोभियत फौजविरुद्ध लड्न उचाल्ने अमेरिका नै थियो। त्यतिबेला पैसा र हतियार दिएर अमेरिकाले सोभियत फौजविरुद्ध लड्ने मुजाहिद्दीनहरुलाई उचालेको थियो। अल कायदाको स्थापना उनले उतिबेला नै गरेका हुन्।
साउदी अरबको पवित्र भूमिमा अमेरिकी सेनाको उपस्थितिबाट क्रुद्ध थिए लादेन। मध्यपूर्वमा अमेरिकी सेनाको रवैयाबाट पनि लादेन रिसाएका थिए। सन् १९९८ मा लादेनले अमेरिकाविरुद्ध युद्धको घोषणा गरे। त्यही वर्ष केन्या र तान्जानियाको अमेरिकी दूतावासमा आक्रमण गरे उनले। घटनामा २२४ को मृत्यु भयो ५ सय घाइते भए। १० वर्षअघि सेप्टेम्बर ११ मा अमेरिकाका ट्विन टावरमा गरिएको आक्रमणपछि भने अमेरिकाले उनीविरुद्ध विश्वव्यापी युद्ध नै छेड्यो। त्यही युद्धका क्रममा आज लादेनको मृत्यु भएको हो।
जताततै लादेन नै लादेन
लादेन मारिएको खबर मैले फेसबुकबाट पाएको थिएँ। फेसबुकको भित्तोभरी लादेन मारिएकै खबरका स्टायटस थिए। अमेरिकाको फक्स न्युजले ब्रेक गरेपछि यो खबर फेसबुक र ट्विटर जस्ता सोसल मिडियामा तीव्र गतिमा फैलिएको थियो। त्यसो त, आक्रमणको समाचार आउनुअघि नै ट्विटरमा यसको लाइभ ट्विट भइसकेको थियो। अब्बोत्ताबादस्थित घरबाट Sohaib Athar नाम भएका एक पाकिस्तानीले @ReallyVirtual नामबाट आक्रमणबारे प्रत्यक्ष जानकारी दिएका थिए। अहिले उनलाई प्रश्न सोध्ने र उनलाई पछ्याउनेहरु यति बढेका छन् कि उनले जीमेलमा ट्विटरमा कसले फलो गर्दैछ भनेर आउने जानकारीलाई लुकाउन बाध्य भएका छन्। ट्विटरमा उनी एकाएक सेलिब्रिटी बनेका छन्।
त्यसैगरी लादेनको मृत्युको खबर र ओबामाले राष्ट्रलाई सम्बोधन गर्ने खबर पनि सबैभन्दा पहिला ट्विटरमा नै आएको थियो। बुस प्रशासनको पालामा रक्षामन्त्री डोनाल्ड रम्सफेल्डका चिफ अफ स्टाफ Keith Urbahn ले यो खबरलाई ट्विटरमा सबभन्दा पहिले ब्रेक गरेका थिए।

Sunday, May 1, 2011

टाउकोमा गोली लागेको थियो बिन लादेनको, शव बाग्राम बेसमा - nagariknews

गएराति पाकिस्तान नजिकैको अब्बोत्ताबादस्थित घरमा भएको अमेरिकी आक्रमणमा मारिएका ओसामा बिन लादेनको टाउकोमा गोली हानिएको अमेरिकी अधिकारीहरुलाई उद्‍धृत गर्दै सीएनएनले जनाएको छ।


बिन लादेनको शव बाग्राम बेसमा, पत्रकारहरुलाई हेर्न बोलाइयो
पाकिस्तानमा भएको अमेरिकी आक्रमणमा मारिएका अल कायदा प्रमुख ओसामा बिन लादेनको शवलाई अफगानिस्तानको बाग्राम बेस (अमेरिकी हवाई शिविर) मा लगिएको र शव निरीक्षण गर्न पत्रकारहरुलाई बोलाइएको अल जजिराका काबुलस्थित संवाददाताले बताएका छन्।

खोजेको १० वर्षपछि मारिए ओसामा
अमेरिकाले आतंकवादी संगठन घोषणा गरेको संगठन अलकायदाका 'मास्टरमाइन्ड' बिन लादेनको मृत्यु भएको छ। सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणपछि विश्वभर थालिएको खोजी अभियानको १० वर्ष र आतंकवादविरोधी कारबाहीमा ३ हजार भन्दा बढीको मृत्यु पछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाकिस्तानमा गरिएको आक्रमणमा उनको मृत्यु भएको पुष्टि गरेका हुन्। लादेनसँगै थप तीन जना पनि मारिएका छन्। तीमध्ये एक उनका छोरा रहेको अमेरिकी अधिकारीहरुले जनाएका छन्। उनीसँगै उनका अन्य परिवार सदस्य समेत मारिएको दावी गरिएको छ। 

अधिकारीहरुले उनको शव नियन्त्रणमा लिइसकेका छन्। यो अपरेसनमा कुनै पनि अमेरिकीलाई क्षति नपुगेको बताइएको छ।

बिन लादेन मारिएको खबरसँगै अमेरिकाले विश्‍वभरका अमेरिकी कार्यालयहरुमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।  अलकायदाका सदस्यहरुले गर्नसक्ने  बदलाको आक्रमणलाई ध्यानमा राख्दै यस्तो निर्देशन दिइएको हो।

ओसामा मारिएः ओबामा
ओसामा बिन लादेन मारिएको समाचार स्रोतलाई उद्‍धृत गर्दै अमेरिकी लगायत अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले दिएको केही समयमा नै अमेरिकी राष्ट्रपति बाराक ओबामा राष्ट्रका नाममा सम्बोधन गर्द राति अबेर टेलिभिजनमा देखिए। 'म आज अमेरिकी जनता र विश्वलाई यो बताउन चाहन्छु कि.., ओसामा बिन लादेन मारिए', उनले घोषणा गरे, 'आज मेरो निर्देशनमा बिन लादेनविरुद्ध अमेरिकी सेनाले आक्रमण गरेको हो। भिडन्तपछि उनीहरुले ओसामालाई मारे र उनको शवलाई नियन्त्रणमा लिए।' घोषणासँगै राति अबेरसम्म पनि ह्वाइट हाउसअगाडि अमेरिकी झण्डा बोकेर खुसियाली मनाउनेहरुको भीड लागेको छ। ९ मिनेट २८ सेकेन्ड लामो उनको सम्बोधन यस्तो थियो-




कसरी मारिए ?
पाकिस्तानी अधिकारीहरुलाई उद्‍धृत गर्दै अमेरिकी समाचार एजेन्सी एपीले जनाए अनुसार पाकिस्तानको राजधानी इस्लामावादबाट करिब सय किलोमिटर उत्तरमा रहेको अब्बोत्ताबादको बिलाल क्षेत्रमा चार वटा हेलिकप्टरले हवाई आक्रमण गरेको थियो। आक्रमणपछि छापा मारेर त्यहाँ रहेका महिला र बालबालिकाहरुलाई हिरासतमा लिइएको छ।

एउटा सानो अमेरिकी समूहले उनी रहेको घरमा आक्रमण गरेको थियो। घरमा अमेरिकी समूह ४० मिनेटसम्म रहेका थिए। लादेनले प्रत्याक्रमण गरेका भए पनि अमेरिकी कोही हताहत नभएको बताइएको छ। सीएनएनका अनुसार छापा मार्ने क्रममा एउटा अमेरिकी हेलिकप्टर प्राविधिक कारणले दुर्घटना भएको थियो।

एएफपीका अनुसार आक्रमणका क्रममा बिन लादेनसहित चार जना मारिएका छन्। तीन जना पुरुष हुन् भने मानव ढालका रुपमा प्रयोग गरिएकी एक महिला पनि मारिएकी छिन्।

कस्तो थियो त्यो घर ?
बिन लादेन मारिएको घर पाकिस्तानको अब्बोत्ताबादमा छ। यो तीन तला अग्लो छ। वरपरका घरहरुभन्दा यो आठ गुणा अग्लो छ। गुप्तचरहरुले यसअघि नै त्यो घर वरपर १८ फिट अग्लो पर्खालहरु भएको र त्यसको माथि काँडेतार लगाइएको बताएका थिए। उनीहरुका अनुसार त्यहाँ दुई सुरक्षा गेट थिए र कुनै फोन र इन्टरनेट थिएनन्।

के गरिन्छ लादेनको शवलाई ?
बिन लादेनको मृत्युको खबर सार्वजनिक भए पनि उनको शव भने यो समाचार तयार पार्दासम्म सार्वजनिक गरिसकिएको छैन। रोयटर्सका अनुसार अमेरिकी अधिकारीहरुले लादेनको शवलाई  इस्लामिक परम्परा अनुसार व्यवहार गरिने बताएका छन्।

 
कसले के भने ?

न्याय गरिएको छ
अमेरिकी राष्ट्रपति ओबामा, राष्ट्रका नाममा सम्बोधन गर्दै

यो गौरवशाली उपलब्धि हो। आतंकवादविरुद्धको संघर्ष जारी छ तर आज राति अमेरिकाले एउटा गल्ती नहुने सन्देश दिएको छ- समय जतिसुकै लागे पनि न्याय गरिन्छ।
अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुस

यो समाचारले विश्वलाई ठूलो राहत दिनेछ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन

आतंकवादविरुद्ध संघर्ष गरिरहेका प्रजातान्त्रिक देशहरुका लागि बिन लादेनको मृत्यु एउटा ठूलो विजय हो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू

इस्लामावाद नजिकै बिन लादेन मारिनुले पाकिस्तानले आतंकवादीहरुलाई संरक्षण दिन्छ भन्ने चासोलाई उजागर गरेको छ।
भारतीय गृहमन्त्री पी चिदम्बरम, एएफपीसित

Obama: Al-Qaida head bin Laden dead - yahoo

AP Photo
Barack Obama AP – President Barack Obama reads his statement to photographers after making a televised statement on the …
WASHINGTON – Osama bin Laden, the glowering mastermind behind the Sept. 11, 2001, terror attacks that murdered thousands of Americans, was killed in an operation led by the United States, President Barack Obama said Sunday.
"Justice has been done," said the president in a dramatic late-night announcement at the White House.
A small team of Americans killed bin Laden in a firefight Sunday at a compound in Pakistan, the president said, and took custody of his remains. Americaj officials said they were being handled in accordance with Islamic tradition.
A jubilant crowd gathered outside the White House as word spread of bin Laden's death after a global manhunt that lasted nearly a decade.
Former President George W. Bush, who was in office on the day of the attacks, issued a written statement hailing bin Laden's death as a momentous achievement. "The fight against terror goes on, but tonight America has sent an unmistakable message: No matter how long it takes, justice will be done," he said.
Obama said he ordered the operation after receiving undisclosed intelligence information. Senior administration officials said the terrorist mastermind was found inside a custom-built compound with two security gates. They said it appeared to hvae been constructed to harbor one high-value target and that for undisclosed reasons, officials became clear the hideout was bin Laden's.
Officials also said they believe the death puts al-Qaida on a path of decline that will be difficult to reverse, but there was no word on the whereabouts of bin Laden's second-in-command, Ayman al-Zawahri.
The stunning end to the world's most widely-watched manhunt came just months before the 10th anniversary of the Sept. 11 attacks on the World Trade Centers and Pentagon, orchestrated by bin Laden's al-Qaida organization, that killed more than 3,000 people.
The attacks a decade ago seemed to come out of nowhere, even though al-Qaida had previously damaged American targets overseas.
The terrorists hijacked planes, flew one of them into one of Manhattan's Twin Towers — and, moments later, into the other one. Both buildings collapsed, trapping thousands inside and claiming the lives of firefighters and others who had rushed to help them.
A third plane slammed into the Pentagon, defacing the symbol of America's military night. A fourth crashed in rural Pennsylvania after passengers overpowered the hijackers and forced the craft from the air — before it could hit its intended target in Washington.
The attacks set off a chain of events that led the United States into wars in Afghanistan, and then Iraq, and America's entire intelligence apparatus was overhauled to counter the threat of more terror attacks at home.
A senior administration official says Obama gave the final order for U.S. officials to go after bin Laden on Friday. The official added that a small team found their quarry hiding in a large home in an affluent suburb of Islamabad. The raid occurred in the early morning hours Sunday.
Administration officials offered some details of the operation.
Based on statements given by U.S. detainees, intelligence officials have known for years that bin Laden trusted one al-Qaida courier in particular and they believed he might be living with him in hiding. In November, intelligence officials found out where he was living, a huge fortified compound in an affluent suburb of Islamabad. It was surrounded by walls as high as 18 feet high, topped with barbed wire. There were two security gates and no phone or Internet running into the house.
Intelligence officials believed the $1 million home was custom-built to harbor a major terrorist. CIA experts analyzed whether it could be anyone else, but time and again, they decided it was almost certainly bin Laden.
Three adult males were also killed in Sunday's raid, including one of bin Laden's sons, whom officials did not name. One of bin Laden's sons, Hamza, is a senior member of al-Qaida.
Obama spoke with Bush and former President Bill Clinton Sunday night to inform them of the developments.
Obama struck a less than boastful tone in his brief announcement, although he said the death of bin Laden was "the most significant achievement to date in our nation's effort to defeat al-Qaida.
"His death does not mark the end of our effort. There's no doubt that al-Qaida will continue to pursue attacks against us. We must and we will remain vigilant," he added.
Moments after he spoke, American officials cautioned that the events could lead to heightened threats against the United States.
Officials said the U.S. would ensure that bin Laden's body was handled in accordance with Islamic tradition.