गणेश
लामालाई धेरैले शक्तिशाली डनका रूपमा चिन्छन् । तर, आफूलाई डन भनेर
मिडियाले लेखेको उनलाई मन पर्दैन । ँमिडियाले पेलेको देख्दा कहिले
आत्महत्या गरौँ त कहिले विदेश जाऔँजस्तो लाग्छ,’ उनी भन्छन् ।
गुन्डागर्दीको पृष्ठभूमि भएका लामा पछिल्लो समय भने नेता कहलिएका छन्,
लोकतान्त्रिक फोरमको केन्द्रीय सदस्यका रूपमा । विजय गच्छदारसित विशेष
सम्बन्ध भएका उनै लामासँगको कुराकानी :
डन कसरी बनियो ?
मलाई कहिल्यै डन हुँ भन्ने कुनै 'फिल' नै छैन ।
म डन हँुदा पनि होइन । मलाई डन भनेको मन पनि पर्दैन । मलाई कुन व्याख्या
लगाएर डन भनियो, थाहा भएन ।
गुन्डागर्दीमा त लागिएको हो नि ?
मैले
बारम्बार भन्दै आएको छु । हिजोको दिनमा जानी-नजानी झगडा गरेँ होला ।
त्यसबापत सजाय पनि पाइसकेको छु । सजाय भोगेर पब्लिकमा आइसकेपछि मैले यो
समाजमा बाँच्न पाउने
कि नपाउने ?
हिजो नेताहरूले नै युवालाई
दुरुपयोग गरेका हुन् । विपक्षीलाई कुट्न/ठोक्न लगाउने नेता नै हुन् ।
नेताले गलत बाटोमा लाग्नुहँुदैन भनेर सिकाउनेभन्दा पनि कुट्न र ठोक्न
सिकाए । म पनि त्यसैको सिकार भएँ । टिनएजमा राम्रोसँग सोच्न सकिन्न । १६
वर्षको उमेरमा कसैले डाइरेक्ट हेर्दा पनि घुरेकोजस्तो लाग्छ । अहिले ३२/३४
वर्षको उमेरमा चिनेर पो हेरेको हो कि भन्नेे लाग्छ । सोच नै परिवर्तन
भइसक्यो ।
सुरुमा तपाईंंको दुस्मनी कोसित थियो ?
यो/ऊ भन्ने
त्यस्तो स्थायी दुस्मनी कोहीसँग भएन । त्रिचन्द्र क्याम्पसको स्ववियु
चुनावको विषयमा भीम गुरुङसित झगडा भएको थियो । चुनावमा उनीहरू एकातिर थिए, म
अर्काेलाई सहयोग गर्न गएको थिएँ । मेरो सुरुको झगडा भएको त्यही थियो ।
त्यो २०५७/५८ सालतिरको कुरा हो । त्यो झगडापछि पार्टीज्म बढ्दै गयो र यसरी
नै झगडा बढ्दै गएको हो । न मेरी श्रीमती उसले लगेको हो, न मेरा पैसा खाएको
हो । कुनै इस्युभन्दा पनि हामीलाई गलत रूपमा प्रयोग गरिएको हो ।
पछि समूह नै बनाएर झगडा गरेको होइन र ?
त्यस्तो
धैरै पनि होइन । कहिलेकाहीँ आफ्नो सुरक्षाका लागि पनि झगडा भयो । अरूलाई
मारे पनि जेलमै जानुपर्छ, म पनि कानुनभन्दा बाहिर छैन । मलाई मारे पनि अरू
उम्कनेवाला छैनन् । झगडाभन्दा काम गर्नुपर्छ । अब सुध्रनुपर्छ भन्ने भावना
आएपछि त्यस्तो झगडा गर्न छाडेको हुँ ।
क्यासिनोबाट जागिर सुरु गर्नुभयो, होइन ?
हो,
मैले पहिला ८/९ महिना क्यासिनोमा जागिर खाएको थिएँ । त्यसपछि सानै
रेस्टुरेन्टबाट भए पनि मैले आफ्नै व्यवसाय सुरु गरेँ । राज्यको दायरामा
छिरेर, कर तिरेर मैले व्यापार गरेको हुँ । त्यसरी व्यवसाय गर्नु भनेको
अपराध गर्नु जस्तो त मलाई लाग्दैन । त्यसरी व्यापारमा नलागेकोमा भए सायद म
हप्ताखोरी हुन्थँे । धम्काउन जान्थेँ होला । मेरो सद्बुद्धिले गर्दा
सुरुदेखि नै दुःख गर्न सिके । दाबाका साथ भन्न सक्छु, मैले अहिलेसम्म
धम्काएर, रुवाएर, बिगारेर पैसा खाएको रहेछु भने जे सजाय पनि भोग्न तयार
छु । त्यो मैले गरिनँ । किनकि, मैले गुजाराका लागि आफ्नै काम थालिसकेको
थिएँ । गलत गर्नेलाई मैले आफ्नो टिममा कहिल्यै प्रश्रय दिइनँ ।
एकताका दीपक मनाङेसँग कडा दोस्ती थियो नि ?
काम
गर्ने सिलसिलामा उनलाई भेटेको हुँ । कतिले मलाई दीपक मनाङेका बाउन्सर,
मनाङेको केटाजस्ता आक्षेप लगाउने गर्छन् । होे, उनी मभन्दा सिनियर हुन् ।
दरबारमार्गमा ट्वान्टीफो आवर रेस्टुरेन्ट खोल्ने वेला भेट भएको थियो । मैलै
त्यसमा थोरै सेयर हालेको थिएँ । त्यसपछि निकटता बढ्यो । त्यसलाई नै
मान्छेले विभिन्न किसिमले लिन थाले । म पनि पढेको मान्छे हँु, उनले गलत काम
लगाउँदैमा गर्ने मान्छे त होइन नि । म कुकुर हो र, टोकभन्दा टोक्न जाने,
छोड्भन्दा छोड्ने ?
पहिला ठमेल क्षेत्रमा दीपक मनाङेको राज थियो, मनाङे जेल परेपछि तपाईंंको राज भयो भनिन्छ नि ?
यो
एदमक झुट कुरा हो । त्यस्तो हुनलाई यो हिन्दी फिल्म पनि होइन । हाम्रो देश
भनेको लेकाली आलुजस्तो हो । जुनसुकै ठुलो क्राइम गरे पनि अपराध गर्ने
मान्छे बच्न सक्दैन । त्यसमा पनि उपत्यकामा । व्यापार गर्ने सिलसिलामा म
ठमेलमा थिएँ । तर, ठमेल मेरो बाउबाजेको बिर्ता त होइन, मेरो राज चल्नलाई ।
व्यापार गर्ने सिलसिलामा म झापामा पनि पुग्न सक्छु नि । भन्न सक्नेले त
दीपक मनाङ जेल गए पछि गणेश लामाले राज गर्यो, यति उठायो भन्न सक्नुपर्यो
नि ! मैले कोसँग पैसा खाएँ, त्यो कसैले भन्न सक्छ ? कामको सिलसिलामा एक समय
म ठमेलमा बढी बस्थेँ । पछि रेस्टुरेन्ट व्यवसाय छाडेपछि त म कहिल्यै गइनँ
नि । त्यसरी मैले राज चलाएको भए त उनीसँग लडेर पनि त्यहीँ बसिहाल्थँे नि !
दीपक मनाङेसँग चाहिँ सम्बन्ध किन बिगि्रयो ?
सम्बन्ध
बिगि्रएको पनि होइन । उनलाई म दाइ भन्छु, उनी मलाई भाइ भन्छन् । पछाडि के
भन्छन्, थाहा छैन । न मैले उनको केही बिगारेको छु, न उनले मेरो । अहिले पनि
दाजुभाइको सम्बन्ध छ । आ-आफ्नो क्षेत्रमा छौँ । मेरो कोहीसँग त्यस्तो धेरै
राम्रो र दुस्मनी भन्ने छैन ।
काभ्रेली समूहचाहिँ कसरी बन्यो ?
यो
पनि गलत कुरा हो । विभिन्न सिलसिलामा मान्छे विभिन्न जिल्लाबाट काठमाडौं
आउने गर्छन् । यहाँ आएर कोही पढ्छन्, कोही जागिर खान्छन् । त्यस क्रममा
आफ्नो जिल्लाको मान्छेसँग चिनजान हुन्छ, निकटता हुन्छ । सहयोग आदानप्रदान
हुन्छ । काभ्रे मात्र होइन, जुनसुकै जिल्लाबाट आएकाबीच पनि स्वाभाविक
निकटता हुन्छ । काभ्रेली समूह भनेर आरोप मात्र लगाएका हुन् । त्यस्तो कुनै
समूह छैन । त्यो कम्पनी पनि होइन । कुनै ग्याङ पनि होइन ।
तर धेरै काभ्रेली युवालाई ठमेलमा स्थापित गराउनुभएको
होइन ?
हाम्रो
देशको प्रमुख समस्या बेरोजगारी र अशिक्षा हुन् । यो राज्यको कमीकमजोरी पनि
हो । व्यावसायिक क्षेत्र तहसनहस भइरहेको छ । एसएलसी पास गरेर हजारौैँ युवा
गाउँबाट काठमाडौं आउने गरेका छन् । तर, यहाँ अवसर पाउन धेरै गाह्रो छ । म
दाबाका साथ भन्न सक्छु, प्रत्यक्ष/अप्रत्यक्ष रूपमा तीनदेखि चार हजार
युवालाई रोजगारी दिने व्यक्ति मै हुँ । रेस्टुरेन्टमा पाँच जना भए पुग्ने
ठाउँमा १० जनालाई राखेर भए पनि रोजगारी दिएँ । सायद कुनै नेताले यति धेरै
रोजगारी दिएको छैन होला । त्यही कारण काभ्रेका धेरै साथी रेस्टुरेन्ट
लाइनमा छन् । त्यसरी जागिर दिनु मेरो अपराध हो र ?
प्रहरीलाई चाहिँ कत्तिको सहयोग गर्नुभयो ?
त्यस्तो
छैन । नयाँ एसपी आउनेबित्तिकै सोधपुछ भनेर लान्छन् । यो छ, ऊ छ भन्दै
बाटोमा पिसाब फेरेको, हातपात गरेको भनेर झुटो विवरणका आधारमा सार्वजनिक
मुद्दा चलाइदिन्छन् । तर, यति पैसा चाहियो भनेर चाहिँ प्रहरीले मसँग मागेको
छैन । कसैले उचालेर हो कि दुःख दिएपछि स्वार्थ पूरा हुन्छ भनेर पो हो कि ?
तर, विनागल्ती सोधपुछका लागि बोलाई मुद्दा चलाएर प्रहरीले दुःखचाहिँ दिएको
छ ।
अपराधमा युवाको मनोबल बढाउनमा प्रहरीको पनि हात छ भन्ने लाग्छ ।
उदाहरणका लागि काठमाडौंमा नयाँ एसपी आउनेबित्तिकै काम देखाउने नाममा
जथाभावी मान्छे पक्राउ गरी दुई सयको क्षमता भएका ठाउँमा पाँच सय मान्छे
खाँद्छन् । तर, त्यहाँ अपराध नगरी पनि थुनिएका धेरै व्यक्ति हुन्छन् ।
कहिले कपाल काट्ने अप्रेसन भनेर प्रहरीले मान्छेको स्वतन्त्रता हनन
गरिरहेको हुन्छ । अहिले अपराधको पाठशाला जेल बनेको छ ।
जेल
हालिदिन्छुभन्दा मलाई डर लाग्दैन । पटक-पटक बसेर आएकाले त्यहाँको
वस्तुस्थिति बुझेको छु । तर, कहिल्यै जेल नगएको मान्छेलाई जेल हालिदिन्छु
भन्यो भने ऊ डराउँछ । जेल गएपछि यस्तै त रहेछ नि भनेर 'युज्ड टु' हुन्छ ।
अर्काे
कुरा, डनको यति सम्पत्ति छ, यसरी कमायो भनेर मिडियामा चर्चा चल्छ । यसबाट
पनि अरूले सिको गर्छन् । कतिपय ठग्ने मान्छेले म गणेश लामाको मान्छे
भनेरसमेत संरक्षण खोज्ने गरेका छन् । यो सबै मिडियाले गर्दा भएको हो । मैले
चिन्दै नचिन्ने मान्छेले पनि गणेश लामा बोलाएर ठीक बनाइदिऊँ भनेर पनि
धम्काएको सुनिन्छ ।
आफूलाई डन भनेको साँच्चै मन पर्दैन त ?
कहिल्यै
त्यस्तो रहर लागेन । हुन त राजनीति मलाई मन नपर्ने फिल्ड हो । म काभ्रेमा
जन्मिएर नर्सरीदेखि नै काठमाडौंमै पढेको हुँ । सम्पन्न परिवारको व्यक्ति त
होइन, तर बिहान-बेलुका खान पुर्याएर बच्चालाई काठमाडौंमा पढाउन पठाउनुपर्छ
भन्ने परिवारको व्यक्ति हुँु । राम्रो परिवारको व्यक्तिले जानीजानी त
अपराध गर्दैन नि । प्रहरीले यसलाई धम्काएर पैसा खाइस् भनेर अहिलेसम्म भन्न
सकेको छैन । मैले भनिहालेँ पहिला अलि-अलि झगडा गरियो, जब बुभ\mने भइयो,
त्यसयता म आफ्नो काम गरेर अघि बढेको छु । आफ्नो काम गर्दा म कसरी डन भएँ ?
मलाई त्यत्तिकै डनगिरी झुन्ड्याइएको हो ।
कसले बनाइदियो त डन ?
मलाई अचम्म लाग्छ । मिडियामा समाचार आएपछि नै थाहा पाउँछुु, आफू डन भएको ।
अहिले राजनीतिमा लाग्नुको कारण ?
एकातिर
मेरो बाध्यता पनि हो । अर्काे, समाजमा केही गर्ने उद्देश्य हो । मैले
राम्रो काम गरेको भन्ने कुरा कुनै मिडियामा सुन्नुभएको छ ? मैले यो समाजमा
जन्मिएर केही गर्नुपर्छ भन्ने उद्देश्ले हरेक वर्ष गरिब बालबालिकालाई
छात्रवृत्ति दिइरहेको छु । स्ुकलमा लाइब्रेरी बनाइदिएको छु । शिक्षक नभएको
स्कुलमा व्यक्तिगत रूपमा तलब दिएर शिक्षक राखिदिएको छु । गाउँमा
हेल्थक्याम्प राख्ने गरेको छु । यसबारेमा त कहिल्यै मिडियामा आएको छैन ।
तर, प्रचार होस् भनेर मैले गरेको पनि होइन । मिडियाले पेलेको देख्दा कहिले
आत्महत्या गरौँ त कहिले विदेश जाऔँजस्तो लाग्छ ।
विजय गच्छदारसँगको निकटताको रहस्यचाहिँ के हो नि ?
उहाँसँग
नेपाली कांग्रेसमा हँुदादेखि नै साधारण चिनजान थियो । लोकतान्त्रिक फोरममै
लाग्नुको कारणचाहिँ यो पार्टी नयाँ बन्ने क्रममा छ । सक्षम र योग्य
युवालाई अन्य पार्टीले प्रयोग मात्र गर्छन्, ठाउँ दिँदैनन् । युवालाई चन्दा
उठाउन र ढुंगा हान्न मात्र प्रयोग गर्दै आएका छन् । तर, लोकतान्त्रिक
फोरममा मलाई जिम्मेवारी पनि दिइएकाले यसमा लागेको हुँ ।
देश चुनावी माहोलमा छ, चुनाव पनि लड्ने योजनामा
हुनुहुन्छ कि ?
अहिलेसम्म
चुनाव हुने निश्चित छैन । भोलि जनताको माग र चाहना भयो भने उठ्न सक्छु ।
अहिले आश राखेको छैन । म सेवाको भावले राजनीतिमा लागेको हुँ । सेवा गर्दै
जान्छु । जनता न्यायाधीश हुन्, जबसम्म जनताको भोटिङमा गइन्न, त्यसवेलासम्म
नेता
हुन सकिन्न ।
विजय गच्छदार गृहमन्त्री हँुदा तपाईं उहाँको निकट हुनुभयो, निकै फाइदा लिनुभयो भन्ने चर्चा छ नि ?
यो
पनि एउटा निराधार हल्ला मात्र हो । न विजय गच्छदारका कारण गणेश लामा बनेको
हो, न गणेश लामाका कारण विजय गच्छदार बनेका हुन् । पटक-पटक सत्तामा बसेको
मान्छे भएकाले उहाँ गणेश लामाको निर्देशनमा चल्ने कच्चा हुनहुन्छजस्तो
लाग्दैन । उहाँको पार्टीको सिपाही हँु म । माया गर्नुहुन्छ । कोही प्रहरी
'ल भाइ, तिम्रो मन्त्रीज्यूसँग रिलेसन छ, भनिदिनुपर्यो' भनी आग्रह गर्छन् र
मैले भनेर हुन्छ भने किन नगर्ने ? सम्बन्ध, नातागोता त सबैको भइहाल्छ नि ।
मैले कुनै पुलिसलाई आउनोस्, म तपाईंको प्रमोसन गरिदिन्छु, राम्रो ठाउँमा
सरुवा गरिदिन्छु भनेको होइन नि । चिनेको नाताले कतिपयले सहयोग माग्दा मैले
सहयोग गरेको हँु । मेरो जहिले पनि पोजेटिभ सोच हुन्छ । सक्ने वेला गुन
लगायो भने भोलि कुनै वेला मलाई पनि काम लाग्ला भन्ने सोचले गरँे होला,
गरिनँ भन्दिनँ । तर, कसम खान्छु, आर्थिक तथा अन्य स्वार्थले मैले त्यसरी
काम गरेको छैन ।
तपाईंलाई सबैभन्दा चलाख डन पनि भन्छन् नि ?
समाजमा
एउटा मान्छे देखाइदिनुस् बिचरा लाटो रहेछ, केही नजान्दो रहेछ भन्ने खालको ।
पेटका लागि सबै चलाख हुन्छन् । चलाख हुनु त राम्रो कुरा हो नि होइन र ?
चोरेर खाने चलाख हुनु पो गलत त, राम्रो कामका लागि चलाख हुँदा के भयो र ?
आजभोलि बिजनेसचाहिँ के-के छ ?
बिजनेस पनि खासै छैन । सबै क्षेत्रमा डामाडोल छ । सम्पत्ति शुद्धीकरणका नाममा दुई वर्षदेखि सबै खातापाता बन्द गरिएका
छन् ।
धेरै कमाएर छानबिन भएको होला नि, होइन र ?
एउटा
नेपालीको छोराले काम गरेर २/४ पैसा कमाउनु गलत होइन नि । रियल स्टेटमा कतै
२० लाख रुपैयाँ लगाइएको छ भने एक वर्षभित्र त्यो जग्गा एक करोड जाने भएको
थियो । त्यसको स्रोत कसरी देखाउने ? त्यति धेरै नाफा त ड्रग्स बेचेर पनि
कमाइँदैन । त्यतिवेला मैले मात्र होइन, धेरैले पैसा कमाएका थिए । तर, अहिले
राज्यले यस्तो अवस्था बनाइदियो कि रियल स्टेटका ठूला टाइकुनहरूसमेत ५/१०
लाख रुपैयाँ निकाल्न नसक्ने अवस्थामा पुगेका छन् ।
तपाईंले चाहिँ कति कमाउनुभयो ?
मिडियामार्फत
नै सम्पत्तिको विवरण खुलाउन म तयार छु । मेरो कोटेश्वरमा आफू बस्ने एउटा
घर छ, एउटा कर्जा लिएर बालाजुमा होटल बनाएको छु । अरू अलिकति जग्गा छ ।
१०/१२ वर्षदेखि म व्यवसाय गर्दै आएको छु । एक/दुई करोड पनि कमाउनै नसक्ने त
होइन नि म । त्यो पनि अनुसन्धानमा हेर्नुपर्यो ।
रक्तचन्दनको पनि कारोबार गरियो नि, होइन र ?
यो
पनि मविरुद्धको षड्यन्त्र नै हो किजस्तो लाग्छ । रक्तचन्दनको कारोबारमा
पनि कुनै रूपमा प्रयोग भएँ । तर, कारोबारीले आफू बच्नका लागि मलाई मोहरा
बनाए किजस्तो लागेको छ । ६ सय किलोमिटर पार गरेर रक्तचन्दन काठमाडौं
आइपुग्छ । त्यहाँ कतिवटा जिल्ला छन् ? त्यहाँ सिडिओ, डिएफओ, पुलिसका हाकिम
होलान् । पत्रकार पनि होलान् । उनीहरूको नाम कतै आउँदैन । तर, सधैँ मेरो
नाम आउँछ । पछि मैले सुनेँ, एक ट्रक जाँदाखेरि ५० करोडको सामान हुन्थ्यो
रे । रातमा पाँचवटा गाडीसम्म जान्थ्यो रे । रातमा साढे दुई अर्बको सामान
जान्थ्यो रे । साढे दुई अर्बको सामान खरिद गरेर लिने मेरो हैसियत थियो र ? न
मेरो चाइनामा रिलेसन थियो न त इन्डियामा । मैले त्यतिको काम गरेको भए
मेराबारे नराम्रो आउने पनि थिएन होला । त्यति पैसा भएको भए म पनि मिडिया
हाउस खोल्थेँ होला । दुई/चार ठाउँमा बुझाएपछि मुख बन्द हुन्थ्यो होला ।
जसले तस्करी गर्थे उनीहरूको कतै नाम आउँदैन, छानबिन पनि हुँदैन अनि गणेश
लामालाई चन्दनको ब्रान्ड बनाइदिए ।
रमेश बाहुन भन्ने मान्छेले तपाईंलाई पनि धम्काएर रकम
असुलेको हो ?
त्यो
गलत कुरा हो । तपाईं आफैं एकातिर मलाई डन भन्नुहुन्छ । अर्काेतिर मलाई
असुल्यो भन्नुहुन्छ । म इमानदारितामा बाँच्ने मान्छे, म मर्न तयार हुन्छु,
तर रमेश बाहुनजस्तालाई पैसा बुझाउन तयार हुन्न । न उनलाई म चिन्छु न कुनै
दुस्मनी नै छ । कुरा के हो भने ठेक्कापट्टा गर्ने सिलसिलामा रामेछापमा काम
थियो मेरो । काजी शेर्पालगायत तीन/चारजनाको गु्रप मिलेर काम गरेका थियौँ ।
कामको क्रममा गाडीको सिसा फुटायो रे भन्ने हल्ला आयो । उनले हप्ता मागेे
रे । म विदेशमा थिएँ । मैले कुनै हालतमा पैसा नदिने भनेँ । साथीहरूले
प्रहरीमा रिपोर्ट दिए, तर प्रहरीले केही गरेन । त्यही क्रममा त्यो हल्ला
भएको हो । यो देशको विडम्बना यही छ, त्यसरी हप्ता गरेर खाने मान्छेलाई कुनै
कारबाही हुँदैन । हामीजस्तो दुःख गर्नेलाई सताउने काम हुन्छ ।
सबैले तपाईंले डन भनेर चिन्छन्, आफैँले चाहिँ कसरी
चिनाउनुहुन्छ त ?
म
साधारण मान्छे हँु । सधैँ म नेपाल र नेपालीका लागि राम्रो काम गर्न सकूँ ।
म डन भएको भए सबै पावर मसँग हुनुपथ्र्यो नि । मान्छे मार्न सक्थेँ, पक्राउ
परेको व्यक्तिलाई छुटाउन सक्थेँ । डनको परिभाषामा त त्यस्ता व्यक्ति
पर्छन् । देशमा नेता र प्रहरीका हाकिमले त्यस्तो काम गर्छन्, उनीहरू पो डन
हुन्छन् । हामी केही गर्न नसक्ने मान्छे कसरी डन हुन्छौँ र ?
प्रस्तुति : नवराज मैनाली
तस्बिर : ज्ञानेन्द्र कार्की