Thursday, April 28, 2011

नेपालले भारतको सीमा मिचेछ - mysansar

लौ नेपालीहरु त कस्ता रैछन्, भारत जस्तो शक्तिशाली छिमेकीको समेत सीमा मिचेछ। कति बलियो रैछ नेपाल देख्‍नुभो ? पढ्नुस्
Nepal grabs Bihar land, Government callous
Prabhakar Kumar , CNN-IBN
Updated Apr 28, 2011 at 07:55am IST
New Delhi: It’s a land grab with International dimensions. Thousands of villagers in seven border districts of Bihar have lost their land and homes to encroachers from Nepal – triggering a significant rise in violence and conflict along the state’s border with the Himalayan Kingdom. The land grab, it appears, has its genesis in a warped century old border treaty. The Indian authorities’ inability to ensure pillars demarcating the border stay intact, making it worse.
Rashud Ansari, villager, said, “The land which should be part of Bihar is occupied by Nepal. But all the papers for that land are with India and are from India.”
People residing at the Indo-Nepal border have been crying foul for long. Slowly, the land on the Indian side is disappearing. Farmers here are losing their farm lands, their livelihood, rather everything. The local authorities are well aware about this issue but their hands seems tied down.
Though the 600 Km long open Indo-Nepal border is patrolled by the Sashatra Seema Bal or SSB, pillars demarcating the border are regularly uprooted. Intelligence estimates suggest that 716 International border pillars have disappeared along the Indo-Nepal border. 281, out of that number, are pillars which have been uprooted in Madhubani district, 116 pillars from East Champaran district, 61 pillars from West Champaran and 3 in Araria district.
The SSB agrees that the problem is serious and that it has been escalated to the Central government.
“Boundary has not been demarcated by both countries. Disputes exist in only 7 districts and we have already reported the matter to the Central government through our HQ. Many pillars have gone missing and the State government must look into it,” said Aditya Mishra, Inspector General, SSB.
Ironically, the very basis of setting up these pillars lies in a treaty signed by the British in 1816, declaring the river Mahakali as the border between the two countries. The Sugauli Treaty, as it is know, is meaningless as the river has changed course several times southwards into Indian land.
Suresh Mahto, Farmer, said, “Our village was first settled over there, then they uprooted it and settled it here. Alot of Fighting took place and even, guns were used. It was just too much but it was only after the fighting that they moved.”
With farmers turning landless, literally overnight, most try mass protests, but ultimately end up migrating to bigger towns or work as landless labourers.
“A lot of people here are leaving their homes and are going to other towns because of the amount of problem Nepal is creating in illegally occupying our land,” said Ramesh Kamgaar, a villager.
Though the Nitish Kumar government wrote to the Centre on the issue during its first tenure, the lack of pressure has now only meant continuing misery for Bihar’s border residents.

Tuesday, April 26, 2011

साईबाबाको पुनर्जन्म अर्को वर्ष ! - Gorkhapatra

काठमाडौँ, वैशाख १२ गते । साईबाबाको निधनलगत्तै उनको पुनर्जन्मको चर्चा चल्न थालेको छ । मैसुरस्थित एक परिवारले सन् २०१२ मा साईबाबाले प्रेम साईका रूपमा पुनर्जन्म लिने दाबी गरेको छ । बाबाको पुनर्जन्म मन्ड्या जिल्लाको डोडामालुरमा कृष्ण मन्दिरनजिकै हुने साईबाबाका एक भक्तको विश्वास छ ।
"यो हाम्रो भविष्यवाणी होइनÙ बाबा स्वयंले मेरी आमा कानाम्मा तथा हजुरआमा नाम्मा गिरिअम्मालाई मैसुरस्थित हाम्रो निवासमा एकपटक बताउनुभएको हो", बाबाभक्त अवकाशप्राप्त खाद्य प्राविधिक अनुसन्धान संस्थाका उपनिर्देशक शङ्करले बताए ।
शङ्करले आˆनी आमालाई उद्धृत गर्दै बाबा नारायाना कस्तुरीकोमा जन्म लिने पनि दाबी गरे । जसले बाबाको बारेमा चार भागमा जीवनी लेखेका छन् । यसै पुस्तकमार्फत सन् १९६३ मा बाबाले प्रथमपटक पुनर्जन्म लिने दाबी गरेका थिए ।
कयौँ पुस्तादेखि शङ्करका पूर्वजहरू बाबाका कट्टर भक्त छन् । ९० वषर्ीया कानाम्मा बाबाका अत्यन्त निकटवर्ती भक्त मानिन्छन्Ù जसको मैसुरस्थित निवासमा बाबा छपटक पुगिसकेका छन् । कानाम्माले बाबासँगका अनुभूतिलाई पुस्तकमा पनि उतारेकी छन् । ६ जुलाई सन् १९६३ मा बाबाले सिरडीको साईबाबा, सत्य साईबाबा र प्रेम साई गरी तीन शिव अवतार हुने बताएका थिए । यो पनि भनिन्छ कि साईबाबाले प्रेम साईको तस्बिर पनि आˆना एक अनन्य भक्त जोन हिस्लपलाई दिएका छन् । उनले तस्बिरसँगै औँठी पनि दिएको बताइन्छ । भनिन्छ, सिरडीको साईबाबाले सन् १९१८ मा देहत्याग गर्नुपूर्व आठ वर्षपछि सत्य साईबाबाको रूपमा जन्म लिने बताएका थिए ।
साईबाबाको मृत्यु वास्तुदोषले गर्दा भयो ?
साईबाबाका परिवारजनले बाबाको निधन अस्पतालको वास्तुदोषका कारण भएको दाबी गरेका छन् । आइतबार बाबाले पुट्टपर्तीस्थित मेडिकल इन्स्िटच्युट अफ हायर मेडर साइन्सेजमा अन्तिम सास लिए ।
बाबाका परिवारजनले अस्पतालको वास्तुदोषका कारण बाबाको निधन भएको गुनासो व्यक्त गरेका छन् । यस अस्पतालमा दाइ, बहिनीलगायत बाबाका परिवारका पाँच सदस्यको निधन भइसकेको छ । नाम नछाप्ने सर्तमा बाबाका परिवारका एक सदस्यले भने, "हामीलाई सधैँ लाग्थ्यो, अस्पतालमा वास्तुदोष छ । सत्य साईको मृत्युले एकपटक पुनः यो साबित भएको छ । हामीले अर्को आईसीयू वा बैङ्लोरस्थित सुपर अस्पतालमा बाबालाई सार्न भनेका थियौँ तर हाम्रो कुरा मानिएन ।"
बाबाका एक अन्य आफन्तको भनाइ छ, "यो अस्पतालमा धेरै नकारात्मकता छ ।"
किन दुःख मनाउने ? ः तसलिमा
यसैबीच चर्चित लेखिका तसलिमा नसरिनले प्रसिद्ध क्रिकेटर तथा साईभक्त सचिन तेन्दुलकरलाई बाबाका लागि सचिन दुःखी भएकोमा आश्चर्य व्यक्त गरेकी छन् ।
"बाबाले त २०२२ मा देहत्याग गर्ने घोषणा गर्नुभएको थियो तर उनी त चाँडै गए । ...कसैले किन साईको निधनमा दुःखी हुनुपर्छ । उनी त ८६ वर्षका भइसकेका थिए र उनलाई -एक न एक दिन)
मर्नै थियो", तसलिमाको यस टि्वटमा तिखो प्रतिक्रिया पनि आइरहेको छ ।
उता भारतका प्रधानमन्त्री मनमोहन सिंहले बाबा सबै धर्म मान्ने व्यक्तिका लागि प्रेरणाका स्रोत रहेको बताउनुभएको छ भने उपराष्ट्रपति हमिद अन्सारीले मानवताको सेवा भगवान्को सेवा हो र यो सङ्कीर्णता समाप्त गर्ने एक साधन हो भन्दै बाबाको निधनमा गहन शोक व्यक्त गर्नुभएको छ । तमिलनाडुका मुख्यमन्त्री एम. करुणानिधिले कृष्णा नदीको पानी राज्यमा ल्याउन बाबाले २०० करोड भारु दिएर तमिलहरूको मन जितेको प्रतिक्रिया दिनुभएको छ । बाबाको निधनमा भारतका विपक्षी दलका नेता लालकृष्ण आडवाणीले पनि गहन शोक व्यक्त गर्दै अन्त्येष्टिमा सामेल हुने घोषणा गर्नुभएको छ । बाबाबारे केही विवाद पनि उठेका थिए तर पनि उहाँप्रति श्रद्धा राख्नेहरूको ठूलो जमात छ ।
-स्रोत ः द एसियन एज, हिन्दुस्तान टाइम्स, नवभारत टाइम्स, दैनिक हिन्दुस्तान, दैनिक भास्कर एवं अन्य अनलाइन समाचार)
सत्य साईबारे केही तथ्य
w ४० हजारदेखि एक लाख करोड सम्पत्ति भएको अनुमान छ । यसमा एअरपोर्ट, रेल्वे स्टेन, अस्पताल, कलेज, स्टेडियम आदि छन् ।
w स्वास्थ्य क्षेत्रमा आन्ध्र प्रदेशमा पुट्टपर्ती र बेङ्गलुरुमा दुई सुपर स्पेसयलिटी र दुई सामान्य सत्य साई अस्पताल छन् ।
w शिक्षा क्षेत्रमा दस हजार विद्यार्थीले सत्य साई इन्स्िटच्युट अफ लर्नीबाट उपाधि हासिल गरिसकेका छन् ।
w १६ हजार विद्यार्थीले भारतभरिका विभिन्न भागमा स्थित ट्रस्टका ७० स्कुलबाट शिक्षा हासिल गरिसकेका छन् ।
w पाँच हजार छात्रले विदेशमा ट्रस्टका २६ स्कुलबाट शिक्षा ग्रहण गरेका छन् ।
w ११४ देशमा सत्य साईबाबा केन्द्र छ तथा १७८ देशमा उनका अनुयायी छन् ।
w उनका उत्तराधिकारीमा तीन नाम बढी चर्चामा छ, -कसैले सात पनि भन्छन्) । आईएएस अफिसर एवं ट्रस्टका सचिव के चक्रवर्ती, बाबाका भतिजा आरजे रत्नाकार र बाबाका निजी सेवक सत्यजित ।

अनुजासँग तीन घन्टा बयान - सचिन पोख्रेल "GorkhaPatra"

इटहरी, वैशाख १२ गते । आफूले फेला पारेको ९१ लाख रुपियाँ र बहुमूल्य हीराको हार सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको भनिएर सर्वत्र प्रशंसाकी पात्र बनेकी अनुजा बानिया अन्ततः इमानदारको नाममा बेइमान साबित भएकी छन् ।
बेइमान साबित भएकी भोजपुर जिल्लाको भुल्के घर भई धरानमा बसोबास गर्दै आएकी अनुजामाथि सरकारले सोमबारदेखि औपचारिक रूपमा अनुसन्धानसमेत प्रारम्भ गरेको छ ।
नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक रेग्मीको नेतृत्वमा रहेको सादा पोसाकको टोलीले इटहरी नगरपालिका वडा नं. १ मा रहेको अनुजाका दिदीभिनाजुको डेरामा आएर अनुसन्धान प्रारम्भ गरेको हो । यस क्रममा सुरक्षाकर्मीको सो टोलीले अनुजासँग अपराहृन करिब तीन घन्टा बयान लिएको थियो । अनुसन्धान टोलीको नेतृत्व गरेर आएका प्रहरी नायब उपरीक्षक रेग्मीले गोरखापत्रसँग सक्षिप्त कुरा गर्दै आफूहरूले अनुजा काण्डको सन्दर्भमा अनुसन्धान प्रारम्भ गरेको बताउनुभयो । नेपाल प्रहरीको टोलीले अनुजाले प्रयोग गरेको मोबाइल कलको विस्तृत विवरण सङ्कलन गरी छानबिन गरेको छ ।
यस सन्दर्भमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले घटना काल्पनिक भएको देखिएकाले स्थानीय प्रहरी प्रशासनले घटनालाई अनुसन्धानको दायरामा ल्याउने बताउनुभयो ।
भोजपुर भुल्के-२ स्थायी घर भई हाल धरानमा अस्थायी रूपमा बस्दै गरेकी अनुजा बानियाले इटहरीमा भएका आˆना दिदीभिनाजुको घरबाट धरान र्फकने क्रममा भेट्टाएको ९१ लाख रुपैयाँ र एक थान हीराको हार सम्बन्धित धनीलाई बिनासर्त फिर्ता गरेको भनेर नेपाली सञ्चारमाध्यममा उनी प्रमुखताका साथ छाउन पुगेकी थिइन् । अनुजालाई बधाई दिनेको ओइरो लाग्न थालेको थियो । राष्ट्रपति रामवरण यादवसमेतले अनुजालाई बधाई दिनुभएको थियो ।
एक साता नबित्दै अनुजा घटनाले ९० डिग्रीमा कोल्टे फेरेको छ । हिजो अनुजाको प्रशंसामा खर्चिएका अखबारका पानाहरूले अनुजा झूठी र ठग रहेको कुरा प्रस्तुत गरिरहेका छन् ।
काठमाडौँ सीतापाइला घर भएको भनिएका ६५ वषर्ीय पुरुषोत्तम पौडेल अनेकौँ खोजी र अनुसन्धानपछिसमेत भेटिएका छैनन् । त्यस्तै यस घटनाका अन्य पात्रहरू पैसा फिर्ता लिन सँगै जाने मीतछोरी अनिता कार्की, पौडेलकी छोरी सुधा र इटहरी बस्ने छोरा अनिल कोही सम्पर्कमा छैनन् । त्यस्तै पत्रिकामा पहिलो दिन छापिएको तस्बिर अनुजाको नभई उनकी साथी ममता अधिकारीको रहेको समेत पुष्टि भएको छ । पौडेलकी मीत छोरी भएर समाचार दिन गएकी अनिता कार्की अरू कोही नभएर स्वयं अनुजा बानिया नै भएको समेत पुष्टि भइसकेको छ ।
अनुजाले यति ठूलो रकम भेट्टाएर सम्बन्धित मालिकलाई फिर्ता गरेको घटना स्वयं उनका दाजुले समेत पत्याएका छैनन् ।
त्यस्तै अहिले अनुजालाई पुरुषोत्तमको नम्बर माग्दासमेत गल्तिवश नम्बर डिलिट भएको बताउन उनी पछि पर्दिनन् । मेरो मोबाइलको नम्बरबाट उनले पुरुषोत्तमलाई राति ११ः३० मा सम्पर्क गरेको, इटहरी आईएमईबाट ९१ लाख झिकिएको भनिए पनि इटहरी आईएमईले आˆना शाखाबाट त्यति ठूलो रकम कसैलाई पनि भुक्तानी नगरिएको दाबी गरेको छ । त्यस्तै त्यति ठूलो रकम कुनै पनि बैङ्कले एकैपटक भुक्तानी गर्न गाह्रो हुनेसमेत शाखाले जनाएको छ । घटना असत्य हो भन्नका लागि यो नै एउटा गतिलो आधार हुन सक्छ । अर्कोतर्फ धरानमा पैसा चाहिएको हो भने धरानमा आईएमईको कुनै शाखा नै नभएजस्तो गरी किन इटहरी शाखामा त्यति ठूलो रकम पठाएर धरान लगिन्थ्यो ? अनि त्यति ठूलो रकम बोक्ने मान्छेले प्राइभेट गाडी चढ्नुको साटो किन सार्वजनिक गाडी प्रयोग गर्‍यो त ? घर किन्नका लागि त्यति ठूलो रकम नगद किन लगियो जब कि अहिले मालपोत कार्यालयमा ४० लाखभन्दा बढी रकम चेकबाट मात्र लिइने व्यवस्था छ । पैसा त घर किन्नका लागि ल्याइयो तर हीराको हार किन बोकियो त ?
त्यति ठूलो रकम र हीराको हार हराउँदासमेत प्रहरीलाई जानकारी नगराएको घटना अर्को अपत्यारिलो घटना हो । सबै घटना र फेला परेका प्रमाणहरूले अनुजा प्रकरण असत्य र भ्रामक प्रचारबाजीमात्र रहेको पुष्टि भएको छ ।

Monday, April 25, 2011

'कान्तिपुर'ले देखाएको सही बाटो - By Salokya, on April 25th, 2011 My Sansar

बसमा भेटिएको ९१ लाख रुपैयाँ र हिराको हार जसको हो उसैलाई फर्काएको भनी बहुप्रचारित घटना अन्ततः काल्पनिक भएको पुष्टि भएको छ। ‘समाचार अन्ततः काल्पनिक घटना र नक्कली पात्रमा आधारित रहेको पुष्टि भएको’ भन्दै ‘नियोजित परिस्थिति र नक्कली पात्रहरूका कारण भ्रमपूर्वक गलत समाचार र विचार सम्प्रेषण हुन गएकामा सम्पूर्ण पाठकसँग क्षमा’ मागेको सूचना आजको कान्तिपुरले पहिलो पेजमा छापेको छ। कान्तिपुरको यो क्षमायाचनासँगै देशभर चर्चाको विषय बनेको र राष्ट्रपति र प्रधानन्यायाधीशले समेत प्रशंसा गरेको घटना सत्य हो कि झुटो हो भनी रहँदै आएको शंका पूर्ण रुपमा निवारण भएको छ। त्योसँगै ‘कान्तिपुर’ले गलत समाचार छापिएकोमा क्षमा मागेर नेपालको पत्रकारिता इतिहासमा एउटा प्रशंसनीय र अनुकरणीय काम थालेको छ। जसरी गलत समाचार छापिनु गैरजिम्मेवारी हो, त्यसैगरी गलत समाचार छापिएपछि त्यसबारे पाठकहरुलाई जानकारी दिनु र क्षमा माग्नु जिम्मेवारीबोध हो। यसले कान्तिपुरको गरिमा घटाएको छैन, मेरो नजरमा बरु बढाएको छ। पत्रकार पनि मान्छे हो र गल्ती मान्छेबाट नै हुन्छ। गल्ती स्वीकार गरी माफी माग्ने जुन स‌ंस्कृति कान्तिपुरले पत्रकारिता क्षेत्रमा सुरु गर्‍यो, त्यसपछाडिका सबै पात्रहरुलाई सलाम गर्नुपर्छ। किनभने यो घटनाले समग्र पत्रकारिता क्षेत्रमाथि नै औँला ठड्याउने काम भएको थियो।
नेपालमा मात्र हैन, विदेशमा पनि यस्ता कयौँ घटना भएका छन्। फरक यति थियो- उतातिर गल्ती भएपछि क्षमा मागिन्थ्यो, यता त्यस्तो हुन्न थियो। चाहे त्यो रस्सेन्द्र भट्टराईको समाचारमा होस् चाहे डा. भक्तमानको अपहरण कान्डको समाचारलाई लिएर होस्।

          जब वासिङटन पोस्टले गल्ती गर्‍यो

          • सन् १९८१ को कुरा हो, अमेरिकाको प्रतिष्ठित दैनिक द वासिङटन पोस्टको पहिलो पेजमा एउटा समाचार छापियो- ‘जिम्मीको विश्व’ शीर्षकमा। ८ वर्षका एक बालक कसरी लागू औषधी हिरोइनको लतमा लागे भन्ने विषयमा थियो समाचार। पत्रकारिता जगतको प्रतिष्ठित पुरस्कार पुलित्जर प्राइज सन् १९८१ मा यो समाचार लेख्‍ने ज्यानेट कूकलाई दिने घोषणा भयो। समाचार छापिएपछि वासिङटन सहरका तत्कालीन मेयर म्यारिअन ब्यारीले जिम्मी नामको त्यो केटोलाई खोज्ने आदेश दिए तर पत्ता लगाउन सकेनन्। तर ब्यारीले जिम्मीलाई उद्धार गरी उपचार गराइरहेको दावी गरे। सहायक प्रबन्ध सम्पादक बब उडवर्डले यो समाचारलाई पत्याए, छापे र पुलित्जर प्राइजका लागि सिफारिश गरे। उनले पुरस्कार पनि जिते। तर पुरस्कार जितेपछि पोस्ट कै पत्रकारहरुले उनले उदधृत गरेका अज्ञात स्रोतहरुका बारे प्रश्न उठाए।
          • पोस्टका कार्यकारी सम्पादक बेन्जामिन ब्राडलीलाई भास्सार कलेजबाट फोन आयो- तिम्रा रिपोर्टरले हाम्रो कलेजमा पढेका छैनन् है। झस्किए सम्पादक। किनभने समाचार लेखिका कूकले आफ्नो बायोग्राफी पुलित्जरका जजहरुलाई पठाउँदा त्यो कलेजमा ग्राजुएट गरेको भनेर लेखेकी थिइन्। फेरि थाहा भयो युनिभर्सिटी अफ टोलेडोमा पनि उनले मास्टर्स डिग्री लिएकी हैन रहिछिन्। भास्सारमा एक वर्ष पढेको र टोलेडोबाट बीए मात्र गरेकी रहिछिन्। अनि समाचारका पात्र जिम्मीको खोजी थालियो। अहँ, भेटिएन। अन्त्यमा कूक आफैले स्वीकार गरिन्, त्यो केटो त छँदै थिएन, समाचारका अधिकांश अंश काल्पनिक थिए। अन्ततः कूकले राजीनामा दिए।
          • भोलिपल्ट पोस्टले पुलित्जर प्राइज फिर्ता गर्‍यो र आफ्नो सम्पादकीयमा यस्तो लेखेर क्षमा याचना गर्‍यो “This newspaper . . . was itself the victim of a hoax—which we then passed along in a prominent page-one story . . . How could this have happened?” समाचार लेखिकाको राजीनामा र पोस्टले इमान्दार भएर गरेको क्षमा याचनापछि यो कान्ड सकियो। तर पत्रकारिता क्षेत्रलाई सँधैका लागि एउटा उदाहरण भने छाडेर गयो। पछि यही कथामा हलिउडमा एउटा फिल्म पनि बन्यो The Hoax, जसमा रिचर्ड गेरले अभिनय गरेका थिए।
          थप पढ्नुस्: http://www.time.com/time/magazine/article/0,9171,924722,00.html#ixzz1KXFphrHx

          समाचारदेखि प्रमाणसम्म सबै झुटा !

          एउटा अर्को उदाहरण सन् १९९५ देखि १९९८ सम्म तीन वर्ष स्टेफन ग्लास नामका रिपोर्टरले दुनियाँलाई उल्लु बनाएको घटनालाई लिन सकिन्छ। यसको शिकार बनेको थियो द न्यु रिपब्लिक नामको म्यागेजिन। घटना, पात्र, उनीहरुका भनाई, स्रोत र प्रमाण सबै नक्कली जुटाएर समाचार लेख्‍ने उनको शैलिबाट कायल भएका द न्यु रिपब्लिकका सम्पादक मार्टिन परेजले पछि एउटा अन्तर्वार्तामा भनेका थिए- अब त म उसले बाहिर घाम लागेको छ भनेर भने पनि पत्याउँदिन।
          उनले गरेका कयौँ फ्रड यत्तिकै रहे तर सन् १९९८ को मे महिनामा पाप धुरीबाट करायो। ह्याक हेभन शीर्षकमा उनले एक १५ वर्षका ह्याकरको बारेमा समाचार लेखे। ती ह्याकरणले जुक्ट माइक्रोनिक्स नामको कम्पनीलाई ह्याक गरेको अनि पछि त्यही कम्पनीले उसलाई सूचना सुरक्षा सल्लाहकारका रुपमा काम दिएको समाचारमा थियो। समाचार काल्पनिक भए पनि आफैले देखेजस्तो गरी यसरी लेखिएको थियो-
          Ian Restil, a 15-year-old computer hacker who looks like an even more adolescent version of Bill Gates, is throwing a tantrum. “I want more money. I want a Miata. I want a trip to Disney World. I want X-Men comic [book] number one. I want a lifetime subscription to Playboy – and throw in Penthouse. Show me the money! Show me the money!. . . .”
          Across the table, executives from a California software firm called Jukt Micronics are listening and trying ever so delicately to oblige. “Excuse me, sir”, one of the suits says tentatively to the pimply teenager. “Excuse me. Pardon me for interrupting you, sir. We can arrange more money for you.”
          यो समाचार छापिएपछि फोर्ब्स म्यागेजिनका पत्रकार एडम पेनेनबर्गलाई शंका लाग्यो। उसले समाचारमा दिइएका तथ्यहरुलाई क्रस चेक गर्न खोजे। जुक्ट माइक्रोनिक्स नामको कुनै कम्पनी र समाचारमा उल्लेख गरिएका मानिस फेला परेनन्। यसको पर्दाफास गरी फोर्ब्सले अनलाइनमा समाचार छापेपछि पत्रिकाले आन्तरिक अनुसन्धान थाल्यो। समाचारमा वर्णन गरिएका घटना नक्कली र पात्र नक्कली रुपमा खडा गरिएको पाइएपछि सम्पादकले ग्लासलाई तत्काल बर्खास्त गरे। विस्तृत आन्तरिक छानबिन भयो र उनले लेखेका ४१ समाचारमध्ये कम्तिमा २७ वटा काल्पनिक वा बढाइचढाइ गरिएको फेला पर्‍यो। सन् २००५ मा दिइएको अन्तर्वार्तामा ग्लासले बाँकी १४ वटा समाचारमा पनि काल्पनिक कुरा भएको बताएका थिए। उनी यति खुँखार थिए कि ह्याकरसम्बन्धी त्यो समाचारका लागि उनले आफै वेबसाइट बनाएका थिए, हुँदै नभएको जुक्ट माइक्रोनिक्स कम्पनीको भ्वाइस मेल अकाउन्ट बनाएका थिए, नक्कली बिजनेस कार्ड छपाएका थिए र ह्याकर कम्युनिटीको नक्कली न्युजलेटर छापेका थिए।
          द न्यु रिपब्लिकले गल्तीबारे जानकारी दिँदै आफ्ना पाठकहरुसमक्ष क्षमा माग्यो। यसबारे पनि हलिउडमा Shattered Glass शीर्षकमा एउटा फिल्म बनेको छ।

          जब न्युयोर्क टाइम्सले गल्ती गर्‍यो

          सन् २००६ को अप्रिल ९ मा अमेरिकाको अर्को एउटा प्रतिष्ठित पत्रिका न्युयोर्क टाइम्सले ज्याक हिटको एउटा लेख छाप्यो जसमा गर्भपात गराएको अभियोगमा एल साल्भाडोरमा एक महिलालाई जेलमा राखिएको दावी गरिएको थियो। ८ महिनापछि पत्रिकाले क्षमा माग्दै गल्ती सच्यायो। वास्तवमा ती महिलालाई बच्चा जन्मिएपछि हत्या गरेको आरोपमा जेलमा राखिएको रहेछ। लेखक गर्भपात गराउन पाउनु पर्छ भन्ने समूहमा काम गर्ने एक अनुवादकको अनुवादमा भर परेका रहेछन्।
          सन् २००६ कै मार्च महिनामा न्युयोर्क टाइम्सको पहिलो पेजमा हस्सन एम फताह नामका एक रिपोर्टरले एक इराकीसँग लिएको अन्तर्वार्ता छापियो। त्यसमा ती इराकी अबु घारिब जेलमा रहेको बेलाको भनी फोटो पनि छापिएको थियो। इन्टरनेट म्यागेजिन सालोनले त्यो फोटोमाथि तुरुन्त प्रश्न उठायो र अमेरिकी सेनाले पनि। टाइम्सले त्यही फोटो वास्तविक नामसहित धेरै वर्षअगाडि नै छापिसकेको रहेछ। टाइम्सका सम्पादकले यसप्रति क्षमा मागे र त्यो मान्छेको परिचय खोज्न पर्याप्त छानबिन नगरेको स्वीकारे।

          जब सीएनएन र टाइमले गल्ती गर्‍यो

          सन् १९९८ को जुन ७ मा सीएनएनले एउटा समाचार दियो- भियतनाम युद्धका क्रममा युद्ध छाडेर भाग्ने अमेरिकी सैनिकहरुलाई अमेरिकाले लाओसमा नर्भ ग्यास प्रयोग गरी मारेको थियो। जुलाई ७ तारिखमा सीएनएनले यो समाचार गलत रहेको स्वीकार्दै आफ्ना दर्शकसमक्ष यसरी क्षमा माग्यो-
          We acknowledge serious faults in the use of sources who provided NewsStand with the original reports and therefore retract the Tailwind story.
          We apologize to our viewers and to our colleagues at Time for this mistake.
          We have learned a lot from the mistakes made, and we will try to avoid them in the future भन्दै टाइम म्यागेजिनले पनि यही विषयमा छापिएको आफ्नो कभर स्टोरीप्रति क्षमा माग्यो।
          माथिका केही त उदाहरण मात्र हुन्, जसले देखाउँछ पत्रकारितामा गल्ती हुन्छ। तर त्यो गल्तीलाई लुकाउन खोज्नु अर्को महागल्ती हुन्छ। गल्ती भएपछि त्यसलाई स्वीकार गर्नु आगामी दिनमा गल्ती हुन नदिन गरिएको संकल्प हुन्छ। गम्भीर गल्ती गरेका मिडियाहरु गल्ती स्वीकार गरेपछि अघि बढेका छन्। गल्ती स्वीकार्दा मिडियाप्रतिको विश्वास घट्दैन, दीर्घकालीन रुपमा बढ्छ। दुर्भाग्यवश नेपाली मिडियाले यस्तो चलन पछ्याउन अप्ठेरो मान्छ। अनुजा बानियाँको मुद्दामा ‘कान्तिपुर’ले जसरी आन्तरिक रुपमा छानबिन गरी क्षमा माग्ने साहस देखायो, पत्रकारिताको विद्यार्थीका नाताले  व्यक्तिगत रुपमा मैले यसलाई सही बाटोमा अघि बढ्ने राम्रो प्रयासका रुपमा लिएको छु। यसलाई अरु मिडियाले पनि पछ्याउनु पर्छ। ‘कान्तिपुर’लाई धन्यवाद !

          गल्ती छापियो तर स्वीकारिएन

          नेपाली पत्रकारिताको इतिहासमा गल्ती भएको प्रमाणित भइसक्दा पनि नसच्याइएका कैयन् उदाहरण छन्। डा. भक्तमानको अपहरण केसमा त्यो घटना आपराधिक समूहले गराएको पुष्टि भइसक्दा पनि स्रोतलाई उदधृत गर्दै माओवादीले घटना गराएको दावी गर्ने पत्रिकाले आफ्नो गल्ती स्वीकार गर्न आवश्यक ठानेन।
          त्यसैगरी ८ वर्षअघि एउटा केही न केहीको हैसियत भएका रसेन्द्र भट्टराई नामका व्यक्तिलाई खर्बपतिको रुपमा ‘कान्तिपुर’ दैनिक, द काठमाडौँ पोस्ट र कान्तिपुर टेलिभिजनले प्रस्तुत गरेको थियो। त्यो गलत भएको पुष्टि भइसक्दा पनि ती मिडियामा कहिल्यै पनि गल्ती स्वीकार्ने काम भएन।
          भक्तमानको केस भर्खरैको भएकोले धेरैले थाहा पाएका छन्। रसेन्द्र भट्टराईको केस सबैलाई थाहा नहुन सक्छ। हेरौँ रसेन्द्र भट्टराईको समाचार, जसलाई सच्याउन आवश्यक ठानिएन।

          पाँच डलरबाट खर्बपति भए नेपाली

          सञ्जय न्यौपाने, काठमाडौं, २ कात्तिक २०६०- उनको निजी हवाईजहाज (एक्जुकेटिभ बोइङ बीबी जेट) छ। रोयल्स रोयस, बीएमडब्लू, मर्सिडिज, जगुवार,फेरारी आदि कार। अमेरिका बेलायत, स्पेनलगायत मुलुकमा आलिसान बंगलाहरू……..। संसारकै ‘सबैभन्दा ठूलो ट्रस्ट’ को सञ्चालक पनि।
          अमेरिकी राष्ट्रपति जर्ज बुश, पूर्व राष्ट्रपति क्लिन्टन, संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नान, बेलायतका प्रधानमन्त्री टोनी ब्लेयरले राम्ररी चिन्ने ती धनाढ्य नेपाली हुन्। सम्भवतः उनको जति सम्पत्ति अरू नेपालीको छैन। पत्याउनुस्/नपत्याउनुस्, उनी हुन्– डा. रसेन्द्र भट्टराई (डा. आरबी)। दुई दशकअघि बैंककका लागि जहाज टिकट र साथमा पाँच अमेरिकी डलर लिएर गएका उनी गत वर्ष अप्रत्याशित रूपमा परिवारको सम्पर्कमा आएका हुन्।
          अस्पताल स्थापना गर्ने सिलसिलामा सोल्टी क्राउन प्लाजास्थित देशकै सबभन्दा दोस्रो महँगो कोठा गोसाइँकुण्ड स्वीट्मा उनी ६० दिनदेखि बसिरहेका छन्। यसको एक रातको मूल्य ९ सय अमेरिकी डलर (करिब ७० हजार रुपैयाँ) पर्छ। विभिन्न मुलुकका राष्ट्राध्यक्षदेखि हिलारी क्लिन्टनजस्ता विशिष्ट पाहुना बसिसकेको उक्त कोठामा हालसम्म कोही पनि यति लामो समय बसेको थिएन।
          करिब पाँच दशकअघि काठमाडौंको गुच्चाटोलमा जन्मेका उनको मूल घर बालुवाटार हो। महेन्द्र संस्कृत विश्व विद्यालयका उपकुलपति स्वर्गीय चूडानाथ भट्टरायका एकमात्र छोरा हुन्। ठेक्कापट्टा र व्यापार गर्दागर्दै एक साता जेल परेपछि नेपाल त्यागेको उनी बताउँछन्।
          बैंककमा साथीसँग लिएको एक लाख डलर ऋणबाट सुरु भएको उनको व्यवसाय अहिले अर्बौँ कारोबार गर्नेसम्म पुगेको छ। ‘सुरुमा सिंगापुरको इलेक्ट्रोनिक्स सामान युरोप पठाएँ, खाद्यान्न, सिमेन्ट कारोबार थालें,’ उनी भन्छन्– ‘त्यसपछि केही समय क्रोएसिया बसें। ‘नेदरल्यान्ड बस्दा ५० हजार डलर होटलमै तिरेँ,’ उनी सम्झन्छन्। उनी अर्थशास्त्रका पीएचडी हुन्।
          हाल उनी एचआरएच सुल्तान हमेङ्गकु बुबोनो एक्स ट्रस्ट कर्पोरेसन्सका अध्यक्ष तथा प्रमुख कार्यकारी हुन्। इन्डोनेसियाका सुल्तान कोषका साझेदार हुन्। १७ मुलुकमा त्यसको कार्यालय छ। अमेरिका र बेलायतका सेयर बजारमा उनको लगानी छ। तेल प्रशोधन केन्द्र छ। ‘यी बाहेक विभिन्न मुलुकमा होटल,बैंक, अस्पतालहरू छन्,’ डा. आरबी भन्छन्। कुल सम्पत्ति कति छ त? ‘भन्न मिल्दैन,’ उनी भन्छन्।
          समाज सेवा बढाउन हालै उनले स्पेनमा ‘उमा फाउन्डेसन’ स्थापना गरेका छन्। ‘युरोप, अमेरिकामा भएकामध्ये यो सबभन्दा ठूलो फाउन्डेसन हो,’ उनको दाबी छ। अहिले इन्डोनेसियामा २० र स्पेनमा एउटा अस्पताल निर्माणाधीन छन् भने कंगोमा ४ वटा बनाइसकेको उनी बताउँछन्।
          कल्पनाझैं लाग्ने डा. आरबीको जीवन देखेर नेपाली नेताहरू पनि छक्क छन्। ‘विदेशमा एउटा नेपालीको नाम र शान देखेर मेरो शीर उँचो भयो,’ स्पेन भ्रमणका क्रममा केहीअघि रसेन्द्रको घरमै बसेर फर्केकी उपसभामुख चित्रलेखा यादवले भनिन्।
          डेढ वर्षअघि तत्कालीन स्वास्थ्यमन्त्री शरतसिंह भण्डारीले पनि उनलाई भेटेका थिए। नेपालमा पनि अस्पताल बनाउने उनको रुचि देखेपछि वीर अस्पताल र गंगालाल हृदय रोग प्रतिष्ठानलाई विस्तार गरिदिन आफूले प्रस्ताव गरेको भण्डारीले बताए। ‘म नेपालमा तीन वटा अस्पताल खोल्न चाहन्छु,’ डा. आरबी भन्छन्– ‘क्यान्सर, मृगौला र मुटु रोगको अस्पताल खोलेर नेपालीको सेवा गर्ने मन छ।’ तर त्यसमा सरकारी चासो नदेखिएकोमा भने उनलाई चित्त दुखेको छ।
          उनको अद्भूत सफलता र आकस्मिक आगमनबाट भट्टराई परिवार औधि खुसी छ। ‘नेपाल बसेर हुन्न भनेर उहाँ बैंकक जानुभएको हो,’ दुई दशकदेखि बेखबर लोग्ने फर्केकामा प्रसन्न श्रीमती रेनु सम्झन्छिन्। सुरुका दुई वर्षसम्म फोन/चिठी आउथ्यो। बैंककबाट क्रोएसिया गएकोसम्म थाहा थियो,’ उनी भन्छिन्।
          ‘परिवार भनेको भए बुद्ध, क्राइस्ट ठूलो मान्छे बन्दैनथे,’ आरबी भन्छन्– ‘मैले पनि आवश्यक ठानिनँ, लामो समय परिवारबाट अलग हुनु सजिलो भने छैन।’
          तर, उनलाई पछुतो छैन। दोस्रो बिहे पनि गरेका छैनन्। श्रीमती रेनु भने आफ्ना लोग्ने महत्वाकांक्षी पाराको भएकाले धनाढ्य भएर फर्केकामा अचम्भित छैनन्। उनले एक वर्षअघि छोरी भेट्न लन्डन जाँदा लोग्नेलाई भेटेकी थिइन्। उनका पिता स्वर्गीय भट्टरायले विभिन्न राजदूतावासमा सम्पर्क गरेर छोरालाई नेपाल फर्काउन पहल गरेको माइली छोरी मनीषा बाँस्कोटा बताउँछिन्। त्यसै आधारमा राजदूतावासहरूले उनको राहदानी नवीकरण पनि गरेनन्।
          ‘त्यसबाट मलाई धेरै समस्या भयो,’ ८९ मुलुक घुमेको बताउने डा. आरबी भन्छन्– ‘मलाई नेपालीप्रति निकै रिस उठ्यो। त्यसपछि तत्काल उनले बेलायतको नागरिकता लिए।
          अघिल्लो दसैं मान्न उनले छोरी–ज्वाइँलाई निम्ता दिएका थिए। ज्वाइँ शैलेशमात्र गए। पछिमात्र मनीषालाई भिसा मिल्यो र उनी मेड्रिड पुगिन्। बुबाले पालेको कुकुर ‘ताहितो’ ले विश्वस्तरका विभिन्न प्रतियोगितामा जितेका पदक राखिएको सोकेसको तस्वीर उनले देखाइन्।
          ‘कपडा प्रायः इटालीबाट ल्याउनुहुन्छ र पर्फ्युम लिन पेरिस जानुहुन्छ,’ तस्वीरको चाङ खोतल्दै मनीषा भन्छिन्। डा. आरबीकी जेठी छोरी समीषा न्युयोर्क र कान्छी जनीषा लन्डनमा छन्। ‘म नमर्दै आओस् भन्ने कामना गरेको थिएँ, मुख हेर्न पाएँ’ आमा नुतनसिंह भन्छिन्।
          यो संवाददाताले आमा र श्रीमतीसँग कुरा गरिरहेका बेला बालुवाटारस्थित आफ्नो घर आइपुगेका उनले आमाको खुट्टा ढोगेर म्वाइँ खादै भने– ‘मैले जे हासिल गरेको छु, मुमाको आशीर्वादले हो।’
          दसैंअघि नै फर्कने योजना रहे पनि आमाकै अनुरोधमा केही दिनका लागि उनी बसेका हुन्। ‘मुमाको सेवा गरेर रिटायर्ड जीवन यहीँ बिताउँछु,’ उनी भन्छन्। तर, अवकाश कहिले? ‘केही समय लाग्ला,’ उनी भन्छन्। हालै उनी बसेकै होटलमा तीन दिन चलेको गैरआवासीय नेपालीको सम्मेलनमा उनी सक्रिय भएनन्। ‘एकैछिन गएर फर्किहालेँ,’ उनी भन्छन्।

          A Nepali’s unbelievable trail to super richness

          By Prateek Pradhan
          KATHMANDU, Oct 19, 2003 - Simply unbelievable!
          He boasts a Boeing Business Jet (BBJ), owns a fleet of cars: Rolls Royce, BMW, Mercedes, Jaguar, Ferrari, Audi and so on. He has prime residential properties in Los Angeles, Orlando, London, Paris, Madrid and elsewhere. Bill Clinton is his friend, knows George Bush, Kofi Annan, Tony Blair and other heads of state personally.
          He is not Bill Gates nor the Sultan of Brunei, but a Nepali. He is Dr Rasendra Bhattarai, 50, a Nepali turned British.
          The story of the bafflingly rich Bhattarai began 22 years ago in Kathmandu, when he was sent to jail for misusing a fax machine of the Agricultural Development Bank for his business purposes. The incident became the first turning point in his trail to super richness. Now, he is a billionaire – in US dollars terms, of course!
          “Hadn’t I gone to the custody, I might never have become what Im today,” he confessed exclusively to The Kathmandu Post and Kantipur Television (Watch his interview in FireSide, Kantipur TV at 8 PM today). It is beside the point that he refused an interview to Larry King of CNN.His quest to richness began with Rs. 100 (then US$5), which his late father Professor Chuda Nath Bhattarai handed him at the time of his departure to Bangkok. Thanks to a friend in Bangkok who trusted him with US$100,000.”With the money I went to Singapore and to theNetherlands. By the time I was to start a business, I had already spent half the money.”
          Bhattarai and a Thai friend discovered that most of the Chinese and Indonesian restaurants in the Netherlands used pink napkins and pink tablecloths. They soon got the contract to supply the pink items. “I love pink because with that business I earned about five million guilders,” Bhattarai said.
          He also supplied sugar to China and Indonesia from South America, and cement to Bangladesh from Romania, Malaysia and Indonesia. He became a global merchant.
          The next turning point came to him when he supplied wheat to Russia in 1989. “Then I realised that I was going to be a rich man,” he confided.
          The third turning point for this suave gentleman came while supplying Croatian ships to Indonesia. “An Indonesian friend, Mr. Tamrin, took me to an Indonesian Sultan, which turned my luck once again,” he recounted. The believe-it-or-not event happened this way. The deceased father of the Sultan told him in a dream to have Bhattarai as his business partner. The next day, the Sultan himself offered him partnership in one of the worlds biggest trusts, HRH Sultan Hamengku Buwono X Trust Corporation. Now he is its president and CEO.
          “I also have established Uma Trust in Europe,” he said.Dr Bhattarai is now in Nepal, and staying in the Gosaikund Suite of Soaltee Crowne Plaza. He has been paying US$900 per night for the last 60 days – a record in itself for the property. Despite having a nice house, seniors and wife Renu in Baluwatar, he opted to stay at Soaltee, probably because he is here with his business partner and friend, Poonam Singh.
          “Poonam is the one who encouraged me to return to my country after 22 years. I’m indebted to her,” he said.Two years after Bhattarais departure, his family lost all contacts with him. To entice his son back to Nepal, Professor Chudamani Bhattarai resorted to diplomatic help.
          In 1991-92, the Royal Nepalese Embassy in Paris refused to renew Bhattarai’s passport. “I had to take British passport as I languished without a passport for over a year,” he said.Now that he is back home, he is willing to help Nepal. “I’m sad that I havent been of any help to my motherland, yet,” he said.”With social security and insurance in health policies, I could bring big hospitals to Nepal,” said the Nepali Midas.

          बाबा त बिते, खर्बौंको सम्पत्ति कसको ? Nagarik News


          उमर फारुक, पुट्टपर्ती- यो कुरा सन् १९९५ को हो। पहिलो पटक म अनन्तपुर जिल्लाका पुट्टपर्ति गएको थिए। अवसर थियो - विश्व प्रसिद्ध धर्मगुरु साइबाबाको ७० औं जन्मदिन। मलाई यस्तो लागेको थियो - त्यहाँ विश्वबाट मानिस उर्लिएर आएका छन्। धेरै किलोमिटरसम्म ट्राफिक जाम थियो र हजारौ सवारी साधन सडकमा फसेका थिए। सो नगरमा सबै ठूलो भवनमा एउटा नाम थियो - साई बाबा र प्रत्येक व्यक्तिको बोलीमा त्यही नाम थियो। साई बाबाका आश्रय प्रशान्ति निलयममा पनि मानिस टम्मै भरिएका थिए। त्यसमा भारतका विभिन्न स्थानमा मात्रै नभएर विश्वभरका मानिस भेला भएका थिए।


          स्टेडियममा देश विदेशमा मानिस खचाखच भरिएका थिए। धेरै प्रतिक्षा पछि एउटा रथ जस्तो ठूलो बहान त्यहाँ पुग्यो। त्यसलाई डोरी बाँधेर तानिएको थियोे। डोरी तान्नेहरु साइ बाबाले चुनेका भक्त थिए। भक्तहरु भन्दा अघि आन्ध्र प्रदेशका तत्कालिन प्रहरी महानिर्देशक एचजे डोरा खाली खुट्टामा थिए। मञ्चमा प्रबन्धका लागि बसेका व्यक्तिहरु मध्ये एक सर्वोच्च अदालतका न्यायाधीश भगवती पनि थिए। राजनीति, प्रशासन, न्याय, सेना, फिल्म तथा खेल क्षेत्रका नाम चलेका हस्ती त्यहाँ भेला भएका थिए।

          समारोहमा प्रधानमन्त्री पि वि नरसिंह राव र राष्ट्रपति शंकर दयाल शर्मा दुवै त्यो समारोहमा उपस्थित थिए। साइ बाबाको शक्तिको यो भन्दा ठूलो संकेत के हुन सक्छर?
          शंकर दयाल शर्मा त्यस समयमा हिड्न पनि नसक्ने अवस्थामा रहेका थिए तर उनले कसै गरि झुके र साइ बाबाको खुट्टा ढोगे। त्यहाँ रहेका भक्तहरु उनका एक झलक पाउन व्यग्र प्रतिक्षामा थिए। विदेशबाट आएका भक्तहरुले उपहारको वर्षा गरिरहेका थिए। साइ बाबाको प्रभावका यो समान्य वर्णन मात्रै हो त्यसरी मानिसलाई मोहित पार्ने सक्ने साई बाबाको शुरुवात सामान्य व्यक्तिको रुपमा भएको थियो।

          साई बाबाका वास्तिविक नाम सत्यनारयणा राजु थियो। पुट्टपर्तिको एउटा गरिब परिवारमा उनका सन् १९२६ नोभेम्बर २३ मा उनका जन्म भएको थिउो। उनका बुबा आमा मजदुरी गरेर घर चलाउथे। सत्यनारायणा एक दई र दुई बहिनी पछि सबैभन्दा सानो थिए। विद्यालयका कालमै उनका अचानक परिर्वतन भयो र उनी धेरै धार्मिक बने। चौधै वर्षमा उनले शिर्डी साई बाबाका नयाँ अवतार भएको भनि सनसनी मच्याएका थिए। उनको विश्वका बाटो विराएकाहरुलाई बाटो देखाउन नयाँ अवतार लिएको घोषणा गरे।

          भजन कीर्तन गर्ने एक किशोरबाट उनी विस्तारै विस्तारै आध्यात्मिक गुरुको रुपमा प्रसिद्ध हुन थाले। टाढा टाढाबाट मानिस उनको दर्शनका लागि आउन थाले।
          सन् १९५० सम्ममा उनी यति प्रभाव विस्तार भैरहेको थियो की पुट्टपर्तिमा उनले प्रशान्ति निलयम बनाएका थिए। हावामा हात घुमाएर विभूतिदेखि बहुमूल्य आभुषण र महंगा घडीहरु उत्पन्न गर्न सक्ने चमत्कारको कुरा हुन थाल्यो त्यसपछि उनका भक्तको संख्या झनै बढ्न थाल्यो।

          भारत मात्रै होइन विश्वभरका मानिस उनका आश्रय स्थलमा पुग्न थाले। आफ्नो जीवनका एउटा पटक मात्रै विदेश भ्रमण गरे त्यो पनि अफ्रिकी देश युगान्डाको।
          भक्तजनहरुले उनलाई भगवान भनेर बोलाउन थाले। प्रभाव र शक्तिको साथसाथै उनका समाग्रीहरु पनि बढ्न थाले। उनका ट्रस्टमा कति सम्पत्ति छ भने अनुमान पनि लगाउन गाह्रो छ। उनले देश विदेशमा धेरै आध्यात्मिक केन्द्र स्थापना गरे। क्याम्पस र विद्यालय खोले तर त्यसमा सबैभन्दा ठूलो काम उनले २ खर्ब भारतीय रुपैया खर्च गरेर सुख्खा प्रभावित अनन्तपुर जिल्लामा पानीको योजना सञ्चालन गरे।

          पुट्टपति नगरमा उनले एउटा विश्वविद्यालय, गरिबलाई निःशुल्क उपचार गराउनका लागि एउटा आधुनिक अस्पताल, विमानस्थल र रंगशाला बनाएका छन्। यतिका काम गरेपनि उनी विवाद र आलोचना भन्दा पर रहन सकेनन्। बुद्धिजिवीहरुले उनलाई ढोगी भएको र मानिसलाई बेवकुफ बनाएको आरोप लगाएका थिए भने विदेशी भक्तले उनी समलैगी भएको र बालकहरुसँग यौन दुराचार गर्ने आरोप लगाए। यस्तो आरोप भारतीय सञ्चार माध्यममा पटक पटक आए।

          त्यस मध्ये दुई वटा घटनाले ठूलो खैलाबैला मच्चाएको थियो। हैदराबादका एउटा समारोहमा उनले हावामा हात हल्लाएर सुनका सिक्री निकाले र भक्तहरुलाई देखाए। तर पछि त्यो भिडियो हेर्दा के कुरा देखियो भने टाउकोबाट निकाल्दै गरेको देखियो। यो घटना पछि धेरै बुद्धिजिवीहरुले उनलाई पहलो बस्त्र हटाएर आम मानिसले जस्तो लुगा लगाएका चमत्कर गर्न चुनौती दिए। एक पटक बंगालका प्रसिद्ध जादुगर पि सी सरकारले साई बाबासँग प्रतिस्पर्धा गर्दा हातको जादु देखाए। सो स्थानमा बाबाले बहुमूल्य घडी निकालेको दावी गरेको थिए त्यहीबाट सरकारले रसवरी निकाले। त्यसपछि त्यहाँ खल्लाखल्ला मच्चियो। साई बाबाका कर्मचारीले सरकारलाई बाहिर निकाले।
          त्यसको केही समय पछि चार युवक प्रशान्ति निलयमका सुरक्षाकर्मीद्वारा मारिए। आश्रमका अधिकारीहरुले ती युवकले साई बाबाको शयन कक्षमा प्रवेश गरी उनलाई मार्ने कोसिस गरेको बताए। त्यस घटनामा पनि धेरै प्रकाकार अफवाह सार्वजनिक भयो तर साँचो कुरा कहिले पनि बाहिर आएन्।
          साई बाबाको निधनको खबरपछि अन्तिम श्रद्धाञ्जलिका लागि एकत्रित भीड। तस्बिरः रोयटर्स

          यस प्रकारको घटना कुनै अन्य गुरुकोमा हुन्थ्यो भने त्यसका अस्तित्वमाथि खतरा उत्पन्न हुनसक्थ्यो। तर जुन धर्मगुरुका भक्त मन्त्री छन्। त्यसैले उनलाई केही भएन। साइ बाबाको प्रभाव कति धेरै छ भन्ने कुरा एउटा कुराले प्रस्टाउनछ। किनभने उनका नक्कल गर्ने धेरै मानिस सफल भए। उनी जिवितै हुँदा साई बाबाका जस्तो 'बाला साई बाबा' निकै लोकप्रिय रहे। अहिले सबैको मानमा एउटा प्रश्न उठेको छ। साइ बाबाको स्थान कसले लिन्छ भन्नेर। खर्बौ रुपैया सम्पत्ति कसले प्राप्त गर्छ। साइ बाबाको स्वर्गिय भइसकेका भाइ जानकीरामका छोरा रत्नाकारको ट्रस्टमा निकै प्रभाव रहेको छ। तर रत्नाकर उत्ताराधिकारी बने अघि आए भने साइ बाबाका समुदायमा फुट पनि आउनेछ।
          साई बाबाले उनका उत्तराधिकारीले कर्नाटक राज्यका मन्डिया जिल्लामा प्रेम साईको रुपमा जन्म लिने घोषणा गरेका छन्। उनले यस्तो भविष्यवाणी गरेको ५० वर्षभन्दा बढी भैसकेको छ तर अहिलेसम्म त्यस्तो देखिएको छैन। शिर्डीका जोगी साई बाबाले सन् १९१८ मा आफ्नो मृत्यु हुनुभन्दा अघि भविष्यवाणी गर्दै उनको उत्तराधिकारी मद्रास प्रेसिडेन्सीमा जन्मने बताएका थिए। अनन्तपुर जिल्ला त्यस समयमा मद्रासको एउटा अंशको रुपमा रहेको थिए।

          एउटा अर्को कुरा शिर्डीको साई बाबा गरिबीमै जन्मे र गरिबी रहेर सेवा गरे। तर उनका उत्तराधिकारी अरबपति निस्के। (बीबीसी)

          Sunday, April 24, 2011

          अनुजा प्रकरण नक्कली भएको कान्तिपुरले स्वीकार्यो कारवाही गर्न समस्या

          १२ बैशाख, काठमाण्डौ । अनुजा बानियाँ नामक युवतीले बसमा भेटेको ९१ लाख नगद र हीराको हार फिर्ता गरेको भन्दै एङ्कर समाचार छापेको कान्तिपुर दैनिकले सो समाचार झुटो भएको स्वीकार्दै ‘क्षमायाचना’ छापेको छ ।
          सोमबार मुख्य पृष्ठमा क्षमायाचना छाप्दै पत्रिकाले आफ्ना समाचारदातासँग कुरा गर्ने पात्र नक्कलीरुपमा अनुजाले खडा गरेको दावी गरेको छ । ‘उक्त समाचार पैसा फिर्ता लिन पुरुषोत्तमसंगै गएका भनिएका छोरी सुधा, छोरा अनिल र मितछोरी अनिता कार्की र अनुजा स्वयंको भनाईमा आधारित थियो-पत्रिकाले भनेको छ-’समाचार तयारीका क्रममा सम्र्पकमा आएका यी पात्र नक्कलीरुपमा खडा गरिएको खुल्न आएको छ ।’
          पैसा फिर्ता पाएका भनिएका पुरुषोत्तम पौडेल कतै नभेटिएको भन्दै कान्तिपुरले ‘अनुजाले सम्पर्क गरेका नम्बरहरुको कल डिटेल मगाएर हेर्दा उनले काठमाण्डौंका पुरुषोत्तम पौडेल नाम गरेका ब्यक्तिसँग कुरा गरेको पनि पाइएन’ भनेको छ ।
          कान्तिपुरले स्वीकारेको छ-’ समाचार अन्ततः काल्पनिक घटना र नक्कली पात्रमा आधारित रहेको पुष्टी भएको छ ।’ नियोजित परिस्थीति र नक्कली पात्रका कारण भ्रमपूर्ण समाचार प्रकाशन भएकोमा क्षमा मागेको छ कान्तिपुरले । कान्तिपुरले हर्ष सुब्बाको बाइलाइनमा ӑधन्य अनुजा’ शीर्षकमा पहिलोपटक समाचार प्रकाशन गरेको थियो ।
          चुपचाप प्रहरी
          नक्कली पात्रहरु खडा गरेर पत्रिका, पाठक र राष्ट्रपति लगायतलाई भ्रममा पार्न सफल यी अनुजा बानियाँले कस्तो कारवाही भोग्नेहुन भन्ने बारेमा अन्यौल छ । अहिलेसम्म कसैले पनि उजुरी गर्न नआएकाले अनुसन्धान र कारवाही अगाडी बढाउन नसकिएको सुनसरी प्रहरीले जनाएको छ । एक प्रहरी अधिकृतले भने-’अनुजाले ढाँटेको बिषयमा कि त पत्रिकाले नै उजुरी हाल्नुपर्यो कि त अरु कसैले । पत्रिकामा समाचार छापिएकै आधारमा उनलाई नियन्त्रणमा लिएर छानविन गर्न मिल्दैन, कागजी आधार त चाहियो नी ।’
          अनुजाले भने अझैपनि आफ्नो कुरा सही भएको दावी गरिरहेकी छन् । पहिले बधाई दिनेहरुले फोन गरेर अहिले गाली गर्न थालेपछि उनले फोन अफ गरेकी छन् । यो घटनाले अनुजाका आफन्तसमेत हैरान भएका छन् । उनीहरुले यो घटनाबारे अनुसन्धान गरेर सत्यतथ्य सार्बजनिक गर्न माग गरेका छन् । बाहिर निस्कन समस्या भएपछि अनुजा दिनभर दिदी भिनाजुको घरमा सुतेर बिताइन् ।



          अनुजा प्रकरण नक्कली भएको कान्तिपुरले स्वीकार्यो

          कारवाही गर्न समस्या

          १२ बैशाख, काठमाण्डौ । अनुजा बानियाँ नामक युवतीले बसमा भेटेको ९१ लाख नगद र हीराको हार फिर्ता गरेको भन्दै एङ्कर समाचार छापेको कान्तिपुर दैनिकले सो समाचार झुटो भएको स्वीकार्दै ‘क्षमायाचना’ छापेको छ ।
          सोमबार मुख्य पृष्ठमा क्षमायाचना छाप्दै पत्रिकाले आफ्ना समाचारदातासँग कुरा गर्ने पात्र नक्कलीरुपमा अनुजाले खडा गरेको दावी गरेको छ । ‘उक्त समाचार पैसा फिर्ता लिन पुरुषोत्तमसंगै गएका भनिएका छोरी सुधा, छोरा अनिल र मितछोरी अनिता कार्की र अनुजा स्वयंको भनाईमा आधारित थियो-पत्रिकाले भनेको छ-’समाचार तयारीका क्रममा सम्र्पकमा आएका यी पात्र नक्कलीरुपमा खडा गरिएको खुल्न आएको छ ।’
          पैसा फिर्ता पाएका भनिएका पुरुषोत्तम पौडेल कतै नभेटिएको भन्दै कान्तिपुरले ‘अनुजाले सम्पर्क गरेका नम्बरहरुको कल डिटेल मगाएर हेर्दा उनले काठमाण्डौंका पुरुषोत्तम पौडेल नाम गरेका ब्यक्तिसँग कुरा गरेको पनि पाइएन’ भनेको छ ।
          कान्तिपुरले स्वीकारेको छ-’ समाचार अन्ततः काल्पनिक घटना र नक्कली पात्रमा आधारित रहेको पुष्टी भएको छ ।’ नियोजित परिस्थीति र नक्कली पात्रका कारण भ्रमपूर्ण समाचार प्रकाशन भएकोमा क्षमा मागेको छ कान्तिपुरले । कान्तिपुरले हर्ष सुब्बाको बाइलाइनमा ӑधन्य अनुजा’ शीर्षकमा पहिलोपटक समाचार प्रकाशन गरेको थियो ।
          चुपचाप प्रहरी
          नक्कली पात्रहरु खडा गरेर पत्रिका, पाठक र राष्ट्रपति लगायतलाई भ्रममा पार्न सफल यी अनुजा बानियाँले कस्तो कारवाही भोग्नेहुन भन्ने बारेमा अन्यौल छ । अहिलेसम्म कसैले पनि उजुरी गर्न नआएकाले अनुसन्धान र कारवाही अगाडी बढाउन नसकिएको सुनसरी प्रहरीले जनाएको छ । एक प्रहरी अधिकृतले भने-’अनुजाले ढाँटेको बिषयमा कि त पत्रिकाले नै उजुरी हाल्नुपर्यो कि त अरु कसैले । पत्रिकामा समाचार छापिएकै आधारमा उनलाई नियन्त्रणमा लिएर छानविन गर्न मिल्दैन, कागजी आधार त चाहियो नी ।’
          अनुजाले भने अझैपनि आफ्नो कुरा सही भएको दावी गरिरहेकी छन् । पहिले बधाई दिनेहरुले फोन गरेर अहिले गाली गर्न थालेपछि उनले फोन अफ गरेकी छन् । यो घटनाले अनुजाका आफन्तसमेत हैरान भएका छन् । उनीहरुले यो घटनाबारे अनुसन्धान गरेर सत्यतथ्य सार्बजनिक गर्न माग गरेका छन् । बाहिर निस्कन समस्या भएपछि अनुजा दिनभर दिदी भिनाजुको घरमा सुतेर बिताइन् ।
          9 Comments on “अनुजा प्रकरण नक्कली भएको कान्तिपुरले स्वीकार्यो”
          • Jantako 6oro wrote on 25 April, 2011, 3:39
            kantipur jasto muldharko nomber 1 mediale yasto galti garnuhunnathyo……….
            Like or Dislike: Thumb up 1 Thumb down 1
          • ram shrestha wrote on 25 April, 2011, 4:11
            passport harayo bhanera patrika ma chhape pachhi arko paport paine tyo samachar ko aadharma ……….ahile chahin kina patrika ma chhapeko samachar ko aadharma karye bahi garna namilne bhaneko ……..
            Like or Dislike: Thumb up 0 Thumb down 1
            sanjiv Reply:
            Ram ji ko jawaf malai sarai thik lagyo. Prahari ko nalayaki pan matra ho yo. ki anya katai bata pressure chha,
            Like or Dislike: Thumb up 0 Thumb down 0
          • surya giri wrote on 25 April, 2011, 4:15
            it must be give punishment to related persons.
            Like or Dislike: Thumb up 0 Thumb down 3
          • Saroj wrote on 25 April, 2011, 4:30
            कारबाही कसलाई गर्ने ? कमसेकम कान्तिपुरले आफ्नो गल्ति स्वीकारेर क्षमायाचना गर्यो / तपाई हरु लाई थाहा छ कि छैन , भक्तमान को अपहरण माओबादीले गरेको भनेर नागरिक पत्रिकाले दैनिक जस्तो समाचार निकाल्थियो / नागरिक लाई कारबाही भयो ? नागरिक पत्रिकाले क्षमायाचना गर्यो ?
            यी टाउके पत्रिकाले टाउके नेताहरु ऋषि धमला को कम्पनी मा गएर भनेको थोत्रो महाबाणी बाहेक अरु केहि निकाल्न जानेको छैन /
            अनुजा ले जे गरिन , ठिक गरिन , रास्ट्रपति लाई ल्वाक्पा खुवाएर / अनुजा हरुलाई एस्तो गर्न सिकाएको यिनै नालाएक नेता हरु ले हो / ब्यापारीले अरबौ रुपया छली गर्दा हुने , सभासद ले रातो पासपोर्ट बेच्दा हुने , ६०१ ले देशको अरबौ रुपया मा मोज गर्दा हुने , अनुजा ले ढाटदा नहुने ? कान्तिपुर ले पनि जानी जानी त पक्कै पनि समाचार निकालेको होइन होला , अनुजा र कान्तिपुर लाई भन्दा पनि पहिले ति माफिया र भर्स्ट नेता जसले देश को ढुकुटी रित्याई रहेका छन् , जसले देशको स्वाभिमान बेची रहेका छन् , तेस्लाई हुनु पर्छ /
            Like or Dislike: Thumb up 21 Thumb down 1
          • Binod dhakal wrote on 25 April, 2011, 4:41
            yosto jhut kam garnelai sarkar le chiti vanda chito karbai agadi badaunu parchha…………..
            Like or Dislike: Thumb up 0 Thumb down 8
          • sanjiv wrote on 25 April, 2011, 4:53
            Kantipur jasto patrika le Anuja ko birodh ma bhandaphor garnu parchha.Hoina bhane hami kantipur ka sambad data (patrakar) ko birodh ma mudda darta garchhou.
            Like or Dislike: Thumb up 0 Thumb down 4
          • anil thapa wrote on 25 April, 2011, 4:57
            kantipur patrakarita ko yoggeta ra satteta parmanit.
            Like or Dislike: Thumb up 1 Thumb down 2
          • samir khanal wrote on 25 April, 2011, 4:59
            tapai harule duniya dubaunu bhayo
            Like or Dislike: Thumb up 0 Thumb down 0

          गए साई बाबा, भक्तलाई श्रद्धाञ्जलि - MY Sansar

          झण्डै एक महिनादेखि साई बाबाको अस्पतालमा उपचार भइरहेको र स्थिति चिन्ताजनक भइरहेको खबरका बीच एक साई भक्तलाई मैले यसबारे सोधेको थिएँ। उनले ‘बाबा आफैले ९६ वर्षसम्म बाँच्ने घोषणा गरेका छन्, केही हुन्न, केही दिनपछि फर्कनु हुन्छ’ भने। उनको आस्थालाई ठेस पुर्‍याउने कुरा के गराइ भो र, तर निरन्तर यो विषयमा समाचार खोजी खोजी पढिरहेका कारण मलाई भने उनको कुरामा पटक्कै विश्वास लागेको थिएन। भन्दै आज बिहान खबर आयो, साई बाबाको निधन भयो उपचार गराइरहेको अस्पतालमा बिहान सात बजेर ४० मिनेट जाँदा। अब उनी र उनीजस्ता भक्तहरुलाई श्रद्धाञ्जलि दिनुबाहेक अरु उपाय छैन। भक्तहरुको आस्थामाथि खेलवाड गर्दै सत्य साई ट्रस्ट र उपचारमा संलग्न डाक्टरहरुले स्वास्थ्यको पूर्ण विवरण सार्वजनिक गरेनन्। बिचरा ‘भगवान्’को मृत्युलाई विवादमा पारियो।
          त्यसैले उनकै भक्तले पुट्टपर्थी रहेको भारतीय राज्य आन्ध्र प्रदेशको मानवअधिकार आयोगमा उजुरी दर्ता गर्न पुगेका थिए। अनि साई बाबाको स्वास्थ्यसम्बन्धी प्रतिवेदन वैशाख १६ गतेसम्म बुझाउन भारतको आन्ध्र प्रदेश राज्यको मानवअधिकार आयोगले राज्य सरकारलाई निर्देशन पनि दिएको थियो।
          यसअघि आइसीयुमा रहेका बिरामीको फोटो र भिडियो सार्वजनिक गर्न मिल्दैन, त्यसो गर्नु मानवअधिकारको हनन् हुन्छ भनी डाक्टरहरुले बताएका थिए। बीचमा उनको सजीव समाधि (जिउँदै पुर्ने) सम्मका कुरा पनि आएका थिए।
          साई बाबाको स्वास्थ्य बारे सत्य साई सेन्ट्रल ट्रस्ट र उपचारमा संलग्न चिकित्सकहरुबीचको विवाद पनि सार्वजनिक भएको थियो। ट्रस्टले उनको स्वास्थ्य सुधार भइरहेको भन्दै १५ दिनमा आश्रम फर्काउन सकिने वक्तव्य केही दिनअघि निकालेको थियो। तर उपचारमा संलग्न डाक्टरले भने कहाँ त्यस्तो हुनु, उनको स्वास्थ्य चिन्ताजनकै छ भनेर वक्तव्य निकालेको नौटंकी गज्जब कै थियो।
          जीवन भर उनी विवादमा थिए। उनले हातबाट निकाल्ने खरानी र मालाहरु, मुखबाट निकाल्ने शिवलिङ्ग चटक मात्र भएको आरोप लागे। यौन दुराचारको आरोप पनि लागे। तर भक्तहरु टसका मस भएनन्। उनीहरुको आस्थामाथि केही असर परेन। भन्नेहरुले भन्दै गरे। पूजा गर्नेहरुले गर्दै गरे।
          सन् १९२६ को २३ नोभेम्बरका दिन पुट्टपर्तीमा जन्मेका सत्यनारायण राजुले १४ वर्षको उमेरमा आफूलाई शिरडी साई बाबा (पहिलो साई बाबा) को अवतार भएको घोषणा गरेका थिए। भक्तहरु अर्को साई अवतार प्रेम साईको जन्म हुन्छ भन्ने विश्वास गर्दा रैछन्। त्यसैले श्रद्धाञ्जलि शब्द पनि गलत पर्‍यो भन्दै भक्तहरुले बबाल गर्न बेर छैन।